साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो
नेपालअखबार, रामपुर । महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन रामपुर नगरपालिकाले सीपमूलक कार्यमा लगानी गरिरहेको छ । साबुन, सरफ, सिलाइकटाइ, चिप्स, अचार, स्वीटर, झोला, चप्पल, गुडिया, चुरापोते बनाउने सीप नगरपालिकाले प्रदान गर्दैआएको छ ।
नगरपालिकाको सहयोगमा सीपमूलक तालिम पाएपछि यहाँका महिलाले आयआर्जनमा जोड दिन थालेका छन् । हातमा सीप भयो भने महिला अरुको भरमा निर्भर रहनु पर्दैन । घरमै बसी–बसी आयआर्जन गर्न सकिन्छ । बिहान–साँझ घरायसी कामकाजमा व्यस्त रहने महिला दिउँसो फुर्सदको समय आयआर्जनमा खर्चेर सामान्य घरखर्च चलाउन सकिन्छ भन्ने उदाहरणीय कार्यमा सीता घर्ती, राधा खण्डलुक, निशा खड्का, पूजा जिसी, केशमाया राउत, सरिता खड्कालगायत लागिरहेका छन् ।
रामपुर नगरपालिका–२ स्थित सिम्लेमा ‘अग्र्यानिक साबुन उद्योग’का नाममा समूहमा महिलाले नुहाउने साबुन तयार पारिरहेका छन् । साबुन बनाउने छ दिनको तालिम नगरपा...










