Thursday, September 24

प्रशासन

अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाद्वारा आम नागरिकलाई आग्रह
प्रशासन, समाचार

अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाद्वारा आम नागरिकलाई आग्रह

नेपालअखबार,काठमाडौँ ।  देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुननदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ । सूचना निर्देशनालयले आज जारी गरेको सूचनामा  सुरक्षा संयन्त्र पुग्नुअगावै स्थानीय समुदायले एकजुट भई स्थितिको  खबर आदानप्रदान गरी आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरेको छ । देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरुमा उछृङ्खल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरु आफ्नो समुदायमा देखिएमा यथाशीघ्र नेपाली सेनाको ९८६३०२९०२९ नम्बरमा सन्देश पठाउन सेनाले अनुरोध गरेको हो । सूचनामा  भनिएको छ, “केही उछृङ्खल तत्वले भ्रामक खबर सामाजिक सञ्जालमा राखेर स्थितिलाई...
राति १० बजेबाट सुरक्षाको नेतृत्व सेनाले लिने
प्रशासन, समाचार

राति १० बजेबाट सुरक्षाको नेतृत्व सेनाले लिने

नेपालअखबार, काठमाडौं । मंगलबार दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ । सूचनाका बाबजुद यस किमिसका कार्य नरोकिए राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने समेत भनिएको छ । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा ‘विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पु¥याउने काम’ गरेको भनिएको छ । यस्तोमा त्यसलाई नियन्त्रणमा लिन सम्पूर्ण राष्ट्रवासीलई सहयोगका लागि अपिल समेत गरिएको छ । ‘तत्पश्चात सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी थप सूचना जारी गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।...
प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै
प्रशासन, समाचार

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

नेपालअखबार, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि सिग्देलले केहीबेरमा सम्बोधन गर्न लागेका हुन् ।नेपाली सेना स्रोतका अनुसार, पछिल्लो परिस्थितिको बारेमा सिग्देलले जानकारी गराउन लागेका हुन् ।
मन्त्रीहरूलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिँदै
प्रशासन, राजनीति, समाचार

मन्त्रीहरूलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिँदै

नेपालअखबार,  काठमाडौँ । ललितपुरको भैंसेपाटी स्थित मन्त्रीक्वार्टरबाट मन्त्रीहरुलाई सुरक्षित स्थानमा सार्न थालिएको छ । सेनाको हेलिकप्टरमार्फत मन्त्रीहरुलाई सुरक्षित स्थानमा सार्ने निर्णय भएको प्रहरीका एक जना उच्च अधिकृतले बताए । ती अधिकृत भन्छन्, ‘सुरक्षा जोखिमका कारण मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।’ जेनजी पुस्ताका प्रदर्शनकारीहरूले मङ्गलवार काठमाडौँ उपत्यका केन्द्रित प्रदर्शन गरिरहेका छन् । काठमाडौँ बाहिर पनि प्रदर्शन भइरहेको छ ।...
सर्लाहीमा एमाले र कांग्रेस पार्टी कार्यालयमा आगजनी
प्रशासन, समाचार, समाज, हाइलाइट-समाचार

सर्लाहीमा एमाले र कांग्रेस पार्टी कार्यालयमा आगजनी

नेपालअखबार,काठमाडौं । प्रदर्शनकारीले सर्लाहीमा नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयमा आगजनी गरेका छन् । सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका हुन् । सोमबार जेनजीको प्रदर्शनमा प्रहरी दमन भएको विरोधमा कार्यालयमा आगजनी गरिएको हो । सोमबारको आन्दोलनमा देशैभर १९ जनाको मृत्यु भएको छ भने ४०० बढी घाइते भएका छन् । त्यसको विरोधमा आज देशकै प्राय: सहरमा प्रदर्शन भएको छ ।...
पोखरामा लाग्यो अनिश्चितकालीन कर्फ्यू
प्रशासन, समाचार, समाज

पोखरामा लाग्यो अनिश्चितकालीन कर्फ्यू

नेपालअखबार,काठमाडौँ । कास्कीको पोखरामा मंगलबार बिहान १० बजेदेखि अनिश्चितकालीन कर्फ्यू लागेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पोखरा महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा चारकिल्ला तोकेर कर्फ्यू जारी गरेको छ ।
काठमाडौँमा अनिश्चितकालीन कर्फ्यु आदेश
प्रशासन, समाचार, समाज

काठमाडौँमा अनिश्चितकालीन कर्फ्यु आदेश

नेपालअखबार,काठमाडौँ । काठमाडौँमा बिहान ८ः३० बजेबाट अनिश्चितकालीन कर्फ्यु लाग्ने भएको छ । अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो। आदेश जारी भएको सिमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी जारी सूचनामा उल्लेख छ । काठमाडौँ महानगरपालिका चक्रपथ क्षेत्रभित्र बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयंम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भूभागमा कर्फ्यु आदेश लागु हुनेछ । कफ्युको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरू, मानव अधिकार तथा कूटनीतिक ...
गृह मन्त्रालयले आन्दोलनमा भएको घटनाको विवरण सङ्कलन गर्दै
प्रशासन, समाचार

गृह मन्त्रालयले आन्दोलनमा भएको घटनाको विवरण सङ्कलन गर्दै

नेपालअखबार,काठमाडौँ । गृह मन्त्रालयले काठमाडौँसहित मुलुकका विभिन्न स्थानमा आज ‘जेनजी’ पुस्ताको नाममा भएको आन्दोलनका क्रममा भएका घटनाबारे विवरण सङ्कलन भइरहेको जनाएको छ  । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विवरण सङ्कलनको काम भइरहेको र हालसम्म प्रहरीबाट १९ जनाको मृत्यु र दुई सय जना हाराहारीमा घाइते भएको जानकारी आएको बताए । आन्दोलनले उग्र रूप लिएपछि काठमाडौँ, ललितपुर, रुपन्देही, कास्कीलगायत जिल्लाका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको छ । प्रदर्शनमा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार हुनुका साथै घटनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रवक्ता काफ्लेले बताए । प्रदर्शनकारीले काठमाडौँलगायत देशका विभिन्न भागमा रहेका सरकारी संरचना र सवारीसाधनमा आगजनीसमेत गरेका छन् भने प्रहरीले काठमाडौँबाट ४० जना प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ । रासस...
पोखरामा अनिश्चितकालीन कर्फ्यु
प्रशासन, समाचार, समाज

पोखरामा अनिश्चितकालीन कर्फ्यु

नेपालअखबार,काठमाडौं  । जेनजी आन्दोलन उग्र बनेपछि पोखरामा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ। कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अर्को आदेश जारी नभएसम्म आज दिउँसो २ बजेबाट कर्फ्यु जारी गरेका हुन्। 'पोखरा महानगरपालिकामा हुनसक्ने प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी मिति २०८२/०५/२३ गते दिनको २:०० बजे देखि अर्को आदेश नभएसम्मको लागि पोखरा महानगरपालिकाको तपसिल बमोजिमको चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संसोधन सहित) को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ,' जारी गरिएको विज्ञप्तिमा भनिएको छ। निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ (पाँच) जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम...