कास्कीका थप ११ जनामा कोरोना संक्रमण पुष्टि,१ जनाको मृत्यु
नेपाल अखबार, पोखरा । कास्कीमा ११ सहित गण्डकी प्रदेशमा थप २८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कास्कीको माछापुच्छे« गाउँपालिका वडा नम्बर ५ का ४१ वर्षीय तथा वडा नम्बर ९ का २२ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २४ र २७ वर्षीय महिला तथा २९ वर्षीय पुरुष रहेका छन् । २९ वर्षीय पुरुष पोखरा महानगरपालिका स्वास्थ्य शाखाका कार्यरत कर्मचारी हुन् ।
वडा नम्बर ५ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३८, ४१ र ४७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पोखरा ८ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २ वर्षीय बालक तथा १६ वर्षीय किशोर रहेका छन् । वडा नम्बर ९ का २२ वर्षीय पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।
पोखरा १७ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ३५ वर्षीय पुरुष तथा ३२...
