Friday, May 22

प्रदेश

पसलैपिच्छे एलपी ग्यासमा फरक मूल्य लिइँदै
प्रदेश ७, समाचार

पसलैपिच्छे एलपी ग्यासमा फरक मूल्य लिइँदै

नेपाल अखबार, डाेटी। जिल्लामा पसलैपिच्छे एलपी ग्यासको फरक मूल्य लिने गरेको पाइएको छ । यहाँका ग्यास डिलरमा एक मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई ग्यास बिक्री वितरण गरिन थालेको उपभोक्ताको गुनासो रहेको छ । यसरी ग्यास पसलैपिच्छे फरक मूल्य लिइन थालेपछि उपभोक्ताहरु मारमा पर्न थालेका छन् । जिल्लाको दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला बजारमा खाना पकाउने एलपी ग्यासमा रकम बढी लिई ग्यास बिक्री वितरण गर्ने गरेका कारण उपभोक्ता ठगिँदै आएको शिखर नगरपालिका–२ कालागाढका स्थानीय हर्कबहादुर साउदले बताए । उनले भने, “डिलर सबडिलरमै ग्यासको मूल्य फरक छ जसले गर्दा हामी उपभोक्ता मारमा परेका छौँ, हाम्रो मर्का कसले बुझ्ने ?” जिल्लामा पाउने भेरी तथा रेडिएन्ट ग्यासको मूल्य ग्यास कम्पनी अर्थात् ग्यास प्लान्टले रु एक हजार ३१३.७५ मा सम्बन्धित डिलरमा आपूर्ति गर्ने गरेको जनाएको छ । यहाँका ग्यास डिलरले थोक बिक्रीमा उक्त ग्यास ...
गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको विवरण अनुसार संक्रमित पोखरा महानगरपालिकाका ५ जना र माछापुच्छ्रे गाउँपालिका १ जना रहेका छन् । क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा आइतबार बिहान उनीहरुमा कोरोना पोजेटिभ देखिएको छ । संक्रमित माछापुच्छे« गाँउपालिका वडा नम्बर ३ का ५७ वर्षिय पुरुष रहेका छन् । त्यस्तै पोखरा महानगरका वडा नम्बर १२ का २२ वर्षिय पुरुष , वडा १० का ३६ वर्षिय पुरुष , वडा ८ की १७ वर्षिय महिला, वडा २५ का २६ वर्षिय पुरुष र वडा ५ का ५७ वर्षिय पुरुष रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८ पुगेको छ ।...
गण्डकी प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार

गण्डकी प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, पोखरा  । स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान पोखरा महानगरका १३ जना सहित गण्डकी प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिएको जनाएको छ । निर्देशनालयले पोखरा महानगरका ७ वटा वडाका  १०  पुरुष तथा  ३  महिलामा सङक्रमण पुष्टि भएको जानकारी दिएको हो । त्यसै गरी निर्देशनालयले स्याङजा ५ की ५२ वर्षीया महिला, तनहुँ ब्यास ६ का ३३, ३९ र ६० वर्षीय पुरुष एवं नवलपुर देबचुलीका ७ वर्षीय बालकदेखि ६२ वर्ष उमेर समुहका १६ पुरुष तथा ५ वर्षीया बालिका देखि ८० वर्ष उमेर समूहका १८ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना सङक्रमितको सँख्या ३ हजार ४ सय २ पुगेको छ ।...
सुतेको बेला तीन जनालाई सर्पले डस्यो, २ वर्षीय बालकको मृत्यु
प्रदेश ३, समाचार

सुतेको बेला तीन जनालाई सर्पले डस्यो, २ वर्षीय बालकको मृत्यु

नेपाल अखबार, चितवन । पश्चिम चितवनमा सर्पले डस्दा दुई वर्षीय एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगरमा घरमा सुतिरहेका तीन जनालाई गएराति विषालु सर्पले डसेको थियो । बालकको चितवन मेडिकल कलेजमा उपचारको क्रममा विहान करिब ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सर्पको डसाइबाट बालककी आमा २६ वर्षकी रुवी सुनारको अवस्था गम्भीर छ । उनको भरतपुर अस्पतालमा उपचार जारी छ । यस्तै ५६ वर्षकी केशरी वि.क.को अवस्था पनि गम्भिर छ । उनको चितवन मेडिकल कलेजको आइसियूमा राखेर उपचार भैरहेको प्रहरीले जनाएको छ ।  ...
सुदूरपश्चिम प्रदेशमा कोरोना सकृय संक्रमितको संख्या ८ सय १७ पुग्यो
प्रदेश ७, समाचार, स्वास्थ्य

सुदूरपश्चिम प्रदेशमा कोरोना सकृय संक्रमितको संख्या ८ सय १७ पुग्यो

नेपाल अखबार, कैलाली  । सुदूरपश्चिम प्रदेशमा कोरोना सकृय संक्रमितको संख्या ८ सय १७ पुगेको छ ।  शुक्रबार विभिन्न अस्पतालमा गरिएको परिक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशमा सकृय संक्रमितको संख्या ८ सय १७ पुगेको हो । सकृय संक्रमितमा अछाम ६६, बैतडी ६५, बझाङ्ग ५९, बाजुरा ९, डडेल्धुरा ९, दार्चुला ९, डोटी ११९, कैलाली ४३०, र कंचनपुर ५१ जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा गरिएको परिक्षणममा कैलालीका ६, अछाम १५, बैतडी २, बझाङ्ग १ र डोटीमा १ जनामा संक्रमण पुस्टी भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले रातोपाटीलार्ई जानकारी दिए । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।  अछाम  १, बझाङ्ग २, बाजुरा २ र कैलालीमा ७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको उनले बताए । योसंगै  प्रदेशमा निको हुने संक्रमित संख्या पनि ५ ...
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले बिहान दिएको अध्यावधिक विवरण अनुसार प्रदेशका नवलपरासी , स्याङ्जा,पर्वत,लमजुङ गरि ४ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा नवलपरासीमा ११ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा बुलिङटार वडा नम्बर ६ का २ जना र हुप्सिकोटका ९ जना रहेका छन् । त्यस्तै यता पर्वत कुश्मा पनि २ संक्रमित थपिएका छन् । यता स्याङ्जा फेदिखोलामा र लमजुङको मध्य नेपालमा १, १ गरि संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या ३ हजार ३ सय ५१ पुगेको छ ।...
बागमती प्रदेशका २८ स्थानीय तहमा प्रहरीको गुनासो पेटिका
प्रदेश ३, प्रशासन, समाचार

