Wednesday, June 24

प्रदेश २

पत्रकारसहित बारा– पर्सामा ४७ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश २, समाचार, स्वास्थ्य

पत्रकारसहित बारा– पर्सामा ४७ जनामा कोरोना संक्रमण पुष्टि

इफान अलि, वीरगञ्ज  । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पत्रकार सहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डाक्टर निरज सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ३७ जना पुरूष र १० जना महिला रहेका छन् । संक्रमित हुनेमा ८ वर्षको बालक देखि ७० वर्षकी बृद्घ महिला रहेका छन् । नारायणी अस्पतालका डाक्टर सिंहले जानकारी दिए अनुसार शनिबार राती प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका २ जना र पर्सा जिल्लाका ४५ जना सहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगन्ज महानगरपालिकास्थित रहेको नारायणी अस्पतालमा कार्यरत विभिन्न वार्डका ७ जना कर्मचारी रहेका छन् । एभिन्युज टिभीका १ जना पर्सा सम्वाददाता, प्राइम फर्माका ६ जना पुरुष कर्मचारी, वयोधा अस्पतालको ३ जना कर्मचारी, नारायणी अस्पतालको आइसियुमा अपचारार्थ २२ बर्षका १ जना पुरुष र ४२ बर्...
वीरगञ्जमा थप १ कोरोना संक्रमितको मृत्यु
प्रदेश २, समाचार, स्वास्थ्य

वीरगञ्जमा थप १ कोरोना संक्रमितको मृत्यु

इरफान अली ,वीरगञ्ज ।  काेराेनाकाे शुक्रबार साझ बीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज ७ दिनदेखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो । वीरगन्ज महानगरपालिकाको मुर्ली निवासी ६० वर्षीय पुरुषको शुक्रबार साँझ ७ बजे काेभिड अस्पतालमा उपचारकाे क्रममा कोरोना अस्पतालमा मृत्यु भएको हो । संक्रमित पुरुष श्रावन २४ मा कोरोना अस्पताल भर्ना भएका थिए । मृतक उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिसका रोगी थिए । काेराेनाकाे कारणले मात्रै पर्सामा २२ जनाले ज्यान गुमाएका छन् । यो सगैँ नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय पुगेको छ ।...
बारा, पर्सामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश २, समाचार, स्वास्थ्य

बारा, पर्सामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

इरफान अलि , वीरगञ्ज  । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा उच्च  अदालतका खरिदार सहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १६ जना पुरूष र ७ जना महिला रहेका छन् । संक्रमित हुनेमा ११ वर्षको बालक देखि ६० वर्षका बृद्घ पुरुष रहेका छन् । नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिए अनुसार शुक्रबार अबेर राती प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका २ जना र पर्सा जिल्लाका २१ जना सहित थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगन्ज महानगरपालिकास्थित नारायणी अस्पतालमा गरिएको कन्ट्याक्ट ट्रेसिङमा परेका सबैभन्दा धेरै संक्रमित रहेका छन् । संक्रमितहरु हुनेहरुमा अच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्ज सरकारी वकिल कार्यालयका २८ बर्षका १ जना खरिदार रहेका छन् ।...
बर्दिवासका तीन वडामा निषेधाज्ञा थप
प्रदेश २, प्रशासन

बर्दिवासका तीन वडामा निषेधाज्ञा थप

नेपाल अखबार, बर्दिवास । महोत्तरीको बर्दिवासमा कोरोना भाइरसको संक्रमण समुदायमै फैलिन थालेपछि बर्दिवास नगरपालिकाको वडा नम्बर १, २ र १४ को सम्पूर्ण क्षेत्रमा बुधबार राति १२ बजेबाट भदौ २ गते राति १२ बजे सम्म लागू हुने गरी निषेधाज्ञा थप गरिएको छ ।  सरोकारवालाहरुको  संयुक्त बैठकले साउन २१ गतेदेखि एक साताका लागि जारी निषेधाज्ञा आज समाप्त हुन लागेपछि निरन्तरता दिने निर्णय भएको छ । कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि नियन्त्रणका लागि बन्दाबन्दी थप्नुपरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको बुधबार बसेको बैठकको निर्णयअनुसार बन्दाबन्दी थप गरिएको बर्दिवास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चुडामणि पोखरेलले जानकारी दिए । बन्दाबन्दी अवधिभित्र अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन अनुरोध गरिएको छ । यस अवधिमा अस्पताल, औषधी पसल, दमकल, एम्बुलेन्स, संचार सेवा, बैक तथा बितिय संस्था दैनिक उपभोगका सामान लगायत अ...
वीरगंजमा काेराेना परिक्षणका लागि खरिद गरेकाे पसिआर टेस्ट केमिकल गुण्स्तरहिन
प्रदेश २, समाचार, स्वास्थ्य

