आरुघाटवासीको आक्रोश ः ‘हामी घर न घाटको भयौ’
आरुघाट । मुआब्जा निर्धारणमा असन्तुष्टी जनाउदै आरुघाटवासी आन्दोलित भएका छन् । सरकारले सोमबार आरुघाट, आरखेत, धादिङ तर्फको खहरे, विशालटार लगायतका स्थानको मुआब्जा दर सार्वजानिक गरेपछि उनिहरु आन्दोलनमा उत्रेका हुन् ।
‘सरकारले सार्वजानिक गरेको मुल्य कत्तिपनि ब्यवहारिक भएन’ बूढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिका अध्यक्ष दिनेश ढकालले भने ‘खाए खा नखाए घिच जस्तो ब्यवहार हामी मान्दैनौ, तत्काल निर्णय सच्चयाउनुपर्छ ।’
आयोजना मुआब्जा निर्धारण समितिले प्रतिआना न्यूनतम ५० हजारदेखि ७ लाखसम्म मुल्य निर्धारण गरेको छ । तर समितिको निर्णयप्रति स्थानीयले असन्तुष्टी जनाएका छन् । ‘हामीले ८ बर्ष पहिला नै दुई आनाको १६ लाखमा किनेको, अहिले सरकारले १४ लाख दिने रे’ प्रभावित सिरमाया गुरुङले भनिन् ‘माथी गाउँमा भएको सबै ज्याथा बेचेर बजारमा झरियो, अब सरकारले नै घर न घाटको बनाउला जस्तो छ ।’
गाउँपालिका अध्यक्ष पूर्णबहादुर...
