Tuesday, May 26

खेलकुद

देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन
खेलकुद, समाचार

देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

नेपालअखबार, पोखरा । नयाँ गल्ली क्लबको आयोजनामा सम्पन्न तेस्रो देशना चन्द स्मृति नयाँ गल्ली कप सेभेन ए साइड फुटबल प्रतियोगितामा केआइइसी बुन एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका–१ स्थित पुरानोटुडिखेल मैदानमा शनिबार भएको फाइनलमा गन्नी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै केआइइसी बुन एफसी च्याम्पियन बनेको हो । बुन एफसीलाई च्याम्पियन बनाउन आशिष गुरुङले निर्णायक गोल गरे । उनको गोलसँगै उपाधि जितेको बुन एफसीले नगद १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको गन्नी एफसीले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्याे । कुल ४७ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट बुन एफसीका आशिष गुरुङ सर्वोत्कृष्ट खेलाडीका रुपमा ट्रफीसहित नगद रु १० हजारबाट पुरस्कृत भए । यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै जनम गुरुङ, उत्कृष्ट डिफेन्डरका रुपमा सोही क्लबकै सरो...
फेवाताल किनारमा ओलम्पियनको जमघट
खेलकुद, समाचार, समाज

फेवाताल किनारमा ओलम्पियनको जमघट

नेपालअखबार, पोखरा । नेपालको प्रतिनिधित्व गर्दै सन् १९६४ देखि २०२० सम्म विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सहभागी खेलाडी पोखरा आइपुगेका छन् । नेपाल ओलम्पियन्स संघको आयोजना, पोखरा महानगरपालिका खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, कास्कीको समन्वयमा ओलम्पियनको पुनर्मिलन तथा सम्मान कार्यक्रम शनिबार साँझ पोखरामा हुँदैछ । कार्यक्रमअघि शनिबार बिहान हल्लनचोकदेखि बाराही घाटसम्म प्रभातफेरि निकालिएको थियो । बाराही घाटमा आयोजित समारोहमा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरा आइपुगेका करिब ५० जना ओलम्पियनलाई स्वागत गरे । सीमित स्रोत र साधनबीच ६ दशकअघि ओलम्पिकमा नेपालको प्रतिनिधित्व हुनु प्रशंसनीय रहेको मेयर आचार्यले बताए । आफूहरू पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने अभियानमा रहेको र त्यसका लागि खेलकुद पर्यटन महत्त्वपूर्ण अंग भएको बताए । ‘पोखरामा नवौँ राष्ट्रिय खेलकुद भय...
पोखरा–१४ र १५ वडास्तरीय फुटबलको फाइनलमा
खेलकुद, समाचार

पोखरा–१४ र १५ वडास्तरीय फुटबलको फाइनलमा

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका वडास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर १४ र १५ खेल्ने भएका छन् । बुधबार भएको दुई सेमिफाइनलमा जित निकालेका यी दुई वडा उपाधिका लागि मैदान उत्रने भएका हुन् । पहिलो सेमिफाइनलमा वडा नम्बर १५ ले वडा नम्बर ३० लाई २–१ ले हरायो । दोस्रो सेमिफाइनलमा वडा नम्बर १४ ले वडा नम्बर २७ लाई पराजित ग¥यो । वडा नम्बर १५ को जितमा विशाल गुरूङ र श्रीजन रञ्जितले एक–एक गोल गरे । वडा नम्बर ३० का सागर गौतमले एक गोल गरेका थिए । वडा नम्बर १५ का श्रीजन म्यान अफ द म्याच घोषित भए । वडा नम्बर १४ को जितमा आशिष कार्की र नारन गुरूङले दुई–दुई गोल गरेको आयोजकले जनाएको छ । आशिष म्यान अफ द म्याच बने । वडा नम्बर १४ र १४ बीचको फाइनल बिहीबार बिहान ११ बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ । कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध...
पोखरा १५, ३०, १४ र २७ वडास्तरीय फुटबलको सेमिफाइनलमा
खेलकुद, समाचार

पोखरा १५, ३०, १४ र २७ वडास्तरीय फुटबलको सेमिफाइनलमा

नेपालअखबार, पोखरा ।  पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा जारी वडास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार आठ वटा खेलबाट सेमिफाइनल पुग्ने चार वडाको टुंगो लागेको छ । पोखरा–१५, पोखरा–३०, पोखरा–१४ र पोखरा–२७ को टिम अन्तिम चारमा पुगेको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । मंगलबार भएको खेलमा वडा नम्बर १५ ले वडा नम्बर १३ लाई ४–१, वडा नम्बर ३० ले वडा नम्बर ८ लाई ३–२, वडा नम्बर १४ ले वडा नम्बर ३२ लाई २–०, वडा नम्बर २७ ले वडा नम्बर–२४ लाई ४–३ गोलान्तरले हराए । यी चारमध्ये दुई टिम बुधबार हुने सेमिफाइनलबाट फाइनल प्रवेश गर्ने छन् । पहिलो सेमिफाइनल वडा नम्बर १५ र ३० बीच बिहान ८ बजे र दोस्रो सेमिफाइनल वडा नम्बर १४ र २७ बीच बिहान १० बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ । कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगितामा ...
पोखरामा जारी मुवाँथाईको समर क्याम्पमा मुवाँथाई खेलको शैद्धान्तिक तर्फको प्रशिक्षण सम्पन्न
खेलकुद, समाचार

