Tuesday, August 4

प्रशासन

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी
प्रशासन, समाचार

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

नेपालअखबार,काठमाडाैँ । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ। निर्वाचन प्रचारप्रसारको अवधि तथा मतदानको दिन सवारीसाधनको प्रयोगलाई व्यवस्थित, मर्यादित र नियन्त्रित बनाउन उक्त कार्यविधि लागू गरिएको आयोगले जनाएको छ। राजनीतिक दल, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिले निर्वाचन प्रयोजनका लागि प्रयोग गर्ने सवारीसाधनको अनुमति प्रक्रिया स्पष्ट पार्न आवश्यक भएकाले कार्यविधि जारी गरिएको हो। आयोगबाट यही माघ २० गते स्वीकृत कार्यविधिअनुसार राजनीतिक दल, उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले सवारीसाधन प्रयोग गर्न अनुमतिपत्रका लागि सम्बन्धित निर्वाचन अधिकृतसमक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ। निवेदन प्राप्त भएपछि निर्वाचन अधिकृतले तोकिएको सीमाभित्र रही अनुमतिपत्र जारी गर्ने व्यवस्था गरिएको छ। प्रतिनिधिसभा सदस्य वा प...
स्वास्थ्य बिमामा देखिएका समस्या समाधान हुन्छ : प्रधानमन्त्री कार्की
प्रशासन, समाचार, स्वास्थ्य

स्वास्थ्य बिमामा देखिएका समस्या समाधान हुन्छ : प्रधानमन्त्री कार्की

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमाका सम्बन्धमा देखिएको समस्या सरकारले स्रोत जुटाएर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । आज प्रधानमन्त्री कार्यालयमा स्वास्थ्य बिमासम्बन्धी छलफलमा उनले आर्थिक अभावको अवस्थामा सेवा कायम राख्ने, एकद्वार प्रणाली लागु गर्ने, बलियो नियमन र तत्काल स्रोत व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् । ऋण लिएर भए पनि वा अन्य स्रोत जुटाएर भए पनि स्वास्थ्य बिमा सेवा निरन्तर गर्नुपर्ने उनको स्पष्ट सन्देश छ । “अब सेवा दिएन भने जनताले सडकमा प्रश्न उठाउँछन् । स्रोत जुटाउनै पर्छ”, उनले भनिन्, “एकद्वार प्रणाली अनिवार्य रूपमा लागू गर्नुपर्छ । नियमन गर्न जरुरी छ । पैसा गइरहेको छ, तर उपचार पाइरहेको छैन । कहाँ के भइरहेको छ, त्यो ठीक भएन ।” प्रधानमन्त्री कार्कीले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, अति विपन्न तथा अल्पस...
फागुन २१ गते हुने निर्वाचनका लागि आजैदेखि सेना परिचालन
प्रशासन, समाचार

फागुन २१ गते हुने निर्वाचनका लागि आजैदेखि सेना परिचालन

नेपालअखबार,काठमाडाैँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदैछन्। निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकार यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुरूप आगामी फागुन २१ गते हुने निर्वाचनलाई दृष्टिगत गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूमपा परिचालित हुन लागेका हुन् । एकीकृत सुरक्षा योजनाबमोजिम निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि निर्वाचन सुरक्षामा खटिइनेछन्। नेपाल प्रहरी र निर्वाचन ...
खाना पकाउने ग्यास अभाव हुन नदिन  निगमले बढायो आयात परिमाण
प्रशासन, समाचार, समाज

