Sunday, August 2

राजनीति

पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
प्रशासन, राजनीति, समाचार

पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु

नेपालअखबार,काठमाडौँ । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्दाहेर्दै’ मा राखेर तीन दिनदेखि सुनुवाइ जारी छ । विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइराला इजलासमा सुनुवाइ सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बुस्नेतसहित १६ जनामाथि ३ खर्ब ५१ करोड रुपैयाँ बिगो मागदावी गरेको थियो । पूर्वमन्त्री मोहनबहादुर बस्नेतमाथि कुनै अध्ययनविना सोझै आफ्नो प्रस्तावमा टेरामक्स प्रविधि खरिदबारे निर्णय गरेको आरोप छ । स्वायत्त प्रकृतिको नेपाल दुरसञ्चार प्राधिकरणमाथि उनले बजेट तथा कार्यक्रम स्वीकृतिको क्रममा इन्टरनेशनल कल मोनिटरिङ र भीओआईपी नियन्त्रणका लागि उपयुक्त प्रणाली खरिद गर्ने भनी निर्णय गरेका थिए । प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झामाथि कानुनी पूर्वाधार तयार नभएको अवस्थामा ट...
प्रतिनिधि सभाबाट ४ वटा विधेयक पारित गर्ने कार्यसूची
राजनीति, समाचार

प्रतिनिधि सभाबाट ४ वटा विधेयक पारित गर्ने कार्यसूची

नेपालअखबार, काठमाडौं ।  संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। बिहान ११ बजे प्रतिनिधि सभा र दिउँसो सवा १ बजे राष्ट्रिय सभा बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभा बैठकका लागि १३ वटा कार्यसूची तय भएको छ। सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, सार्वजनिक खरिद विधेयक, सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण विधेयक, सहकारी विधेयक  र स्वास्थ्य विज्ञन प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गर्ने कार्यसूची छ। त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयको विनियोजन शिर्षकहरूमाथि समूहीकृत रुपमा छलफल हुनेछ। जसमा युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,...
हर्मुजमै अड्कियो अमेरिका र इरानबीचको वार्ता
राजनीति, विश्व, समाचार

हर्मुजमै अड्कियो अमेरिका र इरानबीचको वार्ता

नेपालअखबार, काठमाडौं । अमेरिका र इरानबीचको वार्ता हर्मजु जलमार्गकै विषयमा अड्किएको छ। इरानको आणविक कार्यक्रम, उसका सम्पत्ति फुकुवा गर्ने सर्त र ३०० अर्ब डलरभन्दा बढीको लगानी भित्र्याउने लगायत समझदारी गर्नुपर्ने विभिन्न विषय भए पनि वार्ता हर्मुजबाट अघि बढ्न नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। कतारको दोहामा अमेरिका र इरानबीच बुधबार वार्ता भएको थियो। अमेरिकी अनलाइन एक्सियसका अनुसार दुई देशबीच अप्रत्यक्ष वार्ता भएको हो। यसको मध्यस्थता कतार र पाकिस्तानी अधिकारीहरूले गरेका थिए। वार्तामा हर्मुजको विषयमा दुई देशबीच अझै सहमति नजुटेको भनेर एक्सियसले लेखेको छ। इरानले ओमानसँग मिलेर हर्मुज जलमार्गको सञ्चालनको व्यवस्था गर्ने र त्यहाँबाट आवतजावत हुने जहाजहरूबाट शुल्क उठाउने सर्त राखेको छ। अमेरिकाले भने हर्मुजमा निर्वाध आवतजावत हुनुपर्ने बताउँदै आएको छ।  उसले सम्झौतापश्चात ...
एमाले पूर्वसांसद कोइरीलाई ५ वर्ष कैद
प्रशासन, राजनीति, समाचार

एमाले पूर्वसांसद कोइरीलाई ५ वर्ष कैद

नेपालअखबार, काठमाडौं । उच्च अदालत जनकपुरले मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी थमन विकलाई सांघातिक आक्रमण गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई ५ वर्ष कैद सजाय तोकेको छ । कामू मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले केही आरोपितहरुलाई सफाई दिने भनी जिल्ला अदालतले गरेको फैसला उल्ट्याउँदै कोइरीको हकमा पाँच वर्ष कैद सजाय हुने फैसला गरेको हो । जिल्ला अदालत महोत्तरीले मंसीर, २०८० मा कोइरी सांसद पदमा बहाल रहेका बेला उनी लगायतलाई आरोपबाट सफाई दिएको थियो । घटना के हो ? मधेश आन्दोलनका बेला २५ भदौ २०७२ महोत्तरीमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो, त्यसक्रममा सशस्त्र प्रहरी बलका असई थमन विकलगायत सख्त घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि एम्बुलेन्समा राखेर जिल्ला अस्पताल जलेश्वर लगिएको थियो । त्यहाँ उप...
पार्टीभित्र लोकतान्त्रिक अभ्यास र सल्लाहको वातावरण हुनुपर्नेमा जोड : माधव नेपाल
राजनीति, विचार, समाचार

