Wednesday, August 5

प्रशासन

राष्ट्रसङ्घ स्थापना दिवस विविध कार्यक्रमका साथ जङ्गी अड्डामा मनाइने
प्रशासन, समाचार

राष्ट्रसङ्घ स्थापना दिवस विविध कार्यक्रमका साथ जङ्गी अड्डामा मनाइने

नेपालअखबार,काठमाडौं । विश्वभर शान्ति,एकता,मैत्री र मेलमिलाप प्रवर्धन गर्ने उद्देश्यले स्थापना भएको संयुक्त राष्ट्रसङ्घको ७९औँ वार्षिकोत्सव पर्सी बिहीबार विविध कार्यक्रमका साथ जङ्गी अड्डामा मनाइँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीद्वारा शान्ति मार्च पास, झाँकी प्रदर्शन, तेक्वान्दोसहितका विभिन्न खेल र संयुक्त ब्यान्डको प्रस्तुति रहनेछ । जङ्गी अड्डामा आयोजना हुने राष्ट्रसङ्घ स्थापना दिवस कार्यक्रमले शान्ति, समानता र सहकार्यका लागि एकजुट हुने सन्देश प्रवाह गर्ने नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए । अन्तर्राष्ट्रिय श्रम, खाद्य तथा कृषि, विश्व स्वास्थ्य, हुलाक, नागरिक उड्डयन, जलवायु, बौद्धिक सम्पत्ति, सामुद्रीक, कृषि विकास कोष, औद्योगिक विकास र पर्यटन सङ्गठनलगायत उक्त विश्व संस्थाका १५ वटा विशिष्...
भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला
प्रशासन, समाचार

भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला

नेपालअखबार,काठमाडौं । भारत नयाँदिल्लीबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको छ । भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले ‘अनग्राउन्ड’ रहेको छ । जहाजमा बम राखेको फोन दिल्लीबाटै आएको विमानस्थल स्रोतले जनाएको छ । बम राखेको खबर पाइएपछि नेपाली सेनाको कमान्डमा सुरक्षा निकायले जहाजको खानतलासी सुरु गरेको छ । पछिल्लो समय भारतीय जहाजहरूमा बम राखेको हल्ला फैलिने क्रम बढेको छ । बमको हल्ला आएको र अहिले सुरक्षा टोली विमानस्थलमा पुगेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।काठमाडौं विमानस्थलमा अहिले उडान–अवतरण रोकिएको छ । नेपाली सेना सहितको सुरक्षा निकायले जहाजमा खानतलासी गरिरहेको छ ।...
बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्दै ललितपुर महानगर
प्रशासन, समाचार, समाज

बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्दै ललितपुर महानगर

नेपालअखबार,काठमाडौं । ललितपुर महानगरले आगामी शनिबार बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्ने भएको छ। महानगरले सोमबार यहाँ आयोजना गरेको नदी किनारामा थुप्रिएको फोहरमैला सरसफाइसम्बन्धी तयारी बैठकमा महानगरप्रमुख चिरिबाबु महर्जनले गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहर संकलन गर्ने र नदी किनारा सफा गर्ने काम शनिबारदेखि सञ्चालन गरिने जानकारी दिए। ‘शनिबार बिहान ७ बजे हामी सबै तोकिएका फरकफरक ठाउँमा जम्मा हुन्छौं, बाढीले छरपष्ट रूपमा रहेका प्लास्टिक, कागज र कपडा सङ्कलन गरेर सफा गर्नेछौं,’ नदी किनारा सफा नभएसम्म निरन्तर काम गर्छौं,’ महर्जनले भने। उनले असोज ११ र १२ गतेको बाढीले अन्यत्रबाट बगाएर ल्याएका फोहरले ललितपुर सहर र यहाँको मुख्य नदी किनाराको सौन्दर्य बिगारेकाले सरसफाइ थालिएको बताए। ‘नख्खु र  बागमती नदीको किनारालाई प...
सीमामा सैन्य गस्तीबारे चीन र भारतबीच नयाँ सम्झौता
प्रशासन, राजनीति, विदेश, समाचार

