Saturday, May 23

प्रदेश

गण्डकी प्रदेशमा थप ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा थप ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा प्रदेशमा थप ४ जनालाई संक्रमण पुष्टि भएको हो । म्याग्दीमा २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको बेनी नगरपालिकामा नेपाली सेनामा कार्यरत रहेका छन् । त्यस्तै तनहुँमा पनि २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ब्यास नगरपालिकाका हुन् । नगरपालिका अन्तरगत वडा नम्बर १२ का ५० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनी कृषि सामाग्री कम्पनी लिमिटेडमा कार्यरत रहेका छन् । त्यस्तै सोही नगरपालिकाका ५१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन । तर उनी विद्यालयका शिक्षक रहेको बताइएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ३ सय १३ पुगेको छ ।...
प्रदेश ५ को नाम लुम्बिनी र राजधानी देउखुरी राख्ने प्रस्ताव दुई तिहाइले पारित
प्रदेश ५, राजनीति, समाचार

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी देउखुरी राख्ने प्रस्ताव दुई तिहाइले पारित

नेपाल अखबार। प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामको विषय टुंगो लागेको छ। विशेषगरी प्रदेश नम्बर ५ को राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा मंगलबारको भोटिङबाट प्रदेशको स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ भने प्रदेशको नाम पनि लुम्बिनी भएको छ । प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरीलाई राजधानी बनाउने प्रस्ताव पारित भयो । भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्ण बहादुर घर्तीले बताए । उनका अनुसार प्रदेशसभामा ८७ सदस्य रहेकामा आजको राजधानीको छिनोफानो गर्ने भोटिङमा ८२ सांसद उपस्थित रहे । भोटिङमा देउखुरीको पक्षमा बहुमत आएसँगै उनले स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरे । हाल प्रदेशको अस्थायी राजधानी रुपन्देहीको बुटवलमा रहेको थियो । सत्तारुढ नेकपाले सरकारले पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्न ह्व...

गण्डकी प्रदेशमा थप २ जनाको कोरोना भाइरस संक्रमणबाट  मृत्यु
प्रदेश ४, समाचार

गण्डकी प्रदेशमा थप २ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा थप २ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु । गोरखा तथा नवलपरासीका १÷१ जनाको पछिल्लो पटक कोरोना संक्रमणबाट मृत्यु भएको छ । गोरखाको बारपाक सुलिकोट ६ का ४५ वर्षीय महिलाले कोरोनाबाट ज्यान गुमाएकी छिन् । उनको उपचारका क्रममा काठमाडौंको बयोधा अस्पतालमा यही असोज १५ गते ज्यान गएको हो । उनी किड्नी सम्बन्धी रोगबाट ग्रसित रहेकी थिइन् । यता नवलपरासी (ब.सु.पू) का १ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । जिल्लाको कावासोती ५ का ७७ वर्षीय महिलाको कोरोनाबाट आज बिहान ३ बजेर ४५ मिनेट जाँदा चितवन मेडिकल कलेजमा ज्यान गएको हो । पिसाब तथा श्वासप्रश्वासको समस्याबाट ग्रसित उनको आइसियुमा उपचार भइरहेको थियो । उपचारका लागि उनी असोज १६ गते अस्पताल भर्ना भएकी थिइन् । उनको श्वाब संकलन पश्चात गरिएको परीक्षणका क्रममा उनलाई असोज १८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै गण्डकी...
गण्डकी प्रदेशमा २१ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, समाज

गण्डकी प्रदेशमा २१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालअखबार, पाेखरा। गण्डकी प्रदेशमा २१ जना नयाँ कोरोना संक्रमति थपिएका छन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका ५ वटा वडाका ६ जना सहित प्रदेशमा २१ नयाँ कोरोना संक्रमित पुष्टि भएका हुन । पोखरा वडा नं १ का १८ वर्षीय पुरुष, ३ का २३ वर्षीय पुरुष, ८ का ३३ वर्षीय पुरुष, १० का ५२ वर्षीय पुरुष र ७५ वर्षीया महिला र वडा १७ का ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । यसै गरी स्याङजा चापाकोट वडा नं ६ का २६ वर्षीय पुरुष, तनहुँ व्यास वडा नं की ३० वर्षीय महिला, देवघाट ५ की ३८ वर्षीया महिला, नवलपुर गैडाकोट २ का ३९ र ४१ वर्षीय महिला, ३४, ३८ र ४२ वर्षीय पुरुष, ४ का ४८ वर्षीय पुरुष, ११ का २७ वर्षीय पुरुष, वडा १३ का ३३ वर्षीय पुरुष र वडा नं १५ का ६९ वर्षीय पुरुष, मध्यविन्दु वडा नं १० का ३९ वर्षीय पुरुष, कावासोती २ का ३९ वर्षीय पुरुष र गोर्खा सिरानचोक ३ का २२ वर्षीय पुरुषमा कोरो...
बागलुङका बाढीपहिरो पीडितलाई प्रदेश सरकारद्वारा सहयोग
प्रदेश ४, समाचार

