Tuesday, May 12

प्रशासन

वायु प्रदूषणको गम्भीर असर नियन्त्रण गर्न पाकिस्तानमा लकडाउन
प्रशासन, विदेश, समाचार, समाज, हाइलाइट-समाचार

वायु प्रदूषणको गम्भीर असर नियन्त्रण गर्न पाकिस्तानमा लकडाउन

नेपालअखबार,काठमाडौं । पाकिस्तानमा बढ्दो प्रदूषणका कारण अवस्था गम्भीर बन्दै गएको छ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ । त्यस क्षेत्रमा केही स्थानमा वायुको गुणस्तर निकै खराब भइसकेको र केही क्षेत्रमा एअर क्‍वालिटी इन्डेक्स (एक्यूआई) २००० भन्दा माथि पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । सामान्यतया १५० भन्दा माथिको एक्यूआईलाई अस्वस्थ मानिन्छ । प्रदूषणको स्तर निरन्तर बढेपछि यसबाट बच्न र नियन्त्रण गर्न लाहोर र मुल्तानका क्षेत्रहरूमा केही दिनका लागि पूर्णरूपमा लकडाउन गरिएको छ । त्यस अवधिमा एक्यूआईको अवस्था जाँच गरी आवश्यक परेमा लकडाउन थप लम्बिने जनाइएको छ । छिमेकी राष्ट्र भारतमा पनि वायुको गुणस्तर खराब छ । विश्वकै खराब वायु गुणस्तर भएका सहरहरू...
भ्रामक प्रचार गरेको आरोपमा पक्राउ दुर्गा प्रसाईंलाई साइबर ब्‍यूरो पठाइयो
प्रशासन, समाचार

भ्रामक प्रचार गरेको आरोपमा पक्राउ दुर्गा प्रसाईंलाई साइबर ब्‍यूरो पठाइयो

नेपालअखबार,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाइएको छ । मंगलबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले वीर अस्पतालमा स्वास्थ्य जाँचपश्चात थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए । उनका अनुसार उनीमाथि प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ । प्रसाईंले कीर्ते कागज बनाएर प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका थिए । हेर्नुहोस् विज्ञप्ति : ...
उपनिर्वाचनका ४१० उम्मेदवारमध्ये २ जनाविरुद्ध मात्र उजुरी
प्रशासन, राजनीति, समाचार

उपनिर्वाचनका ४१० उम्मेदवारमध्ये २ जनाविरुद्ध मात्र उजुरी

नेपालअखबार,काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनका उम्मेदवारविरुद्ध दुई वटा मात्र उजुरी परेको छ । आज ती उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता भएको थियो । ३३ जिल्लाका ४४ पदमा हुने उपनिर्वाचनका लागि ४१० जनाको उम्मेदवारी दर्ता भएको थियो । कुनै उम्मेदवारविरुद्ध उजुरी भए आइतबार बिहान १० बजेदेखि ३ बजेसम्म उजुरी दिने समय तोकिएको थियो । तर रुकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा मात्र दुईवटा उजुरी परेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार मोतीराज खत्री र नेकपा माओवादी केन्द्रका उम्मेदवार जसिराम बस्नेतविरुद्ध मात्र उजुरी परेको छ । कांग्रेस उम्मेदवार खत्रीमाथि शिक्षक भएको भन्दै र माओवादी उम्मेदवार बस्नेत व्यवसायी भएको भन्दै उजुरी परेको ...
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
प्रशासन, समाचार

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा समितिको वार्षिक कार्ययोजना कार्यान्वयन अवस्था र विविध सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख छ ।
डा. बैकुण्ठ अर्यालले दिए राजीनामा
प्रशासन, समाचार

डा. बैकुण्ठ अर्यालले दिए राजीनामा

नेपालअखबार, काठमाडौं । राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् । आइतबारमात्र राष्ट्रिय योजना आयोगमा हाजिर भएका उनले आज राजीनामा दिएको उनी निकट स्रोतले बतायो । आगामी मन्त्रिपरिषद बैठकले उनको राजीनामाबारे निर्णय गर्ने छ । १४ कात्तिकमा भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्यालले आइतबारमात्र रमानापत्र अनुसार राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रुपमा हाजिर भएका थिए । अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गत ९ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अर्यालले विशेष अदालतबाट सफाइ पाएका थिए । मुद्दा जितेसँगै निलम्बन फुकुवा भएकाले उनी पुनः सरकारी जिम्मेवारीमा फर्किएका थिए । अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको भोलिपल्ट १० असारमा मन्त्रिपरिषद बैठकले योजना आयोगमा विशिष्ट श्रेणीको ...
भारतमा हाइपरसोनिक मिसाइलको सफल परीक्षण
प्रविधि, प्रशासन, विदेश, समाचार

