Thursday, August 13

राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक सकिँदै
राजनीति, समाचार

कांग्रेस केन्द्रीय समिति बैठक सकिँदै

नेपालअखबार,काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज सकिँदैछ । बैठक दिउँसो २ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय सदस्य र पूर्वपदाधिकारीले बोल्ने क्रम सकिएपछि पदाधिकारीले बोल्ने क्रम जारी छ । बाँकी पदाधिकारीले आजको बैठकमा बोलिसकेपछि बैठकमा पेस भएका प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने बताइएको छ । बैठकले क्रियाशील सदस्यता टुङ्गो लगाउने, भ्रातृ संस्थाहरूको अधिवेशन लगायतका विषयमा निर्णय गर्नुका साथै समसामयिक विषयमा पनि निर्णय गर्ने जनाइएको छ ।...
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्थाको बैठक
राजनीति, समाचार

सभामुख घिमिरेले बोलाए कार्यव्यवस्थाको बैठक

नेपालअखबार, काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बिहान ११ बजे बस्ने कार्यव्यवस्थाको बैठकले आज दिउँसो एक बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्ने छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे  जानकारी दिने,  घिमिरेले संघीय निजामती सेवा विधेयको प्रतिवेदन त्रुटि  छानबिन विशेष समिति गठन भएको औपचारिक जानकारी दिने लगायतको कार्यसूची छ । यसैगरी ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने तयारीसमेत छ । यस्तै ‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पनि राष्ट्रियसभाको सन्देशसहित टेबुल हुने छ । यस्तै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक...
पूर्व प्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान
राजनीति, समाचार

पूर्व प्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान

नेपालअखबार,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा पाँच दिने चीन भ्रमणमा निस्केका छन् । चीनमा हुने ‘विश्व सभ्यता संवाद’ कार्यक्रममा सहभागी हुन खनाल गए राति त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । बेइजिङको मुख्य कार्यक्रममा सहभागी हुनुअघि खनाल हेनान प्रान्तको तीन दिने भ्रमण गर्ने कार्यक्रम रहेको छ । त्यस क्रममा खनालले त्यहाँको आधुनिक कृषि अनुसन्धान केन्द्र, डिजिटल प्रविधि कम्पनी, नयाँ ऊर्जा प्रविधि कारखाना तथा ग्रामीण पुनरुत्थानका नमुना परियोजनाहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ । हेनान भ्रमणको अन्त्यमा सीपीसी हेनान प्रान्तीय कमिटीद्वारा आयोजित एक विशेष अन्तरक्रियामा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको खनालको सचिवालयले जनाएको छ  । नेकपा (एकीकृत...
प्रतिनिधिसभाको बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने छ । आजको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची तय भएको छ । यसैगरी ‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पनि राष्ट्रियसभाको सन्देशसहित टेबुल गर्ने कार्यसूची छ । यस्तै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्ने छन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने छन् । आजको बैठकमा महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदन र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदनसमेत पेस हुने सम...
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँ : कृषिमन्त्री अधिकारी
राजनीति, समाचार

समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँ : कृषिमन्त्री अधिकारी

नेपालअखबार,काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले समयमै मल र बीउ पुर्‍याउन आफूहरु लागेको बताएका छन्। प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा रासायनिक मलका विषयमा भएको छलफलका क्रममा उनले प्रत्येक वर्ष मलको समस्या दोहोरिने गरेकाले त्यस्तो अवस्था नल्याउनका लागि कानुन नै निर्माण गर्न लागेको बताए। रासायनिक मल खरिद गर्ने संस्था नै फरक स्थापना गरिनुपर्नेमा पनि मन्त्री अधिकारीले जोड दिए। रासायनिक मल खरिद गरेर ल्याउन २५० दिनभन्दा बढी लाग्ने भएकाले १५९ दिनमा झार्ने गरी निर्देशिका संशोधन गर्न लागिएको उनले बताए। एउटा वडाको मल अर्को वडामा जान १२० दिन लाग्ने गरेकाले छिटो जाने गरी व्यवस्था गर्न लागिएको पनि उनले बताए। तराईमा १० र पहाडमा १५ दिनमा एउटा वडाको मल अर्को वडामा जाने गरी व्यवस्था गरिने मन्त्री अधिकारीको प्रतिबद्धता छ । समिति सभ...
‘समयमै पार्टीको महाधिवेशन सम्पन्न गर्न क्यालेन्डर बनाऔँ’
राजनीति, समाचार

‘समयमै पार्टीको महाधिवेशन सम्पन्न गर्न क्यालेन्डर बनाऔँ’

नेपालअखबार,काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले समयमा नै पार्टीको महाधिवेशन सम्पन्न गर्न क्यालेन्डर बनाएर जानुपर्नेमा जोड दिएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने सदस्यहरूले समयसीमाभित्र पार्टीको महाधिवेशन गर्नुपर्ने र त्यसका लागि क्यालेन्डर बनाएर जानुपर्नेमा जोड दिएका हुन् । कहिदिनदेखि जारी बैठकमा विभिन्न भ्रातृसंगठन, महाधिवेशन लगायत समसामयिक विषयमा छलफल भइरहेको कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईंले जानकारी दिए । उनले वडातहदेखि केन्द्रसम्मका अधिवेशनलाई समयमा नै सम्पन्न गर्न क्यालेन्डर बनाउनुपर्ने सुझाव आएको बताए । प्रसाईंले बैठकमा संवैधानिक नियुक्तिका विषयमा सर्वोच्चको फैसला, पूर्व राष्ट्रपति राजनीतिमा फर्कने विषय लगायतका विषयमा समेत छलफल भएको उल्लेख गरे । त्यस्तै सदस्यहरूले पार्टी नेतृत्वलाई जनमत जोगाउन, संरचना सु...
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई समितिको पाँच दिनको समय
राजनीति, समाचार

