नेपाल टेलिकमको सहुलियतदरको फाइबर इन्टरनेटमा ग्राहकको आकर्षण, तीन सातामै ११ हजारभन्दा बढी जोडिए
नेपालअखबार, काठमाडौँ। नेपाल टेलिकमले सहुलियत दरमा उपलब्ध गराउन थालेको फाइबर इन्टरनेट सेवाप्रति ग्राहकको आकर्षण बढेको छ । गत असोज ३० गतेदेखि सुरु गरिएको सहुलियतदरको इन्टरनेट सेवा १८ दिनको अवधिमा ११ हजार ७६४ नयाँ ग्राहकले लिएका छन् ।
सरकारको डिजिटल नेपाल अभियानअन्तर्गत सर्वसाधारणको इन्टरनेट पहुँच सहज र सुलभ बनाउने उद्देश्यले नेपाल टेलिकमले सहुलियत दरमा फाइबर इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।
इन्टरनेट सेवा महँगो भएको भन्दै सर्वसाधारणबाट गुनासो आएपछि सरकारले मूल्य घटाउने र सेवा सर्वसुलभ बनाउने विषयमा निरन्तर गृहकार्य गर्दै आएको थियो । सोहीअनुसार चालु आर्थिक वर्षका चाडपर्वलाई समेत लक्षित गरी नेपाल टेलिकमले सहुलियत प्याकेज ल्याएको हो ।
नेपाल टेलिकमका अनुसार असोज ३० देखि कात्तिक १६ गतेसम्म सेवा लिएका ११ हजार ७६४ नयाँ ग्राहकमध्ये ४० प्रतिशतले सहुलियत दरको प्याकेज रोजेका छन् । यसले कम क...










