प्रतिनिधि सभा निर्वाचन : प्रचारप्रसारका लागि १५ दिन दिने तयारी
नेपालअखबार,काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निरवाचनमा प्रचारप्रसारका लागि १५ दिन समय दिने तयारी भएको छ । सोही अनुसार निर्वाचन आयोगले तयारी गरेको छ ।
यही कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन र अद्यावधिको समय छ । कात्तिक ३० गते भित्रै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समय छ ।
मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दलले निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गर्नुपर्छ । निर्वाचनमा भाग लिन्छु भनेर दल दर्ता गर्नेहरूले प्रतिनिधि सभा सदस्यको चुनावमा उम्मेदवार खडा गर्न सक्दछन् ।
निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मंसिर १ देखि १० सम्म हुने र निर्वाचन कार्यक्रम स्वीकृति तथा नेपाल राजपत्रमा प्रकाशन मंसिर १० गते प्रकाशन गर्ने तयारी छ ।
मतदाता नामावली अद्यावधिक कार्यक्रम संचालन मंसिर १ देखि पुस १५ गते सम्म सञ्चालन गर्ने भनिएको छ ।
समानुपातिक निर्वाचन तर्फ निर्वाचन ...






