Monday, August 3

अर्थ

भक्तपुरका अधिकांश फलफूल पसल नवीकरण भएनन्
अर्थ, समाचार

भक्तपुरका अधिकांश फलफूल पसल नवीकरण भएनन्

नेपालअखबार, भक्तपुर । भक्तपुरका अधिकांश फलफुल   पसलेहरुले पसल नवीकरण नगरेको भेटिएको छ । भक्तपुर नगरपालिका अनुगमन समितिले नगरका ६ वटा पसलहरुमा अनुगमन गर्दा यस्तो भेटिएको हो । समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा भक्तपुर नगरभित्र रहेको फलफुललगायत ६ वटा पसलहरुको अनुगमन गरेको थियो । अनुगमनमा एच एण्ड एच जुस सेन्टर नवीकरण गर्नुपर्ने, मूल्यसूची राख्नुपर्ने र लेवल नभएको फ्रुटो जुस ५०० मिलिलिटरकोमा लेवल नभएकोले जफत गरी नष्ट गरियो । त्यस्तै राजेश पानीपुरी विगत दुई तीनबर्ष अगाडिदेखि बिना दर्ता संचालन गरेकोले तीन दिनभित्र दर्ता गर्न, सरसफाइमा ध्यान दिन र मूल्यसूचि राख्न निर्देशन दियो । सुष्मा फ्रुट शप विगत चार बर्षदेखि नवीकरण नभएकोले त्यहीं नवीकरण गराएर कुहेको र विग्रेको फलफुलहरु नराख्न, नबेच्न, तराजु नवीकरण गर्न र सरसफाइमा ध्यान दिन निर्देशन दियो । त्यस्तै इजी मल्टि स्टोर नविकरण गर्न, म्य...
टोखाबाट वार्षिक चार करोडको चाकु बिक्री
अर्थ, समाचार, समाज, हाइलाइट-समाचार

टोखाबाट वार्षिक चार करोडको चाकु बिक्री

नेपालअखबार, काठमाडाैं । काठमाडौँको उत्तरी क्षेत्र टोखा बजारका चाकु व्यवसायीलाई चाकु बनाउन तथा बिक्री वितरण गर्न भ्याइनभ्याइ भएको छ । अघिपछि फुर्सदिला हुने टोखाका चाकु व्यवसायीलाई माघे सङ्क्रान्ति पर्व आउन दुई दिन बाँकी रहँदा सञ्चालित १४ उद्योगबाट चाकु उत्पादन तथा बिक्री वितरण गर्न भ्याइनभ्याइ भएको हो । टोखा नगरपालिका वडा नं २ र ३ मा अहिले चाकु उत्पादन तथा बिक्री वितरण हुँदै आएको छ । यो टोखाको पुरानो बजारसमेत हो । टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरका नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा पनि बिक्री हुँदै आएको छ । टोखामा उत्पादन हुने चाकुले नेपालको झण्डै ६० प्रतिशतभन्दा बढी मागको पूर्ति गर्दछ । टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ यहाँ उत्पादित चाकु जापान, अमेरिका र अष्ट्रेलियालगायतका देश...
पेट्रोलियम पदार्थको मूल्य घटाउँदै सरकार
अर्थ, प्रशासन, समाचार

पेट्रोलियम पदार्थको मूल्य घटाउँदै सरकार

नेपालअखबार, काठमाडौं । मूल्य घटाउने निर्णय गर्न निगम सञ्चालक समितिको बैठक बस्दै छ । मूल्य घटाउन निर्देशन दिन आज दिउँसो साढे ३ बजे प्रधानमन्त्री दाहालले निगमका कार्यकारी निर्देशक उमेश थानीलाई बालुवाटार बोलाएका थिए । ४ दिन अघि प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिए पनि आयल निगमले अझै मूल्य नघटाएपछि कार्यकारी निर्देशक थानीलाई नै बोलाएर निर्देशन दिएको बताइन्छ ।...
मुक्तिनाथ बैंक अमरसिंह शाखाले मनायो ‘१६ औं वार्षिकोत्सव’
अर्थ, समाचार

मुक्तिनाथ बैंक अमरसिंह शाखाले मनायो ‘१६ औं वार्षिकोत्सव’

