३ वटा विधेयक अघि बढाउँदै प्रतिनिधिसभा
नेपालअखबार, काठमाडौं । प्रतिनिधिसभाले आज तीनवटा विधेयक अघि बढाउँदैछ ।
बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ ।
यो विधेयक ऐमा रुपान्तरित भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिन्छ ।
यसअघि पछिल्लोपटक नेपाल सरकार कार्य विधाजन नियमावली २०८३ मार्फत गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको थियो ।
कार्य विधाजन नियमावली मार्फत गरिएको संशोधनलाई कानुनी मान्यता दिन सरकारले नेपाल विशेष सेवा ऐन २०४२ मा संशोधन गर्न लागेको हो ।
यसअघि पटक-पटक राष्ट्रिय अनुसन्धान विभाग कहिले गृहमन्त्रालय त कहि...









