Tuesday, May 12

प्रशासन

शिक्षा मन्त्रालयले तय गर्‍यो : कर्मचारीको सरुवा गर्न६ वटा सैद्धान्तिक आधार
प्रशासन, शिक्षा, समाचार

शिक्षा मन्त्रालयले तय गर्‍यो : कर्मचारीको सरुवा गर्न६ वटा सैद्धान्तिक आधार

नेपालअखबार,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारीहरूको सरुवा तथा पदस्थापनका लागि विभिन्न ६ वटा सैद्धान्तिक आधारहरू तय गरेको छ । शिक्षामन्त्री विद्या भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत राजपत्राङ्कित द्वितीय श्रेणी र सो भन्दा मुनीका कर्मचारीको पदस्थापन तथा सरुवा एवम् काज खटाउने सम्बन्धी आधार तय गरेकी हुन् । कर्मचारीको पदस्थापन, सरुवा तथा कामकाज गर्न खटाउने सम्बन्धी मापदण्ड २०८० बमोजिम गरिने मन्त्रालयले जनाएको छ । त्यस्तै तल्लो पदमा पदाधिकार रही माथिल्लो पदको कुनै विशेष जिम्मेवारीमा रहेका बाहेक एउटा निकायमा सामान्यतया दुई वर्ष भन्दा बढी अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने तथा काजमा खटाउने भएको छ । त्यस्तै अन्य निकायमा दरबन्दी रही शिक्षा मन्त्रालय र अन्तर्गतका निकायमा कामकाज तथा काजमा खटिएका कर्मचारीलाई सम्भव भएसम्म जिल्लास...
सरकारको कालोसूचीमा परे यी २१ निर्माण कम्पनी
प्रशासन, समाचार

सरकारको कालोसूचीमा परे यी २१ निर्माण कम्पनी

नेपालअखबार, काठमाडाैँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २१ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा परेका कम्पनीहरूलाई तीन वर्षसम्म कुनै पनि सरकारी कार्यालयमा काम गर्न नपाउने गरी कारबाही गरिएको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी विभिन्न २१ निर्माण व्यवसायी तथा आपूर्ति कर्तासँग कुनै कारोबार नगर्न सूचनामार्फत आग्रह गरिएको हो ।...
अस्थायी आवास निर्माण गर्न सरकारले तत्काल राहत उपलब्ध गर्ने
प्रशासन, समाचार, समाज

अस्थायी आवास निर्माण गर्न सरकारले तत्काल राहत उपलब्ध गर्ने

नेपालअखबार,काठमाडौं । लगातारको वर्षा र बाढीबाट आवास गुमाएकाहरुलाई अस्थायी आवास निर्माण गर्न सरकारले तत्काल राहत उपलब्ध गर्ने भएको छ । ७ दिनभित्र अस्थायी अवास बनाउन पहिलो किस्ता निकासा गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले जानकारी दिए । उनले भने, ‘जिल्ला विपद् व्यवस्थापन समितिबाट ७ दिनभित्र पहिलो किस्ता निकासा दिने निर्णय भएको छ ।’...
कोशी सरकारले बाढी, पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई १ लाख राहत दिने
प्रशासन, समाचार, समाज

कोशी सरकारले बाढी, पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई १ लाख राहत दिने

नेपालअखबार,विराटनगर । वर्षाको कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाहरूको परिवारलाई कोशी प्रदेश सरकारले जनही १ लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पहलमा आइतबार बसेको प्रदेश विपद् कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश सरकारले पूर्ण क्षति भएका घरहरूको लागि ५० हजार, आंशिक क्षति भएका घरहरूको लागि ३० हजार र सामान्य क्षति भएका घरहरूका लागि १५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको छ । प्रदेश विपद् कार्यकारी समितिका संयोजक एवं आन्तरिक मामिला तथा कानुन मन्त्री लिलावल्लभ अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्ला प्रशासन कार्यालयको सिफारिस बमोजिम राहत उपलब्ध गराउने निर्णय गरेको हो । तीन दिनदेखि परेको अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा १८ जनाको मृत्यु भएको छ भने ७ जना अझै बे...
भोलिदेखि तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
प्रशासन, शिक्षा, समाचार, समाज

भोलिदेखि तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह

नेपालअखबार, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ। विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्न स्थानीय तहहरूलाई अनुरोध गरेका हुन्। मन्त्रालयअन्तर्गतका विभागीय कार्यालय तथा शिक्षा विकास तथा समन्वय एकाइहरू र विश्वविद्यालयहरूको हकमा विश्वविद्यालय अनुदान आयोगले आवश्यक समन्वय गरी विपद् व्यवस्थापन तथा तत्काल राहतमा सहयोग गर्न समेत अनुरोध गरेको छ । भौतिक, शैक्षिक र मानवीय क्षतिको विवरण विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्रालयमा यथाशीघ्र पठाउन समेत अनुरोध गरेको छ। भारी वर्षापछि आएको बाढी, पहिरो तथा डुबानका कारण देशभ...
बाढीपहिरोका घाइतेलाई नि:शुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
प्रशासन, समाचार, समाज, स्वास्थ्य

