Friday, July 31

प्रशासन

पहिलो संसद विघटन फैसलाको पूर्णपाठमा चोलेन्द्रले गरेनन् हस्ताक्षर
प्रशासन, समाचार

पहिलो संसद विघटन फैसलाको पूर्णपाठमा चोलेन्द्रले गरेनन् हस्ताक्षर

नेपालअखबार, काठमाडौं । सर्वोच्च अदालतले पहिलो प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ नै सार्वजनिक नहुने अवस्था बनेको छ । सर्वोच्च अदालतको सम्पादक शाखाले नेपाल कानुन पत्रिकाको संवैधानिक इजलास खण्डमा प्रतिनिधिसभा विघटनको मुद्दाको संक्षिप्त आदेश मात्रै प्रकाशित गरेको छ । ५ पुस २०७७ मा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभाको विघटन विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुन २०७७ मा विघटन बदरको फैसला गरेको थियो । उक्त फैसलाको पूर्णपाठ प्रकाशित गर्न २०७९ सालको संवैधानिक इजलासखण्ड लामो समयदेखि प्रकाशित नगरी राखिएको थियो । तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले गरेको फैसलाको पूर्णपाठको मस्यौदा न्यायाधीश सिन्हाले ...
भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको मुख्य एजेण्डा जलविद्युत
प्रशासन, समाचार

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको मुख्य एजेण्डा जलविद्युत

नेपालअखबार, काठमाडौँ । भारतीय विदेश मन्त्री एस. जयशंकरको नेपाल भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावास जुटेको छ । सातौँ नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन पुस १९ गते नेपाल आउन लागेका भारतीय विदेशमन्त्री जयशंकरले मन्त्रीस्तरीय छलफलमा दुई देशबिच भएको सन्धि सम्झौता, व्यापार तथा आर्थिक समझदारीको विषयमा कुराकानी गर्ने बताइएको छ । त्यसमा मुख्य विषय जलस्रोत नै हुने स्रोतले जानकारी दिएको छ । भारतीय विदेशमन्त्रीको भ्रमणका क्रममा भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षरसमेत हुने बताइएको छ । त्यसको तयारीमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गृहकार्य गरिसकेको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएको बेला भारतले १० हजार मेगावाट बिजुली नेपालबाट खरिद गर्ने समझदारी भएको थियो ।...
राष्ट्रियसभा निर्वाचन  पाँच दलले गराए दल दर्ता
प्रशासन, समाचार

राष्ट्रियसभा निर्वाचन पाँच दलले गराए दल दर्ता

नेपालअखबार, काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लाागि सोमबार दिउँसोसम्म पाँचवटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार दल दर्ताका दोस्रो दिनसम्म पाँच दलले दर्ताको निवेदन दिएका हुन् । राष्ट्रियसभाको निर्वाचनमा भाग लिन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत, नेपाल मजदूर किसान पार्टीले आयोगमा निवेदन दिएका हुन् ।  आयोगका एक पदाधिकारीका अनुसार नेपाली कांग्रेस, जसपा, नेकपा एस र लोसपा लगायतका दल सोमबारसम्म दल दर्ताका लागि आयोग पुगेका छैनन् । आगामी माघ ११ गते हुने निर्वाचनका लागि आइतबारबाट दल दर्ताका लागि आयोगले सुचना जारी गरेको थियो । दल दर्ताका मंसिर २९  गतेसम्मका लागि समय दिएको आयोगले जनाएको छ । आगामी फागुन २० गतेबाट रिक्त हुने राष्ट्रियसभाको २० पदमध्ये माघ ११ गते १९ पदमा चुनाव हुदैछ ।...
हेटौँडाबाट पेस्तोलसहित ३ जना पक्राउ
अपराध, प्रशासन, समाचार

