Tuesday, November 10

प्रशासन

पाेखरा घुम्न आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट, २ महिला र ३ पुरुष पक्राउ
प्रशासन, समाचार

पाेखरा घुम्न आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट, २ महिला र ३ पुरुष पक्राउ

नेपालअखबार, पोखरा । पोखरा घुम्न आएका पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट भएको छ । पृथ्वीचोकमा रहेको बसपार्कमा महिलालाई प्रयोग गरेर एकान्तमा लैजाने र पुरुषहरूले लुटपाट गरेर भाग्ने गरेको प्रहरीले जनाएको छ । हनी ट्र्यापमा पार्ने २ महिला र ३ पुरुष पक्राउ परेका छन् । विभिन्न प्रलोभनमा पारेर होटेल लैजाने भन्दै एकान्तमा लगेर लुटपाट गरिएको बैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरूलाई अनुसन्धान अघि बढाइएको छ । उनीहरुले मोबाइल र नगद तथा सुनहरू लुट्ने गरेका छन् । पक्राउ पर्नेमा पोखरा २३ बस्ने २५ वर्षीय मौसम परियार, चितवन घर भई पोखरा ९ बस्ने २० वर्षीय प्रकाश परियार, लमजुङको बेंशीसहर घर भई पोखरा ९ पृथ्वीचोक बस्ने १९ वर्षीय योगेश गुरुङ, पोखरा ९ कै १९ वर्षीय मञ्जु नेपाली र सोही ठाउँकी १९ वर्षीय सम्झना परियार छन् ।उनीहरूलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा...
पशुपति क्षेत्र विकास कोषका १०० भन्दा धेरै सल्लाहकार खारेज
प्रशासन, समाचार

पशुपति क्षेत्र विकास कोषका १०० भन्दा धेरै सल्लाहकार खारेज

नेपालअखबार,काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकारहरु खारेज गरिएको छ । बुधबार बसेको कोषको परिषद् बैठकले यस्तो निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचिवालयले जनाएको छ । बैठकले विभिन्न समयमा नियुक्त गरिएका पशुपति क्षेत्र विकास कोषका सल्लाहकारहरु खारेज गर्ने निर्णय गरेको बताइएको छ । राजसंस्थाको पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका १०० बढी सल्लाहकार खारेज गरिएको विकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचिवालयले जनाएको छ । परिषद् बैठकले पशुपति क्षेत्र परिषद्‍मा मदिरा बिक्री–वितरण समेत बन्देज गर्ने निर्णय गरेको छ । बैठकले पशुपति दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरुको सुरक्षाका लागि सुरक्षा पोष्टहरु निर्माण गर्ने समेत निर्णय गरेको छ ।...
कास्कीमा विभिन्न मुद्दाका ५५ जना अभियुक्तहरू पक्राउ
प्रशासन, समाचार

कास्कीमा विभिन्न मुद्दाका ५५ जना अभियुक्तहरू पक्राउ

नेपालअखबार, पाेखरा । कास्कीमा  विभिन्न मुद्दाका ५५ जना अभियुक्तहरू पक्राउ जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ । गत बैशाख देखि मंसिर महिना सम्म  जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्दा दर्ता भई फरार रहेका ४४ जना (पुरुष २९ जना र महिला १५ जना) अभियुक्तहरूलाई पक्राउ गरेकाे छ । अभियुक्तहरूलाई अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको र अन्यत्र जिल्लामा मुद्दा दर्ता भई यस जिल्लामा बसोवास गर्ने ११ (पुरुष ८ जना र महिला ३ जना) अभियुक्तहरुलाई समेत पक्राउ गरी सम्बन्धित जिल्लामा अनुसन्धानको लागि पठाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे  छ । कास्की प्रहरीका  अनुसार  अन्तर्गत कास्की जिल्लामा मुद्दाम दर्ता भई फरार रहेका बैंकिङ कसुर मुद्दाका ४४ जना रहेका छन् ।  अन्यत्र जिल्लामा मुद्दा दर्ता भई फरार रहेका बैंकिङ कसुर मुद्दाका ५ जना, सरकारी छाप दस्तखत किर्ते (लिख...
चितवन राष्ट्रिय निकुञ्जमा अब सहजै पाटे बाघ देख्न पाइने
प्रशासन, समाचार, समाज

