Thursday, May 21

प्रदेश

स्थानीयकै पहलमा बन्दै भूकम्पले भत्काएको मर्कज जामे  मस्जिद
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

स्थानीयकै पहलमा बन्दै भूकम्पले भत्काएको मर्कज जामे मस्जिद

गोरखा । भूकम्पले क्षती पु¥याएको मस्जिद पुर्ननिर्माणमा स्थानीय जुटेका छन् । भीमसेन थापा गाउँपालिका ६ अश्राङको झिंगटेमा रहेको मस्जिद पुर्ननिर्माणका लागि गाउँले आफैले चन्दा संकलन गरेर रकम जुटाएका हुन् । २०७२ सालको विनाशकारी भूकम्पले चर्किएको मर्कज जामे मस्जिदको अघिल्लो सालको कार्तिकदेखि पुर्ननिर्माण थालिएको थियो । झण्डै ६० लाख लागत लाग्ने अनुमान गरिएको मस्जिद पुर्ननिर्माणमा स्थानीयले हालसम्म करिब २६ लाख आफैले जुटाएको मस्जिद निर्माण समितिका अध्यक्ष अलि बकस मियाँले बताए । भूकम्पले भत्काएको निर्माणाधिन मर्कज जामे मस्जिद । अश्राङ गोरखा ‘भूकम्पले मस्जिदलाई क्षती पु¥याएपछि भित्र नमाज पढ्न सक्ने अवस्था थिएन, सुरुका ३ बर्षसम्म रकम अभावले भत्काउन पनि सकेनौ’ उनले भने ‘कतैबाट सहयोग आउछ कि भनेर पर्खदा त्यो हाल भएपछि मस्जिद बनाउन आफै कस्सियौ ।’ गाउँकै स्थानीयबाट ८ लाख रकम चन्दा जुटाएर पुर्ननिर...
प्रदेश लोक सेवा आयोग ऐन सर्वसम्मत पारित
प्रदेश ३, समाचार, हाइलाइट-समाचार

प्रदेश लोक सेवा आयोग ऐन सर्वसम्मत पारित

हेटौंडा- वाग्मती प्रदेशसभाको आज बसेको बैठकले प्रदेश लोक सेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसहमतिबाट पारित गरिएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लोकसेवा आयोग ऐन २०७६ को प्रदेश मामिला समितिको प्रतिवेदनलाई पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा विधेयकमाथि उठेका प्रश्नको जवाफमा मुख्यमन्त्री पौडेलले लोकसेवा आयोगलाई स्वायत, पारदर्शीका साथ आफ्नो जिम्मेवारी बहन गर्न केही सुविधायुक्त सेवाहरु थप गर्नुपर्ने सदस्यको सुझाव अनुरुप समावेश गरिएको जानकारी दिए । उक्त बैठकमा सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेशमा युवा परिषद् गठन गर्न बनेको विधेयकलाई पूर्ण छलफलको लागि प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावको विधेयकमाथि सैद्धान्तिक पक्षमा सहभागी हुँदै सदस्यले प्रदेशका युवा समुदायलाई उद्यमशीलता, परोपकारी, दक्ष जनशक्ति उत्पादन गर्न...
सिंहदरबारभित्र आगलागी !
प्रदेश ३, समाचार, हाइलाइट-समाचार

सिंहदरबारभित्र आगलागी !

सिंहदरबारस्थित नेपाल टेलिभिजन नजिक हुलाक सेवा विभागको भवनमा आइतबार साँझ आगलागी भएको छ । प्रहरीका अनुसार भवनको भ-याङतर्फको सिरानतलामा आगलागी भएको हो । साँझ ७:२५ बजे सुरु भएको आगलागी ७:५० नियन्त्रणमा आएको थियो । आगलागीबाट प्यासेजमा रहेका केही कागजात जलेर नष्ट भएका छन् । मानवीय क्षति भने भएको छैन । घटनास्थाल पुगेका महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी निरीक्षक युवराज तिमल्सिनाले चुरोटको ठुटा फोहोरमा सल्किँदा आगलागी भएको बताए । डस्टबिनमा चुरोटको ठुटा फाल्ने व्यक्तिको सम्बन्धमा खुल्न सकेको छैन । आगो सल्किएको खबर पाउनासाथ प्रहरी घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएकाे थियाे ।...
बाइक ¥यालीमा सन्तोषले पाए १ लाख उपहार
अर्थ, प्रदेश ४, समाचार

