Friday, May 22

प्रदेश

जाजरकोटमा डाक्टरलाई कोरोना देखिएपछि अस्पतालको ओपीडी सेवा बन्द
प्रदेश ६, समाचार, स्वास्थ्य

जाजरकोटमा डाक्टरलाई कोरोना देखिएपछि अस्पतालको ओपीडी सेवा बन्द

नेपाल अखबार, सुर्खेत । चिकित्सकमा कोरोना संक्रमण देखिएपछि जाजरकोट अस्पतालको आकस्मिक बाहेकका सेवा (ओपीडी) बन्द गरिएको छ । अस्पतालमा कार्यरत चारजना चिकित्सक र एकजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि आकस्मिकबाहेकका सेवा बन्द गरिएको अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. सुनिल पुनले बताए । ‘अस्पतालमा अग्रपंक्तिमा रहेर काम गर्ने सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा चिकित्सकसहित पाँचजनामा संक्रमण देखिएको छ,’ डा. पुनले भने, ‘कतिपएको रिर्पोट आउँन अझै बाँकी नै छ । तेतिन्जेल आकस्मिक बाहेकका सेवा अर्को सूचना नहुन्जेलसम्मका लागि बन्द गरेका छौं ।’ अस्पतालका अनुसार डिभिजन वन कार्यालयका कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको छ । चार दिनअघि मात्रै राष्ट्रिय बाणिज्य बैंक, नेपाल प्रहरी, नेपाली सेना र भेरी नगरपालिकाका कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको थियो । पछिल्लो समय...
कञ्चनपुरमा उच्च ज्वरोबाट ३ जनाको मृत्यु
प्रदेश ६, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

कञ्चनपुरमा उच्च ज्वरोबाट ३ जनाको मृत्यु

नेपाल अखबार, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोको लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीया पूजा बोगटी, ६५ वर्षीय गम्भीर भण्डारी र २१ वर्षीय प्रेमबहादुर चन्द रहेका छन् ।  बोगटीको दोधारा स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्दा थप उपचारका लागि कैलालीको धनगढी पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको महाकाली नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जय बहादुर महराले बताए । भण्डारीमा मधुमेह, उच्च रक्तचाप र ज्वरोका कारण उपचारका क्रममै मृत्यु भएको हो उनले भने, “प्रेमलाई परिवारजनले स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको छ ।” उच्च ज्वरो देखिएका चार जनालाई कैलालीको धनगढी उपचारका लागि पठाईएकोमा केही निको भएर घर फिर्ता भएको र केही उपचारका क्रममा रहेको शाखा प्रमुख महराले जानकारी दिए । उनका अनुसार मृत्यु भएका र ज्वरोको समस्या देखिएका सबै जनाको रगतको नमूना...
गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना सक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना सक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशको नवलपुरमा बिहीबार  दिउसो थप २७  जनामा कोरोना सक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार  दिउसो तेस्रो चरणमा सार्वजनिक गरेको विज्ञप्ति अनुसार नवलपुर जिल्लाका गैंडाकोट, कावासोती र विनय त्रिवेणी गरी ३ पालिकामा २७  कोरोना संक्रमित थपिएका हुन्  । निर्देशनालयका अनुसार गैंडाकोट २ का ४ पुरुष तथा ३ महिला, गैंडाकोट १ की १ महिला, वडा ५ का १ पुरुष, ७ का ३ वर्षीय बालक तथा ४ महिला, १३ का २ पुरुष र वडा नखुलेका १ पुरुषमा कोरोना देखिएको हो । त्यसैगरी कावासोतीका २ ,३ , १४ र १६ वडाका ३ पुरुष तथा ४ महिला र विनय त्रिवेणी- ६ का ३ महिलामा पनि कोरोना देखिएको निर्देशनालयले जनाएको छ  । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २  हजार  ५ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किनेको संख्या १ हजार ६ सय ७२ पुगेको निर्देशनालयले ...
रौतहटबाट ल्याइएका एक विरामीको वीरगञ्जमा मृत्यु,  पीसीआर रिपोर्ट आउन बाँकी
प्रदेश २, समाचार