सीमामा सैन्य गस्तीबारे चीन र भारतबीच नयाँ सम्झौता

नेपालअखबार, काठमाडौं । चीन र भारत लाइन अफ एक्युअल कन्ट्रोल (एलएसी) अर्थात दशगजा क्षेत्रमा हुने सैनिक गस्तीबारे नयाँ सम्झौतामा पुगेका छन् । यसले सीमामा रहेका दुई देशका सैनिक पछाडि हट्ने र सन् २०२० को विवाद समाधान हुन सक्ने बताइएको छ । सोमबार पत्रकार सम्मेलन गरेर भारतीय विदेश सचिव विक्रम मिस्रीले दिएको जानकारीअनुसार पछिल्लो केही सातादेखि भारत र चीनको बीचमा राजनीतिक र सैन्यस्तरमा कुराकानी भइरहेको थियो । उनले अगाडि भनेका छन्, ‘दुबै देश एलएसीमा सैनिक गस्तीलाई लिएर एउटा सम्झौतामा पुगेका छन् ।’ २०२० मा पूर्वी लद्दाखमा चीन र भारतका सैनिकहरुबीच हिंसात्मक झपड भएको थियो । यसमा २० भारतीय सैनिक मारिए, केही चिनियाँ सैनिकको पनि मृत्यु भयो । यो घटनापछि दुबै देशको सीमामा तनाव छ । यो घटनापछि दशजगाको जुन इलाकासम्म भारतीय सैनिकले गस्ती गर्थ्यो, त्यहाँ पुग्न चीनले रोकेको भारतीय दाबी छ । अब भारत २०२० क...
दुई डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस
प्रशासन, समाचार

दुई डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस

नेपालअखबार,काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्न सिफारिस गरेको छ। आइतबार बसेको बढुवा समितिको बैठकले डिआइजी किरण राणा र डिआइजी डा.सुन्दर प्रसाद ह्योजुलाई एआइजी बढुवामा सिफारिस गरेको हो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा कार्यरत राणा प्रशासन समूहबाट र नेपाल प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत ह्योजु प्राविधिक समूहबाट बढुवाका लागि सिफारिस भएका हुन्। उमेरहदका कारण एआइजी श्यामलाल ज्ञवाली अवकाश भएपछि रिक्त भएको स्थानमा राणालाई बढुवा गरिएको हो। राणा पनि १२ दिनपछि  उमेर हदकै कारण अवकाशमा जाँदैछिन्।...
शिक्षामन्त्री भट्टराईले गरिन् बाढीबाट क्षतिग्रस्त विद्यालयको स्थलगत निरीक्षण
प्रशासन, शिक्षा, समाचार

शिक्षामन्त्री भट्टराईले गरिन् बाढीबाट क्षतिग्रस्त विद्यालयको स्थलगत निरीक्षण

नेपालअखबार,काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बाढीले क्षतिग्रस्त विद्यालयको निरीक्षण गरेकी छन् । गत असोज ११ र १२ गते धेरै वर्षापछि आएको बाढीका कारण क्षतिग्रस्त ललितपुरका विद्यालयको उनले स्थलगत निरीक्षण गरेकी हुन् । विभिन्न ४ विद्यालयमा पुगेर क्षतिको अवस्थाबारे उनले बुझेकी हुन् । कोन्जोस्योम गाउँपालिकाको ज्ञानज्योति आधारभूत विद्यालय, गोदावरी नगरपालिकाको बुद्ध माध्यमिक विद्यालय, बागेश्वरी आधारभूत विद्यालय र महालक्ष्मी नगरपालिकाको गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयको उनले निरीक्षण गरेकी हुन् । स्थलगत अवलोकनका क्रममा मन्त्री भट्टराईले क्षति भई आवश्यक विद्यालयमा तत्काल अस्थायी सिकाइ केन्द्रको व्यवस्था गर्ने, अभिभावक र विद्यार्थीलाई मनोपरामर्श दिने र विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सबैले सहयोग गर्नुपर्ने बताइन् । पाठ्‌यपुस्तक क्षति भएका विद्यार्थीलाई...
रवि लामिछानेलाई अनुसन्धानको लागि ६ दिन म्याद थप
प्रशासन, समाचार

रवि लामिछानेलाई अनुसन्धानको लागि ६ दिन म्याद थप

नेपालअखबार,पोखरा। सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ पर्नु भएको रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा शुक्रबार पक्राउ पर्नु भएको लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज उपस्थित गराइएको थियो । शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ पर्नु भएको लामिछानेलाई सोही दिन राति पोखरा ल्याई जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा राखिएको छ । हिजो शनिबार सार्वजनिक बिदा परेकाले उहाँलाई आजमात्रै अदालतमा पेश गरिएको हो । उहाँलाई अदालतमा पेश गर्नु अघि देखि पोखराको सहिदचोकमा ठूलो संख्यामा रास्वपाका नेता तथा कार्यकर्ता ठुलो सङख्यामा जम्मा हुनु भएको थियो भने राष्ट्रबैंक चोकमा सहकारी पीडित जम्मा नारा बाजी गर्नु भएको थियो । जिल्ला प्रशासन कार्यालयले सम्भा...
कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७०.६० प्रतिशत विद्यार्थी उत्तीर्ण
प्रशासन, शिक्षा, समाचार

कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७०.६० प्रतिशत विद्यार्थी उत्तीर्ण

नेपालअखबार,  काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सावजनिक गरेको छ । बोर्डले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि (पूरक परीक्षा) मा एक लाख २२ हजार एक सय ७१ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा सहभागी परीक्षार्थीमध्ये ८६ हजार दुई सय ४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्तगरी उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । परीक्षामा दुई जनाको नतिजा रद्द गर्नुका साथै तीन जनाको परीक्षा स्थगित भएको थियो । सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहनेले १५ दिनभित्र आवेदन दिनसक्ने बोर्डले जनाएको छ ।...
पोखरामा निषेधित क्षेत्रमै रास्वपाको प्रदर्शन
प्रशासन, समाचार, समाज

पोखरामा निषेधित क्षेत्रमै रास्वपाको प्रदर्शन

नेपालअखबार,पोखरा। जिल्ला प्रशासन कार्यालय कास्कीले घोषणा गरेको निषेधित क्षेत्रमै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रदर्शन गरेको छ । पोखरास्थित सहिद चोक आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएपनि रास्वपाका नेता कार्यकर्ताले सोही स्थानमा प्रदर्शन गरेका हुन् । सहित चोक आसपास क्षेत्रमा पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । तर अन्तिम समयमा मात्रै निषेधित क्षेत्र घोषणा गरिएको भन्दै रास्वपाका नेताहरूले प्रहरीसँग वादविवाद गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरिएका छन् । प्रहरीले भने निषेधित क्षेत्र खाली गराउने प्रयास गर्दा दुई पक्षबिच घम्साघम्सीको स्थिति समेत छ । पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगीको विषयमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेपनि रास्वपाले षडयन्त्रपूर्वक फसाउन खोजिएको ...
मलेसिया सरकारले बढायो कामदारको तलब, अब न्यूनतम तलब १७०० रिङ्गेट
अर्थ, प्रशासन, विदेश, समाचार

मलेसिया सरकारले बढायो कामदारको तलब, अब न्यूनतम तलब १७०० रिङ्गेट

नेपालअखबार, काठमाडौं । मलेसियाको सरकारले कामदारको न्यूनतम तलब बढाएको छ । सन् २०२५ को बजेट भाषणमा सरकारले कामदारको तलब प्रतिमहिना १५०० बाट बढाएर १७०० मलेसियन रिङ्गेट पुर्‍याउने घोषणा गरेको हो । प्रधानमन्त्री दातुक सेरी अनवार इब्राहिमले पाँचभन्दा कम कामदार भएका रोजगारदाताहरूका लागि नयाँ न्यूनतम तलब आगामी १ अगस्ट २०२५ देखि लागू हुने बताए । ‘सरकारले सधैं जनताको आम्दानीको मुद्दालाई प्राथमिकता दिन्छ । जनताले जीवनलाई अझ सहज बनाउन पर्याप्त तलब र पारिश्रमिक पाउँदा मात्र आर्थिक पुनर्संरचना सफल भएको मानिन्छ,’ उनले भनेका छन्, ‘सरकारले न्यूनतम तलब १५०० बाट १७०० मलेसियन रिङ्गेट प्रतिमहिना बढाउने निर्णय गरेको छ, जुन १ फेब्रुअरी २०२५ देखि लागू हुनेछ ।’ नयाँ तलब कार्यान्वयन हुनुअघि त्यहाँको मान संशाधन मन्त्रालयले सबै क्षेत्रका लागि तलब निर्देशिका तयार गरी प्रकाशित गर्नेछ । त्यसैले नयाँ तलब कार्यान...