Tuesday, August 4

प्रशासन

सकियो समानुपातिकतर्फको मतपत्र छपाइ
प्रशासन, समाचार

सकियो समानुपातिकतर्फको मतपत्र छपाइ

नेपालअखबार,काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगले जनाएको हो। केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले समानुपातिकतर्फको मतपत्र छपाइ पूरा भएपछि प्रत्यक्षतर्फको सुरु भएको जानकारी दिए। उनका अनुसार केन्द्रले सोमबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको छ। केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाइसकेको थियो। ती मतपत्र मतदाता सचेतना तथा अन्य कामका लागि प्रयोग भइरहेका छन्।...
समानुपातिक तर्फको मतपत्रको छपाइ सकियो, प्रत्यक्षतर्फको सुरु
प्रशासन, समाचार

समानुपातिक तर्फको मतपत्रको छपाइ सकियो, प्रत्यक्षतर्फको सुरु

नेपालअखबार,काठमाडौं । आगामी २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्रको छपाइ सकिएको छ । समानुपातिक तर्फको मतपत्र छपाइ सकिएपछि प्रत्यक्षतर्फको मतपत्र छपाइको कार्य सुरु भएको छ । प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार समानुपातिक तर्फ दुई करोड आठ लाख ५४ हजार आठ सय मतपत्र छापिएको छ । ‘प्रत्यक्षतर्फको २ करोड ३ लाख २३ हजार आजबाट छपाई सुरु भएको छ । यो छपाई लगभग १५ दिन भित्र सकिन्छ,’ भण्डारीले जानकारी दिए ।आगामी फागुन ५ गते अगावै आयेगले सम्बन्धित स्थलमा मतपत्र पुर्‍याउने गरी काम भइराखेको छ ।...
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकी: संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
प्रशासन, राजनीति, समाचार

प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकी: संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

नेपालअखबार,काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ । आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबार मात्रै स्थापना गरेको हो । आयोग परिसरमा स्थापना भएको केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गरेका थिए । उनले कुनै निर्वाचन क्षेत्रमा केही समस्या आएमा तत्काल समाधान गर्न केन्द्रले काम गर्ने जानकारी दिए । मतदान केन्द्रमा समाधान हुन नसक्ने समस्या केन्द्रबाट समाधान गरिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उल्लेख गरे । आयोगका सचिवको नेतृत्वमा रहने केन्द्रमा गृह मन्त्रालयका सहसचिव, न...
नेपाल र साउदीबीच श्रम सम्झाैतामा हस्ताक्षर
प्रशासन, समाचार

नेपाल र साउदीबीच श्रम सम्झाैतामा हस्ताक्षर

नेपालअखबार,काठमाडौं । नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झाैतामा हस्ताक्षर भएकाे छ। साउदीकाे रियादमा साधारण श्रमिक (General Workers) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हाे। सम्झौतामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका छन्। एक दशकभन्दा लामो समयदेखिको प्रयासपछि साउदीसँग श्रम समझदारीपत्रमा हस्ताक्षर गरिएकाे हाे। नेपालले २०७० सालदेखि साउदीसँग श्रम सम्झौता गर्ने प्रयास गर्दै आएको थियो । सम्झौताका लागि पटक पटक सम्झौताको मस्यौदा तयार पारिएको थियो । गत भदाै १३ गते बसेकाे मन्त्रीपरिषद् बैठकले सम्झाैतामा हस्ताक्षरका लागि स्...
सामाजिक सञ्जालमा भ्रम छर्नेलाई पक्रन आदेश कुर्नुपर्दैन : गृहमन्त्री
प्रशासन, समाचार

सामाजिक सञ्जालमा भ्रम छर्नेलाई पक्रन आदेश कुर्नुपर्दैन : गृहमन्त्री

नेपालअखबार,काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमा भ्रम छर्नेलाई कानुनी दायरामा ल्याउन आदेश कुर्नु नपर्ने बताएका छन् । आइतबार नेपाल प्रहरीको साइबर ब्युरो र काठमाडौँको हनुमानढोकामा अवस्थित काठमाडौँ प्रहरीको भवन अवलोकन गर्दै उनले भने, ‘सामाजिक सञ्जालमा भ्रामक पोस्ट गर्नेहरूलाई कानुनी दायरामा ल्याउनुस्, त्यसमा कसैको आदेश कुर्नुपदैन ।’ गृहमन्त्री अर्यालले नेपाल पुलिस क्लबमा गएर त्यहाँ राखिएका पुरातात्त्विक महत्वका मूर्तिहरूको अवलोकनसमेत गरेका छन् । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन मर्यादित रूपमा सम्पन्न गर्न साइबर ब्युरोले सामाजिक सञ्जालबाट हुन सक्ने अमर्यादित र कानुनले वर्जित गरेका तथ्यहीन र भ्रामक समाचार वा जानकारीहरूलाई सूक्ष्म ढङ्गले अनुगमन गर्नुपर्ने मन्त्री अर्यालले बताए । अवैधानिक र दर्ता बिनै सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूको नियमनका लागि खेल्नु पर्ने भ...
यातायात विभागद्वारा छापिएका ७३२ वटा सवारी लाइसेन्स सार्वजनिक
प्रशासन, समाचार