रौतहटबाट ल्याइएका एक विरामीको वीरगञ्जमा मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

इरफान अलि, वीरगञ्ज । रौतहटबाट ल्याइएका एक विरामीको वीरगञ्जमा मृत्यु भएको छ । राजदेवी नगरपालिका–७ मुडवल्वाका ८० वर्षीय वृद्धको नारायणी अस्पतालमा उपचारको क्रममा बुधबार साँझ ६ः३० बजे मृत्यु भएको डाक्टर उदय नारायण सिंहले जानकारी दिए । उनको पीसीआर परीक्षण रिपोर्ट आउन बाँकी छ । सास फेर्न गाह्रो भएर वीरगञ्ज ल्याइएका उनलाई तराई हस्पीटलमा भर्ना गरिएको थियो । कोरोनाको शंका लागेपछि तराईले नारायणीमा पीसीआर परीक्षणका लागि पठाएकोमा त्यहीँ उनको मृत्यु भएको थियो ।...
पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

नेपाल अखबार, पाेखरा। पोखरा महानगरपालिका–११ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत महिलाको विहान ८ः०० बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए । गत भदौ ७ गते कोरोना पुष्टि भई ती महिला अस्पतालमा भर्ना भएकामा हिजो राति अवस्था गम्भीर भएपछि भेन्टीलेटरमा सारिएको थियो। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा हालसम्म पाँच जनाको मृत्यु भएको छ । त्यसैगरी गण्डकी प्रदेशमा हालसम्म मृत्यु हुनेको सङ्ख्या नौ छ । कास्कीमा तीन, स्याङ्जामा दुई तथा गोरखा,तनहुँ, बाग्लुङ तथा म्याग्दीमा एक÷एक जनाको मृत्यु छ ।...
जबरजस्ती करणी मुद्दामा १० वर्ष सजाय तोकिएका व्यक्ति पक्राउ
प्रदेश १, प्रशासन, समाचार

जबरजस्ती करणी मुद्दामा १० वर्ष सजाय तोकिएका व्यक्ति पक्राउ

दाङ। दाङमा जबरजस्ती करणी मुद्दामा १० वर्ष सजाय तोकिएका फरार प्रतिवादी ४ वर्षपछि पक्राउ परेका छन् । देउखुरीको राप्ती गाउँपालिका–३ निवासी २६ वर्षीय सन्दीप चौधरीलाई ४ वर्षपछि प्रहरीले पक्राउ गरेको हो । चौधरीलाई सर्वोच्च अदालतले २०७३ भदौ २७ गते सामूहिक जबरजस्ती करणी मुद्दामा १० वर्ष ३ महिना १९ दिन कैद सजाय तोकेको थियो । सर्वाेच्चको फैसल्लापछि फरार रहेका चौधरीलाई यही भदौ ९ गते राप्ती गाउँपालिकाको मसुरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । उनका अनुसार सर्वाेच्चको फैसलापछि उनी लुकेर बस्दै आएका चौधरीलाई प्रहरीले मंगलवार साँझ पक्राउ गरिएको हो । पक्राउ परेका अभियुक्तलाई प्रहरीले बुधवार दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको छ ।...
कोरोना रिपोर्ट नआउँदा १८ घण्टादेखि उठाइएन शव
प्रदेश ६, समाचार

