Monday, August 3

अर्थ

तातोपानी नाका सञ्चालन गराउन छलफल
अर्थ, प्रशासन, समाचार

तातोपानी नाका सञ्चालन गराउन छलफल

नेपाल अखबार, सिन्धुपाल्चोक। तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले सोमबार नेपालतर्फका सुरक्षा निकायका प्रतिनिधि र  चीनतर्फका सुरक्षा निकायका प्रतिनिधिबीच सीमानाका व्यवस्थापन, अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा  बैठक सम्पन्न भएको जानकारी दिए। सो बैठकमा  यही १८ वैशाखबाट तातोपानी नाका नियमित सञ्चालन गर्ने,  सीमा सुरक्षा तथा कोरोना सङ्क्रमण एवं सुरक्षाको विषयलाई प्राथामिकता दिएको उनले बताए। दुबै देशबीच कोभिड सङ्क्रमणसम्बन्धी सावधानी अपनाउने तथा सूचना सम्प्रेषण गर्ने, अन्तरदेशीय सिमाना सुरक्षा व्यवस्था अझ बलियो बनाउने, अपराध नियन्त्रण र न्यूनीकरणमा संवेदशील रही  आवश्यकतानुसार संयुक्त तालिम, गस्ती गर्ने, थप चेक ...
आइरन चक्की खरिद प्रकरणमा राज्यलाई ११ करोड नोक्सान हुनेगरी सम्झौता
अर्थ, पत्रपत्रिका, समाचार, स्वास्थ्य

आइरन चक्की खरिद प्रकरणमा राज्यलाई ११ करोड नोक्सान हुनेगरी सम्झौता

नेपालअखबार, काठमाडौं । स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले राज्यलाई ठुलो रकम नोक्सानी हुने गरी गर्भवतीले खाने आइरन चक्की खरिद सम्झौता गरेको छ । स्वास्थ्यमन्त्री नभएका बेला विभागले २० करोड रूपैयाँको आइरन चक्की खरिदमा करिब ११ करोड रूपैयाँ राज्यलाई नोक्सान हुने गरी नेबाजेनिटिक कम्पनीको आधिकारिक बिक्रेता जेएस मेडिकल फर्मासँग सम्झौता गरेको हो । विभागको व्यवस्थापन महाशाखाअन्तर्गत खरिद एकाइका प्रमुख डा. सुरेन्द्र चौरसियाले प्रक्रिया पूरा गरेर आइरन चक्की खरिद सम्झौता गरेको बताए। मिति त यकिन भएन तर चैतको पहिलो साता नै आइरन चक्कीको खरिदका लागि सम्झौता गरिएको छ । 'असार मसान्तभित्र आइरन चक्की विभागमा वा विभागले तोकेको कार्यालयमा दाखिला गराइसक्नुपर्नेछ,' उनले भने । उनका अनुसार आइरन चक्की ८५ पैसामा खरिद गर्ने सम्झौता भएको हो । अर्थ मन्त्रालयले फागुनको अन्तिम साता आइरन चक्की खरिदका ल...
आलु महोत्सवमा पाँच करोडको आलु बिक्री
अर्थ, कृषि, समाचार, समाज

आलु महोत्सवमा पाँच करोडको आलु बिक्री

नेपालअखबार, गण्डकी । आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव रु पाँच करोड बराबरको कारोबार गर्दै सम्पन्न भएको छ । गत चैत २६ गतेदेखि सुरुआत भएको ११ औं संस्करणको राष्ट्रिय हेमजा महोत्सवमा ८० टन आलु बिक्री हुँदा पाँच करोडको कारोबार भएको हो । हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले त्यहाँ उत्पादित आलुको माग उच्च हुने गरेको महोत्सवको कृषक परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए । आइतबार सम्पन्न महोत्सव समापन समारोहमा कृषक सम्मान, कृषक परिचयपत्र वितरण, कृषि एम्बुलेन्स प्रदर्शनीलगायत विभिन्न पुरस्कार वितरण गरिएको छ । पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको समन्वयमा विभिन्न वडाका उत्कृष्ट २४ किसानलाई सम्मानपत्रसहित नगदले सम्मान गरिएको हो । त्यस्तै हेमजाका किसान देवीरमण पौडेल, अमृत पौडेल, वीरबहादुर कार्की, सुनिता श्रेष्ठ, शीलशोभा ...
मौरीपालनमा मोह
अर्थ, कृषि, समाचार, समाज

