Sunday, November 1

राजनीति

कांग्रेसको संसदीय दलको बैठक बस्दै
राजनीति, समाचार

कांग्रेसको संसदीय दलको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नेता भीष्मराज आङ्देम्बेले बिहीबार बिहानका लागि दलको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित दलको कार्यालय बिहान ११ बजे बैठक बस्ने आङ्देम्बेको सचिवालयले जनाएको छ ।सचिवालयका अनुसार बैठक अघि बस्ने संसदीय दल कार्यसमिति बैठकले एजेन्डाहरू तय गर्ने छ ।...
गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति नागरिक अगुवाहरूको आपत्ति : शब्द फिर्ता लिएर माफी माग्न माग
राजनीति, समाचार, समाज

गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति नागरिक अगुवाहरूको आपत्ति : शब्द फिर्ता लिएर माफी माग्न माग

नेपालअखबार,काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूलाई लक्षित गरी दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति नागरिक अगुवाहरूले गम्भीर आपत्ति जनाएका छन्। गृहमन्त्रीको अराजक शैली र वचनले शासनप्रणालीको वजन घटाएको उल्लेख गर्दै उनीहरूले अभिव्यक्ति तत्काल फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न माग गरेका हुन्। भदौ २३ मा गृहमन्त्री गुरुङले दिएको समग्र अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै अधिकारकर्मी तथा सरोकारवालाहरूले त्यसको विरोध गरेका छन्। देशमा शान्ति सुरक्षा कायम गर्ने र विपद् व्यवस्थापनको अभिभारा बोकेको संवेदनशील पदमा रहेका व्यक्तिको आक्रामक टिप्पणीले पदको मर्यादा, संयम र गाम्भीर्य बुझ्न नसकेको देखिएको हस्ताक्षरकर्ताहरूको निष्कर्ष छ। गृहमन्त्रीको चयन तथा उनीमाथि लागेका आरोपको अनुसन्धान नै शंकाको घेरामा रहेको सन्दर्भमा प्रेसमाथिको आक्रमण सैह्य नहुने उनीहरूको भनाइ छ। राज्यसंयन्त्रलाई जवाफदे...
प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद् बैठक
राजनीति, समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद् बैठक

नेपालअखबार, काठमाडौँ ।  प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजे बस्ने गरी मन्त्रीपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी उक्त बैठक बोलाइएको हो। बैठकमा समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीकाे सचिवालयले जानकारी दियो। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत  र पुरस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाइएको सचिवालयकाे भनाइ छ ।...
महँगी, ग्यास अभाव र कालोबजारीविरुद्ध अखिल (क्रान्तिकारी) द्वारा देशव्यापी आन्दोलनको घोषणा
राजनीति, समाचार, समाज

महँगी, ग्यास अभाव र कालोबजारीविरुद्ध अखिल (क्रान्तिकारी) द्वारा देशव्यापी आन्दोलनको घोषणा

नेपालअखबार, काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, ग्यासको अभाव र कालोबजारीविरुद्ध देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरेको छ । संगठनका केन्द्रीय अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाद्वारा जारी परिपत्र अनुसार, जनजीविकाका सवाललाई लिएर तत्काल सडक संघर्षमा उत्रिन मातहतका सम्पूर्ण प्रदेश, जिल्ला, विश्वविद्यालय, क्याम्पस तथा पालिका कमिटीहरूलाई निर्देशन दिइएको हो। परिपत्रमा ग्यासको अभाव, कालोबजारी तथा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुहरूको बढ्दो महँगीले गर्दा आम जनताको दैनिक जीवन अत्यन्तै कष्टकर बन्दै गएको उल्लेख गरिएको छ। विपन्न परिवारको चुलो बल्न कठिन भएको, सुत्केरी आमाहरूले पेटभरि खान नपाउने अवस्था सिर्जना भएको र विद्यार्थीहरू पढ्न विद्यालय जानुको सट्टा ग्यासको लाइनमा बस्नुपर्ने बाध्यता बनेको भन्दै संगठनले सरकारको ध...
रविको लामिछानेको सम्बोधन सकिएलगत्तै प्रतिनिधिसभाबाट बाहिरिए प्रधानमन्त्री बालेन
राजनीति, समाचार

रविको लामिछानेको सम्बोधन सकिएलगत्तै प्रतिनिधिसभाबाट बाहिरिए प्रधानमन्त्री बालेन

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको सम्बोधन सकिएलगत्तै प्रधानमन्त्री बालेन बैठकबाट बाहिरिएका हुन् ।
अमेरिकाले तेल ट्यांकरमा आक्रमण गरेपछि इरानले जोर्डनमा हान्यो मिसाइल
राजनीति, विश्व, समाचार