कोरोना रिपोर्ट नआउँदा १८ घण्टादेखि उठाइएन शव

नेपाल अखबार, कैलाली । कैलालीमा कोरोना संक्रमण परीक्षणको रिपोर्ट नआउँदा एक महिलाको शव १८ घण्टादेखि उठाइएको छैन । सोमबार राति ८ बजे आइसोलेसन सेन्टरमा मृत्यु भएकी घोडाघोडी नगरपालिका–११ कि महिलाको शव जहाँको त्यहीँ छ । उनको मृतक श्रीमान र छोरामा पनि कोरोना संक्रमण पुष्टि भए पनि उनको भने मृत्युपछि मंगलबार विहान १० बजे मात्र स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । घोडाघोडी नगरपालिका– १० मा पनि मंगलबार विहान आत्महत्या गरेका युवकमा पनि कोरोना परीक्षण नभएकाले शव उठाइएको छैन । उनको शव ६ घण्टादेखि घरभित्रै छ । उनका परिवारको ५ सदस्यमा कोरोना संक्रमण पुष्टि भइसकेकाले आफन्त र गाउँलेले शव उठाउन मानेका छैनन् । ती युवकको बाबु, आमा, छोरी र दुई भतिज गरी ५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु साउन २५ गते भारतबाट आएका थिए, र उनीहरुको परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक युवक भने गाउँमै रह...
गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना सक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना सक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा।  गण्डकी प्रदेशमा सोमबार दिउसो थप ५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ३ जिल्लाका  ४ पुरुष र १ महिला गरी थप ५ जनामा  मंगलबार  दिउसो सक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा मनाङ निस्याङ – १ का ५१ वर्षीय पुरुष र चामे – ४ का ४९ वर्षीय पुरुष, पर्वत फलेवास – ३ का ३५ वर्षीय पुरुष र ७ का २२ वर्षीय पुरुष तथा बागलुङ – ३ की ५४ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । मनाङमा संक्रमण पुष्टि हुने मध्ये निस्याङका शिक्षक र चामेका स्वास्थ्यकर्मी रहेको निर्देशनालयले उल्लेख गरेको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय १३ पुगेको छ । प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ३९ पुगेको छ ।...
एउटै वडाका ६ जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार

एउटै वडाका ६ जनामा कोरोना पुष्टि

नेपाल अखबार, तनहुँ। तनहुँको भानु नगरपालिकाको एउटै वडामा आज थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिका–१ मा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये चार महिला र दुई पुरुष छन् । उक्त वडाका ४६ र ६३ वर्षीय पुरुष तथा ४५, ५२, १७ र २५ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । थपिएका सबै समुदायका व्यक्ति हुन् । तनहुँमा हालसम्म भानु नगरपालिकामा सबैभन्दा बढी समुदायका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिका–१ का ३४ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङबाट सोही वडाका २० जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि प्रहरी, इन्जिनियर र वडाध्यक्षलाई समेत कोरोना सङ्क्रमण पुष्टि भएको थियो आज थपिएका कोरोना सङ्क्रमित शुरुमा पहिचान भएकाहरुकै नजिकका व्यक्ति रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखा...
उपचारकाे क्रममा कोरोना संक्रमित ५५ वर्षिय पुरुषको मृत्यु
प्रदेश ५, समाचार, स्वास्थ्य

उपचारकाे क्रममा कोरोना संक्रमित ५५ वर्षिय पुरुषको मृत्यु

नेपाल अखबार, बुटवल  ।  रुपन्देहीमा कोरोना संक्रमित एकजना विरामीको मृत्यु भएको छ । रुपन्देहीको गैडहवा गाउँंपालिकाका–३ का ५५ वर्षिय पुरुषको गए राति भीम अस्पताल भैरहवामा मृत्यु भएको हो । उनी एक हप्ताअघि बुटवलमा घर निमार्ण गर्ने क्रममा लडेर घाईते भएका थिए । लडेर गम्भीर घाइते भई युनिभर्सल  मेडिकल कलेजमा उपचार गराइरहेका गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरेले बताए । टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्ने क्रममा उनको पीसीआर परीक्षण गर्दा ४ दिन अघि कोरोना पोजेटिभ देखिएको आफन्तले बताएका छन् । कोरोना पोजेटिभ देखिएपछि मेडिकल कलेजले डिस्जार्चका लागि दबाब दिएकाले उनलाई भीम अस्पतालमा ल्याएर भर्ना गरिएकोमा सोमबार राति मृत्यु भएको अस्पताले हो । योसंगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६ पुगेको छ । बुटवलको देवीनगरमा घर बनाउदै गर्दा दुई तलाबाट लडेर घाईते भएका हुन् । बु...