मौरीपालनमा मोह

नेपालअखबार, पाल्पा। पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ। रामपुर नगरपालिका–६ स्थित किसानटोलमा मौरी उद्योग सञ्चालन गर्दै आएका न्यौपाने पाल्पाकै नमूना र सफल मौरीपालन व्यवसायी हुन्। घर वरिपरिका फलफूलसहितको मौरीघारले भरिएको बगैँचामा दिनभर मौरीको रेखदेख, हेरचाहमै रमाउने न्यौपाने यस क्षेत्रकै मौरीपालन व्यवसायमा अब्बल कृषकका रुपमा कहलिएका छन्। उनको घरमा हाल मौरीगोलासहित चालिस घार छन्। आफ्नै करिब चार रोपनी क्षेत्रफलमा बगैँचासहितको मौरीपालन गरिरहेका छन्। आजभन्दा साढे दुई दशकअघि देखि सुरु गरेको व्यवसाय अहिलेसम्म निरन्तर रुपमा अगाडि बढाइरहेका छन्। ‘मौरीपालनमा लागेपछि समय बिताउन समस्या छैन, बुढ्यौलीमा घर वरपरका बगैँचामा मौरीपालन गरेर आम्दानी मात्र नभई घरमा यससम्बन्धी ज्ञान सीप सिक्न आउनेलाई प्रविधि सिकाउने गरिरहेको छु’, उनले भने...
सुनको मूल्य तोलाको १ लाख १० हजार ८ सय रुपैयाँ
अर्थ, समाचार

सुनको मूल्य तोलाको १ लाख १० हजार ८ सय रुपैयाँ

नेपालअखबार, काठमाडौं । बुधबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले बढ्दै १ लाख १० हजार ८ सय रुपैयाँ पुगेको हो । यस्तै तेजावी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
आर्थिक संकट बढदै गएपछि राष्ट्र बैंकका गर्भनरले पत्रकार सम्मेलन गर्दै
अर्थ, प्रशासन, समाचार

आर्थिक संकट बढदै गएपछि राष्ट्र बैंकका गर्भनरले पत्रकार सम्मेलन गर्दै

नेपालअखबार,  काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछन् । बैंक तथा लघुवित्त प्रति सर्वसाधारणको आक्रोश, बैङ्कहरूको उच्च ब्याज दर र अर्थतन्त्रमा समस्या गहिरिँदै गएको, आर्थिक वृद्धिदर घटेको, आयातको मात्रा बढेको तर निर्यात घटेको, राजश्व कम उठेको लगायतको समस्यालाई लिएर गभर्नर अधिकारीले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन आज अपराह्न १ बजे हुनेछ । बैंकहरुले बैशाख १ गतेदेखि लागू गर्ने ब्याजका बारेमा निर्णय गर्न लागेका बेला गभर्नर अधिकारीले पत्रकार सम्मेलन गर्न लागेका हुन । उनले सो पत्रकार सम्मेलनमार्फत ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का बारेमा जानकारी गराउने छन् ।...
काठमाडाैं देखि पाेखरा जानका लागि यात्रु तथा पर्यटककाे पहिलाे राेजाइमा :  साैर्य एयरलाइन्स
अर्थ, पर्यटन, प्रविधि, समाचार, समाज

काठमाडाैं देखि पाेखरा जानका लागि यात्रु तथा पर्यटककाे पहिलाे राेजाइमा : साैर्य एयरलाइन्स

नेपालअखबार, काठमाडाैं । साैर्य एयरलाइन्समा पर्यटककाे आकर्षक बन्दै केहि समय पहिला देखि  पर्यटक नगरीमा काठमाडाैं देखि पाेखरा सम्मकाे नयाँ उडान सुरू गरेकाे थियाे । हरेक दिन  विहान साैर्य एयरलाइन्सले  काठमाडाैं देखि पाेखरा सम्मकाे गन्तव्य करिब १७ मिनेटमा नै तय गर्दै  आएकाे बताएका छन् । साैर्य एयरलाइन्सले  काठमाडाैं देखि पाेखराकाे दैनिकी दुइ सिफ्ट विहान र दिनमा उडान गर्दै  आएकाे छ । एयरलाइन्सका सेल्ल एण्ड मार्केटिङ प्रमुख  मुकेश खनालका आनुसार  प्रत्यक उडानमा  करिब ८० प्रतिशत सिट भरिने गरेका बताएका छन् ।  उत्त  एयरलाइन्समा  ५० सिट क्षमता  रहेकाे छ । खनालका अनुसार साैर्य एयरलाइन्समा अधुनिक क्षमता भएकाे नयाँ प्रविधिवाट बनेकाे एयरलाइन्स भए कै कारण दुर्घटनाकाे जाेखिक कम रहेकाे कारणले नै यात्रुहरू तथा पर्यटककाे आकर्षक तथा राेजाइकाे एयरलाइन्सका रूपमा  साैर्य एयरलाइन्स स्थापित भएकाे छ  । ...
बिजुलीको महसुल घटाइने
अर्थ, समाचार

