Thursday, August 13

राजनीति

शेखर कोइराला इतर समूहले कांग्रेसको अनुशासन समितिको निर्णय नमान्ने
राजनीति, समाचार

शेखर कोइराला इतर समूहले कांग्रेसको अनुशासन समितिको निर्णय नमान्ने

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसको डा शेखर कोइरालाले नेतृत्व गरेको इतर समूहले अनुशासन समितिले बुधबार २३ नेतालाई कारबाही गर्न गरेको निर्णय नमान्ने भएको छ । बिहान डा. कोइरालाको विशालनगर स्थित सम्पर्क कार्यालयमा बसेको इतर समूहका नेताहरूको बैठकले अनुशासन समितिले पार्टी नियमावली विपरीत कारबाही गरेको भन्दै नमान्ने निर्णय गरेको हो । बैठकले समितिको त्यो कार्यान्वयन नगर्न सभापति शेरबहादुर देउवालाई आग्रह गर्ने निर्णय पनि गरेको छ । उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य सञ्जय गौतमलगायत काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरू सहभागी बैठकले कारबाही विधानविपरीत र एकातर्फ भएको निष्कर्ष निकालेको केन्द्रीय सदस्य गौतमले जानकारी दिए । ‘कारबाही बिधान विपरीत र एकातर्फी भएको हाम्रो निष्कर्ष छ,’ गौतमले भने, ‘सभापति शेरबहादुर देउवालाई ...
विद्यार्थीविनाको त्रिविको सिनेट बैठकप्रति नेविसंघको आपत्ति
राजनीति, समाचार

विद्यार्थीविनाको त्रिविको सिनेट बैठकप्रति नेविसंघको आपत्ति

नेपालअखबार,काठमाडौँ। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकप्रति गम्भीर आपत्ति जनाएको छ। विद्यार्थीका आधिकारिक प्रतिनिधिहरूलाई सहभागी नगराई बोलाइएको बैठक अमान्य हुने भन्दै संघले चरणबद्ध आन्दोलनको चेतावनीसमेत दिएको छ। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा आज हुन लागेको सिनेटमा विद्यार्थीको अधिकार कुण्ठित गर्ने नियत राखेको आरोप लगाएका छन्। ´विश्वविद्यालयको प्रमुख सरोकारवाला र विधिवत् निर्वाचित प्रतिनिधिहरूलाई सहभागी नगराई गरिएको यस्तो बैठक केवल अलोकतान्त्रिक र अपारदर्शी मात्र नभई सम्पूर्ण विद्यार्थी समुदायप्रतिको गम्भीर अपमान पनि हो,´ विज्ञप्तिमा भनिएको छ। संघले त्रिविमा योग्यता र क्षमता (मेरिटोक्रेसी) का आधारमा उपकुलपति नियुक्त हुनुपर्ने माग राख्दै देशव्यापी रूपम...
माओवादीले बोलायो पदाधिकारी बैठक
राजनीति, समाचार

माओवादीले बोलायो पदाधिकारी बैठक

नेपालअखबार,काठमाडौं । समसामयिक परिस्थितिबारे छलफल गर्न भन्दै नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठक अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । पार्टी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले बाढी–पहिरोले पुर्‍याएको क्षति, सरकारको कामकारबाही लगायतका विषयमा छलफल हुने उनले बताए ।उनका अनुसार पार्टी संगठनको विषयमा पनि छलफल गर्ने तयारी छ ।...
कांग्रेसले लुम्बिनी महामन्त्री, गण्डकीका पूर्वमन्त्री र खोटाङ सभापतिसहित १८ जनामाथि गर्‍यो कारबाही
राजनीति, समाचार

कांग्रेसले लुम्बिनी महामन्त्री, गण्डकीका पूर्वमन्त्री र खोटाङ सभापतिसहित १८ जनामाथि गर्‍यो कारबाही

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले २०७९ सालमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूलाई असहयोग गरेको भन्दै १८ जनामाथि अनुशासन कारबाही गरेको छ। अनुशासन समितिको असार ९ गतेदेखि १७ गतेसम्म बसेको बैठकले तीनै तहको चुनावमा पार्टीका आधिकारिक उम्मेदवार र समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनीहरूमाथि कारबाही गरेको हो। अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले असार ९ देखि १७ गतेसम्म बसेको बैठकले कारबाही गरेको भन्दै आज मातहत समितिहरूमा पत्राचार गरेका छन्। ‘२०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरूद्ध असहयोग गरी पराजित गराउने गलत मनशायका साथ सामाजिक सञ्जाल, अडियो/भिडियो लगायत अनेकन हत्कण्डाहरू प्रयोग गरिएका प्रमाणका आधारमा पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निस्काशन/निलम्बन गर्न...
कुलपति समक्ष उपकुलपति अर्यालले लिए सपथ
राजनीति, समाचार

कुलपति समक्ष उपकुलपति अर्यालले लिए सपथ

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष नवनियुक्त उपकुलपति प्रा.डा. दिपक अर्यालले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुलपति ओलीसमक्ष उपकुलपति डा. अर्यालले सपथ लिएका हुन् । कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी थिए । शिक्षामन्त्री पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले दिपक अर्याल, खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो । जसमध्येबाट कुलपति ओलीले डा. अर्याललाई उपकुलपतिमा नियुक्त गरेका थिए । अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन् । १५ चैतमा प्रा.डा. केसरजंग बरालले राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त भएको थियो । २०५२ सालमा शिक्षण सहायकबाट त्रिविमा प्रवेश गरेका अर्याल उपकुलपति बन...
महामन्त्री शर्माले भूमि सम्बन्धी विधेयक आज संसद्मा प्रस्तुत गर्न लागिएकोमा आपत्ति जनाए
राजनीति, समाचार

महामन्त्री शर्माले भूमि सम्बन्धी विधेयक आज संसद्मा प्रस्तुत गर्न लागिएकोमा आपत्ति जनाए

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक सहमति जुटाएर मात्र अघि बढाउनुपर्ने बताएका छन् । विधेयक आज संसद्मा प्रस्तुत गर्न लागिएकोमा आपत्ति जनाउँदै उनले यो विधेयकलाई संशोधन गरेर सहमति जुटाउन जरुरी रहेको उल्लेख गरेका छन् ।  पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्नेगरि संसदमा प्रस्तुत हुनलागेकोमा आफ्नो विमति रहेको शर्माले बताए । लटरपटर गरेर विधेयक  अघि बढाउने प्रयास नगर्न उनले सरकारलाई आग्रह गरेका छन् । यसमा पूर्व सहमति या संसदीय समितिमा छलफल आवश्यक रहेको भन्दै उनले आजलाई कार्यसूचीबाट हटाउन माग गरेका छन् ।...
शिक्षा मन्त्रालयले मदरसा बोर्डको गठन नगर्नुको कारण के हो : माननीय मोहम्मद खालिद 
राजनीति, समाचार, हाइलाइट-समाचार

शिक्षा मन्त्रालयले मदरसा बोर्डको गठन नगर्नुको कारण के हो : माननीय मोहम्मद खालिद 

नेपालअखबार,काठमाडौं । माननीय मोहम्मद खालिद शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मदरसा बोर्डको गठन नगर्नुको कारण के हो ?  भनि  प्रश्न गरेका छन् । मदरसा शिक्षामा आवश्यकता अनुसारको लगानी नहुनुको र यस शिक्षालाई मान्यता नदिने तथा अधिकार सम्पन्न मदरसा बोर्डको गठन गर्न  सरकारले नसक्नु मुस्लिम समुदायको भविष्यसंग खेलवाड भएको बताए । माननीय शिक्षामन्त्री रघुजी पन्तले मदरसा बोर्डको गठन नगर्नुको कारण स्पष्ट  पार्नु भयो ।  मुलुकमा आफ्नै मौलिक पहिचानका साथ परम्परागत रूपमा विद्यालय तहसम्म सञ्चालन हुँदै आएका छन् ।  मदरसाजस्ता परम्परागत शिक्षण संस्थालाई राष्ट्रिय प्रणालीमा आबद्ध गरी प्रभावकारी रूपमा सञ्चालन, व्यवस्थान तथा नियमन गर्न र यी शिक्षण संस्थालाई प्रदान गरिने अनुदानलाई प्रभावकारी बनाई परम्परागत शैक्षिक प्रणालीको संरक्षण गर्न कै लागि नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको माननीय मन...
रामकुमारीलाई स्पष्टीकरण बुझाउन सात दिन समय थप
राजनीति, समाचार