हेटौँडाबाट पेस्तोलसहित ३ जना पक्राउ

नेपालअखबार, मकवानपुर । मकवानपुरको हेटौँडाबाट पेस्तोल सहित ३ जना पक्राउ परेका छन् । हेटौँडाबाट सेमिअटोमेटिक पेस्तोल, २० थान गोली सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार उनीहरूलाई शुक्रबार हेटौँडा–१० बाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर– ९ बस्ने ३३ वर्षको निश्चल पौडेल, सोही स्थानका ३५ वर्षका गणेश घले र ३० वर्षको प्रितम क्षेत्री रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरूको साथबाट सेमिअटोमेटिक पेस्तोल, २० राउन्ड गोली, हतियार सफा गर्ने रड, लागु औषध खैरो हेरोइन २ ग्राम ४०० मिलिग्राम, लागु औषध तौल गर्ने डिजिटल तराजु २ थान, ५ थान मोबाइल, ५० हजार नगद र ना २५ प ३३०५ नम्बरको सिबी युनिकर्न र ना ६३ प ९६७८ नम्बरको आरआर ३१० सिसीको मोटरसाइकल बरामद गरेको छ ।...
चितवनमा मिटरब्याजीले लिएको ७ कठ्ठा बढी जग्गा फिर्ता
प्रशासन, समाचार

चितवनमा मिटरब्याजीले लिएको ७ कठ्ठा बढी जग्गा फिर्ता

नेपालअखबार, चितवन । चितवनमा मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ । भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर –२ निवासी पीडकले फिर्ता गर्ने सहमति गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेन (मिटरब्याजी) विरुद्ध परेका उजुरीमध्ये उनीहरूले जग्गा फिर्ता गर्ने र कानुनबमोजिम ब्याजसहित रकम फिर्ता गर्ने सहमति भएको हो । कार्यालयका नायबसुब्बा विश्वास श्रेष्ठका अनुसार निवेदकले २०७२ सालमा एक करोड ५० लाख रूपैयाँ र चार स्थानका पाँचवटा कित्ताको जग्गा लेनदेन गरेका थिए । उनका अनुसार पहिलो तीन महिनामा पीडितले एक करोड २० लाख रूपैयाँ रकम फिर्ता गर्ने र पीडकले ६ कठ्ठा १३ दशमलव पाँच धुर जग्गा फिर्ता गर्ने सहमति भएको छ । दोस्रो चरणमा पीडकले सहमति भएको ६ महिनाभित्र बाँकी रहेको ३० लाख रूपैयाँ र कानुनअनुसारको ब्याज रकम भुक्तानी गरेमा बाँकी...
पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र
प्रशासन, समाचार

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र

नेपालअखबार, नारायणगढ । चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको छ । यहाँका भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका ती परिवारलाई पुर्जा वितरण गर्न लागिएको हो । राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाका अनुसार ती पालिका बसोबास गर्ने सुकुम्बासीलाई प्रमाणपत्र वितरणको तयारी अन्तिम चरणमा पुगेको हो । उनले भने, “सरकारले कानुन संशोधनको तयारीमा रहेको जानकारी पाएका छौँ । संशोधन भए जिल्लाका अधिकांश भूमिहीनले जग्गाधनी प्रमाणपत्र प्राप्त गर्ने छन् ।” कानुनीरुपमा समस्या देखिएकाबाहेक अन्य सबै ठाउँमा कामलाई तीव्र गतिमा अघि बढाइएको छ । उनले भने, “अहिले हामीले पाँच सय परिवारलाई पुसको दोस्रो सातासम्ममा जग्गाधनी प्रमाणपत्र वितरण गर्ने गरी काम गरिरहेका छौँ ।” अहिले प...
झण्डै ८ किलो सुनसहित पक्राउ परेकालाई हुण्डी कारोबारको मुद्दा
अपराध, प्रशासन, समाचार

झण्डै ८ किलो सुनसहित पक्राउ परेकालाई हुण्डी कारोबारको मुद्दा

नेपालअखबार, काठमाडौं । न्यूरोडमा झण्डै ८ किलो सुनसहित पक्राउ परेका ओमपाल गोल्ड सपका सञ्चालक पदमप्रसाद पाण्डेलाई प्रहरीले हुण्डी कारोबार सम्बन्धी कसूरमा अनुसन्धान गर्न म्याद थप गरेको छ । जिल्ला अदालत, काठमाडौंले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार अनुसन्धानका लागि ७ दिनलाई हिरासतमा राख्न अनुमति दिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । ‘सुन चाहिँ राजश्व अनुसन्धान विभागलाई थप अनुसन्धानका लागि पठाएका छौं’, उनले भने, ‘उनीबाट ४९ लाख ५० हजार अवैध रुपैयाँ पनि बरामद भएकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार म्याद थप गरेका हौं ।’ प्रहरीले मंगलबार राति ७ किलो ८ सय ग्राम सुनसहित ओमपाल गोल्ड शपका सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको थियो । पाण्डेले तस्करीको सुन गालेर गहना बनाएर बेच्ने गरेको सूचना प्रहरीले पाएको थियो । त्य...
स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ
प्रशासन, समाचार

