Thursday, May 21

प्रदेश

काँग्रेस नेता बजगाँईले दिए ५० जना उखु किसानलाई न्यानो ज्याकेट
कृषि, प्रदेश ३, समाचार, समाज, स्वास्थ्य

काँग्रेस नेता बजगाँईले दिए ५० जना उखु किसानलाई न्यानो ज्याकेट

गोरखा । काठमाण्डौमा आन्दोलनरत उखु किसानहरुलाई नेपाली काँग्रेसका नेता राजेन्द्र बजगाँईले न्यानो ज्याकेट वितरण गरेका छन् । चिनी मिलले पैसा नदिएपछि दुई हप्ताअघि सरकार गुहार्न काठमाडौं आएका उखु किसानहरु जाडोमा कठ्यांग्रिएको समाचारहरु बाहिरीएपछि नेता बजगाँईले आन्दोलन भइरहेकै स्थान माइतीघर पुगेर ज्यकेट प्रदान गरेका हुन् । पछिल्लो समय दिनप्रतिदिन चिसो बढ्दै गएपछि उनिहरु काँप्दै आन्दोलन गरिरहेका छन् । जिउमा एकसरो लुगा लगाएर राजधानी छिरेका किसानहरुको माग २ हप्ता बित्दा समेत सम्बोधन हुन सकेको छैन । शुक्रबार काँग्रेस नेता बजगाँईले माइतीघर पुगेर उनिहरुको आन्दोलनमा समेत ऐकेवद्धता जनाएको बताएका छन् । ‘उखुको पैसा नपाएर काठमाण्डौं आएका किसान चिसोले मर्न नपरोस भनेर मैले ५० जनालाई न्यानो डाउन ज्याकेट दिएको हुँ’ सिभिलखबरसंग कुरा गर्दै नेता बजगाँईले भने ‘दुई हप्ता भइसक्यो किसानको आवाजलाई सरकारले सुने...
कस्मिर लडाईमा मारिएका अर्जुनको गाउँ गोरखाको रिप पुग्दा… (चार फोटो सहित)
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

कस्मिर लडाईमा मारिएका अर्जुनको गाउँ गोरखाको रिप पुग्दा… (चार फोटो सहित)

मोहसिन अलि मियाँगोरखा । ‘साह्रै मिजासिला थिए अर्जुन’ गहभरी आँशु बनाउदै ठूलीआमा नन्दकुमारी थापाले भनिन् ‘राम्ररी बस्नुस् है भन्दै १२ दिनअघि विदा भएर गएका, अहिले यस्तो खबर सुन्नुप¥यो ।’ गोरखा नगरपालिका ५ रिप ढाडगाउँका अर्जुन थापा जम्बु कस्मिरको लाइन अफ कन्ट्रोलको भिडन्तमा मारिएपछि अहिले उनको गाउँ शोकमा डुबेको छ । कैयौं सपना बोकेर ४ बर्षअघि भारतिय सेनामा भर्ती भएका थापा बुधबार कश्मिरमा गोली हानाहानमा मारिएका थिए । उनको मृत्युको खबरले सन्नटा छाएको रिप पुग्दा अर्जुनको घरमा ताला नलागेपनि ढोका भने खुल्ला थिएन । पल्लो घरमा छिमेकी जम्मा भएका थिए । तर बोल्ने हिम्मत कसैसंग थिएन । उमेरले भरखर २५ काटेका अर्जुनले बिहे पनि यसै साल गरेका थिए । ‘अस्ति भरखरै असार २२ गते दुलेगौंडाबाट दुलही ल्याएका’ ठूलिआमा नन्दकुमारीले सम्झिइन् ‘आमा नभएर होला, मलाई आमालाई जस्तै माया ग¥थ्यो, साह्रै हसिला बाबु ।’ ...
गोरखा ५ ठूलोरिपका अर्जुनको कस्मिर भिडन्तमा मृत्यु
प्रदेश ४, विदेश, समाज, हाइलाइट-समाचार