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई समितिको पाँच दिनको समय

नेपालअखबार,काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिले ५ दिनको समय दिएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समितिको तर्फबाट पाँच दिनभित्र सहमति जुटाएर आउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई निर्देशन दिएका हुन्। सभापति थापाले सरकारले समितिलाई खेलौनाजस्तो बनाएको आरोप लगाए। बैठकमा यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन थप समय माग गरेका थिए। सभापति थापाले सरकारले संसदीय समिति र सांसदहरूको विचारलाई नसुन्ने प्रवृत्ति देखाएको आगामी दिनहरूमा हेक्का राख्न चेतावनी दिए। उनले भने, ‘तपाईंहरूले यो समिति कस्तो गर्नुभएको छ भने खेलौनाजस्तो बनाउनु भएको छ। कहिले बैठक बोलाऊ, कहिले बैठक स्थगित गर। यो कति पटकसम्म? अब अन्तिम ...
संशोधन अघि संविधान कार्यान्वयनको समीक्षा गर्नुपर्दछ : सिटौला
राजनीति, समाचार

संशोधन अघि संविधान कार्यान्वयनको समीक्षा गर्नुपर्दछ : सिटौला

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन अघि कार्यान्वयनको समीक्षा हुनुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा धारणा राख्दै नेता सिटौलाले कार्यान्वयनको समीक्षा गरेर मात्रै संविधान संशोधन हुनुपर्ने बताए । ‘संविधान कार्यान्वयनको समीक्षा आवश्यक छ, यो हाम्रो प्रस्ताव नै जाओस् भन्ने मलाई लागेको छ, संविधान कार्यान्वयनको समीक्षाको  विचार पार्टीले गर्नुपर्छ,’ सिटौलाले भने । संविधान कार्यान्वयनबाट जनतालाई कति उपलब्धि भयो वा भएन ? भन्ने समीक्षा हुनुपर्ने सिटौलाको भनाइ छ । संविधान कार्यान्वयन हुन नसकेको भए कारण खोजिनु पर्ने उनको तर्क छ । राष्ट्रिय सभामा सत्ता पक्षको दुई तिहाइ नरहेको सुनाउँदै सिटौलाले पार्टी बैठकमा भने, ‘सहमतिका अरु पक्षलाई लिएर जान सक्यौं भनेदेखि संविधान संशोधन सहज बन्ला, तर त्यति सजिलो छैन, संविधान संशोधनको प्रस्तावल...
केन्द्रीय सदस्य वाग्लेले उठाए संवैधानिक नियुक्तिसम्बन्धी सर्वोच्चको फैसलाको विषय कांग्रेस बैठक
राजनीति, समाचार

केन्द्रीय सदस्य वाग्लेले उठाए संवैधानिक नियुक्तिसम्बन्धी सर्वोच्चको फैसलाको विषय कांग्रेस बैठक

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले संसदीय सुनुवाइ नभई विभिन्न ५२ पदमा नियुक्त भएका पदाधिकारीहरूबारे परेको रिटमा सर्वोच्चले गरेको फैसलाबारे कुरा उठाएका छन् । जारी केन्द्रीय कार्यसमितिको आजको बैठकमा सदस्य वाग्लेले संवैधानिक पद्धतिलाई लज्जित बनाएको बताए । संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी विषय नभनी वाग्लेले बैठकमा भने, ‘हालै मात्र सर्वोच्चले गरेको जुन फैसला हो त्यसले हाम्रो संवैधानिक पद्धतिलाई लज्जित बनाएको छ । बेइज्जती गरेको छ ।’ उनले सर्वोच्चले गरेको यो फैसला कतै अज्ञात कोठाबाट नियन्त्रित ढङ्गबाट अदालतमा प्रभावित पारेर संवैधानिक अङ्गहरूमा कब्जा जमाउन खोजिएको त होइन ? भन्ने प्रश्न सृजना गरेको बताए । ‘आज सर्वोच्चले गरेको यो फैसला कतै अज्ञात कोठाबाट नियन्त्रित ढङ्गबाट अदालतमा प्रभावित पारेर संवैधानिक अङ्गहरूमा कब्जा जमाउन खोजिएको त होइन...
प्रधानमन्त्रीकाे निर्देशनमा त्रिवि सिनेट बैठक स्थगित भएकोप्रति कांग्रेस नेता महर असन्तुष्ट
राजनीति, समाचार

प्रधानमन्त्रीकाे निर्देशनमा त्रिवि सिनेट बैठक स्थगित भएकोप्रति कांग्रेस नेता महर असन्तुष्ट

नेपालअखबार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएकोप्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले असन्तुष्टि जनाएका छन्।  कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) को सिनेट बैठक स्थगित गर्न निर्देशन दिनु प्राज्ञिक संस्थाका लागि सुखद विषय नभएको महरले बताएका हुन् । ‘१५ चैतदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति पद रिक्त छ। यसबेला प्रधानमन्त्रीको निर्देशनमा त्रिवि सभाको वार्षिक बैठक रोकिनु शोभनीय विषय होइन,’ कांग्रेस केन्द्रीय समिति बैठक बाहिर केन्द्रीय कार्यालय परिसरमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै महरले भने। विश्वविद्यालय प्राज्ञिक थलो भएकाले यसलाई वार्षिक क्यालेन्डरअनुसार नै अगाडि बढाउनुपर्ने उनको धारणा छ। यसले नेपालको शिक्षाप्रति सरकार उदासीन रहेको सन्देश जानसक्ने उनले औँल्याए। विद्यालय शिक्षा ऐन लामो समयदेखि ब...