Monday, September 7

प्रविधि

काठमाडौंका केही ठाउँमा आज पाँच घण्टा बत्ती जाने
प्रविधि, समाचार

काठमाडौंका केही ठाउँमा आज पाँच घण्टा बत्ती जाने

नेपाल अखबार,काठमाडौं । काठमाडौं उपत्यकाका केही ठाउँमा आज (मंगलबार) दिउँसो पाँच घण्टासम्म विद्युत लाइन काटिने भएको छ। जिर्ण पोल परिवर्तन गर्नको लागि केही घण्टा बत्ती काट्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार दिउँसो १२ बजेदेखि बेलुका पाँच बजेसम्म बत्ती काटिने छ। महाराजगञ्ज वितरण केन्द्रबाट वितरित बूढानीलकण्ठ नगरपालिका २ गणेश चोकको जीर्ण पोल परिवर्तन गर्नको लागि बत्ती काट्न लागिएको छ। धापासी, च्यासिन्टोल, हात्तीगौडा, बालुवाडीपो, हेपाली, घुम्ती लगायतका क्षेत्रमा बत्ती जाने छ।...
गोरखाको धार्चे गाउँपालिकाले बनायो सार्वजानिक स्थलमा चार्जिङ स्टेशन
पर्यटन, प्रदेश ४, प्रविधि, समाचार, हाइलाइट-समाचार

गोरखाको धार्चे गाउँपालिकाले बनायो सार्वजानिक स्थलमा चार्जिङ स्टेशन

गोरखा । धार्चे गाउँपालिकाले सार्वजानिक स्थलमा चार्जिङ स्टेशन स्थापना गरेको छ । हालसम्म केन्द्रिय विद्युत प्रशारण लाइन नपुगेको धार्चेमा पहिलो पटक दुई स्थानमा सार्वजानिक चार्जिङ स्टेशन निर्माण गरिएको हो । पहिलो चरणमा गाउँपालिकाको केन्द्र माछीखोला र लाप्राकको गुप्सीपाखामा स्टेशन बनाइएको अध्यक्ष सन्तोष गुरुङले बताए । ‘यो पहिलो प्रयोग हो, अहिले २ ठाउँ लाप्राक र माछीखोलामा राखेमा छौ’ उनले भने ‘अहिलेसम्म लाइन नपुेको ठाउँमा यो इफेक्टिभ हुन्छ भन्ने हाम्रो बिश्वास हो, यो प्रभावकारी भयो भने अरु ठाउँमा पनि विस्तार गर्छौ ।’ सोलार मार्फत सञ्चालन हुने स्टेशनमा एक पटकमा १२ वटा मोबाइल, क्यामेरा लगायतका विद्युतिय सामाग्री चार्ज गर्न सकिने गाउँपालिका अध्यक्ष गुरुङले बताए । हालसम्म सोलार, टुकी, मैनबत्ती लगायतको भरमा चलेको धार्चेमा सार्वजानिक चार्जिङ स्टेशनले स्थानीयलाई राहत मिल्ने उनको विश्वास छ । ...
इन्टरनेट सेवा प्रदायकहरुको संख्या थपिँदै
प्रविधि, समाचार