बाढीपहिरोका घाइतेलाई नि:शुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

नेपालअखबार,काठमाडौँ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर घाइते भएकाहरुको नि:शुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्काल तथा विपद् व्यवस्थापन युनिटका प्रमुख डा. प्रकाश बुढाथोकीले एक विज्ञप्ति जारी गर्दै घाइतेहरुको निशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई निर्देशन दिइएको बताए । विज्ञप्ति अनुसार सबै प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रहरूलाई आपतकालीन अवस्थामा स्वास्थ्य सम्बन्धी समस्याका बारेमा जानकारी प्रदान गर्नका लागि हटलाईन नम्बर सार्वजनिक गर्न पनि भनिएको छ । यस्तै प्रदेश, जिल्ला र स्थानीयतहका द्रूत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा रहन पनि भनिएको छ । केहि दिन देखि नेपालको अधिकांश क्षेत्रमा मौसममा बदलाव आई मेघ गर्जन/ चट्याङ्ग/ हावाहुरी सहितको वर्षाका कारणले निम्ताएको प...
उद्धारमा मुलुकभर २० हजार सुरक्षाकर्मी परिचालन
प्रशासन, समाचार, समाज

उद्धारमा मुलुकभर २० हजार सुरक्षाकर्मी परिचालन

नेपालअखबार,काठमाडौँ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरूको खोज तथा उद्धारका लागि मुलुकभर २० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । विपदबाट हुने क्षति न्यूनीकरण, नागरिकको जिउधनको रक्षा र विपद्मा परेकाहरूको खोज तथा उद्धार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी सक्रिय रूपमा परिचालन भएको छ । पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजार भन्दा बढी नागरिकको सकुशल उद्धार भइरहँदा नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट दश हजार ५४० जना प्रहरी परिचालन भएका छन् । जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै नेपाल प्रहरीको चार हजार सात सय ६० र सशस्त्र प्रहरी बलबाट तीन हजार ५ सय सुरक्षाकर्मी उद्धारमा खटिएका छन् । त्यसैगरी नेपाली सेनाले काठमाडाैँ उपत्यकाका विभिन्न स्थानबाट चार जनाको हेलिकप्टरबाट उद्धार गरेको छ । सेनाको टोली देशभरको प्रभावित क्षे...
विपद व्यवस्थापन गर्न ३ सय नगर प्रहरी परिचालन गरेका छौँ : महानगर प्रमुख बालेन
प्रशासन, समाचार, समाज

विपद व्यवस्थापन गर्न ३ सय नगर प्रहरी परिचालन गरेका छौँ : महानगर प्रमुख बालेन

नेपालअखबार, काठमाडौँ । महानगर प्रमुख बालेन शाहले वार्षाले सिर्जना गरेको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोली परिचालन गरिएको बताएका छन् । निरन्तर वर्षाका कारण राजधानी सहर काठमाडौँमा सिर्जना भएको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोलीमा अधिकृत र जवान गरी ३ सय जना परिचालन गरिएको जानकारी दिइएका छन् । टोलीहरु डुवान भएका वस्ती, नदी किनारा, रुख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि प्रयत्न गरिरहेको उनको भनाई छ । उनले भनेका छन्–‘वंशीघाट (विश्व निकेतन विद्यालय पछाडि), कुशेश्वर, कपुर धारा, जडिबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शंखमुल, न्युरोड, गणेशस्थानलगायत स्थानको समस्या समाधान भइरहेको छ । स्थानीयले दिएको सूचना, हटलाइन टेलिफोनमा टिपिएका अनुरोधलाई तत्काल सम्बोधन गर्ने प्रयास गरेको छौँ । यस्ता विपदमा आफू र परिवारलाई बचाउनु तथा आपतमा परेका...
सर्वोच्चमा दुई न्यायाधीश नियुक्त गर्न सिफारिस
प्रशासन, समाचार

सर्वोच्चमा दुई न्यायाधीश नियुक्त गर्न सिफारिस

नेपालअखबार,काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा दुई जना सिफारिस भएका छन्। शुक्रबार बसेको न्यायपरिषद बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुलसीपुका मुख्य न्यायाधीश नित्यतानन्द पाण्डेलाई सर्वोच्च अदालतका लागि सिफारिस गरेको हो। अब संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि उनीहरू सर्वोच्चको न्यायाधीशमा नियुक्त हुन्छन्। सर्वोच्चमा अहिले चार न्यायाधीश पद रिक्त छ। केहीदिनमै प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले अवकास लिएपछि ५ न्यायाधीश पद खाली हुन्छन्। तर परिषदले भने २ जनालाई मात्रै सिफारिस गरेको छ। नेपालबारको दबाबका कारण अरू पदमा नियुक्ति सिफारिस गर्न नसकिएको परिषदका एक सदस्यले बताए। अहिले नेपाल बार एशोसिएसनले मुख्य रजिष्ट्रारलाई उच्च अदालतमा नियुक्त गरेर ल्याउँदा दिइने बरियता सम्बन्धी नियमलाई लिएर विरोधमा गरिरहेको छ। मुख्य रजिष्ट्रारलाई मुख्य न्यायाधीशपछिको र...
मौसमका कारणले शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित
प्रविधि, प्रशासन, समाचार

मौसमका कारणले शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित

नेपालअखबार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अविरल वर्षाका कारण मौसममा आएको खराबीले शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरेको छ । प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान  शनिबार बिहानसम्मका लागि स्थगित भएको जनाएको हो ।‘प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडानहरू शनिबार बिहानसम्म स्थगित गरिएको छ,’ प्राधिकरणको सूचनामा उल्लेख छ ।...