Wednesday, September 16

प्रशासन

रसुवा बाढी प्रभावितलाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहायता
अर्थ, प्रशासन, समाचार

रसुवा बाढी प्रभावितलाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहायता

नेपालअखबार, काठमाडौं । विनाशकारी बाढी र पहिरोबाट प्रभावित नेपाललाई श्रीलंकाले १० लाख अमेरिकी डलर मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ। श्रीलंकाको वैदेशिक रोजगार तथा पर्यटन मन्त्रालयले २७ अगस्ट २०२६ मा एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। विज्ञप्तिका अनुसार, श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नेपालमा भइरहेको मानवीय तथा राहत कार्यमा सघाउन सरकारलाई उक्त आर्थिक योगदान उपलब्ध गराउन निर्देशन दिएका हुन्। राष्ट्रपति दिसानायकेले विपद्का कारण भएको ज्यानको क्षति र पीडाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवार, नेपाल सरकार र नेपाली जनताप्रति श्रीलंकाको तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन्। नेपाल र श्रीलंकाबीचको लामो र घनिष्ठ मित्रता तथा ऐक्यबद्धताको स्मरण गर्दै राष्ट्रपतिले यस सङ्कटको घडीमा श्रीलंका नेपाली जनताको साथमा दृढतापूर्वक उभिएको बताएका...
१३ लाख बढीको मदिरासहित ४ भारतीय युवक पक्राउ
प्रशासन, समाचार, समाज

१३ लाख बढीको मदिरासहित ४ भारतीय युवक पक्राउ

नेपालअखबार, जनकपुरधाम ।  बिना बिलबिजक ठुलो मात्रामा मदिरा लिएर जाँदै गरेको ४ जना भारतीय कार सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कर्मैया पोस्टमा शनिबार राति बारा जिल्लाबाट सर्लाहीको मलंगवा तर्फ जाँदै गर्दा चेकजांचको क्रममा कारको पछाडिको सिटमुनि र अगाडी फल्स बटन बनाई लुकाइछिपाई बिना बिलबिजक लिएर जाँदै गरेको अवस्थामा १३ लाख ५५ हजार रुपैयाँ मूल्य बराबरको मदिरा सहित ४ युवकलाई पक्राउ गरेको जनाएको छ । उनीहरूको साथबाट रेडलेभल ५० बोटल, रोयल स्टेग २४ बोटल, म्याकडोवल ठुलो ३५ र सानो ३९ बोटल बरामद भएको छ । सर्लाही प्रहरी प्रवक्ता एवं डिएसपी बेद प्रसाद गौतमका अनुसार पक्राउ पर्नेमा कार चालक भारत जिल्ला सीतामढी हरनैंया पञ्चायत वडा नम्बर ३ का ३३ वर्षीय दीपक कुमार, बेतिया जिल्ला हतिया पञ्चायत वडा नम्बर ८ निवासी ३६ वर्षीय अल्बु यादव, सोही जिल्ला लैरिया पञ्चायत वडा नम्बर ६...
नेपाली नागरिक पक्राउ गर्न कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा
प्रशासन, समाचार, समाज

नेपाली नागरिक पक्राउ गर्न कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा

नेपालअखबार,धनगढी । नेपाल प्रहरीले कञ्चनपुरबाट दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो कर्नाटकबाट आएका भारतीय प्रहरीका असईसहितका दुई जना इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले नियन्त्रणमा लिएको हो । उनीहरू दोधारा चाँदनीका शंकर लुहारलाई पक्राउ गर्ने भन्दै उनको घरसम्म पुगेका थिए । त्यसरी अनुमतिबिनै नेपालभित्र पसेर नेपाली नागरिक पक्राउ गर्न खोजेको सूचना पाएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले उनीहरूलाई इलाका प्रहरी कार्यालय दोधाराचाँदनीको नियन्त्रणमा राखिएको पुष्टि गरे । उनकाअनुसार घटनाबारे माथिल्लो निकायमा जानकारी गराइएको छ । माथिल्लो निकायबाट आउने निर्देशनअनुसार थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।प्रहरी स्रोतकाअनुसार नेपाल प्रहरीसँगको समन्वय र पूर्व...
चिनियाँ पक्षको सूचना : निरन्तर निगरानीमा छौं, विस्फोटक बहाबको जोखिम कम हुनसक्छ
प्रशासन, समाचार