पोखरामा जारी मुवाँथाईको समर क्याम्पमा मुवाँथाई खेलको शैद्धान्तिक तर्फको प्रशिक्षण सम्पन्न

नेपालअखबार, पोखरा । पोखरामा जारी मुवाँथाईको समर क्याम्पमा सहभागिहरुलाई मंगलबार मुवाँथाई खेलको शैद्धान्तिकतर्फको प्रशिक्षण सम्पन्न गरिएको छ । थाईल्याण्डबाट सुरु भएको मार्शल आर्ट खेल मुवाँथाई विश्वव्यापी बने संगै यूवा खेलाडी उत्पादन गर्न पोखरामा ४५ दिने निशुल्क समर क्याम्प सुरु गरिएको हो । सो समर क्याम्पन अन्तर्गत मंगलबार मुवाँथाई खेलको इतिहास, खेलमा प्रयोग हुने भाषिक शब्दहरु, ‘फाइभ डब्लु एच’का विभिन्न विषयमा प्रशिक्षण दिइएको उक्त खेलका अन्तर्राष्ट्रिय सर्टिफाइड तथा नेपालका मुख्य प्रशिक्षक खगेन्द्र क्षेत्रीले जानकारी दिएका छन् । विभिन्न विद्यालयका १ सय जना भन्दा बढि सहभागि रहेको समर क्याम्पमा मुवाँथाई खेलको ‘ट्रेडिसनल, प्रोफेसनल, अमेच्योर र विशेषता र भिन्नताका बारेमा समेत जानकारी गराइएको थियो । सो अवसरमा व्यवसायिक खेलकुदमा मुवाँथाईको विकासका बारेमा जानकारी गराउनुका साथै सो को प्रदर्शनी...
वडा १५ को व्याडमिण्टन उपाध रमेश र धनराज जोडीलाई, महिलातर्फ तुलसी र टिकीसरा विजयी
खेलकुद, समाचार

वडा १५ को व्याडमिण्टन उपाध रमेश र धनराज जोडीलाई, महिलातर्फ तुलसी र टिकीसरा विजयी

नेपालअखबार, पाेखरा । पोखरा महानगरपालिका वडा १५ द्वारा आयोजित वडा १५ स्तरिय पुरुष तथा महिला डबल्स व्याडमिण्टन प्रतियोगितामा पुरुषतर्फ रमेस प्रसाद श्रेष्ठ र धनराज गुरुङ्गको जोडी प्रथम भएको छ । शनिबार भएको फाइनल खेलमा प्रकाश गुरुङ्ग र युवराज गुरुङ्गको जोडीलाई पराजित गर्दै यो जोडीले उपाधी जितेको हो । महिलातर्फ तुलसी फगामी पुन र टिकीसरा गर्वुजा तामाङ्गको जोडीले लिलादेवी शेरपञ्जा र सुशिला पुर्जा पुनको जोडीलाई पराजित गर्दै प्रथम स्थान हाँसिल गरे । पुरुषतर्फ खुमबहादुर गुरुङ र हरिबहादुर आले तथा मनिष गुरुङ्ग र सफल थापा मगरको जोडीले तृतीय स्थान प्राप्त गरे । महिलातर्पm दिलकुमारी रोन्जिता र हरिमाया थापा तथा गंगा नापित र बिमला थापाको जोडी तृतीय भए । विजयी खेलाडीहरुले क्रमश ः ७, ५ र ३÷३ हजार नगद सहित प्रमाण पत्र पुरस्कार प्राप्त गरे । प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ्गले एक समा...
पोखरामा वडास्तरीय फुटबल प्रतियोगिता सुरू
खेलकुद, समाचार

