Tuesday, May 12

प्रशासन

कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द
प्रशासन, समाचार, समाज

कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द

नेपालअखबार,कालीकोट। उपनिर्वाचनलाई लक्षित गरेर आज कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ। सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । कालीकोट–जुम्ला सडकअन्तर्गत तिलागुफा नगरपालिका–६ खल्लागाडबाट वडा नं १ नाग्म बजारसम्म १३ घण्टा सडक बन्द हुने भएको हो। तिलागुफा नगरपालिका–४ राँचुलीमा वडाध्यक्षका लागि उपनिर्वाचन हुने भएकाले सो दिन यातायातका साधन बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए। सुरक्षा संवेदनशीलतालाई लिएर कालीकोट–जुम्ला सडकको खल्लागाडबाट नाग्मबजारसम्म अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधन नचल्ने उहाँले बताए। 'मङ्सिर १६ गते आइतबार बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म यातायातका साधन चल्न रोक लगाइएको छ,' उनले भने, 'स्थानीय तह उपनिर्वाचन २०८१ मङ्सिर १६ गते हुने भएकाले शान्ति सुरक्षा कायम राख्न र निर्वाचन आचारसंहिता पूर...
सामाजिक सञ्जालमार्फत युवतीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ
प्रशासन, समाचार

सामाजिक सञ्जालमार्फत युवतीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

नेपालअखबार,काठमाडौं । सामाजिक सञ्जालमार्फत युवतीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–१ का ३८ वर्षीय सुरेन्द्र केसी छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । १२ मंसिरमा पक्राउ परेका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका एसपी दीपकराज अवस्थीले बताए ।उनले सामाजिक सञ्जालमार्फत एक युवतीलाई साथी बनाएका थिए । त्यसपछि विवाह गर्ने भन्दै ती युवतीसँग भिडियो कल गर्ने र गोप्य अंगहरु देखाउन लगाउने गरेका थिए । पछि सम्बन्ध बिग्रिएपछि रेकर्ड गरेर राखिएका युवतीका नग्न भिडियो र फोटोहरू उनका आफन्तलाई पठाएको आरोप उनीमाथि छ ।...
गृह मन्त्रालय मातहत १२ जना उपसचिवको जिम्मेवारी हेरफेर
प्रशासन, समाचार

गृह मन्त्रालय मातहत १२ जना उपसचिवको जिम्मेवारी हेरफेर

नेपालअखबार,काठमाडौँ । गृह मन्त्रालय मातहतका १२ जना उपसचिवहरुको जिम्मेवारी हेरफेर गरिएको छ । केन्द्रीय कारागारका जेलर कृष्ण बहादुर कटुवाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । केन्द्रीय कारागारको प्रमुखमा अन्जन न्यौपानेलाई पठाइएको छ । भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा चिरञ्जीवी भण्डारी, ललितपुरको सहायक प्रजीअमा गीता घिमिरे र कारागार कार्यालय झुम्काको प्रमुखमा सुवास कुमार लामिछानेलाई सरुवा गरिएको छ । चूडामणि शर्मा गौतमलाई जिल्ला प्रशासन कार्यालय चितवनको सहायक प्रजीअ र चेतराज बराललाई सिरहाको सहायक प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।...
स्थानीय तह उपनिर्वाचन: आज राति १२ बजेदेखि मौन अवधि
प्रशासन, राजनीति, समाचार

स्थानीय तह उपनिर्वाचन: आज राति १२ बजेदेखि मौन अवधि

नेपालअखबार,काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ। मतदानभन्दा ४८ घन्टा अगाडि मौन अवधि सुरू हुन्छ। यो अवधिमा उम्मेदवारले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका गतिविधि गर्न पाउँदैनन्। निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुसार यो अवधिमा उम्मेदवारका अतिरिक्त राजनीतिक दलहरूलाई सभा, सम्मेलन, गोष्ठी, भेला, अन्तरक्रियालगायत गतिविधि गर्न रोक लगाइएको छ। मंसिर १६ गते ३७ जिल्लाका ४४ स्थानीय तहका विभिन्न रिक्त पदमा उपनिर्वाचन हुँदैछ। दुई जिल्ला समन्वय समिति प्रमुख, एक नगरपालिकाको प्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्ष, ३४ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो। ४४ रिक्त स्थानमा निर्वाचन भए पनि तीन पद भने निर्विरोध भइसकेको छ। ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति...
मुग्लिन–पोखरा सडक: पूर्वी खण्डको म्याद दोस्रो पटक थपियो
प्रशासन, समाचार

मुग्लिन–पोखरा सडक: पूर्वी खण्डको म्याद दोस्रो पटक थपियो

नेपालअखबार,मुग्लिन।  मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ। तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा आगामी फागुन १ गतेसम्म म्याद भएको छ। यसअघिको म्याद गत वैशाख २ गते सकिएकामा त्यसपछि पहिलोपटक एक सय ५५ दिन म्याद थप भएको थियो। आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार दोस्रो पटकका लागि उक्त खण्डको म्याद थप भएको छ। दोस्रोपटक थप भएको म्याद अवधिभित्र काम सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको पाण्डेले जानकारी दिए।  यस अवधिसम्म सडकको काम ६८ प्रतिशत सकिएको छ। पूर्वी खण्डमा अन्तिम कालोपत्रसमेत थालिएको छ। आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकबाट सत्र सय खण्डमा अहिले अन्तिम कालोपत्रको काम भइरहेको पाण्डेले बताए। यसअघि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम चरणको कालोपत्रको काम सुरू गरिएको जानकारी दिए। उनले भने, ‘यसअघि सडकको मोटाइ छ सेन्टिमिटर थियो, अब त...
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
प्रशासन, समाचार, स्वास्थ्य

सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

नेपालअखबार,काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको छ । कतिपय सरकारी अस्पतालमा कार्यालय समयमा चिकित्सक उपलब्ध नहुने गुनासो आए पछि विद्युतीय हाजिरीमार्फत रेकर्ड राख्ने व्यवस्था मिलाउन मन्त्रालयले परिपत्र गरेको हो । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले कार्यालय समयमा चिकित्सक बाहिर भेटिने समस्या अन्त्य गर्न विद्युतीय हाजिरी अनिवार्य गरेर कडाइ गर्न मातहतका कर्मचारीहरूलाई भनेका थिए । त्यसलगत्तै मन्त्रालय अन्र्तगतको गुणस्तर मापन तथा नियमन महाशाखाले २४ वटा संघीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य व्यवस्था गरेर सोको जानकारी पठाउन पत्राचार गरेको हो । मन्त्रालयले विद्युतीय हाजिरी राखिएपश्चात् समयमा चिकित्सक उपलब्ध भए नभएको अनुगमनसमेत थाल्ने भएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कार्यालय समयमा चिकित्सक तथा स्व...
नारायणी अस्पतालमा ‘क्याथ ल्याब मेसिन’ छ, उपयोग छैन
प्रशासन, समाचार, स्वास्थ्य

नारायणी अस्पतालमा ‘क्याथ ल्याब मेसिन’ छ, उपयोग छैन

नेपालअखबार,वीरगञ्ज। ‘क्याथ ल्याब मेसिन’ जडान गर्ने स्थानका अभावमा नारायणी अस्पताल वीरगञ्जमा उपकरण थन्किएको छ। मुटुको शल्यक्रिया लगायतका उपचारमा प्रयोग हुन सो महत्वपूर्ण उपकरण सञ्चालनमा नल्याइदा बिरामीलाई अन्यत्र रिफर गर्नुपरेको जनाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक निजी आपूर्ति कम्पनीमार्फत २०७६ चैत मा चार करोड ९२ लाख  १० हजार मूल्य पर्ने क्याथ ल्याब मेसिन अस्पताललाई आपूर्ति गरेको थियो। तर अस्पताल प्रशासनले भने मेसिन राख्ने भवनको अभाव देखाउदैँ हालसम्म पनि सो मेसिन जडान हुन सकेको छैन। नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले सघन सहरी तथा भवन निर्माण कार्यालयले गत २०७८ सालदेखि क्याथ ल्याब राख्ने भवन निर्माण गर्दै आइरहेको बताए। ‘कार्यालयले आगामी पुस महिनाभित्रै क्याथ ल्याब राख्ने भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने कुरा गरिरहेको छ,’ उनले भन...
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
प्रशासन, समाचार

विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन

नेपालअखबार,काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालयका कर्मचारीलाई विदेश भ्रमण ५ दिनमा सीमित गर्न निर्देशन दिएका छन् । सोमबार मन्त्रालयको प्रथम त्रैमासिक समीक्षामा उनले कर्मचारीलाई वैदेशिक भ्रमण ५ दिनमा सीमित गर्न निर्देशन दिएका हुन् । मन्त्री पौडेलले विदेश भ्रमण जाने समयलाई ५ दिनमा सीमित गर्न भन्दै त्योभन्दा बढी नबस्न र काममा सक्रिय हुन निर्देशन दिए । ‘विदेश भ्रमण गएपछि के कस्तो सिकाइ रह्यो, के सुधार गर्न सकिन्छ रिपोर्ट पनि ल्याउनुहोला,’ मन्त्री पौडेलले भने । मन्त्री पौडेलले योजनामा सीमित नहुन भन्दै कर्मचारीलाई अब कार्ययोजना लिएर आउन आग्रह समेत गरे । उनले कसरी सेवा सुधार गर्न सकिन्छ भनेर लाग्न कर्मचारीसँग आग्रह गरे । मन्त्री पौडेलले सरकारी जिम्मेवारी भनेको नेतृत्व क्षमता देखाउने अवसर भएको भन्दै यसलाई सदुपयोग गर्न समेत आग्रह गरेका छन् ।...
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
प्रशासन, समाचार

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

नेपालअखबार, काठमाडौँ । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ। आयोगले यही  मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो। आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान, सार्वजनिक स्थल निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिएको हो। आयोगको आइतबारको बैठकले स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन तथा स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक बिदा दिन समेत भनेको छ। उपनिर्वाचन हुने स्थानीय तहमा सम्ब...
नेपाल प्रहरीका ८ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस
प्रशासन, समाचार

नेपाल प्रहरीका ८ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस

नेपालअखबार, काठमाडौँ । नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू डिआइजीमा बढुवाका लागि सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा सिफारिस समितिको आइतबार बसेको बैठकले नेपाल प्रहरीको जनपदप्रहरी तर्फका ८ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। डिआइजी बढुवामा सिफारिस हुने एसएसपीहरूमा ध्रुबराज राउत, भोलाबहादुर राउत, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक छन्। बढुवा समितिको सिफारिस मन्त्रिपरिषद बैठकले अनुमोदन गरेपछि उनीहरूको बढुवा हुनेछ।...