Saturday, August 15

राजनीति

नेपालको बयान : पतञ्जलिको निर्णय नीतिगत, अख्तियारको क्षेत्राधिकारमा पर्दैन
राजनीति, समाचार

नेपालको बयान : पतञ्जलिको निर्णय नीतिगत, अख्तियारको क्षेत्राधिकारमा पर्दैन

नेपालअखबार,काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पतञ्जलि जग्गा खरिदमा हदबन्दी छुटको निर्णय नीतिगत निर्णय भएको दाबी गरेका छन् । विशेष अदालतमा बुधबार भएको बयानका क्रममा उनले यस्तो जिकिर गरेका हुन् । साथै, उक्त विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारभित्र नपर्ने जिकिर पनि नेपालले बयानका क्रममा गरेका छन् । थुनछेक बहसका क्रममा सरकारी वकिल कार्यालय प्रमुख मोहन सागर बस्यालले नेपालले बयानका क्रममा उक्त विषय भनेको जानकारी गराए । तर, नेपालको उक्त दाबी यथार्थ नभएको बस्यालले बहसका क्रममा जिकिर गरेका छन् । बयान सकिएलगत्तै अहिले थुनछेक बहस जारी छ । थुनछेक बहसका क्रममा अख्तियारको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्तले बहस गरेका थिए । उनलाई इजलासले केही प्रश्न पनि गरेको थियो । अहिले बस्याल बहस गरिरहेका छन् ।...
एमालेले बोलायो साउन ५ गते एमाले केन्द्रीय समिति बैठक
राजनीति, समाचार

एमालेले बोलायो साउन ५ गते एमाले केन्द्रीय समिति बैठक

नेपालअखबार, काठमाडौँ । नेकपा एमालेले आगामी साउन ५ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी साउन ५ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको हो । बैठकले दोस्रो विधान महाधिवेशन आगामी भदौ २० गते ललितपुरस्थित सनराइज हलमा बस्ने निर्णय पनि गरेको छ । त्यसैगरी विधान महाधिवेशनमा तीन वटा दस्ताबेज पेस गर्ने एमालेले निर्णय गरेको छ । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव तयार गर्नेछन् । ती प्रस्तावहरू विधान महाधिवेशनमा प्रस्तुत हुनेछन् । विधान महाधिवेशनको बाँकी काम केन्द्रीय कार्यालयले गर्नेछ । साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकअघि साउन २ गते पोलिटब्युरो बैठक बस्नेछ । केन्द्रीय कमिटी बैठकले पारित गरेको विधान संशोधन प्रस्ताव सुझावका ...
मन्त्रिपरिषद्का निर्णय यस्ता छन्
राजनीति, समाचार

मन्त्रिपरिषद्का निर्णय यस्ता छन्

नेपालअखबार, काठमाडौँ ।  सरकारले उद्योग वाणिज्य प्रवर्द्धन परिषद् आदेश, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले असार ९ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको जानकारी दिएका हुन्। उनले असार १५ गतेदेखि १९ गतेसम्म स्पेनको सेभिल्लामा आयोजना हुने Unlocking Water and Sanitation Financing Through the Heads of State Initiative विषयक कार्यक्रममा सहभागी हुन खानेपानी मन्त्रीलाई स्वीकृति प्रदान गर्ने, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने सरकारले निर्णय गरेको जानकारी दिए। यस्तै, सरकारका पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा विभिन्न मन्त्रालयका सहसचिवहरू सदस्य रहेको सात सदस्यीय अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस...
६ वटा संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

६ वटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक विधेयकमार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिवृद्धि करका सम्बन्धमा नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घले दिएको निवेदन उपर छलफल र आर्थिक विधेयकले प्रस्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरूका सम्बन्धमा समसामयिक छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगति सम्बन्धमा छलफल हुनेछ । त्यसैगरी, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि  सैद्धान्तिक छलफल हुनेछ । त्यस्तै बिहान सवा ११ बजे बस्ने सार्वजनिक नीति तथा ...
कुरामा एउटा नीतिगत र अर्कोमा नीतिगत नहुने कुरा पूर्वाग्रही हो: राजेन्द्र पाण्डे
राजनीति, समाचार

कुरामा एउटा नीतिगत र अर्कोमा नीतिगत नहुने कुरा पूर्वाग्रही हो: राजेन्द्र पाण्डे

नेपालअखबार,पोखरा। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सही ढंगले छानबिन गर्ने हो भने विगतका प्रधानमन्त्री तथा अर्थमन्त्रीहरूलाई डिल्लीबजार भवनमै भेट्न पाउने बताउनु भएको छ। पोखरामा समाजवादी प्रेस संगठन नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष पाण्डेले सहि तरिकाले छानबिन गरेमा विगतमा प्रधानमन्त्री, अर्थमन्त्री कारबाहीमा पर्ने बताउनु भएको हो। ‘आशा गरौँ वाइडबडीमा पनि आइदियोस्, गिरिबन्धु टिस्टेट, गोकर्ण सफारी पार्क, ओम्नी प्रकरणमा पनि आइदियोस्। यसको लर्को छ। यो लर्कोलाई सही ढंगबाट छानबिन गरेर कारबाही गराउने ठाउँमा पुर्‍याउने सक्यौं भने हामीले विगतमा प्रधानमन्त्री, अर्थमन्त्रीहरूलाई डिल्लीबजार भवनमै भेट्न पाउँछौँ। पाउरोटी लिएरै जान पाउँछौं,’ उहाँले भन्नुभयो। अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि लगाइएको आरोप पूर्वाग्रही पूर्ण...
‘टेक एन्ड पे’ मा प्रधानमन्त्रीको जवाफ : नराम्रो गर्ला कि जस्तो भो, हटाइयो
राजनीति, समाचार