इन्टरनेट सेवा प्रदायकहरुको संख्या थपिँदै

मुलुकमा इन्टरनेटको विस्तार तीव्र भइरहेका बेला इन्टरनेट सेवा प्रदायकहरुको संख्या थपिँदै गएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार १ सय २२ वटा इन्टरनेट सेवा प्रदायकले सञ्चालनको अनुमति लिएका छन्। प्राधिकरणमा थप दर्ताको निवेदन दिनेको संख्या झन्डै सय बराबर छ। मुलुकमा अर्बौं लगानी गर्ने राष्ट्रिय स्तरका इन्टरनेट सेवा प्रदायकदेखि स्थानीयस्तरमा ‘लोकल’ इन्टरनेट सेवा प्रदायक पनि छन्। सानो बजारमा थपिँदै गएका दर्जनौं इन्टरनेट सेवा प्रदायकबीच भने पछिल्लो समय अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको स्वयं व्यवसायीहरु बताउन थालेका छन्। सेवा प्रदायकबीच तीव्र प्रतिस्पर्धाले उपभोक्तालाई फाइदा पुगे पनि व्यवसायलाई नकारात्मक असर पर्ने गरी प्रतिस्पर्धा बढेको उनीहरुको भनाइ छ। ‘सेवा प्रदायकबीच अस्वस्थ प्रतिस्पर्धा बढेको छ,’ सुविसु केवल नेटका प्रेसिडेन्ट तथा इन्टरनेट सेवा प्रदायक संघका पूर्व उपाध्यक्ष...
कुलमान कमालः ६ महिनामा १.५० प्रतिशतले घट्याे विद्युत् चुहावट
प्रविधि, समाचार, समाज, हाइलाइट-समाचार

कुलमान कमालः ६ महिनामा १.५० प्रतिशतले घट्याे विद्युत् चुहावट

चालू आर्थिक वर्ष (आव) २०७६/७७को पहिलो ६ महिनामा वितरणतर्फको औसत विद्युत चुहावट ९.७८ प्रतिशतमा झरेको छ। गत आव २०७५/७६मा ११.२८ प्रतिशत रहेको वितरणतर्फको चुहावटलाई चालू आवको पहिलो ६ महिनामा १.५० प्रतिशत विन्दुले घटाएर ९.७८ प्रतिशतमा सीमित गर्न नेपाल विद्युत प्राधिकरण सफल भएको हो। चालू आवमा वितरणतर्फको विद्युत् चुहावटलाई ८.५० प्रतिशतमा झार्ने लक्ष्य तय गरी प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवाप्रवाह सुधार तथा विस्तारमा केन्द्रित भई काम गरिरहेको छ। आव २०७२/७३मा प्रणालीमा रहेको २५.७८ प्रतिशत विद्युत् चुहावटलाई आव २०७५/७६सम्ममा १५.३२ प्रतिशतमा झारिएको छ। चालू आवमा प्रणालीको चुहावट १३ प्रतिशतभन्दा कममा झार्ने लक्ष्य लिइएको छ। चुहावट नियन्त्रणबाट मात्रै वार्षिक रुपमा झण्डै १० अर्ब रुपैयाँ थप आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्...
चौधरी ग्रुपले किन्यो युरोपमा टेलिकम कम्पनी
अर्थ, प्रविधि, विदेश, समाचार, समाज, हाइलाइट-समाचार

चौधरी ग्रुपले किन्यो युरोपमा टेलिकम कम्पनी

काठमाडौं । चौधरी ग्रुप नेपालमा टेलिकम्युनिकेशन उद्योगका लागि लाइसेन्स नपाएपछि यूरोपमा यो व्यवसाय गर्नेगरी अगाडी बढेको छ। नेपालका एकमात्र बिलिनियर ब्यवसायी विनोद चौधरीले यूरोपको ‘मोल्डसेल’ टेलिकम्युनिकेशन कम्पनी किन्ने सम्झौता गरेका हुन्। विनोद चौधरीको स्वामित्व रहेको सिजी सेल टेक्नोलोजी र यूरोपको ‘मोल्डसेल’ टेलिकम कम्पनीबीच गत शुक्रबार खरिदविक्री सम्झौता भएको छ। सीजी टेलले नेपालमा कम्युनिकेशन व्यवसया गर्न सरकारसँग यूनिफाइड लाइसेन्स मागेको थियो। तर, सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले २० अर्व राजश्व बुझाए लाइसेन्स पाउने बताएका थिए। त्यसपछि चौधरी ग्रुपले पत्रकार सम्मेलन नै गरेर मन्त्रीले भनेको २० अर्व एकमुष्ट नभई नवीकरण शुल्क १० वर्षसम्म तिनुपर्ने कानूनी प्रावधान रहेको जनाएको थियो। यसरी सरकार र चौधरी ग्रुपबीच दोहोरी चलिरहेकै बेला सीजी टेलले यूरोपको मो...