बागमती प्रदेशका २८ स्थानीय तहमा प्रहरीको गुनासो पेटिका

नेपाल अखबार, हेटौंडा । आफूविरुद्ध गुनासो संकलन गर्न प्रहरीले बागमती प्रदेशका २८ वटा स्थानीय तहमा गुनासो पेटिका स्थापना गरेको छ । प्रदेशको राजधानी हेटौंडाबाट थालिएको अभियानको प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाले उपमहानगरपालिका कार्यालय परिसरमा पेटिका राख्दै सुरुवात गरेका हुन् । नागरिकबाट प्रहरीसँग भएका गुनासो तथा सुझाव संकलन गरी सेवालाई थप प्रभावकारी बनाउन बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेश भरीका हरेक स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राख्ने निर्णय गरेको हो । प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीबाट सम्पादन भएका काम कारबाहीको बारेमा नागरिकबाट प्राप्त हुने सल्लाह, सुझाव तथा गुनासोलाई उचित सम्बोधन गरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले गुनासो तथा सुझाव पेटिका सञ्चालनसम्बन्धी कार्ययोजना निर्माण गरिएको प्रहरी नायब महानिरीक्षक लामाले बताए । कार्य...
बाजुराको स्याउ हवाईजहाजमार्फत धनगढी ल्याइयो
कृषि, प्रदेश ७, समाचार

बाजुराको स्याउ हवाईजहाजमार्फत धनगढी ल्याइयो

नेपाल अखबार, कैलाली । बाजुरामा उत्पादित स्याउ धनगढी बजारमा आइपुगेको छ । मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तरगत यस वर्ष पहिलो चरणमा हवाईजहाज मार्फत २० क्विन्टल स्याउ नेपालगन्ज हुँदै बुधवार धनगढी पुर्याइएको छ । यससँगै बुधबार देखि नै धनगढीको बजारमा बाजुराको स्याउ पाउन थालेको छ । हेर्दा राम्रो नदेखिएपनि बाजुराको स्याउ खादा भने स्वादिलो छ । सोही स्याउ अहिले सुदूरपश्चिम प्रदेशको धनगढी बजारमा पाउन थालेको छ । स्वदेशमै उत्पादन भएको स्याउलाई प्रवद्र्धन गर्ने उद्देश्यले बाजुराबाट २० क्विन्टल स्याउ धनगढी बजारमा विक्री गर्न ल्याइएको ‘स्याउ कृषक समन्वय समिति’ले जनाएको छ । स्वामिकार्तिक खापर गाउँपालिकाको समन्वयमा बाजुराको स्याउ कोल्टीबाट धनगढीसम्म हवाई जहाजमार्फत ल्याइएको छ । सोही स्याउ प्रतिकेजी १ सय १० रुपैयाँमा धनगढी बजारमा खरिद गर्न पाइन्छ । समितिका अध्यक्ष मानबहादुर रोकायाले ब...
पोखरामा १५ संक्रमित थपिए, गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट एकजना मृत्यु
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा १५ संक्रमित थपिए, गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट एकजना मृत्यु

नेपाल अखबार, पोखरा । पोखरामा आज थप १५ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखराको वडा नं १९ का आठ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी वडा नं ७ मा पाँच तथा वडा नं १ र १६ मा एक÷एक जना थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यसैगरी नवलपरासीमा एक कोरोना संक्रमतिको मृत्यु भएको छ । देवचुली नगरपालिका–११ का ३१ वर्षीय पुरुषको हिजो राति चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले पुष्टि गरेको छ । उनी गत भदौ २५ गते अस्पताल भर्ना भएकामा भोलिपल्ट कोरोना पुष्टि भएको थियो । उनी जटिल स्वासप्रश्वास तथा मृगौलाको समस्याबाट समेत पीडित रहेको बताइन्छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।...
पोखरामा २ जना सहित गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना संक्रमण
प्रदेश ४, स्वास्थ्य

पोखरामा २ जना सहित गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना संक्रमण

नेपाल अखबार, पोखरा । पोखरामा २ जना सहित गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणका क्रममा पोखरा १ का ३८ वर्षीय पुरुष तथा ३ का ५४ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो । संक्रमित २ जनाले नै पे–क्लिनिकमा परीक्षण गराएकाे थिए । यता नवलपरासी (ब.सु.पू) का २६ जनालाई संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा कावासोतीका १५ तथा गैंडाकोटका ११ जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ जना भारतबाट आएका हुन् । उनीहरु अहिले क्वारेन्टिनमा नै रहेको स्वास्थ्य निर्देशनालयले बताएकाे छ । यस्तै तनहुँका २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २ जना नै शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ का पुरुष हुन् । संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जानकारी दिएकाे छ । यससंगै गण्डकी प्रद...