Monday, August 3

प्रशासन

तीनकुने घटनामा  प्रसाईंसहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा
अपराध, प्रशासन, समाचार

तीनकुने घटनामा प्रसाईंसहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा

नेपालअखबार,काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति अबेर आदेश जारी गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउने ओदश गरेको हो । त्यस्तै, अन्य ३२ जनालाई भने धरौटीमा रिहा  गर्ने आदेश भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले  जानकारी दिए । उनका अनुसार, प्रसाईंलाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश भएको हो ।...
भूमिहीनलाई जग्गा वितरण गर्न निवेदन आह्वान
प्रशासन, समाचार

भूमिहीनलाई जग्गा वितरण गर्न निवेदन आह्वान

नेपालअखबार,काठमाडौं । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूका लागि भूमि समस्या समाधान आयोगले निवेदन आह्वान गरेको छ । उनीहरुलाई जग्गा वितरणका लागि आयोगले पुन: सूचना प्रकाशित गर्दै निवेदन माग गरेको हो । तोकिएको ढाँचामा फाराम भरी यही जेठ २९ गतेदेखि ३५ दिनभित्र निवेदन दिन सकिनेछ । निवेदन संकलनका लागि स्थानीय तहका वडाहरूमा संकलक खटिएका छन् । उनीहरू मार्फत निवेदन दिन सकिने आयोगले जनाएको छ । यो सूचना पहिलोपटक वैशाख ३१ गते प्रकाशित भएको थियो । यी स्थानीय तहबाट मिल्छ निवेदन दिन...
५२ संवैधानिक पदाधिकारी विरुद्धको निर्णय असार १८ गते सुनाइने
प्रशासन, समाचार

५२ संवैधानिक पदाधिकारी विरुद्धको निर्णय असार १८ गते सुनाइने

नेपालअखबार,काठमाडौं । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको निर्णय आगामी असार १८ गते सुनाउने भएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार, आज सुनाउने भनेको फैसला आगामी असार १८ गतेका लागि सरेको हो । केहीबेरअघि संवैधानिक इजलासमा उपस्थित कानुन व्यवसायीहरूलाई अदालत प्रशासनले निर्णय सुनाउने मिति सरेको जानकारी गराएको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासमा पदाधिकारी विरुद्धको रिटमाथि बहस भएको थियो । के हो ५२ संवैधानिक नियुक्ति प्रकरण ? एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)भित्र दुई गुटको विवाद बढ्दो थियो । प्रचण्ड–माधव समूह एकातिर थिए भने अर्को समूहको नेतृत्व केपी शर्मा ओलीले गरेका थिए । बढ्दो विवादको असर संवैधानिक परिषद्को बैठकसम्म पुगेको थ...
सञ्चारकर्मी पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन
प्रशासन, समाचार

सञ्चारकर्मी पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन

नेपालअखबार,काठमाडौँ । सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । नक्साल भाटभटेनी स्थित अम्रपाली ब्यांक्वेट नजिकै उनको घरमा सादा पोसाकका प्रहरी खटिएका हुन् । उनीहरूलाई साइबर ब्युरोबाट परिचालन गरिएको छ  । पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । उनी विरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा जाहेरी दर्ता भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गरेको भन्दै पाठकले आफ्नो युट्युब च्यानलमा टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका थिए । त्यसबारे उनी विरुद्ध साइबर अपराध गरेको उजुरी परेको थियो । होटल शंकर ग्रुपको स्वामित्वमा छ । होटलका प्रबन्ध निर्देशक शाहिल अग्रवाल र व्यापारी दीपक भट्टसँग मिलेर उनले होटल खरिद गरेको पाठकले समाचारमा आरोप लगाएका थिए ।...
डिएसपी भन्दै ठगी गरेको अभियोगमा पक्राउ
प्रशासन, समाचार