नेपालअखबार, कास्की। मुक्तिनाथ विकास बैंक अमरसिंह शाखाले १६ औं वार्षिकोत्सव मनाएको छ । पोखरा महानगरपालिका १० अमरसिंहचोक स्थित रहेको शाखा कार्यालयमै आज (बुधबार) औपचारिक कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख शंकर केसी तथा विशेष सेवाग्राहीहरु प्रकाश लामा, मोहन प्रसाद ढकाल, देवेनद्र कुमार गुरुङ र कमल बहादुर बाँनियाले सँयुक्त रुपमा केक काटेर वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान गरे । सो अवसरमा बोल्दै मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख शंकर केसीले आगामी दिनमा सेवाग्राहीको मागलाई मध्यनजर गर्दै बैंकको सेवा तथा सुविधाहरु बिस्तार गर्ने योजना रहेको धारणा राखेका थिए । यस्तै सेवाग्राहीहरुले नागरिक तथा सेवाग्राहीको अपेक्षालाई मध्यनजर गर्दै सेवाहरु बढाउनुपर्ने आग्रह गरेका थिए । सो कार्यक्रममा सेवाग्रा...
होटल व्यवसायी महासंघको अध्यक्षमा दिनेश कुमार चुके चयन
अर्थ, समाचार

होटल व्यवसायी महासंघको अध्यक्षमा दिनेश कुमार चुके चयन

नेपालअखबार,  काठमाडौँ । होटल व्यवसायी महासंघ नेपालको अध्यक्षमा दिनेश कुमार चुके सर्वसम्मत चयन भएका छन् । बुधवार चितवनको भरतपुरमा सम्पन्न महासंघको चौथो महाधिवेशनबाट चुके अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा शेर बहादुर थापा (शेरु), प्रशासन (संगठन) उपाध्यक्षमा वीरमञ्जन बटाला चयन भएका छन् भने महासंघको पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती चयन भएका छन् । उप्रेती होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको वर्तमान कार्यसमिति अध्यक्ष समेत हुन् । महासंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएसँगै उप्रेतीले अब आफूले बागमती प्रदेशको नेतृत्वबाट बिदा लिने बताएका छन् । महासंघको अन्य चार उपाध्यक्षमा क्रमशः भाइचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तिलक बहादुर कार्की, देवी गौतम रविन निर्वाचित भएका छन् भने महिला उपाध्यक्षमा धनादेवी चोखाल सर्वसम्मत निर्वाचित भएकी छिन् । यस्तै, मह...
फोहोरबाट मोहोर कमाउँदै टीकापुर अस्पताल
अर्थ, समाचार, समाज

फोहोरबाट मोहोर कमाउँदै टीकापुर अस्पताल

नेपालअखबार, टीकापुर। टीकापुर अस्पतालले  फोहोर प्रशोधन गरेर कमाइ गर्न थालेको छ। कैलालीमा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा सबैलाई चुनौती बनिरहेका समयमा अस्पतालले एक महिनादेखि प्लाष्टिकजन्य फोहोर प्रशोधन गरेर आम्दानी लिन थालेको हो। अस्पतालले एक महिनामा निर्मलीकरण गरिएको १३ क्विन्टल सामग्री बिक्री गरेर २८ हजार रुपैयाँ आम्दानी भएको जानकारी दिएको छ। अस्पतालमा जडान भएका दुई अटोक्लेभ मेसिनमा प्लाष्टिकजन्य फोहोर प्रशोधन हुन एक घण्टा लाग्छ भने रगतजन्य पदार्थ लागेका सामग्री प्रशोधन हुन दुई घण्टा लाग्छ। अस्पतालमा एउटा अटोक्लेभ मेसिन १० वर्षअघि कोरियाली सहयोग नियोग (कोइका) ले दिएको थियो भने अर्को मेसिन विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको थियो। स्वास्थ्य संगठनकै सहयोगमा मेसिन जडान भई सञ्चालनमा आएको अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले जानकारी दिए। 'प्लाष्टिकजन्य फोहोर व्यवस्...
रिट्ठा खेतीबाट आर्थिक आम्दानी गर्न थाले उदयपुरका किसान
अर्थ, कृषि, समाचार, समाज

