Sunday, April 19

प्रशासन

गोरखाको भिमसेन थापा गाउँपालिका एक साताको लागि सिल
प्रशासन, समाचार, स्वास्थ्य

गोरखाको भिमसेन थापा गाउँपालिका एक साताको लागि सिल

नेपाल अखबार, गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिका एक साताको लागि सिल गरिएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या गाउँपालिका पनि बढ्दै गएको र कन्ट्याक्ट ट्रेसिङमा समेत केहीलाई संक्रमण भएको देखिएपछि गाऊँपालिका सिल गर्ने निर्णय भएको भिमसेन गाउँपालिकाले गोरखाले जनाएको छ। हिजो बसेको गाउँ कार्यपालिकाको २३ औं बैठकले अर्को निर्णय नभएसम्मका लागि पालिकाका विभिन्न क्षेत्रमा पूर्ण रुपमा बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।वडा नम्वर ५ रिट्ठेपानी, वडा नम्वर ६ झिंगटे र मोहरिया, वडा नम्वर ८ को महादेवटार क्षेत्रमा कोरोना संक्रमण फैलिएकोले ती क्षेत्रसहित पालिकाभर लकडाउन अर्थात बन्दाबन्दी गर्ने निर्णय भएको हो। गाउँपालिकाको बैठकले कोरोना संक्रमण हुन सक्ने सम्भावित स्थानहरुमा मानिसहरुको अवतजावत पूर्ण रुपमा बन्द गर्ने, पालिकाभित्रका सम्पूर्ण बैङ्क तथा वित्तिय संस्था, उद...
प्रदेश २ मा दुई प्रहरी सहायक निरीक्षकसहित ३ जना निलम्बित
प्रदेश २, प्रशासन

प्रदेश २ मा दुई प्रहरी सहायक निरीक्षकसहित ३ जना निलम्बित

नेपाल अखबार, जनकपुर । प्रदेश २ मा २ प्रहरी सहायक निरीक्षकसहित ३ जनालाई निलम्बित गरिएको छ । कर्तव्य र मर्यादा विपरित काम गरेको भन्दै २ प्रहरी सहायक निरीक्षक र १ प्रहरी जवान कारवाहीमा परेका हुन् । भ्रष्टचार विरुद्धको शून्य सहनशिलता र आन्तरिक शुद्धिकरण गर्ने नीतिअनुरुप २ नम्बर प्रदेश प्रहरी कार्यालयले ३ जनालाई निलम्बन गरेको जनाएको छ । वित्तिय अपराध (हुण्डी) कारोबारमा संलग्न रहेका व्यक्तिको आर्थिक प्रलोभनमा परि सघाएको प्रमाणित भएपछि कारवाही गरिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । उनीहरुलाई  पटक–पटक सुध्र्रिने मौका दिएपनि आचरणमा सुधार नल्याएपछि कार्वाही गनुपरेको सिंहले बताए । हुण्डी कारोबारीलाई सहयोग गरेको प्रमाणित भएपछि ईलाका प्रहरी कार्यालय पिपरा रजवाडा रौतहट दरबन्दी भई प्रहरी चौकी औरैया रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक ललित साह र प्रहरी जवान दिनेश हजारा...
इन्स्पेक्टर शाहीलाई ९ दिन थुनामा राख्न अनुमति
प्रशासन, समाचार

इन्स्पेक्टर शाहीलाई ९ दिन थुनामा राख्न अनुमति

नेपाल अखबार, काठमाडौं । ललितपुर प्रहरी परिसर, जावलाखेलबाट पक्राउ परेका नेपाल प्रहरीका निरीक्षक रुद्र शाहीलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंले लागूऔषध कारोबार सम्बन्धी कसूरमा अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको हो । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरका एसपी प्रविण धितालका अनुसार प्राप्त समयमा शाहीको बयान र उनको संलग्नताबारे विस्तृत अनुसन्धान हुनेछ । ब्युरोले बुधबार पेप्सीकोलाबाट उदयपुरका एलिसन बस्नेत, बर्दियाका सन्तोषकुमार शाह, काठमाडौंका भुपेश शेरचन र अभियान थपलियालाई लागूऔषधसहित पक्राउ गरेको थियो । उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा घटनामा शाहीको पनि  संलग्रता भेटिएको एसपी धितालले अनलाइनखबरलाई बताए । त्यसैले बिहीबार उनलाई पनि पक्राउ गरी हिरासतमा राखिएको थियो । अन्य आरोपितविरुद्ध भने १० दिन म्याद थप भएको छ । प्रहरीका अनुसार शाही लागूऔषध दुर्व्यसन...
कैलालीका इन्सपेक्टर ५० हजार घुससहित पक्राउ
प्रशासन, समाचार