डिएसपी भन्दै ठगी गरेको अभियोगमा पक्राउ

नेपालअखबार,काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भन्दै ६ लाख ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरी देउराली–८ बस्ने ४५ वर्षीय ज्ञानबहादुर लामा भन्ने ज्ञानु तामाङ तथा सुनसरीको इटहरी उपमहानगरपालिका–४ पाँचघरे घर भइ हाल कलंकी बस्ने ४२ वर्षीय रेवती ओझा रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। 'नेपाल प्रहरीको डिएसपी रहेको बताइ प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिने भनेर ६ लाख ठगी गरेको भन्ने निवेदनका आधारमा अनुसन्धान गर्ने क्रममा निजहरुलाई पक्राउ गरिएको हो,' उनले भने। पक्राउ परेकामध्ये ज्ञानबहादुर विसं २०७० फागुन २० गते हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा पाँच वर्ष जेल सजाय भुक्तान गरेको, सार्वजनिक अपराध कसुरमा र विसं २०६७ कात्तिक ४ गते जुवा सम्बन्धी कसुरमा मुद...
देवानगञ्ज क्षेत्रका नाकाबाट खुलेआम तस्करी, सशस्त्र प्रहरीको नाङ्गो चाल
प्रशासन, समाचार, समाज

देवानगञ्ज क्षेत्रका नाकाबाट खुलेआम तस्करी, सशस्त्र प्रहरीको नाङ्गो चाल

नेपालअखबार,सुनसरी ।पाकिस्तान–भारत युद्धको निहुँमा सुनसरीका सिमा नाकामा कडाइ गरिएको सशस्त्र प्रहरीको दाबी देवानगञ्ज क्षेत्रका नाकामा आएर धज्जी उडेको छ। "सीमामा देखावटी ड्युटी र खुलेआम तस्करी" यही ‘फर्मुला’ मा देवानगञ्ज नाका चलिरहेको पुष्टि स्थानीय स्रोतले गरेको छ। केही दिनअघिको व्यापक तस्करी प्रकरण सेलाउन नपाउँदै फेरि रातारात तस्करीका सामान इनरुवा सदरमुकामसम्म पुग्ने क्रम रोकिएको छैन। विशेषगरी निरीक्षणमा उच्च प्रहरी अधिकृतको टोली आउँदा सीमामा ड्युटी कडाइ गरेजस्तो देखाउने तर उनीहरू फर्किएलगत्तै पुरानै शैलीमा आर्थिक लेनदेनका आधारमा तस्करी गराउने काम बाक्लिँदो रहेको छ। स्थानीयवासी र सुरक्षास्रोतहरूका अनुसार उच्च अधिकारीहरु अनुगमनमा आउनु अघि नै तस्करहरूलाई सूचना पुग्छ। अनि निरीक्षण सकिएपछि देवानगञ्ज क्षेत्रका नाकाहरु पुनः तस्करीको खुला मैदान बन्छ। तस्करी रोक्न खटाइएको सशस्त्र प्रहरी नै तस...
नागढुंगा–नौबिसे सडक थप पाँच दिन दिउँसो बन्द हुने
प्रशासन, समाचार, समाज

नागढुंगा–नौबिसे सडक थप पाँच दिन दिउँसो बन्द हुने

नेपालअखबार,काठमाडौँ । त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडकखण्ड निर्माण सुधारका लागि थप पाँच दिन दिउँसो बन्द हुने भएको छ। जेठ २६ गतेदेखि बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म थप बन्द हुने सडक विभागले शनिबार सूचना जारी गरेको छ। यसअघि जेठ १० देखि २५ गतेसम्म दिउँसो बन्द गरिएको थियो। निर्माणको काम नसकिएकाले थप ५ दिन थपिएको विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। साना सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिइएको छ। सीतापाईला-रामकोट -धार्के सडक र सामाखुसी-टोखा-छहरे-त्रिशुली (विदुर)-गल्छी सडक वैकल्पिक रूट दिइएको छ।...
विना अनुमति रुख काटेको आरोपमा दरौंदी हाइड्रोका अधिकृत पक्राउ
प्रशासन, समाचार