गोरखा ५ ठूलोरिपका अर्जुनको कस्मिर भिडन्तमा मृत्यु

मोहसिन अलि मियाँ गोरखा । कास्मिरको लाइन अफ कन्ट्रोल (एलओसी) मा भारत र पाकिस्तानबीच गोली हानाहान हुदा मृत्यु हुने नेपाली गोरखाका रहेको पुष्टी भएको छ । मृत्यु हुनेमा भारतीय सेनामा कार्यरत गोरखा नगरपालिका ५ ठूलोरिपका २६ वर्षीय अर्जुन थापामगर रहेको बताइएको छ । थापा ५ बर्ष अघि भारतिय सेनामा भर्ती भएका थिए । बुधबार भारितय सेनाले परिवारलाई अर्जुन मृत्युको बारेमा खबर गरेका थिए । सो लगत्तै बुधबार नै परिवार एवं आफन्त उनको शव लिन काकडभित्ता गएको उनका नातेदार सुजित थापा मगरले सिभिलखबरलाई जानकारी दिए । भारतिय सेनाको टोलीले काकडभित्तासम्म उनको शव ल्याइदिने र परिवारको जिम्मा लगाउने खबर आएको थापा मगरले बताए । २ बर्षअघि आमा गुमाएका अर्जुनले ६ महिना अघि मात्रै विहे गरेका थिए । बिहे गरेर उनि पहिलो छुट्टी गएको नातेदार थापा मगरले बताए । उनले गोरखा नगरपालिका ९ लक्ष्मीबजारको द्रब्यशाह बहुमुखी क्याम...
कास्मिरमा भिडन्त : गोरखाका अर्जुन थापामगरकाे ज्यान गयाे
प्रदेश ४, विदेश, हाइलाइट-समाचार

कास्मिरमा भिडन्त : गोरखाका अर्जुन थापामगरकाे ज्यान गयाे

कास्मिरको लाइन अफ कन्ट्रोल (एलओसी)मा भारत र पाकिस्तानबीच गोली हानाहान हुदा एक नेपालीकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा भारतीय सेनामा कार्यरत गोरखाका २५ वर्षीय अर्जुन थापामगर रहेकाे भारतिय सञ्चार माध्यमहरुले जनाएका छन । तर मृतक थापा मगरकाे घर गाेरखाकाे कुन स्थान हाे भन्ने हालसम्म खुलेकाे छैन । बुधबार जम्मु र कास्मिरको राजोउरी जिल्लामा गोलीबारी भएपछि दुई सैनिकको मृत्यु भएको थियो ।...
रोटरी बज्र मनासलुको साधारणसभा सम्पन्न
प्रदेश ४, समाचार, समाज

रोटरी बज्र मनासलुको साधारणसभा सम्पन्न

रोटरी क्लब अफ बज्र मनासलुको बर्ष २०१९/२० को तेस्रो साधारणसभा सम्पन्न भएको छ । क्लबका अध्यक्ष रुषबाबु जोशीको अध्यक्षतामा सभा भएको हो । साधारण सभामा क्लबका बिभिन्न पाँच डाइरेक्टरहरुले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । क्लब एडमिनिष्ट्रेशन डाइरेक्टर दामोदर घिमिरे, पब्लिक इमेज डाइरेक्टर विनोद अर्याल, टीआरएफ विदुर बाँनिया, मेम्बरसिप ग्रोथ डाइरेक्टर रामकुमार श्रेष्ठ र सर्भिस प्रोजेक्ट डाइरेक्टर सुजन श्रेष्ठले बर्ष २०१९/२० मा सम्पन्न गरेका आ–आफ्ना बिषयका गतिविधीका बारेमा प्रतिवेदन साधारण सभामा प्रस्तुत गरेका थिए । साथै साधारण सभाले आगामी २०२०/२१ का लागि विष्णु राना मगरको अध्यक्षतामा कार्यसमिति समेत चयन गरेको पब्लिक इमेज डाइरेक्टर विनोद अर्यालले जानकारी दिएका छन् । केहि बर्ष अघि स्थापना भएको क्लबले जिल्लामा बिभिन्न सामाजिक कार्य सञ्चालन गरिरहेको छ ।...
गुरुङ समुदायले तमु 'ल्हाेसार' मनाउँदै, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
प्रदेश ४, समाज, हाइलाइट-समाचार