पोखरामा वडास्तरीय फुटबल प्रतियोगिता सुरू

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सुरू भएको छ । महानगरपालिकाका ३३ मध्ये ३० वटा वडा सहभागी प्रतियोगिताको शनिबार महानगर प्रमुख धनराज आचार्यले उद्घाटन गरे । जेठ ११ गतेसम्म चल्ने प्रतियोगिताका खेल पोखरा रंगशाला र पोखरा–१९ लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो दिन ७ खेल भए । आयोजकका अनुसार वडा नम्बर २६ ले वडा नम्बर ३ लाई १०–१ ले, वडा नम्बर २५ ले वडा नम्बर ४ लाई ९–० ले, वडा नम्बर ५ ले वडा नम्बर २२ लाई २–१ ले, वडा नम्बर ८ ले वडा नम्बर ७ लाई १–० ले, वडा नम्बर १० ले वडा नम्बर १९ लाई २–१ ले हराएको छ । वडा नम्बर ११ खेलमा सहभागी नभएपछि वडा नम्बर १५ स्वतः विजयी घोषित भयो । वडा नम्बर १ र ३० बीचको खेल निर्धारित समयमा २–२ मा सकिएको थियो । पेनाल्टीमा पनि ५–५ बराबरी भएपछि सडन डेथमा वडा नम्बर ३० विज...
शीर्ष ४ मा पकड बनाउँदै म्यानचेष्टर युनाइटेड
खेलकुद, समाचार

शीर्ष ४ मा पकड बनाउँदै म्यानचेष्टर युनाइटेड

नेपालअखबार, काठमाडौं । म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा शनिबार राति वल्भ्सलाई २-० ले पराजित गरेको छ । यस जितपछि युनाइटेडले शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ । लगातार दुई हारपछि युनाइटेडले जित हात पारेको हो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका लागि एन्टोनी मार्सियलले ३२औं र अलेजान्द्र गार्नाचोले इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरे । तेस्रो स्थानको न्युकासल युनाइटेड लिड्ससँग २-२ को बराबरीमा रोकिँदा पनि युनाइटेडलाई फाइदा पुगेको छ । ३५ खेलपछि न्युकासल र म्यानचेष्टर युनाइटेडको समान ६६ अंक छ । गोलअन्तरमा न्युकासल तेस्रो र म्यानचेष्टर युनाइटेड चौथो स्थनानमा छ । लिभरपुल ६२ अंकसहित पाँचौ स्थानमा छ । शीर्ष चारको होडमा रहेका टोटनहम र एस्टन भिल्ला भने बाहिरिसकेका छन् । हाल आठौं स्थानमा रहेको ब्राइटनको पनि शीर्ष चारको सम्भावना बाँकी नै छ । ३३ खेलबाट ५५ अंक ...
एन्फा कार्यसमितिमा पंकजको पकड फर्कियो
खेलकुद, समाचार

एन्फा कार्यसमितिमा पंकजको पकड फर्कियो

नेपालअखबार, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा केन्द्रीय कार्यसमितिको आपतकालीन बैठकले लिग कमिटी संयोजकमा उपाध्यक्ष विराटजंग शाहीलाई नियुक्त गरेको छ । अर्का उपाध्यक्ष दीपक खतिवडाले आपतकालीन समितिको सदस्यको जिम्मेवारी पाएका छन् । एन्फा मुख्यालयमा सोमबार दिउँसो करिब ३ घण्टा जारी बैठकले केही समययता असन्तुष्ट देखिएका पदाधिकारी र सदस्यमध्येबाट केहीलाई सहमतिमा फर्काएको छ । यसले एन्फाको कार्यसमितिमा अध्यक्ष पंकज नेम्वाङको पकड पुनः दरिलो भएको छ । लिग कमिटीको नेतृत्व यसअघि अध्यक्ष नेम्वाङले नै गर्दै आएका थिए । आपतकालीन समतिका सदस्य विकासनारायण श्रेष्ठले राजीनामा दिएपछि सो पदमा खतिवडालाई जिम्मा दिइएको हो । उपाध्यक्ष खतिवडाले मिसन फिफा वुमन्स विश्वकप २०२७-३१ समितिको संयोजकको जिम्मेवारीसमेत पाएका छन् । यो समितिमा महिला सदस्यद्वय सरिला श्रेष्ठ र पेमा डोल्मा सदस्य छन् । १७ फागुनमा उपाध्यक्...
सातौं पोखरा स्पोर्ट्स अवार्ड सम्पन्न
खेलकुद, समाचार

सातौं पोखरा स्पोर्ट्स अवार्ड सम्पन्न

नेपालअखबार, पाेखरा । सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड शनिबार पोखरामा भव्य रुपमा सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेलाडी पुरुष तर्फको पुरस्कार क्रिकेटका करण केसी र वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको पुरस्कार फुटबलकी सावित्रा भण्डारीले हात पारेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको अवार्ड कार्यक्रम अन्तरगत यो विधामा केसी सँगै आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका थिए् । यसैगरी वर्ष उत्कृष्ट खेलाडी महिला तर्फ भण्डारीसँगै आर्चरीकी रोजीना थापा मगर, र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर परेका थिए । अवार्ड अन्र्तगत उदीयमान खेलाडीतर्फ क्रिकेटका सुवास भण्डारी सवोत्कृष्ट ठहरिए । यो विधामा भण्डारीसँगै भलिवलका रवि केसी र फुटवलका सुमित श्रेष्ठ मनोनयनमा परेका थिए । वर्ष उत्कृष्ट प्रशिक्षक ...