कैलालीका इन्सपेक्टर ५० हजार घुससहित पक्राउ

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्ट घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले उनीहरुलाई ५० हजार रुपैयाँ घुससहित बिहीबार रंगेहात पक्राउ गरेको हो । अख्तियारको टोलीले प्रहरी निरीक्षक कार्की र कानुन व्यवसायी विष्टलाई धनगढी उपमहानगरपालिका वडा नं. १ स्थित लिगल एडभोकेट सर्भिस सेन्टरबाट पक्राउ गरेको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए । प्रहरी कार्यालयमा परेको मुद्दामा सहजीकरण गरिदिने भन्दै कानुन व्यवसायी विष्टमार्फत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले प्रहरी निरीक्षक कार्कीमाथि निगरानी बढाएको थियो । यसैबीच लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा ललितपुर प्रहरी ...
निजी सवारी चालकले सार्वजनिक सवारीसाधन चलाउन नपाउने मापदण्ड बनाउन निर्देशन
प्रशासन

निजी सवारी चालकले सार्वजनिक सवारीसाधन चलाउन नपाउने मापदण्ड बनाउन निर्देशन

नेपाल अखबार, काठमाडौं । संघीय संसदको विकास तथा प्रविधि समितिले लाइसेन्स प्रणालीलाई व्यवस्थित गर्न निजी सवारी साधनको लाइसेन्स बाहकलाई सार्वजनिक सवारीसाधन चलाउन नपाउने गरी फरक मापदण्ड तयार गरी कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले यातायात व्यवस्था विभागको हालको जनशक्ति अपर्याप्त भएको भन्दै आवश्यक जनशक्ति पुरिपूर्ति गर्ने काम तत्काल अगाडि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । यातायात व्यवस्था विभागमा जनशक्ति कम हुँदा त्यस अन्तर्गतका कार्यायहरुमा कामको चापलाई समयमै व्यवस्थापन गर्न कठिनाइ भएको निष्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको हो । साथै बैठकले कोभिड–१९ का सार्वजनिक यातायातमा भएको लगानी डुब्ने अवस्था आएकाले व्यवसायीको लगानीमा कर सहुलियत प्रदान गर्ने र बैंक ऋण्को व्याजमा पुनर्तालिकिकरण गर्ने तथा सवारी मर्मतका लागि सहुलियत दरमा प...
पोखरा महानगरको बजेट ६ अर्व १९ करोड ७१ लाख
प्रशासन

पोखरा महानगरको बजेट ६ अर्व १९ करोड ७१ लाख

नेपाल अखबार, पोखरा । पोखरा महानगर पालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ६ अर्व भन्दा वढीको बजेट प्रस्तुत गरेको छ । पोखरा महानगर पालिकाकी उपप्रमुख मञ्जु गुरुङले नगरको सातौ सभामा आव २०७७/७८ का नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु. ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैंयाँ अनुमानित बजेट प्रस्ताव गरेकी हुन । प्रस्ताव उक्त गरिएको बजेट मध्ये संघीय सरकारबाट २ अर्ब ५२ करोड ६० लाख र गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख ६६ हजार गरी जम्मा अन्तर सरकारी वित्तीय हस्तान्तरण वापत २ अर्ब ६३ करोड १९ लाख ६६ हजार प्राप्त हुने अनुमान रहेको छ भने अन्तर सरकारी अख्तियार बाट ८५ करोड प्राप्त हुने अनुमान महानगरले गरेको छ । देशकै ठुलो क्षेत्रफल ओगटेको पोखरा महानगरले आर्थिक वर्षमा राजश्व बाँडफाडँतर्फ संघीय सरकारबाट ३० करोड ६४ लाख र प्रदेश सरकारबाट ४ करोड ३७ लाख गरी जम्मा ३५ करोड १ लाख प्राप्त हुने अनुमान गरेको छ भने आ...
स्वीकृतिबिना रेष्टुरेन्ट तथा होटल सञ्चालन गर्न रोक
प्रशासन, समाचार

