Friday, May 22

प्रदेश

पोखरामा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते
दुर्घटना, प्रदेश ४, समाचार

पोखरामा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते

नेपाल अखबार, पाेखरा। पोखरामा गएराति भएको सवारी दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ भने अर्का प्रहरी हवल्दार घाइते भएका छन् । वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग१ब ३६९ नंको मोटरसाइकलाई गए राति १ः०५ बजेको समयमा प्रस्याङबाट मालेपाटन आउँदै गर्र्दा सोही दिशाबाट आएको ग२च २६२६ नंको बोलेरो जिपले प्रस्याङ विश्वास पेट्रोलपम्प नजिक ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याइएकामा मोटरसाइकल चालक प्रहरी जवान पाल्पा घर भएका २० वर्षीय चन्द्रबहादुर बगालेको उपचारका क्रममा राति १ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । घाइते प्रहरी हवल्दार बर्दिया मैनापुर–२ घर भएका ३४ वर्षीय डम्बरबहादुर थारूको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ठक्कर...
गण्डकी प्रदेशमा १४ कोरोना सक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा १४ कोरोना सक्रमित थपिए

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा वुधबार १४ कोरोना सक्रमित थपिएका छन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पताल चितवन परीक्षण गरिएका उनीहरुमा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेहरुमा तनहुँका २, नवलपरासी पश्चिमका १२ जना रहेका छन । तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा ४ का २९ वर्षिय पुरुष, व्यास नगरपालिका वडा नं ३ का ३८ वर्षिय पुरुष, कावासोती वडा नं ३ का २ पुरुष, वडा नं ३ का ४ पुरुष, हुप्सेकोट वडा नं ३ का १ पुरुष, देवचुली वडा नं १ का १ पुरुष, देवचुली वडा नं ७ का १ पुरुष, वडा नं ७ का १ महिला र १ पुरुष तथा वडा नं ५ की एक महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोना सक्रमितको संख्या १ हजार ७ सय ७९ पुगेको छ ।...
पर्सामा  १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश २, समाचार, स्वास्थ्य

पर्सामा १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

इरफान अलि, वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा र काभ्रेको धुलिखेलस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा पत्रकार प्रहरी सहित १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डाक्टर निरज सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १ सय १ जना पुरूष र ३३ जना महिला रहेका छन् । संक्रमित हुनेमा ७ वर्षको बालिकादेखि ८० वर्षकी वृद्धा महिला रहेका छन् । नारायणी अस्पतालका डाक्टर सिंहले जानकारी दिए अनुसार सोमार २ ठाँउको प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका ११ जना र पर्सा जिल्लाका १ सय २३ जना सहित थप १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिकास्थित रहेको नारायणी अस्पतालमा कार्यरत १ जना कर्मचारी रहेका छन् । सान्भी एफ।एमका ३१ बर्षका १ जना प्रबन्धक निर्देशक, ना...
कास्की जिल्लाभर आज राति १२ बजेदेखी सात गतेसम्म निषेधाज्ञा जारी
प्रदेश ४, प्रशासन, समाचार, हाइलाइट-समाचार

कास्की जिल्लाभर आज राति १२ बजेदेखी सात गतेसम्म निषेधाज्ञा जारी

नेपाल अखबार, पाेखरा। जिल्ला प्रशासन कार्यालय कास्कीले आज राति १२ बजेदेखी जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण बढेपछि आज भएको जिल्लास्तरीय कोरोना संकट व्यस्थापन केन्द्रको बैठकले आगामी भदौ ७ गते राति १२ बजेसम्म जिल्लामा निषेधाज्ञा लगाउने निर्णय गरेपछि प्रशासनले निषेधाज्ञाको आदेश  जारी गरेको हो । निषेधाज्ञाको अवधिमा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र हिँडडुल गर्न बन्देज गरिएको छ । त्यसैगरी अत्यावश्यक बाहेक अन्य कुनै पनि निजी तथा सार्वजनिक यातायात, व्यापार व्यवसाय सञ्चालन गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए ।...
पाेखरामा कोरोना संक्रमणबाट सोमबार राति ५० वर्षीय महिलाको मृत्यु
प्रदेश ४, समाचार

पाेखरामा कोरोना संक्रमणबाट सोमबार राति ५० वर्षीय महिलाको मृत्यु

नेपाल अखबार, पोखरा । पाेखरामा कोरोना संक्रमणबाट सोमबार राति ५० वर्षीय महिलाको मृत्यु भएकाे छ ।  तनहुँबाट उपचारका लागि कास्कीको सेवा हस्पिटलमा आएकी एक ५० वर्षीय महिलाको सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभाष हमालले बताए । मल्लका अनुसार उनको पिसिआर रिपोर्ट भने अहिले बिहान मात्र पोजेटिभ आएको  छ  । साउन ३२ गतेबाट उपचारका लागि कास्की सेवा अस्पतालमा रहेकी उनलाई कोरोनाको लक्षण देखा परेपछि ।    उनको पिसिआर परीक्षण गरिएको थियो । सोमबार राति निधन भएकी उक्त संक्रमितको शव दहनको तयारी भईरहेको प्रवक्ता हमालले  नेपाल अखबारलार्इ बताए । उनीसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।...
पोखरामा ४ जना कहित गण्डकीका थप ८ जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा ४ जना कहित गण्डकीका थप ८ जनामा कोरोना पुष्टि

