Sunday, August 2

अर्थ

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी
अर्थ, समाचार

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी

नेपालअखबार, पाेखरा । बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ ।  बुद्ध एयरले आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय गर्न लागेको हो । यसका लागि कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) समक्ष अनुमतिका लागि निवेदन दिएको छ । “पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि हामीले तयारी सुरु गरिसकेका छौँ, सबै तालमेल मिले पहिलो अन्तर्राष्ट्रिय उडान बुद्ध एयरबाट हुनेछ”, बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने । पोखरा विमानस्थलबाट बुद्ध एयरले भारतका तीन गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने योजना बनाएको छ । पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’बाट हुनेछ ।  विमानस्थलको प...
मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने
अर्थ, कृषि, समाचार

मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने

नेपालअखबार, रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्छन। आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उनले अन्य खेतीपाती गर्ने जग्गामा किवीको बिरुवा लगाएका छन् । बिरुवा लगाइएको करिब दुई वर्षमै बारीमा किवी फल्न थालेपछि शाही निकै खुसी छन् । किवी फले पनि जिल्लामै थोरै मात्रामा बिक्री भएकाले ठूलो मात्रामा फलेको किवी बजारसम्म पुर्‍याउन उनलाई निकै गाह्रो भयो । घरबाट डोकोमा बोकेर करिब दुई किलोमिटर हिँडेपछि मात्र सडक भेटिन्थ्यो । सडकमा किवी पुर्‍याए पनि गाडीले किवी बोक्न नमान्दा शाहीलाई किवी बिक्री गर्न निकै समस्या भयो । उनी मात्रै होइन, उक्त नगरपालिकामा किवी खेती गरेका किसानलाई बिक्री गर्न धेरै समस्या भयो । किवीले बजार पाउन छाडे पनि नगरपालिकामा रहेको एउटा वाइन उद्योगले खरिद गर्ने भएको छ । नगरपालिकाका किसानले उत्पादन गरेको किवी...
काठमाडौंमा दोहोरी रेष्टुरेन्ट २ बजेसम्म र नाइट क्लब ४ बजेसम्म खोल्न पाइने
अर्थ, समाचार

काठमाडौंमा दोहोरी रेष्टुरेन्ट २ बजेसम्म र नाइट क्लब ४ बजेसम्म खोल्न पाइने

नेपालअखबार, काठमाडौं । काठमाडौंमा नाइट क्लबहरु राति ४ बजेसम्म सञ्चालन हुन पाउने भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न व्यवसाय सञ्चालन गर्न पाउने समय तोकेको छ । जस अनुसार रक्सी पसलहरु (बोतलबन्दी बिक्री हुने मात्र) राति १० बजेसम्म खोल्न पाउनेछन् । त्यस्तै रेष्टुरेन्टहरु राति १२ बजेसम्म, डान्स, दोहोरी रेष्टुरेन्ट, लाउन्ज र बारहरु राति २ बजेसम्म सञ्चालन हुन पाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । काठमाडौं जिल्लास्थित रात्रिकालीन समयमा सञ्चालित हुने व्यवसायिक कार्यलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित गर्न समय निर्धारण गरेको प्रशासन कार्यालयले जनाएको छ ।...
मुस्ताङबाट यो वर्ष ५० करोडको स्याउ निकासी
अर्थ, कृषि, समाचार

मुस्ताङबाट यो वर्ष ५० करोडको स्याउ निकासी

नेपालअखबार, म्याग्दी । मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । भदौमा प्रतिकिलो रु एक सयका दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मङ्सिर पहिलो साता आइपुग्दा प्रतिकिलो १२० देखि १३० भएको छ । सरदर प्रतिकिलो ११० का दरले स्याउ बिक्री भएको कृषकले बताएका छन् । जसअनुसार निकासी भएको स्याउको मूल्य ५० करोड ८२ लाख हुन आउँछ । कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्षको तुलनामा यसपालि १८.५६ प्रतिशतले स्याउ उत्पादन बढेको बताए । ‘बगैँचामा पुगेर क्रप कटिङ र सोधपुछ गर्दा उत्पादन बढेको पाइयो’, उनले भने, ‘अनुकूल मौसमले उत्पादकत्व, क्षेत्रफल र नयाँ बिरुवा थपिएकाले उत्पादन बढेको हो ।’ कुल पाँच सय ८० हेक्टर ज...
रोल्पाको सुन्तलाले बजार पाएन
अर्थ, कृषि, समाचार