गुरुङ समुदायले तमु 'ल्हाेसार' मनाउँदै, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु 'ल्होसार’ पर्व मनाउँदैछन् । गुरुङ समुदायकाे बाहुल्य रहेको गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ गते यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ । गण्डकी प्रदेशले  'तमु ल्होसार' मा आज सार्वजनिक बिदा समेत दिएको छ । ...
महाधिवेशनमा चितवन आएका काभ्रे जेसिजका उपाध्यक्ष मानन्धर मृत फेला
प्रदेश ३, समाचार, समाज

महाधिवेशनमा चितवन आएका काभ्रे जेसिजका उपाध्यक्ष मानन्धर मृत फेला

नेपाल जेसीजको महाधिवेशनका लागि चितवन आएका काभ्रे जेसिजका उपाध्यक्ष कृष्ण कुमार मानन्धर मृत फेला परेका छन् । चितवनको रत्ननगर नगरपालिकाको टाँडीमा भएको जेसिजको ४६ औँ महाधिवेसनका लागि आएका मानन्धरको शव इनारमा भेटिएको प्रहरीको भनाई छ । मानन्धरको शव आइतबार बेलुकी रत्ननगर नगरपालिका १ र ९ को सीमा क्षेत्रको एक इनारमा भेटिएको थियो। हाल उनको शव पोष्टपार्टमका लागि अस्पताल पठाइएको छ । पुस ९ गतेदेखि १२ गतेसम्म भएको रत्ननगरमा जेसिजको ४६ औं महाधिवेशन भएको थियो ।...
मुग्लिन–नारायणगढ सडक २३ गतेबाट मात्रै खुल्ने
प्रदेश ३, समाचार, समाज

मुग्लिन–नारायणगढ सडक २३ गतेबाट मात्रै खुल्ने

मुग्लिन – नारायणगढ सडक पुस २३ गतेबाट मात्रै खुल्ला हुने भएको छ । पहिरो रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले पुष २२ गतेसम्मका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गराउने भएको हो । यसअघि मंसिर २७ गतेबाट १५ दिनका लागि भनेर यो सडक बन्द हुँदै आएको थियो । तर काम नसकिएपछि बन्दको समय थप गरिएको हो ।...
३ लाख धरौटी बुझाएर छुटे सिद्धबाबा
प्रदेश २, समाज, हाइलाइट-समाचार

३ लाख धरौटी बुझाएर छुटे सिद्धबाबा

बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई ३ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत सुनसरीले आदेश जारी गरेको छ । गिरीविरुद्ध उनकै एक महिला अनुयायीले बलात्कार आरोप लगाएकी थिइन् । पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि गिरी भने आफू बिरामी भएको भन्दै विराटनगरस्थित एउटा अस्पतालमा भर्ना भएका थिए ।...
भारतीय सवारी प्रवेशमा राेक लगाइयाे
प्रदेश ४, समाचार, हाइलाइट-समाचार

भारतीय सवारी प्रवेशमा राेक लगाइयाे

पोखरामा भारतीय नम्बर प्लेट भएका सवारी प्रवेशमा रोक लगाइएको छ । ‘ट्राफिक व्यवस्थापनमा चुनौती’ भएको कारण देखाउँदै पोखरा पर्यटन परिषद्को आग्रहमा जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा भारतीय नम्बर प्लेटका सार्वजनिक गाडी प्रवेशमा रोक लगाएको हो ।