गोरखामा पनि पाइन छाड्यो माक्स
गाेरखा । पछिल्लो समय देशमा कोरोना भाइरसको त्रास बढ्दो छ । चिनको वुहानबाट सुरु भएको कोरोना हाल विश्वका लागि चुनौती समेत बनेको छ ।
नेपालमा हालसम्म एक जनामा पनि कोरोना भाइरसमा संक्रमित नदेखिएपनि सरकारले पूर्वतयारीलाई ब्यापकता दिएको छ ।
विश्वभर कोरोना भाइसरको सक्रमण बढेसँगै जिल्लामा माक्स अभाव भएको छ ।
जिल्लाका अधिकाशं औषधी पसलमा स्टक रहेका माक्स सकिएपछि ग्राहकहरु रित्तो हात फर्कन बाध्य भएका छन् । ‘जताततै कोराना भाइरसको हल्ला छ ।
भिडभाड हिड्दा माक्स लगाउनु पर्छ भनेर किन्न गएको कतै पाइएन’ काठमाण्डौ जान बस चढ्न लागेका कृष्ण थापाले भने ‘यहाँ त नपाइएको काठमाण्डौ झनै के पाइएला ।’
गोरखाका अधिकाशं औषधी पसलमा माक्स खरिद गर्ने उदेश्यले पुग्नेको संख्या उच्च छ । ‘हामीसँग केही वट्टा स्टक थियो । होलसेलमा कसैलाई दिएनौं, एक/एक वटा बेच्दा पनि हिजो सकियो’ ढकाल मेडिकलकी सञ्चालक गोमाकुमारी भट्टराईले...