चितवन राष्ट्रिय निकुञ्जमा अब सहजै पाटे बाघ देख्न पाइने

नेपालअखबार, चितवन ।  चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ । भनिन्छ भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन् । अब भने यहाँ घुम्न आउनेलाई बाघ हेर्न भाग्य चाहिँदैन । भरतपुरतर्फबाट निकुञ्ज घुम्न जाने बाटोमै बाघ हेर्न पाइने भएको छ । निकुञ्जभित्र एक सय २८ वयश्क पाटेबाघ रहेको तथ्याङ्क छ । यद्यपि निकै कमले मात्रै निकुञ्ज घुम्दै गर्दा बाघ देख्न पाउँछन् । गतवर्ष निकुञ्जमा दुई लाख २५ हजार हाराहारी पर्यटक पस्दा बाघ देखेँ भन्नेको सङ्ख्या निकै कम थियो । बाघ हेर्ने अवसर भरतपुर भ्रमण वर्षले दिन लागेको हो । भरतपुर महानगरपालिका-६ देवनगरस्थित निकुञ्जको रेञ्जपोष्ट क्षेत्रमा दक्षिणकाली सामुदायिक वनभित्र वन्यजन्तु उद्धार केन्द्रमा बाघ देखाउन लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सकेसम्म सन् २०२४ जनवरी १ तारिखबाट नै पर्यटकका लागि बाघ देखाउने तयारी गरिएक...
भूकम्पपीडित त्रिपालमै, दुई पालिका सहायता रकम पाउने आशमा
प्रशासन, समाचार, समाज

भूकम्पपीडित त्रिपालमै, दुई पालिका सहायता रकम पाउने आशमा

नेपालअखबार, जाजरकोट । कात्तिक १७ गते मध्य रातको भूकम्पले नलगाड नगरपालिका–८ कोरिन्चेका मनबहादुर खत्रीको घरको आधा भाग भत्किएको छ । घरको आधा भाग भत्किए पनि जोखिम मोलेर पशुचौपायदेखि केही घरायासी सामान भत्केको घरभित्र राख्ने गरिएको छ । परिवारका सदस्य खुला ठाउँमा त्रिपाल टाँगेर बसिरहेका छन् । विभिन्न निकायबाट प्राप्त एक थान त्रिपाल र आफूसँग रहेको कपडाको सहारामा यो परिवार खुला आकाशमा चिसो तथा अभावसँग सङ्घर्ष गरिरहेको छ । खत्रीको आधा घर भत्किएर त्यहाँ रहेका काठदेखि अन्य सामान निकाल्न रु एक लाखभन्दा बढी खर्च हुने अनुमान छ । भिरालो जमिन भएका कारण अन्य ठाउँमा अस्थायी टहरा निर्माण गर्नका लागि पर्याप्त ठाउँ पनि छैन । नयाँ अस्थायी आवास निर्माण गर्नभन्दा भूकम्पबाट छिया, छिया भएको घरबाट सामान निकाल्न बढी रकम खर्च हुने भएपछि खत्री परिवार चिन्तित छ । अस्थायी आवास निर्माणका लागि खत्रीको खातामा अहिलेसम्म...
२५ जना सीडीओको सरूवा गृहले गर्‍यो
प्रशासन, समाचार

२५ जना सीडीओको सरूवा गृहले गर्‍यो

नेपालअखबार, काठमाडौं । गृह मन्त्रालयले २५ जना अधिकारीहरूको सरूवा गरेको छ । पाँचजना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थान भएका छन् भने एकजना कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकका रूपमा सरुवा भएका छन् । मन्त्रालयका अनुसार बाँकी सबै प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा तथा पदस्थापन भएको हो । यस्तै वरिष्ठ अधिकारीहरूको सेवा अवधिको मापदण्डभित्र रही पदस्थापन गरेको मन्त्रालयले जनाएको छ । हेर्नुहोस् सरूवा सूची :...
हराएको मोवाईल फेला पारी कास्की प्रहरीले बुझायाे
प्रशासन, समाचार

हराएको मोवाईल फेला पारी कास्की प्रहरीले बुझायाे

नेपालअखबार, पाेखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले  मंसिर महिना भरी ४१ थान मोवाईल फोन फेला पारी सम्बन्धित धनिलाई फिर्ता दिलाइएको जानकारी दिएकाे छ।  विभिन्न मिति र समयमा मोवाईल फोन हराएको तथा चोरी भएको भनी यस जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन पर्ने गरेका छ । उत्त निवेदन अनुसार यस कार्यालय तथा मतहत समेतबाट खोजतलास गर्दा गराउँदा २०८० साल मंसिरमहिना भरी ४१ थान मोवाईल फोन फेला पारी सम्बन्धित धनिलाई फिर्ता दिलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ ।  ।...
कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्‍याउने सरल उपाय खोजौ:  प्रमुख पौडेल
कृषि, प्रशासन, समाचार

कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्‍याउने सरल उपाय खोजौ: प्रमुख पौडेल

नेपालअखबार, पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले   कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्‍याउने सरल उपाय खोजि गरि कर्जा प्रवाह सजिलो बनाउन आग्रह गरेका छन् । अहिलेको प्रक्रिया केही झन्झटिलो र उत्पादनका काम नै छोडेर कृषकहरू कर्जा प्रक्रियामा  लाग्नुपर्ने गुनासो आएको भन्दै सरोकारवाला मन्त्रालयले यस विशेषमा  ध्यान दिएर सरल प्रक्रिया अबलम्बन गर्नुपर्ने  उल्लेख गरें । प्रमुख पौडेलले सो कुरा प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ कास्कीको आयोजनामा “ सहुलियत कृषि कर्जा कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रमको   शुक्रबार उद्घाटन गर्दै बताएका हुन् । पौडेलले  सरलिकृत अनुदान रकम  बितरण प्रक्रिया  सर्बसाधारण कृषकको पहुचमा नपुगेसम्म कुनै पनि कृषि उत्पादनमा देश आत्मनिर्भर हुन नसक्ने र  समृद्धिका नारा निरर्थक हुने जिकिर गरें । उनले  श्रम र बजारल...
सेवा लम्साल सचिवमा बढुवा, बनिन् पहिलो महिला परराष्ट्र सचिव
प्रशासन, समाचार

सेवा लम्साल सचिवमा बढुवा, बनिन् पहिलो महिला परराष्ट्र सचिव

नेपालअखबार, काठमाडौं । सरकारले सेवा लम्साललाई परराष्ट्र सचिवमा नियुक्त गरेको छ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई क्यानडाका राजदूत सिफारिस भएपछि लम्सालले निमित्त परराष्ट्र सचिवको रूपमा जिम्मेवारी सम्हालिरहेकी थिइन् । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षताको बढुवा सिफारिस समितिले लम्साललाई पराष्ट्र सेवाको सेवा समूहीकरणतर्फको राजपत्राकिंत विशिष्ट श्रेणीमा नियुक्त गर्न सिफारिस गरेको थियो । उनको एकल नाम सिफारिस भएकाले उनी बढुवा हुने निश्चित थियो । बिहीबारको मन्त्रिपरिषद बैठकले लम्साललाई परराष्ट्र मन्त्रालयमा पदस्थापन गर्ने गरी सचिवमा बढुवाको निर्णय गरेको हो । योसँगै लम्साल नेपालको परराष्ट्र मन्त्रालयमा पहिलो महिला सचिव बनेकी छिन् । लम्सालसँगै नेपाल सरकारको सचिवमा ९ जना महिला सचिव पुगेका छन् । २०५५ सालमा शाखा अधिकृतबाट सरकारी सेवा थालेकी लम्सालले उपसचिवबाट पररा...
चोरी गर्ने र चोरीको गहना किन्ने सुन पसलेसहित ६ जना पक्राउ
अपराध, प्रशासन, समाचार

चोरी गर्ने र चोरीको गहना किन्ने सुन पसलेसहित ६ जना पक्राउ

नेपालअखबार, काठमाडाैं। काठमाडौंमा रातको समयमा चोरी गर्ने तीन जना पक्राउ परेका छन्। काठमाडौंका शम्भूमार्गस्थित भगवती श्रेष्ठको घरबाट १ तोला सुन र १ लाख ८० हजार रूपैयाँ चोरी भएको घटनामा अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला राजापुर थाना घर भई हाल काठमाडौंको तिलगंगा बस्ने १९ वर्षीय फ्रुटी भनिने किशोर गिरी, भारतको बिहार राज्य समस्तीपुर जिल्ला ग्राम घर भई तिलगंगा बस्ने २१ वर्षीय कृष्ण पोदार र भारतको बैसालीको उखिमारपुरका १८ वर्षीय घुच्की भन्ने संजीव बाँनिया (पोदार छन्) उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार गत कात्तिक ५ गते काठमाडौं महानगरपालिका-९ विजयचोकस्थित बालकृष्ण श्रेष्ठको डेराबाट सुनका गरगहना र नगद गरी १३ लाख ५८ हजार बराबरको धनमालको चोरीमा पनि गिरी र...