स्वीकृतिबिना रेष्टुरेन्ट तथा होटल सञ्चालन गर्न रोक

नेपालअखबार, चितवन।    जिल्ला प्रशासन कार्यालय चितवनले बिना स्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन नगर्न निर्देशन दिएको छ । मङ्गलबार एक सूचना जारी गर्दैै प्रशासनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा रेष्टुरेन्टबाट ‘टेक अवे’ सेवा दिन र होटलले क्वारेन्टिन सेवा दिन जिल्ला प्रशासन कार्यालयबाट पूर्वस्वीकृति लिएर मात्र सञ्चालन गर्न पाइने व्यवस्था रहेको उल्लेख छ । कोभिड–१९ सङ्क्रमणको जोखिम नहुने गरी स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर त्यस्तो सेवा दिन चाहने इच्छुक रेष्टुरेन्ट तथा होटलले पालना गर्ने मापदण्डसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन प्राप्त हुन आएमा निर्णयतर्फ उचित विचार हुने सूचनामा जनाइएको छ । बन्दाबन्दी खुकुलो भएसँगै जिल्ला...
लुकीछिपी नेपाल प्रवेश गरेका ३३ जनलाई क्वारेन्टिनमा लगियो
प्रशासन, समाचार

लुकीछिपी नेपाल प्रवेश गरेका ३३ जनलाई क्वारेन्टिनमा लगियो

नेपाल अखबार, चितवन । कोरोना भाइरसविरुद्ध नेपाल–भारत सीमामा खटिएको सशस्त्र प्रहरीले बिनाअनुमति लुकीछिपी सीमानाकाबाट नेपाल प्रवेश गर्नेलाई नियन्त्रणमा लिई क्वारेन्टिनमा राख्ने अभियानलाई जारी राखेको छ । सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय चितवनको क्षेत्रमा पर्ने सीमानाकामा यस्तो अभियानलाई कडाइका साथ निरन्तरता दिइएको हो । भारतसँग जोडिएका सीमानाकाबाट अनुमतिबिना नेपाल प्रवेश गरेकालाई सशस्त्र प्रहरीले स्थानीय निकायसँगको समन्वयमा क्वारेन्टिनमा राख्दै आएको गढीमाई बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रम्हचार्यले बताए । उनका अनुसार अभियानकै क्रममा भारतबाट ठोरीनाका हुँदै आएका दुई जनालाई बाँदरझुलाबाट पक्राउ गरी क्वारेन्टिनमा राखिएको छ । उनीहरु आफ्नो बच्चासहित माडी छिर्न लागेका थिए । लकडाउनका समयमा नाकाबाट लुकीछिपी स्वदेश फर्किने क्रम नरोकिएपछि सीमामा थप कडाइ गरी य...
गृह मन्त्रालयको परिपत्र : उपत्यकामा आउनेलाई १४ दिन होम क्वारेन्टिनमा राख्नू
प्रशासन, समाचार

गृह मन्त्रालयको परिपत्र : उपत्यकामा आउनेलाई १४ दिन होम क्वारेन्टिनमा राख्नू

नेपाल अखबार, काठमाडौं । गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ । पछिल्लो समय घरधनीले पीसीआर विधिबााट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेका छन् । पीसीआर टेष्टका लागि आउनेहरु बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएको छ । त्यसपछि गृहले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिश्ल्ला अधिकारीहरुलाई स्वास्थ्यको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको छ ।...
नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्रको गस्ती
प्रशासन

नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्रको गस्ती

नेपाल अखबार,  दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा खटिएका सशस्त्र प्रहरीले नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म गस्ती गरेको छ । गत वैशाख ३१ गते व्यासको छाङ्गरुमा खटिएको सशस्त्र प्रहरी एक महिनापछि नेपाल–चीन सीमा स्तम्भमा पुगेको हो । छाङ्गरुमा सशस्त्र प्रहरीको २५ जनाको टोली रहेको छ । सो टोलीले पहिलो पटक सीमा पिलरसम्म गस्ती बढाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टर दार्चुलाका प्रहरी नायब उपरीक्षक दीपक विष्टले जानकारी दिए । सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द नेतृत्वको टोलीले १ नम्बर पिलरसम्म गस्ती गरेको हो । यही असार ३ गते प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले समेत व्यासको छाङ्गरु बीओपीको निरीक्षण भ्रमण गरेका थिए । रासस...