रोल्पाको सुन्तलाले बजार पाएन

नेपालअखबार, रोल्पा । रोल्पा नगरपालिका १० धवाङकी शर्मिला महरा हरेक दिन डोकोमा सुन्तला बोकेर बिक्री गर्न सदरमुकाम आउँछिन । घरबाट सदरमुकाम आउन उनलाई करिब तीन घण्टा लाग्छ । दिनभरी सुन्तला बेचेर बेलुका घर फर्कंदा २ घण्टा पैदल हिँड्नु पर्छ । दैनिक आवतजावतमा ५ घण्टा खर्चेर सुन्तला बिक्री गर्ने उनको सुन्तलाले उचित बजार पाउँदैन । शर्मिला जस्तै अचेल रोल्पा सदरमुकाम लिवाङमा डोकामा सुन्तला राखेर बिक्री गर्ने कृषकको संख्या उल्लेख रहने गर्छ । ९ वर्षका बालबालिकादेखि ७० वर्षका ज्येष्ठ नागरिक घण्टौं पैदल यात्रा गरि सुन्तला बिक्री गर्न जिल्ला सदरमुकाम आउने गर्छन् । कात्तिकदेखि पुस महिनासम्म यसैगरि सुन्तला बिक्री गर्छन् । यो उनीहरुको पुस्तैनी पेसा हो । रोल्पा नगरपालिका वडा नंं १० भुम, भनभने, साउने पानीलगायतका क्षेत्रका किसानहरुको जीविकोपार्जनको मुख्य आधार नै सुन्तला भए पनि यसले उचित बजार नपाउँदा कृष...
पोखरा विमानस्थलमा मंसिर ५ गतेदेखि यान्त्रिक उडान
अर्थ, समाचार

पोखरा विमानस्थलमा मंसिर ५ गतेदेखि यान्त्रिक उडान

नेपालअखबार, पाेखरा । मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी मङ्सिर ५ गतेदेखि यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाईट’ सञ्चालन गरिने भएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले मङ्सिर ५ देखि ११ गतेसम्मको यान्त्रिक उडानको तालिका बनाएको हो प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पोखरा विमानस्थलमा मङ्सिर ५ गतेदेखि एक साता यान्त्रिक उडान हुने जानकारी दिए  । यसअघि प्राधिकरणले मङ्सिर १४ गतेदेखि यान्त्रिक उडान गर्ने जनाएको थियो ।  पोखरा विमानस्थलमा एकसाता यान्त्रिक उडान हुनेछ । प्राधिकरणले आगामी जनवरी १ (पुस १७ गते) बाट पोखरा विमानस्थल व्यावसायिक सञ्चालनको घोषणा गरिसकेको छ । यान्त्रिक उडानकोक्रममा हालको पुरानो आन्तरिक विमानस्थलको उडान तालिका हेरफेर हुनसक्ने प्राधिकरणले जनाएको छ । “पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक...
बैंकको ब्याजदर वृद्धिविरुद्धमा दाङका व्‍यवसायी आन्दोलनमा उत्रने
अर्थ, समाचार

बैंकको ब्याजदर वृद्धिविरुद्धमा दाङका व्‍यवसायी आन्दोलनमा उत्रने

नेपालअखबार, दाङ । बैंकहरुले गरेको ब्याज वृद्धिको विरुद्धमा कडा कदम चाल्ने दाङ जिल्ला उद्योग वाणिज्य (उवा) संघ आन्दोनलमा उत्रने भएको छ । घोराहीमा पत्रकार सम्मेलन गर्दै संघले बैंकहरुले गरेको व्याजदर बृद्धिका विरुद्धमा चरणवद्ध आन्दोलन गर्ने जनाएको हो । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले नेपालको निजी क्षेत्रलाई धरासायी बनाउने गरी बैंकहरुले गरेको व्याजदर बृद्धि गरेको बताए । ‘नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी मार्गनिर्देशन ०७९ आडमा बैंकहरुले बृद्धि गरेको व्याजदरप्रति हाम्रो कडा आपत्ति छ’ उनले भने, ‘व्याजदर वृद्धि फिर्ता नभए बैंकहरुलाई नै पैसा नबुझाउने सम्मको आन्दोलन गर्छौ ।’ अध्यक्ष बुढाथोकीले व्याजदर बृद्धिले निजी क्षेत्र तहसनहस हुने अवस्था आएको बताए । ‘कतिपय व्यवसायीहरु बैंकबाट लिएको  त्रिर्ण तिर्न सक्ने अवस्थामा छैनन्’ उनले भने । उवासंघका निर्वतमान अध...
जीवन धान्न नौ महिना चौंरी खर्कको बास
अर्थ, कृषि, समाचार

