Saturday, August 15

राजनीति

शनिबार नागरिकता विधेयक पास गर्ने प्रतिनिधिसभाको कार्यसूची
राजनीति, समाचार

शनिबार नागरिकता विधेयक पास गर्ने प्रतिनिधिसभाको कार्यसूची

नेपालअखबार,काठमाडौँ । सङ्घीय संसद् सचिवालयले शनिबार बस्ने बैठकको सम्भावित कार्यसूची निकालेको छ ।  कार्यसूचीमा गृहमन्त्री रमेश लेखकले ‘राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ । त्यस्तै गृहमन्त्री लेखकले छलफल सकेर ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पनि पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । त्यो बाहेक बैठकमा ‘आर्थिक विधेयक, २०८२’ माथिका संशोधनहरूमाथि छलफल गर्ने र निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि राखिएको छ ।...
कांग्रेसको आग्रहपछि ‘टेक एण्ड पे’ हट्यो: देउवा
राजनीति, समाचार

कांग्रेसको आग्रहपछि ‘टेक एण्ड पे’ हट्यो: देउवा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको आग्रहपछि सरकारले बजेटबाट ‘टेक एन्ड पे’ को व्यवस्था हटाएको बताएका छन्। शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै देउवाले ठूला दुई पार्टीको गठबन्धन सरकार भएकाले कुनै निर्णयमा असमझदारी हुनसक्ने बताए। त्यसलाई ठूलो विषयका रुपमा लिन नहुने उनको भनाइ थियो। देउवाले कांग्रेसको आग्रह र सहमतिअनुसार नै सरकार अघि बढेको दाबी गरे। नेपाली कांग्रेसको महाधिवेशन समयमै हुने दावी गर्दै सभापति देउवाले विधान अनुसार हुने बताएदेउवा प्रजातन्त्र सेनानी गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा सहभागि हुन नेताहरु विमलेन्द्र निधी, सशांक कोइराला, कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरुसहित चितवन आइपुगेका हुन्।...
परराष्ट्रमन्त्री डा. राणा इटाली प्रस्थान
राजनीति, समाचार

परराष्ट्रमन्त्री डा. राणा इटाली प्रस्थान

नेपालअखबार,काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको राजधानी रोम प्रस्थान गरेकी छन् । जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि संगठन (एफएओ) कन्फ्रेन्सको ४४ औं सत्रमा सहभागी हुन मन्त्री राणा शुक्रबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । कन्फ्रेन्सको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ । परराष्ट्रमन्त्री राणाले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवं परराष्ट्र र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारी सहभागी छन् ।उक्त सम्मेलनपश्चात परराष्ट्रमन्त्री डा. राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालद्वारा आयोजित कार्यक्रमहरूमा सहभागी हुने छिन् ।...
इरानका सर्वोच्च नेताले भने– इजरायललाई बचाउन अमेरिका युद्धमा होमियो
राजनीति, विश्व, समाचार

इरानका सर्वोच्च नेताले भने– इजरायललाई बचाउन अमेरिका युद्धमा होमियो

नेपालअखबार,काठमाडौं  ।इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले राष्ट्रलाई सम्बोधन गर्ने भएका छन्।  अमेरिकाले इरान र इजरायलबीच युद्धविरामको घोषणा गरेपछि उनले पहिलो पटक राष्ट्रलाई सम्बोधन गर्ने भएका हुन्। अयातोल्लाह अली खामेनीले इरानी जनतालाई इजरायलमाथिको विजयका लागि बधाई दिएका थिए। उनले लेखेका छन्,‘म झूटा यहूदी शासनमाथिको विजयका लागि इरानलाई बधाई दिन्छु।’ उनले अमेरिका प्रत्यक्ष युद्धमा प्रवेश गरेको पनि बताए। उनले प्रत्यक्ष युद्धमा प्रवेश गरेन भने इजरायल पूर्ण रूपमा ध्वस्त हुने अमेरिकालाई लागेको बताए। खामेनीले भने,‘अमेरिकाले यस युद्धबाट केही पनि प्राप्त गरेन र इरान विजयी भएको छ। इरानले अमेरिकाको अनुहारमा कडा थप्पड हानेको छ।’ उनले करिब ९ करोड जनसंख्या भएको देश सशस्त्र सेनाको समर्थनमा काँधमा काँध मिलाएर उभिएको बताए। उनले भने,‘तेस्रो बधाई, इरानी राष्ट्रको एकताका लागि।’ खामेनीले ...
भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोवासीका लागि एउटै आयोग बनाउँदैछौंः मन्त्री अधिकारी
राजनीति, समाचार

भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोवासीका लागि एउटै आयोग बनाउँदैछौंः मन्त्री अधिकारी

