Sunday, February 15

प्रदेश २

जनकपुरमा एक महिलाले जन्माइन् ४ वटा बच्चा
प्रदेश २, समाचार

जनकपुरमा एक महिलाले जन्माइन् ४ वटा बच्चा

नेपाल अखबार, जनकपुर । जनकपुरमा एक महिलाले एकै पटकमा ४ वटा बच्चालाई जन्म दिएकी छन् । धनुषाको विदेह नगरपालिका–७ जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले मंगलवार राति एकैपटक चार वटा बच्चालाई जन्म दिएकी हुन् । प्रसूतिका लागि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानाको स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सक सोनिया सिंहले शल्यक्रिया मार्फत ती बच्चाहरु निकालेकी थिइन् ।  डा. सोनिया सिंहले एकै पटकमा ४ वटा बच्चालाई जन्म दिनु  ’दुर्लभ’ घटना रहेको बताइन् । अरमानाले ३ छोरी र १ छोरा जन्माएकी छन् । शिशुहरु मध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको काव्या अस्पतालले जनाएको छ । शिशुहरु मध्ये ३ वटाको स्वास्थ्य अवस्था समान्य रहेपनि एक शिशुको अवस्था भने अस्थिर देखिएको डाक्टर एसके सिंहले बताए । शिशुहरुको श्वासप्रश्वासमा कठिनाइ हुनसक्ने भएकाले केही साता विशेष स्वास्थ्य न...
संक्रमणकै कारण महोत्तरीमा १६ दिनमै ८ को मृत्यु, तेस्रोपटक निषेधाज्ञा
प्रदेश २, समाचार, स्वास्थ्य

संक्रमणकै कारण महोत्तरीमा १६ दिनमै ८ को मृत्यु, तेस्रोपटक निषेधाज्ञा

नेपाल अखबार, महोत्तरी । कोभिड–१९ सङ्क्रमण फैलदै जाँदा जिल्ला प्रशासन कार्यालय महोत्तरीले तेस्रोपटक निषेधाज्ञा जारी गरेको छ । भदौ १० गते दोस्रोपटक जारी गरिएको निषेधाज्ञाको अवधि सोमबार मध्यरातमा सकिएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले थप एक साता अवधिका लागि यो आदेश जारी गरेको हो । सोमबार थपिएको निषेधाज्ञाको अवधि भदौ २२ गतेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जारी गर्नुभएको आदेशमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाभरि लागू हुनेगरी भदौ १ गते १० दिनका लागि निषेधाज्ञा घोषणा गरेको थियो । यद्यपि त्यसअघि पनि साउन २१ गते नै जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाको मुख्य बजारक्षेत्र र महोत्तरी गाउँपालिका–३ र ५ मा निषेधाज्ञा जारी थियो । भदौ लागिकन जिल्लाभरि जारी गरिएको निषेधाज्ञाबीच नै यहाँ सङ्क्रमण ह्वात्तै बढेको छ । जिल्लामा कोरोना भाइरसबाट मृत्यु भएका कूल १० मध्ये आठको म...
पर्सामा अत्यावश्यक औषधिको अभाव
प्रदेश २, स्वास्थ्य

पर्सामा अत्यावश्यक औषधिको अभाव

इरफान अली, वीरगन्ज । विगत लामो समय देखिको निषेधाज्ञा तथा कोरोना महामारीका कारण पर्सामा जीवन रक्षक अति आवश्यक औषधिहरुको अभाव हुन थालेको छ । स्वास फेर्नलाई साजिलो हुने रामवाण मानिएको औषधिको अभाव वीरगञ्जमा रहेको पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले आफ्नो फेसबुक स्टाट्स मार्फत जनाएका छन् । पर्सामा हाल २१०० जना भन्दा बढी कोरोना संक्रमित छन भने २ दर्जन भन्दा बढि संक्रमित वीरगन्जको विभिन्न आईसोलेशनको आइसियुमा राखिएका छन् । कोरोना संक्रमित, निमानिया संक्रमित, दमको रागीलाई चाहिने अति आवश्यक ‘अस्थालिन रेस्पाईरेटोरी सोलुसन’ नामक औषधि दिने गरिएको छ । तर विगत केही दिन देखि पर्साको बजारमा यो औषधिको अभाव भएको पर्साका जन सवास्थ्य निरिक्षक जयमोद ठाकुरले जनाएका छन । स्वास फेर्न गार्हो हुने कोरोना संक्रमित तथा अन्य दमका रोगीलाई नभई नहुने औषधिको अभावले ज्यानै गुमाउने अवस्था हुन नदिनका लागि स्वास्थ्य निरि...
सर्लाहीमा निषेधाज्ञा ७ दिन लम्बियो
प्रदेश २, प्रशासन, समाचार