रामकुमारीलाई स्पष्टीकरण बुझाउन सात दिन समय थप

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीले पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउने समय थप गरेको छ । सचिवालय बैठकले स्पष्टीकरण बुझाउने समय सात दिन थपेको हो । झाँक्रीले पार्टी पुनर्गठनको प्रस्ताव सहित अध्यक्ष माधवकुमार नेपाल लक्षित अभिव्यक्ति दिएकी थिइन् ।गत १४ असारमा झाँक्रीले ‘सिनो बोकेर’ हिँड्न नसकिने बताएकी थिइन् । यस्तो अभिव्यक्ति दिएपछि उनलाई स्पष्टीकरण सोधिएको थियो ।...
कांग्रेसले गरायो रसुवा बाढी प्रभावकारी उद्धारका लागि सरकारको ध्यानाकर्षण
राजनीति, समाचार

कांग्रेसले गरायो रसुवा बाढी प्रभावकारी उद्धारका लागि सरकारको ध्यानाकर्षण

नेपालअखबार,काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसले दु:ख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले वक्तव्य जारी गर्दै बाढीमा परेकाहरुको उद्धारलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण पनि गराएका छन् । वक्तव्यमा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ । ‘यो विपत्तिको समयमा उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’, वक्तव्यमा उल्लेख छ । कांग्रेसले एक्यबद्ध ढंगले प्रकोप सामनामा व्यवस्थित योजनाका साथ तत्पर रहन तीनै तहको सरकारलाई आग्रह गरेको छ । प्रकोपको बेलामा सतर्क रहन नागरिकलाई पनि आग्रह गरेको छ ।भोटेकोशीको बाढीमा परेका तीन प्रहरीसहित १८ जना सम्पर्कविहीन भएका छन् । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल एवं भन्सार क्षेत्र...
पूर्वप्रधानमन्त्री नेपाललाई प्रतिशोध साधनका लागि पतञ्जलिका नाममा जालसाजी गरि अख्तियारकाे फन्दामा अल्झाइयो
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

पूर्वप्रधानमन्त्री नेपाललाई प्रतिशोध साधनका लागि पतञ्जलिका नाममा जालसाजी गरि अख्तियारकाे फन्दामा अल्झाइयो

नेपालअखबार,काठमाडौं । वर्तमान समयमा नेपालको राजनीतिक पूर्वाग्रह र बदनियतका आधारमा बदनियतका ग्रसित देखिन्छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल विरुद्ध मुद्दा चलाएको देख्दा सरकारको वदनियति स्पष्ट देखिएको छ । पूर्वप्रधानमन्त्री नेपाल स्वच्छ छविका इमानदार, सरल जिवनयापन गर्ने नेताका रुपमा नेपाल र विश्व समुदाय माझ परिचित छन् । मन्त्रिपरिषद्‌को निर्णयलाई जसरी अख्तियार मुद्धा चलाएको छ । यसैगरि हरेक सरकारले गरेको मन्त्रिपरिषद्‌का निर्णयलाई छानविन गर्दै त्यससम्बन्धी उजुरीमाथि छानबिन कहिले भन्ने प्रश्न हरेक नेपाली जनताले गर्दै आएका छन् । पतञ्जलिको नाममा पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष नेपाललाई जालसादीमा अल्झाउने काम मात्रै भयो । सत्ता र शक्तिको दुरुप्रयोग गर्ने जोकोहिलाई म यहि भन्न चाहान्छु तपाई आफै सत्ता चुत्त भएको दिन के गर्नु हुन्छ । इमान्दार नेतालाई जालझेल बुभे ...