विना अनुमति रुख काटेको आरोपमा दरौंदी हाइड्रोका अधिकृत पक्राउ

नेपालअखबार, गोरखा । विना अनुमति राष्ट्रिय वन क्षेत्रको रुख कटान गरेको आरोपमा बारपाक दरौंदी हाइड्रो प्रालिका जनसम्पर्क अधिकृत कृष्ण पन्थी पक्राउ परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–२ बल्फेस्थित राष्ट्रिय वन क्षेत्रको रुख अनुमति बेगर कटान गरेकाले पक्राउ गरिएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । ‘हाइड्रोबाट उत्पादित बिजुली सम्बन्धित ठाउँमा जोड्नका लागि प्रसारण लाइनमा पर्ने रुखहरू कटान गरेका रहेछन्,’ कार्यालयका एक अधिकृतले भने, ‘निजी जग्गाका रुखहरु काट्ने क्रममा राष्ट्रिय वन क्षेत्रका केही रुखहरू पनि  काटेछन् ।’ सूचना पाएलगतै स्थलगत अनुगमन गर्दा राष्ट्रिय वन क्षेत्रमा पर्ने साल, चिलाउने लगायतका जातका रुख काटेको पाइएको उनले बताए ।उनका अनुसार पन्थीलाई २१ जेठमा पक्राउ गरिएको हो । उनीविरुद्ध वन पैदावार हानि नोक्सानी शीर्षकमा मुद्दा दर्ता गरी वन ऐन २०७६ अनुसार कानुनी कारबाही प्रक्रिया...
कास्कीमा सशस्त्र प्रहरीद्वारा विपद् स्वयंसेवक तालिम सञ्चालन
प्रशासन, समाचार

कास्कीमा सशस्त्र प्रहरीद्वारा विपद् स्वयंसेवक तालिम सञ्चालन

नेपालअखबार,कास्की । कास्कीस्थित सशस्त्र प्रहरी बल, नेपालको नं २४ गणले ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सञ्चालन गरेको छ । पोखरा महानगरपालिकासँगको समन्वयमा भइरहेको तालिम आगामी असार १० गतेसम्म सञ्चालन हुनेछ । गणका गणपति एवं सशत्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सेनाले महानगरभित्रका सबै वडाको प्रतिनिधित्व हुने गरी ५० जना प्रशिक्षार्थीलाई विपद् वयवस्थापन तथा पूर्वतयारीसम्बन्धी तालिम प्रदान गरिने जानकारी दिए । उनका अनुसार यही जेठ २१ गतेदेखि सुरू भएको तालिममा प्रशिक्षार्थीलाई नेपालमा विपद् व्यवस्थापन प्रणाली, बाढीपहिरो तथा डुवान, अग्नी नियन्त्रण, वन डढेलोलगायत विपद्मा डोरीद्वारा गरिने उद्धार, भुकम्पीय जोखिम न्यूनीकरण, सडक दुर्घटना र जोखिम न्यूनीकरण, उद्धार सामग्रीको प्रयोगलगायत विषयमा तालिम दिइने छ । पानीमा हुने उद्धार अभ्यास पनि सञ्चालन गरिने गणपति तिमिल्सेनाले बताए । ‘विपद्को समयमा स्थ...
यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अन्तरिम आदेश
प्रशासन, समाचार

यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अन्तरिम आदेश

नेपालअखबार,काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक यातायातको क्षेत्रमा हडताल नगर्न यातायात व्यवसायीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले अल्पकालीन आदेश दिँदै त्यसलाई निरन्तरता दिने वा नदिनेबारे छलफल गर्न रिट निवेदक र यातायात व्यवसायी दुवै पक्षलाई बोलाएको छ । अधिवक्ता विमल पोखरेलले सार्वजनिक यातायात ठप्प पारी व्यवसायीहरूले नागरिकको संवैधानिक हक हनन गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । यद्यपि यातायात व्यवसायीहरूले हिजो नै आन्दोलन फिर्ता लिइसकेका छन् ।...