बाइक ¥यालीमा सन्तोषले पाए १ लाख उपहार

शनिबार र आइतबार गोरखा बजारदेखि बारपाकसम्म आयोजना गरिएको मोटरसाइकल ¥यालीमा सन्तोष श्रेष्ठले एक लाख रुपैया उपहार पाएका छन् । आइतबार जिल्ला सदरमुकाममा आयोजित ¥यालीको समापन कार्यक्रममा गोलाप्रथाबाट सन्तोष प्रथम घोषित भएका हुन् । उनले नगद एक लाख रुपैया जितेका छन् । त्यस्तै प्रबिन श्रेष्ठ र आशकाजी श्रेष्ठ क्रमश दोश्रो र बिजेता घोषित भए । उनिहरुले नगद ७५ हजार र ५० हजार रुपैया पुरस्कार पाएका छन् । त्यस्तै गोला प्रथाबाटै ¥यालीमा सहभागी ५ जनालाई मोबाइल र १० जनालाई हेलमेट उपहार स्वरुप प्रदान गरिएको आयोजकले जनाएको छ । आयोजक गोरखा युथ क्लबका अध्यक्ष सुमन गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा गोरखा नगरपालिका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, कार्यक्रम संयोजक रञ्जितकुम...
बिन्दवासिनी मन्दिर संरक्षणमा जुटे स्थानीय
प्रदेश ४, समाचार, समाज

बिन्दवासिनी मन्दिर संरक्षणमा जुटे स्थानीय

गोरखा नगरपालिका ३ नारेश्वरमा रहेको बिन्दवासिनी मन्दिरको संरक्षणमा स्थानीय जुटेका छन् । धार्मिक हिसाबमा महत्वपूर्ण मानिने सो मन्दिर जिर्ण बनेसंगै संरक्षणका लागि स्थानीयले चासो दिएका हुन् । विन्दवासिनी संरक्षण समुह लगायत बिभिन्न स्थानीय टोल विकास संस्थाहरुको पहलमा शनिबार मन्दिर क्षेत्रको सरसफाई गरिएको छ । सरसफाईलाई आगामी हप्तादेखि नियमित गर्नेे गरी अभियानको सुरुवात गरिएको स्थानीय विमल श्रेष्ठले जानकारी दिए । त्यस्तै मन्दिर परिसरमा रहेको संरचनाहरु समेत जिर्ण बनेकाले पुर्ननिर्माण गरी संरक्षणको योजना बनेको उनको भनाई छ । मन्दिर संरक्षण गरी प्रचारप्रसार गर्न एक उपसमिति समेत निर्माण गरी काम अघि बढाउने तयारी रहेको श्रेष्ठले बताए ।...
बुंकोटमा शिवरात्री मेला
धर्म/संस्कृति, प्रदेश ४, समाचार, समाज

बुंकोटमा शिवरात्री मेला

गोरखा । शहिद लखन गाउँपालिका ८ बुंकोटमा शिवरात्री मेला सम्पन्न भएको छ । नव इन्द्रेणी बुंकोट युवा क्लबको आयोजनामा प्रथम शिवरात्री मेला भएको हो । क्लबका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रि विकास लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । स्थानीय सन्तानेश्वर महादेव मन्दिरको प्रचारप्रसार गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको क्लबका सचिव राजेश श्रेष्ठले बताए । त्यस्तै नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन साथै धार्मिक एवं पर्यटकिय गन्तब्यको संरक्षण गर्नका लागि पनि पहिलो पटक मेलाको आयोजना गरिएको उनले बताए । कार्यक्रममा शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर, प्रमुख प्रशासकिय अधिकृत जीवन आले मगर, वडा नम्बर ८ का वडाध्यक्ष काशीनाथ अम्गाई, क्लबका सल्लाहकार अमृतबाबु श्रेष्ठ, पूर्णकुमार श्रेष्ठ, समाजसेवी उत्तरकुमार श्र...
एमसीसी परिमार्जनसहित पास हुन्छ : प्रचण्ड
प्रदेश ३, राजनीति, समाचार, हाइलाइट-समाचार

एमसीसी परिमार्जनसहित पास हुन्छ : प्रचण्ड

चितवन – नेकपा अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गराउने बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सरकारसँग कुरा गरेको खुलाशा गरेका छन् । चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले एमसीसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने समेत बताएका छन् । शुक्रबार एमसीसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको बताउँदै उनले यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास व्यक्त गरे । अध्यक्ष दाहालले सरकारको कामका विषयमा आजदेखि शुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने जानकारी दिए ।...
गोरखा बजारबाट डेढ सय मोटरसाइकल यसरी गए बारपाक (भिडियो सहित)
पर्यटन, प्रदेश ४, भिडिओ, समाचार, हाइलाइट-समाचार

गोरखा बजारबाट डेढ सय मोटरसाइकल यसरी गए बारपाक (भिडियो सहित)