भारतमा हाइपरसोनिक मिसाइलको सफल परीक्षण

नेपालअखबार,नयाँ दिल्ली । हाइपरसोनिक मिसाइलको परीक्षणमा भारतले ठुलो सफलता हात पारेको छ । देशमा रक्षा क्षेत्रको अनुसन्धानका लागि प्रसिद्ध डीआरडीओले लामो दूरीसम्म हान्न सक्ने हाइपरसोनिक मिसाइलको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । यो परीक्षण ओडिशाको तटीय क्षेत्रमा रहेको एपीजे अब्दुल कलाम टापुमा गरिएको थियो । क्षेप्यास्त्र शनिवार परीक्षण गरिएको अधिकारीहरूले बताएका छन् । हाइपरसोनिक मिसाइल जस्तो निकै महत्त्वपूर्ण प्रविधि विकास गर्ने औँलामा गन्न सकिने देशहरूको सूचीमा भारत सामेल भएको भन्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले एक पोस्टमा भनेका छन् । यस सफलताको लागि उनले डीआरडीओ, सशस्त्र बल समेत सम्बन्धित सबैलाई बधाई दिएका छन् । यसलाई उनले अद्भुत सफलता भनेका छन् । मिसाइल हैदरावादस्थित डा.एपीजे अब्दुल कलाम मिसाइल कम्प्लेक्स प्रयोगशाला, डीआरडीओ र यस उद्योगसँग सम्बन्धित अन्य साझेदारहरूसँगको स...
आजदेखि काठमाडौँमा एपिएफ–एसएसबी आठौं समन्वयात्मक बैठक
प्रशासन, समाचार

आजदेखि काठमाडौँमा एपिएफ–एसएसबी आठौं समन्वयात्मक बैठक

नेपालअखबार,काठमाडौं। सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको समन्वयलाई थप प्रभावकारी बनाउन आजदेखि काठमाडौँमा ‘एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक’ हुँदैछ। सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा आइतबारसम्म चल्ने बैठकमा सीमा अपराध न्यूनीकरण र रोकथाम, अवैध क्रियाकलाप निगरानी र रोकथाम, सूचना आदानप्रदान तथा संयुक्त रुपमा सीमास्तम्भ रेखदेखलगायत विषयमा छलफल हुने सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले राससलाई जानकारी दिए। बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई बलियो बनाउन दुई निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदानप्रदान गर्ने बारेमा समेत छलफल हुनेछ। बैठकमा सशस्त्र प्रहरी बलका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतको सशस्त्र सीमा बलका तर्फबाट महानिर्देशक अमृतमोहन प्रसादले प्रतिनि...
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
प्रशासन, समाचार, समाज, हाइलाइट-समाचार

चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण

नेपालअखबार,हुम्ला । हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ । चिसो बढेको र हिउँदको समयमा आउजाउ गर्न कठीन हुने भएकाले उत्तरी नाम्खा गाउँपालिका–६ सुनखानी लिमीस्थित प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरेका हुन् । कात्तिक पहिलो हप्तादेखि लिमीमा चिसो अत्यधिक बढ्नुका साथै हिउँद यामका महिनामा खाद्यान्नको समेत समस्या हुने हुँदा बर्सेनि लिमी प्रहरी चौकी सदरमुकाम सिमकोट स्थान्तरण हुने गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए । सदरमुकाम सिमकोटबाट ५४ कोस दूरीमा रहेको उक्त प्रहरी चौकीमा जाडोका कारण सुरक्षाकर्मी बस्न कठिन हुने भएकाले जिल्ला प्रहरी कार्यालय हुम्लामा बर्सेनि स्थानान्तरण गर्नुपर्ने प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । यो वर्ष गत जेठमा लिमी पुगेका प्रहरी हाल सिमकोट झरेका ...
दोबिल्लाघाटलाई धार्मिक स्थलको रुपमा विकास गरिने
प्रशासन, समाचार, समाज

दोबिल्लाघाटलाई धार्मिक स्थलको रुपमा विकास गरिने

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका वडानम्बर २१ दोबिल्लाघाटलाई धार्मिक स्थलको रुपमा विकास गरिने भएको छ । दोबिल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिले घाटलाई धार्मिक स्थालको रुपमा विकास गर्न लागेको हो । सेती नदी र फुस्रेखोलाको संगम स्थल (देबिल्लाघाट) धार्मिक पर्यटकीय गन्तब्य बन्न सक्ने सम्भावना भएकाले गुरुयोजना बनाएर धार्मिक क्षेत्रको रुपमा विकास गर्न लागिएको दोबिल्लाघाट संरक्षणा तथा व्यवस्थापन समितिका अध्यक्ष भरत रायमाझीले बताए । एक सय २० रोपनी जग्गालाई स्थानीयले संरक्षण गरेर राखेका छन् । सार्वजनिक जग्गाको संरक्षण पनि हुने र नदी किनारमा धार्मीक स्थल बनाउन उपयुक्त हुने अध्यक्ष रायमाझीले बताए । धार्मिक स्थाल बनाउने प्रयास स्वरुप समितिले आउदो मंसिर तीन गते सो स्थानमा शिवमन्दीरको शिलान्यास गर्ने भएको छ । देवघाट महेश्वरधाम, हरिहरगुफा एवम् नर्वदेश्वर मन्दीर सन्यास आश्रमधामका पीठाधीश डा. स्वा...
काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलायाे
प्रशासन, समाचार

काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलायाे

नेपालअखबार,काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाएको छ। शुक्रबार महानगर प्रहरीको टोलीले गौशाला प्रहरी बिट अगाडिका चार-पाँच वटा घरमा डोजर चलाइसकेको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए। उनकाअनुसार चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयको घरमा डोजर चलाइएको हो। 'अहिले अतिक्रमित चार-पाँच वटा घरहरूमा डोजर चलाएका छौं,' उनले भने, 'अझै अन्य घरहरूमा पनि चलाइने छ।' जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन सूचना जारी गरिएता पनि खाली नगरेपछि महानगरले डोजर चलाएको बताएको थियो। तर लामो समय बित्दा पनि नहटाएपछि महानगरले डोजर चलाइसकेको छ। डोजर चलाउनुअघि महानगर र स्थानीयबीच छलफल भएको थियो।...