१८ औं जेपी क्रस विद्यालयस्तरिय बास्केटबल पोखरामा जारी
नेपालअखबार, पोखरा । १८ औं जेपी क्रस विद्यालयस्तरिय छात्र/छात्रा बास्केटबल पोखरामा शनिबार पनि पोखरा रंगशालाको बास्केटबल कोर्टमा जारी रहेको छ ।
कास्की जिल्ला बास्केटबल संघको आयोजनामा जारी प्रतियोगिताको दोश्रो दिन छात्रातर्फ ३ र छात्रतर्फ ९ गरि कूल १२ खेल सम्पन्न भएका छन् । लिग कम नक आउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा छात्रतर्फ सरस्वती आदर्श विद्याश्रम, माउन्ट अन्नपूर्ण, शिसु निकेतन, प्रगती मावि र गोगन मावि तथा छात्रातर्फ गोगन मावि लिग चरणबाट बाहिरिएका छन् ।
शनिबारको खेलमा छात्रतर्फ हिल पोइन्टले माउन्ट अन्नपूर्णलाई ३२–१८ ले, बालकल्याणले स्टेप वाई स्टेपलाई ३९–११ ले, मनकामनाले गोगन माविलाई ४०–३९ ले, गण्डकी वोर्डिङले प्रगतीलाई २६–२१ ले र न्यू ग्यालेक्सीले पोखरा लनर्सलाई ३७–१० ले पराजित गरेको छ ।
त्यसै गरि छात्रातर्फ प्रगतीले न्यू ग्यालेक्सीलाई १०–४ को स्कोरले पराजित गर्दा बालकल्...