पार्टीभित्र लोकतान्त्रिक अभ्यास र सल्लाहको वातावरण हुनुपर्नेमा जोड : माधव नेपाल

नेपालअखबार, पोखरा ।  नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधवकुमार नेपालले तत्काल कम्युनिस्ट पार्टीहरू बिचको एकता कल्पना नगर्न सुझाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट एकता नहुने वक्तव्य दिएका कारण एकता अहिले सम्भव नभएको बताएका हुन् । पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कम्युनिस्ट पार्टीहरू बिचको एकताबारे भ्रममा नपरी पहिले आफ्नै सङ्गठन सुदृढीकरणमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए । ‘अहिले कम्युनिस्ट पार्टीको बिचमा एकता गर्न सम्भव छैन भनेर महामहिम केपी शर्मा ओलीजीले भन्नुभएको छ,’ उनले भने, ‘त्यसैले तत्काल कम्युनिस्ट पार्टीहरूबिच एकता हुन्छ भनेर कसैले पनि कल्पना नगरे हुन्छ । पहिले आफू बलियो बनौँ । हाम्रो पार्टी बलियो भएपछि मात्र अरूमा आशा जाग्छ र ध्यान आकर्षित हुन्छ ।’ नेता नेपालले पार्टीभित्र लोकतान्त्रिक...
अमेरिका र इरानबीच कतारमा वार्ता जारी
राजनीति, विश्व, समाचार

अमेरिका र इरानबीच कतारमा वार्ता जारी

नेपालअखबार, काठमाडौं । इरान र अमेरिकाबीच कतारको राजधानी दोहामा बुधबार वार्ता चलिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चार संस्था रोयटर्सको एक रिपोर्टले यसलाई प्रत्यक्ष वार्ता नभई ‘टेक्निकल डायलग’ भनेको छ । यो वार्ताको मध्यस्थकर्ता पाकिस्तान र कतारले गरिरहेको बताइएको छ । वार्ताको तयारीका लागि मंगलबार मात्रै अमेरिकी विशेष दूत स्टीभ बिटकफ राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जरेड कुसनर कतार पुगेका थिए । उनीहरूले कतारका प्रधानमन्त्रीसँग भेटवार्ता पनि गरेका थिए । बुधबारको वार्तामा भने उनीहरू सहभागी नरहेको बताइएको छ । यो वार्ता स्ट्रेट अफ होर्मुजमा भएको पछिल्लो सैन्य तनावपछि भइरहेकाले विशेष मानिएको छ । यसअघि १७ जुनमा अमेरिका र इरानबीच १४ बुँदे मेमोरेन्डर अफ अन्डरस्ट्यान्डिङ(एमओयू)मा सहमति जुटेको थियो । त्यसपछि २१ जुनमा स्विट्जरल्यान्डमा दुई देशका प्रतिनिधिमण्डबीच पहिलो चरणको शान्ति वार्ता भएको थियो । ...
सभामुख अर्यालसँग साउदी राजदूतको भेट
राजनीति, समाचार

सभामुख अर्यालसँग साउदी राजदूतको भेट

नेपालअखबार, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए. मनिखले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा सभामुख अर्यालले नेपालको सङ्घीय संसद् साउदी अरबको शुरा काउन्सिलसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै सङ्घीय संसद्को हालैको निर्णयअनुसार नेपाल–साउदी अरब संसदीय मैत्री समूह गठन भएको जानकारी दिए । उक्त समूहका माध्यमबाट दुवै देशका संसद्‍बीच पारस्परिक हितका विषयमा सहकार्य गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएको सभामुखको निजी सचिवालयले जनाएको छ । उनले नेपाल र साउदीबीच श्रम आप्रवासका क्षेत्रमा बढ्दो सहकार्यप्रति कृतज्ञताका साथ साउदी अरबले नेपालीलाई प्राथमिकता दिएकामा आभार व्यक्त गरे । राजदूत मनिखले साउदी अरब र नेपालबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन आफू क्रियाशील रहेको बताउँदै श्रम, व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्पर्क...
अफगानिस्तानले पाकिस्तान सीमावर्ती क्षेत्रमा प्रतिआक्रमण गरेको दाबी, फेरि तनाव चुलियो
राजनीति, विश्व, समाचार