नेपाल अखबार,  पोखरा । पोखरा महानगरका थप ४  जनामा कोरोना भाइरस पुष्टि भएको छ । महानगरको  वार्ड नं. ६ का २ जना र  वार्ड नखुलेका २  जना गरी ४ जनामा  कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार वार्ड नं. ६ का २५ र ५० वर्षका २ महिला तथा वार्ड नखुलेका २३ र २८ वर्षका २ पुरुषमा मंगलबार बिहान कोरोना  देखिएको हो । त्यसैगरी मंगलबार बिहान  नै गण्डकी प्रदेशको  बागलुङ बरेङ -२ का ६ वर्षीय बालक र २५ बर्षीया महिला तथा नवलपुर कावासोती-२ का १४ र ३७ वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ६४  पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाबाट निको हुनेको संख्या १ हजार ५ सय ५० पुगेको छ ।...
चिकित्सकले गर्भवतीमा कोरोना भएको थाहा पाएपछि…
प्रदेश ५, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

चिकित्सकले गर्भवतीमा कोरोना भएको थाहा पाएपछि…

नेपाल अखबार, रुपन्देही । नियमित स्वास्थ्य जाँच गर्दै आएकी गर्भवती महिलालाई कोरोना पुष्टि भएपछि चिकित्सक,स्वास्थ्यकर्मी र समुदायले समेत कस्तो दृष्टिकोणले व्यवहार गर्दा रहेछन् भन्ने यहाँ पुष्टि भएको छ । संविधानमा सुरक्षित प्रजनन् अधिकार मौलिक अधिकारभित्र रहेको छ । ती महिलाले अधिकारको उपयोग गर्न त परै जाओस्, अपहेलना समेत भोग्नुपर्यो । बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया गर्भवती पेट दुखेपछि गत आइतबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुगिन् । चिकित्सकले गर्भवतीको परीक्षण गरे । उनले पहिलो सन्तानलाई शल्यक्रिया मार्फत जन्म दिएकी थिइन् । दोस्रो सन्तानका लागि पनि शल्यक्रिया नै गर्नुपर्ने जनाउँदै अस्पतालले उनको छिटो विधिबाट पिसिआर परीक्षण गर्यो ।  नतिजा पोजेटिभ आयो । यसपछि चिकित्सकमा अन्यौलता छायो । तत्काल निर्णय हुन सकेन । तीन जना चिकित्सकले संयुक्तरुपमा टाढैबाट बिरामी जाँच गरे ।  तत्का...
गण्डकी प्रदेशसभाको दोस्रो दिनको बैठक पनि स्थगित
प्रदेश ४, राजनीति, समाचार

गण्डकी प्रदेशसभाको दोस्रो दिनको बैठक पनि स्थगित

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशसभाको दोस्रो दिनको बैठक पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकार संवेदनशिल नभएको भन्दै आइतबारको बैठक पनि स्थगित भएको थियो । सोमबारको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गरेलगत्तै प्रमुख प्रतिपक्ष दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । कोरोना महामारीका कारण लामो समयसम्म संसद चल्न नसक्ने भन्दै सभामुख अधिकारीले पटक–पटक बैठक सुचारु गर्न सहयोग गर्नको लागि अनुरोध गरेका थिए । प्रतिपक्षले उठाएको माग संसदसँग सम्बन्धित नै नभएको र केही प्रक्रिया संसदबाट सर्वसम्मत ढंगले पारित भई सकेको हुँदा छिटै संसद अन्त्य गर्नुपर्ने बाध्यता बुझेर सांसदहरुलाई बैठक सुरु हुन दिनका लागि आग्रह गरेका थिए । सभामुख अधिकारीले पटक–पटक संसद सुचारु गर्नको लागि बस्न आग्रह गर्दा समेत सांसदहरुले नमानेपछि सभामुख अधिकारीले...
पर्साको पोखरियामा मेयर र मेसुसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पर्साको पोखरियामा मेयर र मेसुसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि

इरफान अलि,   पर्सा।  पर्साको पोखरिया नगरपालिकाका मेयर र अस्पतालका प्रमुखसहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार र पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) अनिल यादवसहित थप ३३ जनामा आइतबार राति कोरोना संक्रमण पुष्टि भएको हो। नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायका अनुसार काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो। नगरपालिकाले २६ साउनमा नगर क्षेत्रका ३४ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाएको थियो। कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि पर्सा जिल्ला विगत एक साता अघिदेखि लकडाउनमा छ। त्यसैगरी बारामा आज बिहानदेखि अनिश्चितकालसम्म ‘लकडाउन’ गरिएको छ।...
कर्णाली प्रदेशका तीन जिल्लामा निषेधाज्ञा जारी
प्रदेश ६, प्रशासन, समाचार

कर्णाली प्रदेशका तीन जिल्लामा निषेधाज्ञा जारी

नेपाल अखार, सुर्खेत । कर्णाली प्रदेशका तीन जिल्लामा आजबाट निषेधाज्ञा जारी गरिएको छ । कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि प्रदेशको सुर्खेत, जुम्ला र मुगुमा जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका हुन् । स्थानीय प्रशासनले प्रदेशका केही स्थानमा यसअघि नै निषेधाज्ञा जारी गरिसकेका छन् भने प्रदेश राजधानी वीरेन्द्रनगरलगायतका कतिपय स्थानीय तहमा भने आजदेखि निषेधाज्ञा जारी भएको छ । सुर्खेतको वीरेन्द्रनगर, मुगुको गमगढी र जुम्लाको चन्दननाथमा आजदेखि निषेधाज्ञा लागू भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जुम्लामा यसअघि पनि पटक–पटक निषेधाज्ञा लागू गरिसकिएको छ । साथै रुकुम–पश्चिमको मुसिकोट नगरपालिकामा पनि बुधवारदेखि निषेधाज्ञा जारी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । प्रदेश राजधानीसमेत र...