बिपीका सिद्धान्त नेपालका दलहरुको मुलमन्त्र ः मुख्यमन्त्री पोखरेल
नेपालअखबार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतन्त्र एवं संसदीय अभ्यासमा विश्वास गर्ने राजनीतिक दलहरुका लागि बिपी कोइरालाका सिद्धान्त र आदर्श मुल मन्त्रका रुपमा स्थापित भएको बताएका छन् ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक जननायक बिपी कोइरालाको ४० औं स्मृति दिवस (साउन ६) का सन्दर्भमा वक्तव्य जारी गर्दै उनले राष्ट्रियताको सवालमा बिपीले लिएको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता मुलुकमा अहिले झन् बढ्दै गएको उल्लेख गरेका हुन् ।
उनले भनेका छन्, ‘राणा शासनविरुद्धको आन्दोलनका अगुवा युगनायक विपी कोइराला प्रजातान्त्रिक समाजवादको विश्वव्यापी आन्दोलनमा समेत उत्तिकै छाप छाड्न सफल हुनुभएको छ । मुलुकले अहिले पनि उहाँले देखाएको मार्गलाई नै अनुशरण गर्दै आएको छ ।’
मुलुक र नागरिकको हितका लागि बिपीले थालेका दुरगामी सोचबाटै अहिले मुलुक अ...