अफगानिस्तानले पाकिस्तान सीमावर्ती क्षेत्रमा प्रतिआक्रमण गरेको दाबी, फेरि तनाव चुलियो

नेपालअखबार, काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानसँग सीमा जोडिएका क्षेत्रमा आक्रमण गरेको जनाएको छ । तालिबान प्रशासनका अनुसार उक्त आक्रमणमा पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा धेरै व्यक्ति घाइते भएका छन् । पाकिस्तानी सेनाले भने चारवटा सामान्य (नन–सैन्य) ड्रोन खसालेको दाबी गरेका छ । उसले आगामी कुनै पनि उक्साहटपूर्ण गतिविधिको ‘उचित जवाफ’ दिने चेतावनी पनि दिएको छ । दुवै पक्षका दाबीहरूलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ । यी घटनाहरू पाकिस्तानले आइतबार अफगानिस्तानभित्र गरेको हवाई आक्रमणपछि भएका हुन् । संयुक्त राष्ट्र संघका अनुसार आइतबारको आक्रमणमा २८ जना सर्वसाधारणको मृत्यु भएको थियो । तर, अफगानिस्तानले भने पाकिस्तानको आक्रमणमा आवासीय घरहरूलाई नै निशाना बनाइएको दाबी गर्दै ३६ जना सर्वसाधारणको मृत्यु र १६० भन्दा बढी व्यक्ति घाइते भएको बताएको छ...
एमाले पुनर्गठन गर्न डिजिटल मत सर्वेक्षण
राजनीति, समाचार

एमाले पुनर्गठन गर्न डिजिटल मत सर्वेक्षण

नेपालअखबार,काठमाडौ । नेकपा एमालेका युवाहरुले पार्टी पुनर्गठनबारे मत सर्वेक्षण अभियान पनि शुरु गरेका छन् । पार्टीको पुनगर्ठन कार्यदलले सीमित नेताहरुसँग मात्र सुझाव लिएकाले स्वतन्त्र मत सर्वेक्षण सुरु गरिएको उनीहरुले बताएका छन् । ‘एमाले पार्टी जीवनको कुरा नेताहरुलाई मात्रै होइन, सदस्यहरुलाई पनि उत्तिकै चासोको विषय हो,’ अभियानको नेतृत्व गरिरहेका गजेन्द्र थपलियाले भने, ‘यो मत सर्वेक्षणमा पार्टी सदस्य र स्वतन्त्र नागरिकले पनि एमालेबारे धारणा राख्न सक्नेछन् ।’ एमालेको कार्यदलले केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, जिल्लाका पदाधिकारी र जनसंगठनका पदाधिकारीहरुबाट मात्रै सुझाव लिएको छ । यसलाई अपर्याप्त भन्दै सुरु भएको डिजिटल मत सर्वेक्षणमा १८ प्रश्न राखिएको छ । जसमा पार्टी पुनगर्ठनका प्रश्नहरु समावेश छन् । कुन कमिटीका नेतालाई नेतृत्वमा ल्याउनेदेखि अर्लि महाधिवेशनको आवश्यकताबारे समेत मत प्रश्नाव...
संविधान संशोधन गर्नुपर्ने भए पनि त्यसको मेकानिजमको आधारमा गरिनुपर्ने :पूर्वप्रधानमन्त्री झलनाथ खनाल
राजनीति, विचार, समाचार

संविधान संशोधन गर्नुपर्ने भए पनि त्यसको मेकानिजमको आधारमा गरिनुपर्ने :पूर्वप्रधानमन्त्री झलनाथ खनाल

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अनाडीहरूबाट संविधान संशोधन नगरिने बताएका छन् । मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् । संविधान संशोधन एउटा लचिलो दस्तावेज भए पनि संशोधनको नाममा बाँदरको हातमा नरिवल बन्न दिन नहुने खनालको भनाइ छ । संविधान संशोधन गर्नुपर्ने भए पनि त्यसको मेकानिजमको आधारमा गरिनुपर्ने उनले बताए । देशमा अहिले राजनीतिक लगायत अनेक खालका चुनौतीहरू रहेको भन्दै उनले मुलुकको संविधानमाथि नै खतरा देखा परेको उनले बताए । खनालले भने, ‘आज यो देशमा जुनखालका चुनौतीहरू देखापरिरहेका छन् । राजनीतिक चुनौतीदेखि लिएर यो देशको अस्तित्वमाथि खतरा आइरहेको छ । गणतन्त्रमाथि खतरा आइरहेको छ । अहिलेको संविधानमाथि खतरा आइरहेको छ । संविध...