सर्लाहीमा निषेधाज्ञा ७ दिन लम्बियो

नेपाल अखबार, जनकपुरधाम । सर्लाहीमा आगामी भदौ २१ गतेसम्मका लागि कायम रहने गरी निषेधाज्ञाको म्याद थप गरिएको छ । जिल्लामा चौथो पटक निषेधाज्ञा थप गरिएको हो । तेस्रो पटक थपिएको म्याद आइतबार सकिनै लाग्दा चौथो पटक निषेधाज्ञाको समय बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्लास्तरीय समितिको आइतबार बसेको बैठकले निषेधाज्ञा थप्ने सिफारिस गरेपछि समय थप गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । कोरोना सक्रमण फैलिने क्रम नरोकिएपछि निषेधाज्ञाको म्याद थप गर्नुपरेको उनको भनाइ छ । यसअघि ७ भदौदेखि १४ भदौसम्मका लागि, ३२ साउनदेखि ७ भदौसम्मका लागि र २६ साउनदेखि ३२ साउनसम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।...
बीरगञ्जमा स्वाब परीक्षण गरेको भाँडो आफैले लगेका एक व्यक्तिको रिपोर्ट नेगेटिभ
प्रदेश २, समाचार, स्वास्थ्य

बीरगञ्जमा स्वाब परीक्षण गरेको भाँडो आफैले लगेका एक व्यक्तिको रिपोर्ट नेगेटिभ

इरफान अली, बीरगञ्ज। स्वाब परीक्षण गरेको भाँडो आफैले लगेका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएपछि पर्सामा भइरहेको कोरोना परीक्षणको विषयलाई प्रश्न उठन पुगेको छ । स्वाब संकलनका लागि खटिएका स्वाथ्यकर्मी र नारायणी अस्पतालको पीसीआर ल्याबका स्वास्थ्यकर्मी तथा कर्मचारीको चरम लापरवाहीको कारण नै ती व्यक्तिको स्वाब परीक्षण बिना नै रिर्पोट नेगेटिभ आएको छ ।   “एक घर एक पीसीआर परीक्षण”का लागि स्वास्थ्यकर्मीको टोली गत साउन १८ गते बीरगञ्ज महानगरपालिका वडा नं. २५ खल्वा टोला श्रीर्सिया पुगेको थियो । त्यहाँका धेरै स्थानीयले त्यो दिन आफ्नो स्वाब संकलन गराएका थिए । बीरगञ्ज महानगरपालिका वडा नं. २५ सिर्सियाका राम अवतार हजारा पनि पीसीआर परीक्षणका लागि आफ्नो स्वाब संकलन गराउन गएका थिए । बीरगञ्ज महानगरपालिकाको “एक घर एक पीसीआर परीक्षण”का क्रममा गत साउन १८ गते उनले राष्ट्रिय आधारभुत विद्यालयमा पुगेका स्वास्थ्यकर्मी...
धनुषामा तस्कर र प्रहरीबीच झडप
प्रदेश २, प्रशासन, समाचार

धनुषामा तस्कर र प्रहरीबीच झडप

नेपाल अखबार, जनकपुर  । धुनषामा गएराति नेपाल–भारत सिमावर्ती क्षेत्रमा प्रहरी र तस्करबीच झडप भएको छ । शुक्रबार राति विदेह नगरपालिकास्थित दुहबीमा तस्कर र प्रहरी बीच झडप हुदाँ हवाई फायर समेत भएको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले नेपालबाट भारत तस्करी गर्न लागेको छहरा छापामारी गर्न गएको बेला प्रहरी टोलीमाथि तस्करको एक समूहले ढुंगामुढा गरेको थियो । प्रहरी उपरिक्षक बस्नेतले पिकअपमा करिब एक सय बोरा मटर भारततर्फ तस्करी भइरहेको सूचना पाए लगत्तै १५ जनाको संख्यामा पुगेको प्रहरी टोलीमाथि तस्करका स्थानीय सहयोगीहरुले सिमावर्ती क्षेत्र अवस्थित दशगजामा पुगेर ढुंगामुढा गर्न थालेपछि बाध्य भएर प्रहरीले हवाइ फायर गर्नुपरेको बताए । धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतको कमाण्डमा गएको टोली माथि अचानक प्रहरीमाथि ढुंगामुढा भएपछि केहि समयका थप बलको प्रतिक्षा...
रौतहटबाट ल्याइएका एक विरामीको वीरगञ्जमा मृत्यु,  पीसीआर रिपोर्ट आउन बाँकी
प्रदेश २, समाचार

रौतहटबाट ल्याइएका एक विरामीको वीरगञ्जमा मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