वीरगंजमा काेराेना परिक्षणका लागि खरिद गरेकाे पसिआर टेस्ट केमिकल गुण्स्तरहिन

इरफान अली ,वीरगञ्ज । वीरगंज महानगर पालिकाले काेराेना परिक्षणका लागि खरिद गरेकाे पसिआर टेस्ट केमिकल गुण्स्तरहिन रहेकाे पाईएकाे छ । एक घर एक परिक्षणकाे अवधारणा सहित वीरगंज महानगर पालिकाले स्थानिय दात्री संस्थाहरुबाट चन्दा संकलन गरि पिसिआर मेसिन र केमिकल नारायणी अस्पताललाई हस्तांतरण गरिएकाे थियाे तर अहिले चन्दा संकलन गरि दिइएकाे केमिकलमा गडबडी रहेकाे अस्पतालका एक कर्मचारीले नाम नखाेल्ने सर्तमा बताएका छन । चार कराेड जतिकाे रकम संकलन गरि ल्याईएकाे पिसिआर मेसिन र केमिकल खरिद गरि नारायणी अस्पताललाई एक कार्यक्रम बीच प्रदेश २ का मुख्यमन्त्रिले लालबाबु राउत गदीले प्रदान गरेका थिए । रिपाेर्टहरुमा गडबडी पाए पछि पर्साका विभिन्न स्थानबाट संकलन गरिएकाे १००० भन्दा बढी पिसिआर नमुना काठ्माण्डाैकाे प्रयाेगशालामा पठाईएकाे स्राेतले बताएका छन । यस अघि गरिएका सम्पुर्ण पिसिआर परिक्षण नै शंकाकाे घेरामा रहेकाे स्रा...
जनकपुरका पूर्व मेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु
प्रदेश २, समाचार, स्वास्थ्य

जनकपुरका पूर्व मेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु

नेपाल अखबार,जनकपुर । तत्कालीन जनकपुर नगरपालिकाका मेयर एवं व्यवसायी कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जनकपुरधाम स्थित होटेल रामाका संचालकसमेत रहेका पूर्व मेयर गिरीको काठमाण्डौँ स्थित एक अस्पतालमा उपचारको क्रममै मृत्यु भएको हो । उनको छोरा डा. सन्तोष गिरीले उपचारका क्रममा मंगलबार गएराति १२ बजेतिर मृत्यु भएको जानकारी दिए । २० दिन देखि उपचारका लागि अस्पतालमा भर्ना रहेका ७२ वर्षीय कृष्ण गिरीको मुटु रोगका साथै अन्य रोगबाट समेत ग्रसित थिए । उनको स्वाब परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । यद्यपी कोरोना संक्रमणबाट मृत्यु भएको  पुष्टि अस्पतालले गरेको छैन । काठमाण्डौ स्थित मेडिसिटी हस्पिटलमा उपचारार्थ उनको अवस्था खराव भएपछि करिब एक साता अघि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । जनकपुरधामस्थित उनका सहयोगीहरुका अनुसार २०४२ सालमा जनकपुरको मेयर समेत बनेका गिरीको श्रीमती र दुई छ...
जनकपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
प्रदेश २, समाचार, स्वास्थ्य

जनकपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। जनकपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका धनुषा विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। टिबीबाट ग्रसित ती पुरुष स्वास्थ्यमा थप समस्या देखिएपछि साउन ८ गते उपचारका लागि अस्पताल पुगेका थिए। पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेशनमा भर्ना गरिएको थियो। उनको सोमबार राति मृत्यु भएको प्रादेशिक अस्पतालका निमित प्रमुख एवं आइसोलेशन इन्चार्ज डा.जामुन सिंहले जानकारी दिए। योसँगै धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। यसअघि आइतबार जनकपुरको कदमचोक स्थित विनय तारा फाउण्डेशन आस्पतालमै मृत्यु भएका त्यहाँका सुरक्षागार्डको पीसीआर रिपोर्ट सोमबार पोजेटिभ आएको थियो। उनी धनुषाको मिथिला बिहारी नगरपालिका ५० का बासिन्दा थिए। दुईसाता अघि धनुषाको शहिदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय पुरुषक...
वीरगञ्जमा कोरोनाबाट थप एकको मृत्यु
प्रदेश २, समाचार, स्वास्थ्य

वीरगञ्जमा कोरोनाबाट थप एकको मृत्यु

इरफान अलि,वीरगञ्ज । कोरोना संक्रमणको कारण वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ। पछिल्लो मृत्युसँगै पर्सामा मात्रै कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ। वीरगञ्ज महानगरपालिका-१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो। अस्पतालका संयोजक डा.उदयनारायण सिंहका अनुसार मृत्युपछि स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो। पर्सामा यसअघि ज्यान गुमाउने अधिकांश संक्रमितमा पनि मृत्युपछि मात्रै परीक्षण गरिएको थियो। स्वास्थ्य अवस्था जटिल बनेपछि शनिबार राति उनलाई नारायणी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो। स्वास्थ्यकर्मीका अनुसार उनी उच्च रक्तचाप र थाइराइडबाट समेत पीडित थिइन्। समुदायमै कोरोना संक्रमण फैलिएपछि वीरगञ्जमा विगत दुई सातादेखि निषेधाज्ञा छ।...
जनकपुरधाममा साउनभरि नै निषेधाज्ञा
प्रदेश २, प्रशासन

जनकपुरधाममा साउनभरि नै निषेधाज्ञा

नेपाल अखबार, जनकपुरधाम। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जनकपुरधाममा जारी गरिएको निषेधाज्ञा साउन  को म्याद थप गरिएको छ । यसअघि सोमबार राति १२ बजेसम्मका लागि कायम रहेको निषेधाज्ञाको समय साउन ३२ गतेसम्मलाई बढाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार साउन ३२ गतेसम्मका लागि निषेधाज्ञाको समय थप गर्ने निर्णय भएको प्रजिअ भट्टराईले बताए । उनका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका साथै उत्तरमा महेन्द्रनगर बजारसम्मको क्षेत्रमा निषेधाज्ञा जारी रहनेछ । उनले निषेधाज्ञा जारी हुँदा अति आवश्यक कामबाहेक सबैलाई घरभित्र बस्न आग्रह गरिएको बताए ।...
पर्सामा ७४ जना कोरोना संक्रमित थपिए
प्रदेश २, समाचार, स्वास्थ्य

पर्सामा ७४ जना कोरोना संक्रमित थपिए

इरफान अलि। पर्सामा ७४ जना कोरोना संक्रमित थपिएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो परिक्षण अनुसार १४ महिला सहित पर्सामा थप ७४ जना कोरोना सङ्क्रमित थपिएका हुन् । पछिलो समय गरिएको स्वाबका नमूनाहरुको परिक्षणमा ७४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । जसमा एक जना शनिबार मृत्यु भएकी वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैयाँ निवासी विष्णु लामापनि रहेकी छन् । उनको मृत्यु उपचार नपाएर भएको हो । नया थपिएका सङ्क्रमित १२ वर्षदेखि ६८ वर्षीय उमेर समुहका रहेका छन् । एक जना वीरगञ्जस्थित भारतिय महावाणिज्य दुतावासमा कार्यरत ३५ वर्षीय कर्मचारी र ३ जना नारायणी अस्पतालमा कार्यरत कर्मचारी रहेका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ८ जना प्रहरी र एक जना प्रहरीकै कन्ट्याक्ट ट्रेसिङमा परेकी १५ बर्षकी किशोरी समेत रहेकी छन् । बाराका ३ जना र सर्लाहीका १ जनाको समेत क...