गोरखा । गोरखा सदरमुकामदेखि भूकम्पको केन्द्र बारपाकसम्म मोटरसाईकल यात्रा सुरु भएको छ । भ्रमण बर्ष २०२० र गोरखा जाऔ अभियानलाई सफल बनाउन गोखा युथ क्लबले आयोजना गरेको अफरोड मोटरसाइकल ¥याली शनिबार बिहान १० बजे गोरखा बजारबाट हिडेको हो । आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले गोरखा सदरमुकामको ठुलो आगनदेखि सुरु भएको यात्रामा एक सय ५० मोटरसाईकल सहित युवाहरु सहभागी भएको क्लबका सहसचिव आनन्द गुरुङ काजीले जानकारी दिए । यात्राको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले सुभारम्भ गरेका हुन् । कार्यक्रममा नगरप्रमुख पन्त सहित गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, एसपी ओमप्रसाद अधिकारी, कार्यक्रम संयोजक रञ्जित कुमार श्रेष्ठ लगायतले बोलेका थिए । ¥याली आज बारपाक गएर बास बस्ने र भोली आइतबार सदरमुकाम फर्केर रानीपोखरी परिसरमा समापन हुने बताइएको छ । गोरखा सदरमुकाम देखि फिनाम, ताप्ले, झिंग...
गण्डकी प्रदेशमा बढ्याे मुख्यमन्त्रीदेखि सदस्यसम्मको तलब । कसकाे कति ?
अर्थ, प्रदेश ४, समाचार

गण्डकी प्रदेशमा बढ्याे मुख्यमन्त्रीदेखि सदस्यसम्मको तलब । कसकाे कति ?

गाेरखा । गण्डकी प्रदेश सरकारले विभिन्न ६४ जना पदाधिकारीहरूको तलब वृद्धि गरिएको छ । मुख्यमन्त्रीदेखि प्रदेशसभा सदस्यहरूले पाउँदै आएको तलबमा वृद्धि गरेको हाे । गण्डकी प्रदेश सरकारका अनुसार मुख्यमन्त्रीले पाउँदै आएको ६० हजार ९ सय ७० रुपैयाँमा ९ हजार ७ सय ६० रुपैयाँ थप गरेर ७० हजार ७ सय ३० रुपैयाँ बनाइएको छ। यस्तै, ६ जना मन्त्रीहरूले पाउँदै आएको ५२ हजारमा ८ हजार ३ सय २० रुपैयाँ थप गरेर ६० हजार ३ सय २० पुर्याइएकाे छ भने २ जना राज्य मन्त्रीले पाउँदै आएको ४९ हजारमा ७ हजार ८ सय ४० रुपैयाँ थप गरेर ५६ हजार ८ सय ४० बनाइएकाे छ । यस्तै २ जना सहायक मन्त्रीहरूले पाउँदै आएको ४७ हजारमा ७ हजार ५ सय २० थप गरेर ५४ हजार ५ सय २० रुपैयाँ बनाइएको छ। यस्तै, प्रदेशसभाका पदाधिकारीहरू अन्तर्गत सभामुखले पाउँदै आएको ५३ हजारमा ८ हजार ४ सय ८० रुपैयाँ थपेर ६१ हजार ४ सय ८०, विपक्षी दलको नेता र उपसभामुखले पाउँदै आ...
बेलायत भ्रमण उपलब्धीपूर्ण  : मेयर पन्त
पर्यटन, प्रदेश ४, समाचार

बेलायत भ्रमण उपलब्धीपूर्ण : मेयर पन्त

गोरखा । गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले आफ्नो बेलायत भ्रमण उपलब्धीपूर्ण भएको बताएका छन् । बिहीबार गोरखा नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले भ्रमणले गोरखाको बिकासका लागि थुप्रै अवसरहरु सिर्जना गरेको बताए । ‘हामी रश्मोर बरो काउन्सिलको निमन्त्रणामा बेलायत गएका थियौं, त्यहाँको बसाई निकै उपलब्धीपूर्ण रह्यो’ उनले भने ‘रश्मोर बरो काउन्सिल र त्यहाँ बस्ने नेपाली साथीहरु गोरखाको बिकासका लागि हातेमालो गर्न तम्तयार हुनुहुन्छ । यसले गोरखा नगरपालिका मात्र होइन समग्र जिल्लालाई नै फाइदा हुन्छ भन्ने लाग्छ ।’ दुई स्थानीय तह बीच सांस्कृतिक, प्रजातान्त्रिक, प्राविधिक र शैक्षिक अवसरहरु एकअर्काबीच आदानप्रदान गर्ने सहमति भएको छ । यसैगरी दुवै निकायबीचमा भ्रमण, सामाजिक आर्थिक विकासमा हातेमालो, संयुक्त अनुसन्धान, विभिन्न परियोजना सञ्चालन, भौतिक पूर्वाधार निर्माण र सुशासनमा समेत स...