‘टेक एन्ड पे’ मा प्रधानमन्त्रीको जवाफ : नराम्रो गर्ला कि जस्तो भो, हटाइयो

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘टेक एन्ड पे’ बजेटबाट हटाउनु परेको बारे ठट्यौली पारामा जवाफ दिएका छन् । विनियोजन विधेयकको छलफल क्रममा सदनमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘टेक एन्ड पे राम्रो गर्न ल्याइएको थियो, नराम्रो गर्ला कि जस्तो भो हटाइयो ।’यसअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको २२७ नम्बर बुँदा संशोधन गरेको प्रस्ताव गरेका थिए । टेक एन्ड पे प्रावधानका कारण सत्ता समीकरण नै संकटमा पर्नेजस्तो देखिएसँगै सरकार संशोधनका लागि तयार भएको हो ।...
विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित
राजनीति, समाचार

विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

नेपालअखबार,काठमाडौं । बजेटको सबैभन्दा महत्वपूर्ण अंग मानिने विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियोस्’ भनि प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको हो । पारित हुनुअघि उक्त विधेयकको मन्त्रालयगत विनियोजनमाथि छलफल भएको थियो । छलफलमा उठेका प्रश्नमा मन्त्रीहरुले जवाफ दिएका थिए । प्रतिनिधिसभामा विभिन्न सांसदले राखेको संशोधन समेत प्रतिनिधिसभाले अस्वीकृत गरेको छ । सो क्रममा उर्जा मन्त्रालय अन्तर्गत लिइएको ‘टेक एण्ड पे’ र ‘विलासिता कर’सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने अर्थमन्त्री विष्णु पौडेलले प्रतिवद्धता व्यक्त गरेका थिए ।...
सरकारको अन्तिम तयारी युएईमा ५ हजार घरेलु श्रमिक पठाउने
राजनीति, समाचार

सरकारको अन्तिम तयारी युएईमा ५ हजार घरेलु श्रमिक पठाउने

नेपालअखबार,काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (युएई) मा ५ हजार घरेलु श्रमिक पठाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८२ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री सरतसिंह भण्डारीले यस्तो बताएका हुन् । घरेलु श्रमिकमाथिको प्रतिबन्धले महिलाहरू अवैध र असुरक्षित बाटोबाट बिदेसिन बाध्य भएको र त्यसले थप समस्या निम्त्याएको भन्दै सुरक्षित र व्यवस्थित माध्यम अपनाउन खोजिएको मन्त्री भण्डारीले बताए । यसअघि घरेलु श्रमिक पठाउन रोक लगाउने निर्देशन दिएको संसदीय समितिले नै हालै ओमान र युएईको अध्ययन भ्रमणपछि नयाँ निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार नेपालसँग श्रम सम्झौता भएका र तुलनात्मक रूपमा राम्रो व्यवस्था भएका मुलुकमा पाइलट प्रोजेक्ट सञ्चालन गर्न लागिएको हो । ‘द्विपक्षीय श्रम सम्झौता भएको र तुलनात्मक हिसाबले राम्रो व्यवस्थ...
नेकपा एमालेले बोलायो सचिवालय बैठक
राजनीति, समाचार

नेकपा एमालेले बोलायो सचिवालय बैठक

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले बुधबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिए । बैठकमा आगामी भदौमा तोकिएको दोस्रो विधान महाधिवेशनको तयारीलगायतका विषयमा छलफल हुने छ । एमालेले दोस्रो विधान महाधिवेशन आगामी भदौ तेस्रो सातामा गर्ने निर्णय गरेको छ ।...
भिजिट भिसा प्रकरणबारे छानबिन  उच्चस्तरीय समितिको यी हुन् ९ कार्यादेश दियाे : गृहमन्त्री  लेखक
राजनीति, समाचार

भिजिट भिसा प्रकरणबारे छानबिन उच्चस्तरीय समितिको यी हुन् ९ कार्यादेश दियाे : गृहमन्त्री लेखक

नेपालअखबार,काठमाडौं । भिजिट भिसा प्रकरणबारे छानबिन गर्न सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिनसमिति बनाएको छ। सरकारले भिजिट भिसा प्रकरण गर्न बनेको उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरेको हो। त्यसबारे गृहमन्त्री रमेश लेखकले मंगलबार प्रतिनिधि सभामा जानकारी गराउँदै समितिलाई ९ बुँदे कार्यादेश दिएको बताएका छन्। ‘तत्काल गर्नुपर्ने सुधारका केही कामहरू अगाडि बढाएका छौं। तर ती मात्रै पर्याप्त नहुनसक्छन्। समग्रतामा सम्पूर्ण समस्याहरूको अध्ययन गरेर, विश्लेषण गरेर, छानबिन गरेर, ती समस्याहरूलाई समाधान गर्ने गरी अल्पकालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्ने गरेर समिति गठन गरिएको छ,’ उनले भने। भिजिट भिसा क्षेत्रमा देखा परेका समस्या समाधान गर्नका लागि अहिले तत्काल गर्नुपर्ने कामहरू प्रारम्भ भएको पनि उनले बताए। ‘तथापि विस्तृत रूपमा यो प्रतिवेदन प्राप्त भइसकेपछि ...