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

नेपालअखबार,काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट स्रोत नखुलेका गरगहना र रकमसहित एक जना पक्राउ परेका छन्। अवैध सुन तथा चाँदी गाली बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले बनेपा नगरपालिका–७ वकुटोलस्थित एक घरमा डेरा गरी बस्ने भारतको महाराष्ट्र प्रदेश साङ्ली जिल्लाका  ३९ वर्षीय सचिन विभुतेलाई पक्राउ गरेको हो। बिल नभएको सुन दुई सय ३५ दशमलव नौ ग्राम,  एक हजार नौ सय एक दशमलव २६ ग्राम चाँदी,  पाँच लाख ७६ हजार रूपैयाँ र भारू २२ हजार बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। निजबाट सुन जोख्ने तराजु, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकको चेकबुक, दुई थान मोबाइल फोन सेट पनि बरामद भएको छ।...
नार्कले जनचेतनामुलक कार्यक्रमसहित विश्व माटो दिवस मनाउँदै
प्रशासन, समाचार, समाज

नार्कले जनचेतनामुलक कार्यक्रमसहित विश्व माटो दिवस मनाउँदै

नेपालअखबार,काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले ‘विश्व माटो दिवस २०२३’ बिभिन्न कार्यक्रम गरी मनाउँदैछ । ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नारा सहित १६ मंसिर देखी १९ मंसिरसम्म चार दिन बिभिन्न कार्यक्रम गरी विश्व माटो दिवस मनाउँदैछ । नार्क अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले माटो सुधारका उपायबारे प्रचार प्रसार, माटोको निशुल्क जाँच शिविर, विद्यार्थीलाई माटो परिक्षण, स्वच्छ माटो किन आवश्यक छ भन्ने बारेमा जानकारी गराउनुका साथै जाँच प्रक्रियामा विद्यार्थीलाई समेत सहभागि गराउँदै माटो दिवश मनाउन लागेको हो । माटो विज्ञान अनुसन्धान केन्द्रले १६ मंसीर (२ डिसेम्बर) मा टेलिभिजनमा माटोको उर्वराशक्तिको महत्व, संरक्षण र सुधार बारे बहस कार्यक्रमको शुभारम्भ गर्दै प्रचारप्रसार गर्नुका साथै १७ र १८ मंसिरमा भक्तपुरको खोपासीमा किसानको निशुल्क माटो परीक्षण गर्ने कार्यक्रम रहेको ...
पक्राउ परेको मान्छे भगाएको आरोपमा दुई प्रहरी कारागार चलान
प्रशासन, समाचार

पक्राउ परेको मान्छे भगाएको आरोपमा दुई प्रहरी कारागार चलान

नेपालअखबार, रसुवा । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ । कारगार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू रहेका छन् । पक्राउ गरिएको व्यक्ति जिल्लास्तरमा ल्याउने क्रममा थुमनका एक नागरिक बीचबाटोमै गायव गराएको आरोप उनीहरू माथि लागेको छ ।     मानिस कुटपिट गर्ने गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका अन्दाजी ४२ वर्षीय काले भन्ने छिरिङ तामाङलाई थुमनबाट प्रहरी नियन्त्रणमा लिइ जिल्ला प्रहरी धुञ्चे ल्याउँदै गर्दा रोङ्गा दोभानको नजिक उत्तरतर्फको भिरबाट बेपत्ता बनाएको आरोपमा सुरक्षाकर्मीद्वय पक्राउ परेका थिए । सुरक्षा संयन्त्र नअपनाई पक्राउ गरिएका नागरिक बाटोमा बेपत्ता पारेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत दायर भएको सो मुद्दामा पछि ठहरेबमोजिम हुनेगरी हाललाई धरौ...