‘सेनामा राजनीतिक महत्त्वाकांक्षा हुन्थ्यो भने आज हामी यो अवस्थामा हुन्थ्यौं र?’
नेपालअखबार,काठमाडौँ । जेनजी आन्दोलन पछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ।
परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो संकट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै भएको समेत स्पष्ट पारेको छ।
तत्कालीन अवस्थाका बारेमा चर्चा गरिएको जंगीअड्डा लेखमा भनिएको छ, 'संकटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरू आइरहेका छन्। सेनाले कुनै राजनीतिक एजेन्डा अघि सारेको छैन, न त सत्ता हस्तक्षेपको आकांक्षा देखाएको छ। जुन हाल विकसित परिस्थितिले उजागर गरेकै छ। यही तथ्य नै सेनाको लोकतान्त्रिक प्रतिबद्धताको प्रमाण हो।'
सेनाले संविधानको अक्षर र मर्म दुवैको पालना गरेको स्पष्ट गर्दै लेखमा भनिएको छ, 'सेना संविधानप्रति निष्ठावान् छ, स...