खाना पकाउने ग्यास अभाव हुन नदिन निगमले बढायो आयात परिमाण

नेपालअखबार, काठमाडौँ । नेपाल आयल निगमले पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकामा देखिएको एलपी ग्यास अभावसम्बन्धी सार्वजनिक गुनासो र सञ्चारमाध्यमका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमले बजारलाई सामान्य अवस्थामा फर्काउन तत्काल कदम चाल्दै उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न अपिल गरेको छ । निगमले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार इन्डियन आयल कर्पोरेशनबाट देशभरका उद्योगहरूलाई मासिक रूपमा उपलब्ध गराइने एलपी ग्यासको नियमित कोटा ४९,५०० मेट्रिक टन रहेको छ । निगमले माग धान्न पुग्ने परिमाणमा ग्यास आयात भएको दाबी गर्दै विगतका तीन महिनाको आयात विवरण सार्वजनिक गरेको छ । निगमकाअनुसार नोभेम्बर २०२५ ४७,२६४ मेट्रिक टन ग्यास आयात भएको छ । यसैगरी डिसेम्बर २०२५ मा ४८,५३१ मेट्रिक टन र जनवरी २०२६ मा ४७,३०४ मेट्रिक टन आयात भएको छ । निगमले यो परिमाण जाडोयामको माग धान्न पर्या...
आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
प्रशासन, समाचार

आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

नेपालअखबार, काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ । आचारसंहिताको पूर्ण पालनाका गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ । केन्द्रीय आचारसंहिता अनुमगन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा हालसम्म राजनीतिक दल, उम्मेदवार र संस्था गरी २१ वटा स्पष्टीकरण सोधिएको थियो । त्यसमध्ये पाँच वटाको मात्रै जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेता भइरहेको आयोगले जनाएको छ । आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या एवम् भ्रमपूर्ण र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनीकार्य गर्ने व्यक्ति वा संस्थालाई नियामक निकायसँग...
आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि
प्रशासन, समाचार

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

नेपालअखबार, रूपन्देही । आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२/०८३ को छ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व विभागबाट साउनदेखि पुस महिनासम्ममा रु छ अर्ब ६३ करोड ७० लाख ५१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको यस कार्यालयले रु आठ अर्ब १७ करोड १९ लाख ९७ हजार सङ्कलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार गत आव २०८१/०८२ को सोही अवधिभन्दा यस वर्ष ४७ दशमलव चार प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ । चालु आवको पुससम्म लक्ष्यभन्दा रु एक अर्ब ५३ करोड बढी अर्थात् लक्ष्यभन्दा २३ दशमलव एक प्रतिशत बढी राजस्व सङ्कलन भएको हो । गत आवको तुलनामा यो रु दुई अर्ब ६३ करोडले बढी हो । चालु आवको पुस महिनामा रु एक अर्ब २६ करोड ८७ लाख १३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको कार्यालयले रु एक अर्ब ६६ करोड ८७ लाख ९१ हजार अर्थात् लक्ष्यको ३१ ...
गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो लुटेरा समूह
प्रशासन, समाचार

गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो लुटेरा समूह

नेपालअखबार,काठमाडौँ ।  काठमाडौंमा प्रहरीले लुटेरा समूहलाई नियन्त्रणमा लिन गोली चलाएको छ। बुधबार राति काठमाडौंको मुलपानीमा लुटेरा समूहमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीले जानकारी दिए। उनका अनुसार प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट १० जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूमध्ये दुई जनालाई मुलपानीमा नियन्त्रणमा लिनेक्रममा प्रहरीमाथि आक्रमण भएको डिएसपी बुढाथोकीले बताए। त्यसक्रममा प्रहरीले गोली चलाएको उनको भनाइ छ। ती व्यक्तिको खुट्टामा गोली लागेको छ। घाइते व्यक्तिको उपचार ट्रमा सेन्टरमा भइरहेको छ। ‘मोटरसाइकलमा आएर लुटपाट गर्ने व्यक्तिहरू पक्राउ परेका हुन्। १० जना नै एउटै समूहका हुन् वा छुट्टाछुट्टै समूहका हुन् भनेर हामीले स्क्रिनिङ गरिरहेका छौं,’ डिएसपी बुढाथोकीले भने।...
प्रतिनिधिसभा सदस्य निर्वाचन : मतदाता शिक्षाका लागि सबै जिल्लामा पुग्यो नमुना मतपत्र
प्रशासन, समाचार

