उत्कृष्ट निर्देशककाे रुपमा उदाएकी कृषा चौलागाई
नेपालअखबार,काठमाडौं । निर्देशक कृषा चौलागाईले पछिल्लो पटक निर्देशन गरेको चलचित्रहरु ऐँचोपैँचो र पिताम्बरले आर्थिक रुपमा र समिक्षकीय रुपमा राम्रो सफलता पाएपछि महिला निर्देशकले गरेको यो प्रयासलाइ लिएर अहिले चौतर्फी तारिफ बटुल्नुभएको छ ।
कृषा भन्नुहुन्छ 'फिल्म निर्देशन मेरो सानै देखिको सपना थियो ।' उहाँले ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलाँस’ जस्ता फिल्म निर्माण गरेर यो क्षेत्रमा डेढ दशक बिताउनु भयाे । उहाँले त्यही अनुभवलाई आत्मा साथ गर्दे निर्देशनमा होमिएकाे बताउनु भयाे ।
कृषा निर्मातापछि सीधै फिल्म निर्देशक बन्नु भएको भने होइन । पहिले उहाँले ‘विज्ञापन’ फिल्म निर्देशन गर्नुभयो, सर्ट फिल्म निर्देशन गरेर देश विदेशका फेस्टिभलमा पठाउनु भयाे । उहाँले त्यसपछि ‘ऐँचो पैँचो’ फिल्ममार्फत निर्देशनमा डेब्यु गर्नु भएकाे हाे । त्यसपछिको दोस्रो फिल्म हो यो ‘पिताम्बर’ ।
कृ...