यातायात विभागद्वारा छापिएका ७३२ वटा सवारी लाइसेन्स सार्वजनिक

नेपालअखबार, काठमाडौँ । यातायात व्यवस्था विभागले छापिएका ७३२  वटा सवारी लाइसेन्स सार्वजनिक गरेको छ । आइतबार विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत सवारी लाइसेन्सको विवरण सार्वजनिक गरेको हो । विभागले अहिले अत्यावश्यक सवारी लाइसेन्स छपाइ गरी वितरण गर्दै आएको छ । तुरुन्तै सवारी लाइसेन्स आवश्यक परेका चालकले अनलाइन तथा भौतिक रूपमा आवेदन दिएपछि अत्यावश्यक  लाइसेन्स सुरक्षण मुद्रण केन्द्रबाट  छपाइ गर्दै आएको विभागले जनाएको छ । गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा विभागमा आगजनी हुँदा लाइसेन्स छपाइ रोकिएको थियो ।  हाल सुरक्षण मुद्रण केन्द्रबाट भइरहेको छ ।...
सम्पर्कविहीन १७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
प्रशासन, समाचार, समाज

सम्पर्कविहीन १७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

नेपालअखबार,काठमाडौँ । नेपाल प्रहरीका १७ जना प्रहरी कर्मचारी विभिन्न मितिदेखि आफूखुसी गैरहाजिर भएको भन्दै प्रहरी प्रधान कार्यालयले कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले गैरहाजिर रहेका प्रहरी कर्मचारीहरूलाई सात दिनभित्र स्पष्टीकरण सहित उपस्थित हुन आग्रह गरेको हो । उनीहरूको खोजतलास गराउँदा र सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। गैरहाजिर हुने प्रहरीहरूमा एक जना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी हवलदार, एक जना सहायक हवलदार,११ जना प्रहरी जवान र तीन जना कार्यालय सहयोगी रहेका छन्। प्रहरी प्रधान कार्यालयले बाटोको म्यादबाहेक सात दिन भित्र आफू गैरहाजिर हुनुको कार खुलाएर सन्तोषजनक स्पष्टीकरण जबाफसहित उपस्थित नभए नियमावलीअनुसार सेवाबाट हटाउने चेतावनी  दिइएको छ।...
गण्डकीमा राइड सेयरिङ अघि बढ्यो, अब निजी सवारी साधनले पनि भाडाका यात्रु बोक्न पाउने
प्रशासन, समाचार

गण्डकीमा राइड सेयरिङ अघि बढ्यो, अब निजी सवारी साधनले पनि भाडाका यात्रु बोक्न पाउने

नेपालअखबार,पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई वैधानिकता दिँदै कार्यान्वयन सुरु गरेको छ । माघ ४ गते बसेको मन्त्रिपरिषद बैठकले मौजुदा नियमावलीमा केही संशोधन गरेर कार्यान्वयन थाल्ने निर्णय गरेको हो । सरकारले यसअघि वैशाख ३० गतेको मन्त्रिपरिषद् बैठकबाट नियमावली पारित गरेको थियो । तर, सङ्घ सरकारले नै कार्यान्वयनमा अवरोध गरेपछि रोकिएको उक्त नियमावली अहिले केही संशोधनसहित अघि बढेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । ‘राइड सेयरिङ सेवालाई व्यवस्थित गर्न नियमावलीमा देखिएका केही अस्पष्टता हटाइएको छ । नियमावली संशोधन भइसकेकोले अब यातायात कार्यालयले छिट्टै सूचना प्रकाशन गरेर औपचारिक रूपमा दर्ता प्रक्रिया सुरु गर्नेछ,’ उनले भने । नियमावलीमा चारपांग्रे सवारी साधनको सीमा तोकिएको छ । यसअघि २ पांग्रेले २० किलोमिटरको दुरीमा सेवा दिन पाउने भनिए पनि ४ पांग्रेको हकमा प्रस्ट खुलेक...
निर्वाचन आउन ४० दिन बाँकी, समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी
प्रशासन, समाचार

निर्वाचन आउन ४० दिन बाँकी, समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ। मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो। अब ५० लाख थान मतपत्र छाप्न बाँकी रहेको छ। समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भए लगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ। प्रत्यक्षतर्फको उम्मेदवारको अन्तिम नामावली तय भइसकेको छ। मनोनयन पत्र दर्ता प्रयोजनका लागि एकप्रति मतदाता नामावली छपाइ गरी सबै जिल्लामा पुर्याइएको थियो। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा  तीन हजार ४०६ जना उम्मेदवारको नामावली आयोगले सार्वजनिक गरेको छ। आयोगले शुक्रबार नै निर्वाचन चिन्हसमेत प्रदान गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तीन हजार १७ पुरुष, ३८८ महिला र अन्यमा एक...
निर्वाचन प्रहरी भर्नाः तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
प्रशासन, समाचार, समाज

निर्वाचन प्रहरी भर्नाः तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

नेपालअखबार,बागलुङ । बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप गर्दा पनि माग अनुसारको आवेदन आउन सकेको छैन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका जिल्लामा एक हजार २९८ जना नेपाल प्रहरीतर्फ र १८९ जना सशस्त्र प्रहरीबाट गरी कूल एक हजार ४८७ जना माग गरिएको थियो । तर हालसम्म नेपाल प्रहरीबाट एक हजार ४८ र सशस्त्र प्रहरीबाट तीन जना गरी एक हजार ५१ जनाको मात्र आवेदन परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए । हालसम्म पुरुष ८२३ जना र महिला २२८ जनाले आवदेन दिएको उनको भनाइ छ । गत पुस २४ गतेदेखि माघ १ गतेसम्म दरखास्त आह्वान गरिको थियो । उक्त समय अवधिमा माग अनुसार दरखास्त नआएपछि थप माघ २ र ३ गते दुई दिन थप गरिएको प्रहरी उपरीक्षक भारतीले बताए । माग अनुसारको आवेदन पूरा हुनका लागि अझै ४३६ जना आवश्यक रहेको उनको भनाइ छ ।मागअनुसारको आवेदन नआएपछि त...