अमेरिकाले तेल ट्यांकरमा आक्रमण गरेपछि इरानले जोर्डनमा हान्यो मिसाइल

नेपालअखबार, काठमाडौँ। अमेरिकी सेनाले इरानी तेल बोकेका पाँचवटा ट्यांकर ध्वस्त पारेको छ। इरानले अमेरिकी नौसेनाको युद्धपोतमा आक्रमणको प्रयास गरेपछि त्यसको जबाफी कारबाहीस्वरूप ती ट्यांकरमाथि आक्रमण गरिएको भनेको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्डले अनुसार मंगलबार ओमानको खाडीमा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी) ले प्रयोग गरिरहेका चारवटा कच्चा तेल बोकेका ट्यांकर र इरानको खार्ग टापुनजिक अर्को एउटा ट्यांकरमाथि आक्रमण गरी ध्वस्त पारेको बताएको छ। खार्ग टापु इरानको प्रमुख तेल उद्योग केन्द्र हो। अमेरिकी कारबाहीपछि इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण गरेको छ। उसले अमेरिकी नौसेनाका दुई युद्धपोतलाई समेत निशाना बनाएको दाबी गरेको छ। जोर्डनको सेनाले बुधबार बिहानसम्म इरानबाट प्रहार गरिएका १८ देखि वटा ब्यालिस्टिक मिसाइललाई आफ्नो सेनाले आकाशमै नष्ट गरेको  बताएका छ। ...
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अर्थ समिति र उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको हो । आज बिहान साढे ९ बजे बस्ने अर्थ समितिको बैठकमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले हालसम्म गरेका उद्दार, राहत वितरण तथा पुनर्स्थापनाका सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग छलफल गर्ने कार्यसूची छ । यसैगरी विपद्‍बाट समग्र अर्थतन्त्रमा पारेको प्रभावका सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल तथा विपद्‍पछिको क्षति र प्रभावको मूल्यांकनका सम्बन्धमा राष्ट्रिय योजना आयोगसँग छलफल गर्ने कार्यसूची छ । आजै बिहान १० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापन सम्बन्धमा छलफल हुने कार्यसूची छ । छलफलका लागि समितिले उद...
सुशासन नरहे दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन भन्ने जेनजी आन्दोलनको सन्देश हो- पूर्वप्रधानमन्त्री कार्की
राजनीति, समाचार

सुशासन नरहे दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन भन्ने जेनजी आन्दोलनको सन्देश हो- पूर्वप्रधानमन्त्री कार्की

नेपालअखबार,काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताएकी छन्। मंगलबार जेनजी आन्दोलन भएको एक वर्ष पुगेकोमा उनले सामाजिक सञ्जालमा लेख्दै आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई सन्देश दिएको बताइन्। ‘जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको छ- सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन। राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ। त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सकोस् भन्ने अपेक्षा गर्दछु,’ उनले भनिन्। उनले भदौ २३ गतेको जस्तो दिन फेरि कहिल्यै नदोहोरियोस् भनेर बताएकी छन्। उनले सुशासन र परिवर्तनका लागि सबै आआफ्नो ठाउँबाट चनाखो भएर कर...
हिउँदमा रूस-युक्रेन युद्ध मत्थर पार्न अमेरिकाले प्रयास गर्दैछ- जेलेन्स्की
राजनीति, विश्व, समाचार

हिउँदमा रूस-युक्रेन युद्ध मत्थर पार्न अमेरिकाले प्रयास गर्दैछ- जेलेन्स्की

नेपालअखबार,काठमाडौं । अमेरिकाले रूस-युक्रेन युद्धलाई आगामी हिउँदमा मत्थर पार्न र बृहत् शान्ति सम्झौताका लागि पुनः वार्ता सुरू गर्न खोजेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ ज्यारेड कुश्नरले युद्ध अन्त्य गर्ने विषयमा पहिले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग र पछि जेलेन्स्कीसँग कुरा गरेका थिए। त्यसबारे अमेरिकी अनलाइन एक्सियससँग कुरा गर्दै हिउँदअघिका साताहरूले कूटनीतिको लागि एउटा अवसर प्रदान गर्ने जेलेन्स्कीले विश्वास व्यक्त गरेका छन्। पुटिनले युक्रेनलाई कमजोर बनाउन अर्को हिउँदको सहारा लिइरहेका छन् भन्ने कुरामा आफू विश्वस्त रहेको उनले बताए। तर पुटिन अक्टोबरमा हुने अमेरिकी संसदीय चुनावअघि ट्रम्पलाई चिढ्याउन चाहँदैनन् भन्ने कुरा उनले थपे। ‘मेरो बुझाइमा पुटिनलाई ट्रम्पको आवश्यकता छ। उनी ट्रम्पलाई चिढ्...
भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव
राजनीति, समाचार

भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव

नेपालअखबार,काठमाडाैँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि उद्धार, राहत, पुनर्स्थापना र पुन र्निर्माणसम्बन्धी २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ। सो पार्टीको केन्द्रीय कार्यालयको बैठकले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, अस्थायी आवास तथा पुनस्र्थापना, अत्यावश्यक सेवा तथा पूर्वाधार पुनःसञ्चालन लगायतका विषयमा विशेष प्रस्ताव पारित गरेको हो। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा आइतबार बसेको बैठकले बाढीबाट प्रभावित क्षेत्रमा देखिएका समस्या तथा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका चुनौतीबारे छलफल गरेको थियो । बैठकले राहत, सुरक्षित आवास योजना, जोखिम मूल्याङ्कन, राष्ट्रिय जलवायु तथा विपद् कोष स्थापना, पूर्वसूचना प्रणालीको वि...