प्रतिनिधिसभा सदस्य निर्वाचन : मतदाता शिक्षाका लागि सबै जिल्लामा पुग्यो नमुना मतपत्र

नेपालअखबार,काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि मतदाता शिक्षा दिन सबै जिल्लामा नमुना मतपत्र पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । कूल १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ भएको र ती मतपत्र मतदाता शिक्षाका लागि सबै जिल्लामा पुगिसकेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ हुम्ला, कालीकोट, जुम्ला, मुगु, डोल्पा जिल्लाका लागि मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको उनले बताए । बाँकी जिल्लाका मतपत्र क्रमशः छपाइ भइरहेको पनि आयोगले जनाएको छ । यही माघ २५ गतेदेखि फागुन ५ गतेसम्म १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गर्ने योजना रहेको प्रवक्ता भट्टराईको भनाइ छ । समानुपातिकतर्फको करिब दुई करोडभन्दा बढी मतपत्र छपाइ कार्य भने सम्पन्न भइसकेको आयोगले जनाएको छ ।...
लाइसेन्स परीक्षामा ६० प्रतिशत चिकित्सक फेल
प्रशासन, समाचार, स्वास्थ्य

लाइसेन्स परीक्षामा ६० प्रतिशत चिकित्सक फेल

नेपालअखबार, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६० प्रतिशत चिकित्सक फेल भएका छन् ।  काउन्सिलले एमबीबीएस र बीडीएसको ७४औँ लाइसेन्स परीक्षामा ३९.४५ प्रतिशत चिकित्सक मात्रै उत्तीर्ण भएको रजिष्ट्रार डा. सतिस कुमार देवले जानकारी दिए । पुल्चोकस्थित नेपाल इन्जिनियररिङ अध्ययन संस्थान परीक्षा केन्द्रमा कम्प्युटर विधिबाट मंगलबार र बुधबार परीक्षा लिएको थियो ।  लाइसेन्स परीक्षामा ९४३ जनामध्ये ३७२ मात्रै पास भए । लाइसेन्स परीक्षाका लागि एमबीबीएस र बीडीएसका गरी ९६७ जनाले फारम भरेका थिए ।  उनीहरूमध्ये २४ जना अनुपस्थित भएको डा. देवले जानकारी दिए । मेडिकल (एमबीबीएस तर्फ) ७९३ जनाले फारम भरेका थिए भने ७७५ जना सहभागी थिए । त्यसमध्ये ३०० जना (३८.७ प्रतिशत) मात्रै उत्तीर्ण भएका छन्। यस्तै डेन्टल तर्फ (बीडीएस) मा १७४ जनाले फारम भरेका थिए । तर परीक्षाको बेला १६८ जना ...
दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने
प्रशासन, समाचार

दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

नेपालअखबार,काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट आर्थिक कारोबार गर्नुपर्ने बताएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले मंगलबार आयोजना गरेकाे निजी क्षेत्रका छाता संस्थासँगको अन्तरक्रियामा उनले निर्वाचनका समयमा राजनीतिक दल र उम्मेदवारसँग नगद कारोबार नगर्न आग्रह गरेका हुन्। दल र उम्मेदवारले बैङ्किङ प्रणाली विपरीत कारोबार गरे उम्मेदवारी रद्दसम्मका कारबाही गर्न सकिने कानुनी व्यवस्था रहेको पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए । उनले मुलुक बङ्गलादेशको जस्तो स्थितिमा गुज्रिनु नपरोस् भनी अनुशासनमा राख्न र लयमा फर्काउन सबै पक्षले निर्वाचनलाई सहयोग गरेको पनि बताए। गत भदौ २३ र २४ गतेको अवस्थाबाट देशलाई लयमा फर्क...