चिनियाँ पक्षको सूचना : निरन्तर निगरानीमा छौं, विस्फोटक बहाबको जोखिम कम हुनसक्छ

नेपालअखबार, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेपछि त्यसको नियमित नगरानी गरिरहेको सूचना चिनियाँ पक्षले पठाएको छ । सरकारी स्रोतका अनुसार ताल फूटेर पानीको बहाब बढ्दै गए पनि तत्काल ठूलो बाढी (आउटबर्स्ट) को जोखिम कम रहेको आंकलन गरेको छ । चिनियाँ पक्षले नेपाली अधिकारीलाई पठाएको सन्देशमा छ’,तालबाट पानी निरन्तर ओभरफ्लो भइरहेको छ र पानीको मात्रा बढेसँगै तालको आकार पनि ठूलो हुँदै गएको छ। यद्यपि, अहिलेको अवस्थामा ठूलो पानीको विस्फोटक बहाव हुने जोखिम कम छ ।’यसअघि तालभन्दा तल्लो क्षेत्रमा बरफ–चट्टान (आइस रक) खस्ने घटना भएको चिनियाँ पक्षले घटनास्थलको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। थप जानकारी प्राप्त भएमा त्यसबारे जानकारी गराउने पनि चिनियाँ पक्षले बताएको छ।...
भोटेकोशी बाढीमा कास्कीका १४ जना सम्पर्कविहीन
प्रशासन, समाचार

भोटेकोशी बाढीमा कास्कीका १४ जना सम्पर्कविहीन

नेपालअखबार, पोखरा । रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा कास्की जिल्लाका १४ जना सम्पर्कविहीन भएका छन् । कास्कीबाट त्यस क्षेत्रमा पुगेका १४ जना नागरिकहरू सम्पर्कविहीन भएका विवरण आफन्तले प्रशासनमा टिपाएका हुन् । बाढी आएपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएका उनीहरूको खोजीका लागि परिवारजनले जिल्ला प्रशासन कार्यालय कास्कीमा निवेदन दिएका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जानकारी दिए । काम, भ्रमण तथा अन्य प्रयोजनका सिलसिलामा रसुवा पुगेका आफ्ना आफन्तहरू सम्पर्कविहीन भएको जानकारी सहितको विवरण आफन्तले प्रशासनलाई जानकारी गराएका छन् । तिमध्ये कास्की जिल्ला घर भएकामात्रै १० जना छन् भने अन्य ४ जना कास्कीमा बसोबास गर्दै आएका तर स्थायी घर कास्की नभएकाहरू पनि छन् । पोखरा १७ की सविना पौडेल, पोखरा १५ का छमप्रकाश थापा, सोही वडाका मनु बुढा, पोखरा ५ की सृष्टि बास्तोला, पोखर...
स्थानीयवासीद्वारा ४० जनाको अवस्था बुझिदिन प्रशासनमा आग्रह
प्रशासन, समाचार