बिजुलीको महसुल घटाइने

नेपालअखबार, काठमाडाैं । सरकारले बिजुलीको आन्तरिक खपत बढाउन निःशुल्क बिजुली उपलब्ध गराउने विषयलाई पुनः महत्वका साथ आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ। आन्तरिक उत्पादन वृद्धि  हुँदै गएकाले गरिब तथा विपन्न वर्गलाई २० युनिटसम्म निःशुल्क बिजुली दिन सकिने सरकारको ठहर छ। हाल २० युनिट बिजुली प्रयोग गर्ने उपभोक्ताले ३० रूपैयाँ मात्रै तिरे हुने व्यवस्था छ। यही व्यवस्थालाई टेकेर सरकारले २० युनिटभन्दा कम बिजुली प्रयोग गर्ने गरिब र विपन्नका लागि विद्युत महसुल नलाग्ने व्यवस्था गर्न लागेको हो। यसबाट कमजोर आय भएका वर्गले राहत पाउने विश्वास सरकारको छ। त्यस्तै ५० युनिटसम्म बिजुली उपभोग गर्ने उपभोक्ताका लागि विद्युत महसुल घटाउने भएको छ। त्यसबाट आन्तरिक रूपमा बिजुलीको खपत बढ्नेछ। त्यस्तै सिँचाइमा प्रयोग हुने विद्युतमा वर्षायाममा ८० प्रतिशत र हिउँदयाममा २० प्रतिशत महसुल छुट दिने व्यवस्था गरिने ...
साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो
अर्थ, समाचार, समाज

साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो

नेपालअखबार, रामपुर । महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन रामपुर नगरपालिकाले सीपमूलक कार्यमा लगानी गरिरहेको छ । साबुन, सरफ, सिलाइकटाइ, चिप्स, अचार, स्वीटर, झोला, चप्पल, गुडिया, चुरापोते बनाउने सीप नगरपालिकाले प्रदान गर्दैआएको छ । नगरपालिकाको सहयोगमा सीपमूलक तालिम पाएपछि यहाँका महिलाले आयआर्जनमा जोड दिन थालेका छन् ।  हातमा सीप भयो भने महिला अरुको भरमा निर्भर रहनु पर्दैन । घरमै बसी–बसी आयआर्जन गर्न सकिन्छ । बिहान–साँझ घरायसी कामकाजमा व्यस्त रहने महिला दिउँसो फुर्सदको समय आयआर्जनमा खर्चेर सामान्य घरखर्च चलाउन सकिन्छ भन्ने उदाहरणीय कार्यमा सीता घर्ती, राधा खण्डलुक, निशा खड्का, पूजा जिसी, केशमाया राउत, सरिता खड्कालगायत लागिरहेका छन् । रामपुर नगरपालिका–२ स्थित सिम्लेमा ‘अग्र्यानिक साबुन उद्योग’का नाममा समूहमा महिलाले नुहाउने साबुन तयार पारिरहेका छन् । साबुन बनाउने छ दिनको तालिम नगरपा...
मान्द्रा बुनेर जीविकोपार्जन
अर्थ, समाचार

मान्द्रा बुनेर जीविकोपार्जन

नेपालअखबार,सिन्धुपाल्चोक। सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार। शिरमा ढाकाटोपी, खुट्टामा चप्पल । बाँस र निगालोको चोयासँगै आफ्नो आफ्नो दैनिकी सुरुवात गर्छन् ग्याल्बो शेर्पा। सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ लामिडाँडाका शेर्पा  ७० वर्ष पुगे। उनले सानै उमेरदेखि बाँस र निगालोको चोयाबाट डोको र डालो बनाउन थालेका हुन्। चाडबाड, बिहे, ब्रतबन्ध, खेतीपातीको समय आउँदा गाउँलेले उनलाई नै डोकोडालो बनाउने जिम्मा दिन्छन्। शरीर बुढो भएपनि डोकोडालो बनाउन उनी युवाजस्तै सक्रिय छन्। ‘डोको बनाउँदा दिन बितेको पत्तै पाउँदैन, एक दिनमा चार वटासम्म डोको बनाउन सक्छु,’ उनले भने। शेर्पासँग डोको, डालो र मान्द्रा बनाउने सीप भए पनि बजारको अभाव छ। माग नहुँदा बिक्री गर्न समस्या भएको उनको भनाइ छ। शेर्पाले १६ वर्षको उमेरदेखि नै डालो बुन्न थालेका हुन्। घरमै  आएर किसानले मान्द्रा किन्न थालेपछि उनको व्य...