इरफान अलि, वीरगञ्ज । रौतहटबाट ल्याइएका एक विरामीको वीरगञ्जमा मृत्यु भएको छ । राजदेवी नगरपालिका–७ मुडवल्वाका ८० वर्षीय वृद्धको नारायणी अस्पतालमा उपचारको क्रममा बुधबार साँझ ६ः३० बजे मृत्यु भएको डाक्टर उदय नारायण सिंहले जानकारी दिए । उनको पीसीआर परीक्षण रिपोर्ट आउन बाँकी छ । सास फेर्न गाह्रो भएर वीरगञ्ज ल्याइएका उनलाई तराई हस्पीटलमा भर्ना गरिएको थियो । कोरोनाको शंका लागेपछि तराईले नारायणीमा पीसीआर परीक्षणका लागि पठाएकोमा त्यहीँ उनको मृत्यु भएको थियो ।...
पर्सामा आइसोलेसन वार्डको अभाव, संक्रमित २ थुनुवा अस्पतालबाटै फरार
प्रदेश २, समाचार, स्वास्थ्य

पर्सामा आइसोलेसन वार्डको अभाव, संक्रमित २ थुनुवा अस्पतालबाटै फरार

इरफान अली, पर्सा। विगत केही दिन यता पर्सा जिल्ला कोरोनाको हटस्पट बन्दै गएको छ । वीरगंजको अधिकांश क्षेत्र कोरोना प्रभावित भएको छ भने पर्सा जिल्लामा आईसोलेशन वार्डको कमी हुन थालेको छ । कोरोनाको उपचारका लागि पर्सा जिल्लाका विभिन्न अस्पतालहरु कोभिड अस्पतालमा परिणत समेत  गरिएका छन् । कोरोना उपचारकै क्रममा वीरगंजको कोभिड अस्पतालबाट २ जना कोरोना संक्रमित फरार भएका छन् । छोटु तिवारी र रामु माझी दुई जना थुनुवा फरार भएका जिल्ला प्रहरी र्कायलय पर्साले जनाएको छ । दुई जनै सार्वजनिक मुद्दामा पक्राउ भई थुनुवा कैदी हुन् । वीरगन्जका विभिन्न कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको उपचारका लागि वीरगन्जको नारायणी कोभिड अस्पतालमा भर्ना गराइएको पर्साका प्रहरी नायब उपरीक्षकले बताए । शनिबार राति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले दुई सङ्क्रमितलाई नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । डिलक्स क्याबिनमा ब...
पर्सामा  १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश २, समाचार, स्वास्थ्य

पर्सामा १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

इरफान अलि, वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा र काभ्रेको धुलिखेलस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा पत्रकार प्रहरी सहित १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डाक्टर निरज सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १ सय १ जना पुरूष र ३३ जना महिला रहेका छन् । संक्रमित हुनेमा ७ वर्षको बालिकादेखि ८० वर्षकी वृद्धा महिला रहेका छन् । नारायणी अस्पतालका डाक्टर सिंहले जानकारी दिए अनुसार सोमार २ ठाँउको प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका ११ जना र पर्सा जिल्लाका १ सय २३ जना सहित थप १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिकास्थित रहेको नारायणी अस्पतालमा कार्यरत १ जना कर्मचारी रहेका छन् । सान्भी एफ।एमका ३१ बर्षका १ जना प्रबन्धक निर्देशक, ना...
सेना परिचालन पर्सामा निषेधाज्ञामा कडा पार्न
प्रदेश २, प्रशासन, समाचार

सेना परिचालन पर्सामा निषेधाज्ञामा कडा पार्न

इरफान अलि, वीरगञ्ज । पर्र्सामा निषेधाज्ञामा थप कडाइ गर्न आइतबारदेखि नेपाली सेना परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निषेधाज्ञालाई अझै प्रभावकारी बनाउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको सहयोगका लागि सेना परिचालन गरिएको जानकारी दिए । ‘निषेधाज्ञालाई थप प्रभावकारी बनाउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गर्न नेपाली सेना परिचालन गरेका हौं’ उनले भने, ‘नियन्त्रणात्मक अवस्थामा १५ दिन जति निषेधाज्ञामा कडाइ गर्न सक्यौं भने कोभिड–१९ लाई जित्न सक्छौं भन्ने हो ।’ पर्साका सडकमा आइतबारदेखि नै सेनाले गस्ती शुरु गरिसकेको छ । वीरगञ्जमा साउन १० गतेदेखि र पुरै पर्सा जिल्लामा साउन १९ गतेदेखि निषेधाज्ञा छ । तर मुख्य सडक क्षेत्र बाहेकका गल्लीहरुमा मानिसहरुको चहलपहल रोकिएको छैन । संक्रमित बढी भेटिएका क्षेत्रहरु माइस्थान, बिर्ता, मुर्लीलगायतका ठाउँमा पनि तरकारी, खाद्यान्नका लागि पस...