स्थानीयवासीद्वारा ४० जनाको अवस्था बुझिदिन प्रशासनमा आग्रह

नेपालअखबार, मकवानपुर । मकवानपुरका स्थानीयवासीले बाढी प्रभावित जिल्लामा गएका ४० जनाको अवस्था बुझिदिन जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका छन् । जिल्लाका विभिन्न स्थानबाट उक्त क्षेत्रमा गएका तर सम्पर्क हुन नसकेका आफ्ना आफन्तहरू बारे बुझिदिन स्थानीयवासीले प्रशासनसँग अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए । “उक्त क्षेत्रमा मकवानपुर स्थायी बसोबास भई गोसाइकुण्ड लगायत स्थानमा दर्शन गर्न तथा घुम्न गएका, उक्त क्षेत्रमा सवारी साधन चलाउँदै आएका तथा अन्य विभिन्न पेशामा आवद्ध ४० जना व्यक्तिका सम्बन्धमा आफन्तहरूले सम्पर्क हुन नसकेको जनाउँदै प्रशासनमा बुझिदिन अनुरोध गर्नुभएको छ”, उनले भने, “उक्त क्षेत्रमा सहज सञ्चार सम्पर्क नभएका कारण कतिपयको अवस्था जानकारी नभएको पनि हुनसक्छ, हामीले अनुरोध भए अनुसार सम्बन्धित निकायसँग बुझ्ने प्रयास गरिरहेका छौं ।”हेटौंडा प्रदेशको राजधानी समेत ...
७९ जना सुरक्षाकर्मी सम्पर्कविहीन
प्रशासन, समाचार, समाज

७९ जना सुरक्षाकर्मी सम्पर्कविहीन

नेपालअखबार, काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका स्थानीय तहहरूलाई तीन महिनाका लागि 'विपद् सङ्कटग्रस्त क्षेत्र' घोषणा गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालले बुधबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै रसुवा र नुवाकोट लगायतका जिल्लामा जनधनको ठूलो क्षति भएको जानकारी दिएका हुन्। मन्त्री खनालका अनुसार बुधबार बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्प र त्यसपश्चात् झरेको हिमपहिरोका कारण भोटेकोशी नदीमा भीषण बाढी आएको प्रारम्भिक अनुमान छ। बाढीले रसुवा र नुवाकोटका टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशूली, बट्टार र देवीघाट लगायतका क्षेत्रमा ठूलो भौतिक तथा मानवीय क्षति पुर्‍याएको छ। बाढीका कारण हालसम्म ९ जनाको शव फेला परेको र उनीहरूको सनाखत हुन बाँकी रहेको छ। विपद्‌मा परी टिमुरे र मैलुङ पोस्टका ४४ जना नेपाली सेना, २६ जना नेपाल प्रहरी र ९ जना सशस्त्र प्रहर...
प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिने युवक पक्राउ
प्रशासन, समाचार

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिने युवक पक्राउ

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भई कीर्तिपुर बस्दै आएका २३ वर्षीय पुस्कर दहाल छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । कीर्तिपुर नयाँ बजारबाट पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको छ। उनले इन्स्टाग्राममा स्टाटस गर्दै प्रधानमन्त्री शाहलाई २३ भदौमा सिध्याइदिने भनेर लेखेर प्रहरीलाई ट्याग गरेका थिए।उनले प्रहरीलाई समेत गाली गरेका थिए । उनी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा आबद्ध रहेको प्रहरी स्रोतले बतायो।...
सामान्य प्रशासन मन्त्रालयद्वारा ५१ जना नायव सुब्बाको सरुवा
प्रशासन, समाचार

सामान्य प्रशासन मन्त्रालयद्वारा ५१ जना नायव सुब्बाको सरुवा

नेपालअखबार,काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठुलो संख्यामा कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। मन्त्रालयको मंगलबारको निर्णयानुसार ५१ जना नायव सुब्बा तहका कर्मचारीहरूको सरुवा गरिएको हो। मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका कर्मचारीहरूलाई विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र स्थानीय तहहरूमा सरुवा गरिएको छ। मन्त्रालयले रिक्त रहेका स्थानहरूमा जनशक्ति व्यवस्थापन गर्न नियमित प्रक्रिया अन्तर्गत सरुवा गरिएको जनाएको छ । यस्तो छ सरुवा सूची :...
बुधबार मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा
प्रशासन, समाचार

बुधबार मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

नेपालअखबार, काठमाडौँ। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै उक्त दिन मुस्लिम समुदायका लागि सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो। वि.सं. २०८२ फागुन १८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार मुस्लिम आयोगबाट भोलि मोहम्मद जयन्ती परेको जानकारी प्राप्त भएकाले सरकारले सो निर्णय गरेको मन्त्रालयले जनाएको छ। साथै, मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गरेको छ।...