बागलुङका बाढीपहिरो पीडितलाई प्रदेश सरकारद्वारा सहयोग

नेपाल अखबार, बलेवा । बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका पहिरा पीडितलाई गण्डकी प्रदेश सरकारले राहत रकम उपलब्ध गराएको छ । ढोरपाटनमा गत भदौ १७ गतेको बाढीपहिरोमा परी ज्यान गुमाएका २२ परिवार र बेपत्ता रहेका १५ परिवार गरि ३७ जनाको परिवारलाई प्रति मृतक/वेपत्ता ५० हजार रुपैयाँका दरले गण्डकी प्रदेश सरकारले राहत रकम प्रदान गरेको हो । त्यस्तै गत असार र साउनमा आएका पहिरोमा परी मृत्यु भएका निसीखोला र तमान खोला गाउँपालिकाका ५ परिवारका लागि पनि राहत रकम उपलब्ध गराइएको छ । गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सोमबार पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत रकम प्रदान गर्नुभएको हो । जिल्लाको पश्चिमका ४२ परिवारका लागि प्रदेश सरकारले २१ लाख रुपैयाँ उपलव्ध गराएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनभयो । ढोरपाटनको बोबाङमा पहिरोसँगै आएको बा...
दमक नगरप्रमुखलाई कोरोना पुष्टि
प्रदेश १, समाचार, स्वास्थ्य

दमक नगरप्रमुखलाई कोरोना पुष्टि

नेपाल अखबार,झापा। झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई सङ्क्रमण पुष्टि भएको हो । उनकी पत्नी लीला ओली र छोरा अनिल ओलीलाई समेत कोरोना पोजेटिभ देखिएको छ । मेयर ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए । नगरप्रमुखसहित एक वडाध्यक्षलाई सङ्क्रमण पुष्टि भएपछि नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ । रासस...
संसाद बरालको पहलमा अवरुद्ध खानेपानी शुचारु
प्रदेश ४, समाचार, समाज

संसाद बरालको पहलमा अवरुद्ध खानेपानी शुचारु

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशका सांसद रामजी बराल बसेकै टोलमा तीन दिनदेखि खानोपानी नआएपछि उहाँले खानेपानी आपूर्ति गर्न निर्देशन दिएपछि सोमबार साँझबाट खानेपानी शुचारु भएको छ । उहाँकै पहलमा पोखरा ८, सृजनाचोक स्थित शिवालयमार्गमा तीन दीन पछि खानेपानी उपलब्ध भएको हो । नाला विस्तारको क्रममा तीन दिनदेखि खानेपानीको पाइप समेत अस्त व्यस्त ढंगले फालेपछि खानेपानी समस्या भएको थियो । सांसद बरालको पहलमा सोमबार साँझ ५ः०० बजेदेखि पानी उपलब्ध भएको सृजनामार्ग टोल विकास संस्थाका अध्यक्ष गोविन्द गिरीले बताए । उनले भने “नाला विस्तारको क्रममा ठेकदारले जथभावी रुपमा खानेपानीको पाइप समेत फालेकोले केही दिन देखि पानीको समस्या भएको कुरा खानेपानी संस्थान, वडा कार्यालयमा समेत जानकारी गराउदा कुनै सुनुवाई नभएपछि सांसद बराल समक्ष हामीले पानी उपलब्ध गराउन माग गरेका हौं । ” सांसद बरालले नेपाल खानेपानी संस्थान पोखरा कार्य...

प्रदेशसभा बैठकमा बबाल, काँग्रेस सांसदद्वारा कुर्सी तोडफोड
प्रदेश ५, राजनीति, समाचार

प्रदेशसभा बैठकमा बबाल, काँग्रेस सांसदद्वारा कुर्सी तोडफोड

नेपाल अखबार, काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा तनाव भएको छ । प्रदेशसभा बैठकमा काँग्रेस सांसदहरुले होहल्ला गर्दै संसद अवरुद्ध गरेका छन् भने सो क्रममा कुर्सी तोडफोड समेत भएको छ । राजधानी दाङ बनाउने प्रस्ताव सरकारले प्रदेशसभामा पेश गरेपछि तनाव बढेको छ । सोही क्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबारको पहिलो बैठक पनि अवरुद्ध गरेको थियो । पहिलो बैठक अवरुद्ध भएपछि बोलाइएको दोस्रो बैठकमा थप तनाव उत्पन्न भएको हो । बैठकमा कांग्रेस सांसदहरूले नाराबाजीसहित कुर्सी भाँचेका हुन् । काँग्रेसको नाराबाजी र तोडफोडका बीच पनि सभामुखले बैठक अघि बढाएका छन् । सभामुखले आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केशीलाई बोल्न दिएका छन् । अहिले बोल्ने र विरोध गर्ने क्रम जारी छ । कांग्रेसले सोमबार बिहान सरकारले ल्याएको प्रस्ताव केही दिनलाई रोकेर सबै पक्षसँग छलफलपछि मात्रै अघि बढाउन आग्रह गरेको थियो...