नेपालअखबार,काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोवासीका मुद्दामा एकीकृत नीति लागु गर्नुपर्ने बताएका छन् । बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले सरकारले एकीकृत आयोग गठनको प्रस्ताव अगाडि सारेको बताएका हुन् । ‘अब एउटै आयोग बनाउनुपर्छ । सधैं आयोग बाँढ्ने र पाइन्छ भन्ने कुराको अन्त्य गर्नुपर्छ,’ उनले भने, ‘एकपटक अन्त्य भइसकेको कुरामा केही जोखिम उठाउने आँट पनि गुर्नपर्छ भनेर हामीले दलित र भूमिहीनको हकमा बसोवास भएको क्षेत्रमा जोखिम छ भने उनीहरूलाई पनि उपयुक्त ठाउँ हेरेर राख्ने भनेका छौं ।’ मन्त्री अधिकारीद्ये अव्यवस्थित बसोवासी, सुकुमबासी र भूमिहीनको पहिचान गर्ने जिम्मेवारी स्थानीय तहको भएको समेत बताए । सम्बन्धित पालिकाले जोखिमयुक...
सुनचाँदी व्यवसायीको रिले अनशनमा समर्थन, जायज माग पूरा गराउने प्रतिबद्धता :उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सभापति  खान
राजनीति, समाचार

सुनचाँदी व्यवसायीको रिले अनशनमा समर्थन, जायज माग पूरा गराउने प्रतिबद्धता :उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सभापति खान

नेपालअखबार,काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ़ संघर्ष समितिको नेतृत्वमा रत्नपार्कस्थित शान्तिबाटिकामा जारी रिले अनशनमा प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सभापति माननीय अब्दुल खानले समर्थन जनाएका छन् । २०८२ असार ३ गतेदेखि जारी आन्दोलनको नवौं दिन शान्तिबाटिकामा पुगेर सांसद खानले संघर्ष समितिका प्रतिनिधिहरूलाई भेट गर्दै आन्दोलनका मागहरू जायज भएको स्पष्ट पार्दै आफू समितिको सभापति मात्र नभई समस्याको समाधानमा पहलकर्ता पनि हुने बताए । “सरकारले व्यवसायी र कालिगढहरूको आवाज सुन्नैपर्छ, म आफैं यो आन्दोलनका मागहरू सम्बोधन गर्न पहल गर्छु,” सांसद खानको भनाइ थियो । संघर्ष समितिले २% विलासिता कर खारेजी, १३% भ्याट हटाउने, कोटा प्रणाली अन्त्य गरी सुनको सहज आपूर्ति, व्यवसायीमैत्री कानून निर्माण, नेपाली कालिगढहरूको सीप संरक्षण र रोजगारी सुनिश्चितता, उ...
लागुऔषध नियन्त्रण विभाग गठन गर्ने गृहमन्त्री लेखकको घोषणा
राजनीति, समाचार

लागुऔषध नियन्त्रण विभाग गठन गर्ने गृहमन्त्री लेखकको घोषणा

नेपालअखबार,काठमाडौं । लागु औषध नियन्त्रणका लागि विभाग गठन गरिने गृहमन्त्री रमेश लेखकले बताएका छन् । बिहीबार लागुऔषध दुरुपयोग तथा अवैध ओसार-पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री लेखकले उक्त कुरा बताएका हुन् । उनले आगामी आर्थिक वर्षमा सरकारले लागु औषध नियन्त्रण ब्यूरो स्थापना गर्ने बताए । लागु औषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै मन्त्री लेखकले त्यसका लागि विभाग गठन गरिने बताएका हुन् । उनले सरकारले लागुऔषधको नियन्त्रणलाई उच्च प्राथमिकता दिएको बताए । लागुऔषधलाई नियन्त्रण गर्नका लागि सरकारले आगामी आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत छुट्टै विभागको स्थापना गर्ने जानकारी दिए ।...
प्रधानमन्त्री ओली शनिबार स्पेन भ्रमणमा जाँदै
राजनीति, समाचार

प्रधानमन्त्री ओली शनिबार स्पेन भ्रमणमा जाँदै

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाने भएका छन् । उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिनेछन् । प्रधानमन्त्रीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको र स्वागतका लागि स्पेनस्थित नेपाली समुदाय आतुर र उत्साहित रहेको स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले जानकारी दिए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्रीले भ्रमणकै दौरान त्यहाँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग प...
माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश
राजनीति, समाचार

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

नेपालअखबार, काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो ।विशेष अदालतको आदेशपछि उनी धरौटी बुझाएर बुधबार नै घर जान पाउनेछन् ।...
असार १४ गते नागरिकता विधेयक पास हुन्छ : गृहमन्त्री
राजनीति, समाचार

असार १४ गते नागरिकता विधेयक पास हुन्छ : गृहमन्त्री

नेपालअखबार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यसबारे जानकारी गराएका हुन् । विधेयक छिटो पारित गर्नुपर्ने र अड्काएर राख्न नहुने उनको भनाइ थियो । ‘मैले पाएको जानकारीअनुसार १४ गते सम्मानित प्रतिनिधि सभामा पेस हुँदैछ । त्यसलाई १४ गते नै पास गर्छौं,’ गृहमन्त्री लेखकले भने, ‘चाँडो भन्दा चाँडो नागरिकताको विषयलाई पनि टुंग्याऔँ । यदी सम्भव हुन्छ भने यो महिनाभित्र यो विधेयकलाई पनि टुंगो लगाऔँ ।’ समितिले छोटो समयमा छलफल गरेर नागरिकता सम्बन्धी विधेयक समितिबाट टुंगोमा पुर्‍याएको बताउँदै १४ गते प्रतिनिधि सभाबाट पारित गर्ने बताएका हुन् । सम्भव भए नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्रै समितिबाट पारित गरेर...