२ अर्ब भारुभन्दा बढी पारिश्रमिक लिन्छन् ७३ वर्षका रजनीकान्त
नेपालअखबार, हैदराबाद । दक्षिण भारतीय फिल्म उद्योगमा रजनीकान्तलाई भगवान् जसरी पुज्ने गरिन्छ । यिनै रजनीकान्त आजदेखि ७३ वर्षका भए ।
उमेरको साथमा रजनीकान्तको फ्यान फलोइङ र रेकर्ड वर्षेनी बढिरहेको छ । यही वर्ष रिलिज भएको रजनीकान्तको जेलरले ६ अर्ब भारुभन्दा धेरै कमाएर तमिल सिनेमा उद्योगमा इतिहास रच्यो ।
५ अर्ब भारुभन्दा धेरै कलेक्शन गर्ने २ तमिल फिल्म हुने रजनीकान्त दक्षिण भारतका एक मात्रै सुपरस्टार हुन् । रजनीकान्तको उमेरमा अन्य अभिनेताहरु हिरोको बाउ वा हजुरबाको भूमिका खेलिरहेका छन् । तर यति बुढो उमेरमा पनि रजनीकान्त नायकका रुपमा फिल्म खेलिरहेका छन् । उनका फिल्मले रेकर्ड पनि बनाइरहेको छ । रजनीकान्तले जेलरका लागि २ अर्ब १० करोड भारु पारिश्रमिक लिएका थिए । यिनी दक्षिण भारतको मात्रै होइन भारतकै सबैभन्दा धेरै पारिश्रमिक लिने एक्टर हुन् ।
दक्षिण भारतमा रजनीकान्तको फिल्म रिलिज हुने दिन कयौँ...










