चर्चामा चलचित्र आँखाको ट्रेलर : भुइँमान्छेको कथा
नेपालअखबार,काठमाडौं । फरक कथावस्तुमा तयार भएको नेपाली चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको साढे २ मिनेट लामो ट्रेलरले बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई सिनेमाले भावनात्मक रूपमा उठान गरेको छ । असोज ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आँखा’ लाई जौन योन्जनले लेखन तथा निर्देशन गरेका हुन् । यसअघि सार्वजनिक टिजर र गीतलाई उत्कृष्ट प्रतिक्रिया मिल्दा निर्देशक योन्जनले सिनेमाको कथावस्तुलाई संक्षिप्त वर्णन गर्दै ट्रेलरलाई पनि सोहि प्रकृतिले सुन्दर बनाउने प्रयास गरेका छन् । भुइँमान्छेको कथा प्रस्तुत गरिएको ट्रेलरमा फोहोरमा राजनिति र दुई वर्गबिचको खाडल देख्न सकिन्छ ।
चलचित्रमा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा मुख्य भुमिक...