जीवन धान्न नौ महिना चौंरी खर्कको बास

नेपालअखबार, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको बास वर्ष दिनमा नौ महिना उच्च हिमाली भेगमा बित्छ। घर खर्च चलाउनका लागि चौंरी स्याहार्दै जंगली जनावरको समेत सामना गर्दै उनी बाँकी तीन महिनाका लागि मानव बस्तीमा झर्छन्। हरेक वर्ष पुसदेखि कात्तिकसम्म शेर्पाले विकट हिमाली भेगमा रहेको चौंरी खर्कमा बिताउने गर्छन्। यो समयमा उनको संगत आफ्नै परिवारका सदस्यका अलावा चौंरी र आसपासका चौंरीपालक किसानसँग मात्र हुन्छ। पुस्तौंदेखि चौंरीपालन व्यवसाय गर्दै आएका शेर्पा मात्रै होइन, सिन्धुपाल्चोककै पारिगाउँको नामले चिनिने जुगल गाउँपालिका–३ गुम्बाका दर्जन बढी चौंरीपालक किसानको दैनिकी हो यो। चौंरीबाट हुने आम्दानीका लागि शेर्पाले नौ महिनासम्म दुःख गरेर आफ्नो जीविकोपार्जन धान्ने गरेका छन्। आफ्नो परिवारसमेत सँगै लैजाने गरेको उनले सुनाए। 'पढेको छैन, अरू सीप पनि छैन...
शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी
अर्थ, कृषि, समाचार, समाज

शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी

नेपालअखबार, भरतपुर । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उहाँलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले अहिले चार बिघामा फूल रोप्नुभएको छ । सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ । पाख्रिनले भने, ‘गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पुर्‍याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको झनै अपुग भयो ।’ कृतिम फूल प्रयोगकर्ता घटेपछि प्राकृतिक फूलमा आकर्षण बढ्दा जिल्लामा सयपत्री फूलको माग बढी भएको उनले बताए । तिहारको अवधिभर १२ हजार फूलको माला बिक्री हुने पाख्रिनको विश्वास छ । जसबाट रु छ लाखभन्दा माथि आम्दानी हुने उहाँले बताउनुभयो । पाख्रिनले १८ वर्षदेखि व्यवसायीकरुपमा सय...
कर्जाको ब्याजदर वृद्धिको प्रभाव – आन्दोलनको तयारीमा उद्योगी/व्यवसायी
अर्थ

कर्जाको ब्याजदर वृद्धिको प्रभाव – आन्दोलनको तयारीमा उद्योगी/व्यवसायी

कर्जाको ब्याजदर निरन्तर बढ्दै गएपछि उद्योगी/व्यवसायी रुष्ट बनेका छन् । अर्थतन्त्रलाई संकटमा जानबाट रोक्ने नाममा वाणिज्य बैंकहरूले निरन्तर कर्जाको ब्याज बढिरहेको छ ।​ फलस्वरूपः पछिल्लो २ वर्षको अवधिमा सतप्रतिशतसम्म कर्जाको ब्याजदर बढेको छ । यससँगै, सस्तोमा ऋण लिएर उद्योग व्यवसायमा लगानी गरेका व्यवसायी रुष्ट बनेका हुन् ।वाणिज्य बैंकहरूको समूह नेपाल बैंकर्स एसोसिएसनले कात्तिक महिनादेखि कर्जाको ब्याजदर करिब १८ प्रतिशतसम्म पुर्याउने निर्णय गरिसकेको छ । यसका लागि संघले बेस रेट कम्तिमा ०.५ प्रतिशतले बढाउने र प्रिमियम पनि बढाउने निर्णय निर्णय गरेको छ ।यससँगै, कात्तिक महिनादेखि कर्जाको ब्याजदर बढेर १८ प्रतिशत वा त्योभन्दा माथि पुग्छ । जसले गर्दा सस्तोमा ऋण लिएर लगानी गरेका उद्योगी/व्यवसायी मर्कामा परेका हुन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल ब्याजदरमा भइरहेको निरन्तर वृद्धिले समग्र उ...