बैंकको ब्याजदर वृद्धिविरुद्धमा दाङका व्यवसायी आन्दोलनमा उत्रने
नेपालअखबार, दाङ । बैंकहरुले गरेको ब्याज वृद्धिको विरुद्धमा कडा कदम चाल्ने दाङ जिल्ला उद्योग वाणिज्य (उवा) संघ आन्दोनलमा उत्रने भएको छ । घोराहीमा पत्रकार सम्मेलन गर्दै संघले बैंकहरुले गरेको व्याजदर बृद्धिका विरुद्धमा चरणवद्ध आन्दोलन गर्ने जनाएको हो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले नेपालको निजी क्षेत्रलाई धरासायी बनाउने गरी बैंकहरुले गरेको व्याजदर बृद्धि गरेको बताए । ‘नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी मार्गनिर्देशन ०७९ आडमा बैंकहरुले बृद्धि गरेको व्याजदरप्रति हाम्रो कडा आपत्ति छ’ उनले भने, ‘व्याजदर वृद्धि फिर्ता नभए बैंकहरुलाई नै पैसा नबुझाउने सम्मको आन्दोलन गर्छौ ।’
अध्यक्ष बुढाथोकीले व्याजदर बृद्धिले निजी क्षेत्र तहसनहस हुने अवस्था आएको बताए । ‘कतिपय व्यवसायीहरु बैंकबाट लिएको त्रिर्ण तिर्न सक्ने अवस्थामा छैनन्’ उनले भने ।
उवासंघका निर्वतमान अध...