रिट्ठा खेतीबाट आर्थिक आम्दानी गर्न थाले उदयपुरका किसान

नेपालअखबार, उदयपुर । उदयपुरको मध्य तथा उत्तरी र पूर्वी पहाडी क्षेत्रमा रिट्ठा खेतीमा विस्तार र उत्पादनमा वृद्धिसँगै अहिले कृषकहरुले आर्थिक आम्दानी गर्न थालेका छन् । अहिले आएर जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिका, रौतामाई गाउँपालिकासहित पूर्वी पहाडी क्षेत्रको चौदण्डीगढी नगरपालिकाको सावा सिद्धिपुर बेलकाको बबला क्षेत्रहरुमा बर्सेनि व्यावसायिक रुपमा रिट्ठाखेतीको वृद्धि हुँदै गएको छ भने कृषकहरुले आर्थिक आम्दानीसमेत गर्न थालेको कृषकहरु बताउँछन् । केही वर्षदेखि यता आएर जिल्लाको त्रियुगा नगरपालिकाको साउने, खाँबु र रानीबास आधेरी क्षेत्रमा समेत व्यावसायिक रुपमा रिट्ठा खेती विस्तार हुँदै गएको कृषकहरु बताउँछन् । नगदे बालीका रुपमा बिक्री गर्न सकिने र सहज तरिकाले रिट्ठा बिक्री गरेर आर्थिक आम्दानी लिन सकिने हुनाले अहिले जिल्लाको उदयपुरगढी गाउँपालिकाको भलायाडा क्षेत्र, डुम्रेसहित र...
वर्ल्डलिङ्कले पायो कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड
अर्थ, प्रविधि, समाचार

वर्ल्डलिङ्कले पायो कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड

नेपालअखबार,  काठमाडौं । यस वर्षको कर्पोरेट एक्सिलेन्सी २०२२ आईएसपी अवार्ड वर्ल्डलिङ्कले हात पारेको छ । कर्पोरेट क्लब नेपालले देशकै ठुलो इन्टरनेट सेवाप्रदायकलाई ‘द एचआरएम नेपाल अवार्ड्स फर कर्पोरेट एक्सिलेन्सी’ प्रदान गरेको हो । निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान दिने संस्था तथा व्यक्तिहरूको सम्मानमा यो अवार्ड प्रदान दिने गरिएको छ । यसबाट समाजमा सबैको मनोवल बलियो पार्नुको साथै राम्रो काम गर्न प्रेरित र प्रोत्साहन समेत गर्ने आयोजकको अपेक्षा छ । प्राध्यापक डा. फत्तबहादुर केसी अवार्डका लागि निर्णायक मण्डलको संयोजकको रूपमा रहेका थिए । जसमा वुमन फर ह्युमन राइट्सका संस्थापक अध्यक्ष लिली थापा, पत्रकार बबिता बस्नेत, भुवन दाहाल, सफल पार्टनरका सीईओ ओषुतोश तिवारी, पत्रकार पुष्पराज आचार्य र आइडिया स्टुडियोका कार्यकारी अध्यक्ष डा. छ...
धानको उत्पादन वृद्धि भएपछि घट्यो चामल आयात
अर्थ, कृषि, समाचार

धानको उत्पादन वृद्धि भएपछि घट्यो चामल आयात

नेपालअखबार, काठमाडाैं । अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि मुलुकको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ । नेपालमा चामलको राष्ट्रिय आवश्यकता करिब ४० लाख मे।टन रहेकामा  ३५ लाख २० हजार मे।टन आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमान छ । पछिल्लो वर्षमा धानको समग्र राष्ट्रिय उत्पादन बढेको तथा चामलको आयात घटको अवस्थामा पनि  उक्त परिमाणको चामल कमी हुने देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । चामलको उपभोग करिब एक सय २१ केजीप्रति व्यक्ति प्रतिवर्ष हुने देखिन्छ । यस हिसाबले चामलको आवश्यकता करिब ४० लाख मे।टन चामल रहने देखिन्छ । अघिल्ला आर्थिक वर्षको तुलनामा आव २०७८/८९ मा धान/चामल/कनिकाको आयात भने करिब रु चार अर्ब अर्थात् ६.३ प्रतिशतले घटेको थियो । आव २०७८/७९ को पाँच महिनाअर्थात् मङ्सिरसम्मको तुलनामा ३८.२ प्रतिशतले कमी आए...
आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उदघाटन
अर्थ, प्रशासन, समाचार

आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उदघाटन

नेपालअखबार, काठमाडौं । सरकारले अंग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भको अवसर पारेर आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे विमानस्थल उदघाटन गर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक बिक्रम गौतमले बताए । उनका अनुसार फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा उडान हुने छ । अन्तर्राष्ट्रिय विमानस्थल उदघाटनको खुसियालीमा पोखरा महानगरपालिकाले आज सार्वजनिक बिदासमेत दिएको छ । बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालक दल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ । अमरसिंह चोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित र्याली निकाल्ने तयारी छ । विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण सुरु गरेका तत्कालीन अञ्चलाधीश शंकरराज पाठकलाई अभिनन्दन गर्ने कार्यक्रम छ । चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीले ११...