Friday, August 14

राजनीति

प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पास हुने
राजनीति, समाचार

प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पास हुने

नेपालअखबार,काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । विनियोजन विधेयक भनेको सरकारको वार्षिक बजेट कार्यान्वयन गर्न संसदबाट पारित गरिनुपर्ने कानुनी दस्तावेज हो । यो पारित भएपछि विभिन्न मन्त्रालय, निकाय तथा कार्यक्रमका लागि विनियोजित रकम खर्च गर्न कानुनी अनुमति मिल्छ । आजको संसद बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका समेत रहेको संघीय संसद् सचिवालयले जनाएको छ । त्यसअघि बैठकमा विभिन्न मन्त्रालयका बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्युसूची छ । आज श्रम...
युद्धविराम पूर्णतया झुट इरानी अधिकारीहरुले भने
राजनीति, विश्व, समाचार

युद्धविराम पूर्णतया झुट इरानी अधिकारीहरुले भने

नेपालअखबार,काठमाडौं । इजरायल र इरानबीच युद्धविराम भएको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई इरानी अधिकारीहरुले झुटो भनेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम भएको भने पनि, इरानी इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) सँग सम्बद्ध फार्स समाचार एजेन्सीले उच्च स्रोतलाई उद्धृत गर्दै उक्त घोषणा ‘पूर्ण रूपमा झुट’ भएको रिपोर्ट गरेको छ । उक्त नाम नखुलाइएका स्रोतले फार्सलाई भनेका छन्, ‘इरानले कुनै औपचारिक वा अनौपचारिक युद्धविराम प्रस्ताव पाएको छैन ।’ बीबीसीका अनुसार उनले केही घन्टाभित्रै इरानले इजरायललाई ‘सैन्य प्रतिक्रिया’ मार्फत ट्रम्पको घोषणा झुट भएको प्रमाणित गर्ने बताएका छन् । स्रोतका अनुसार, अमेरिकाको यो घोषणा दोहामा रहेको आफ्नै सैन्य अड्डामा इरानी आक्रमणपछि भोगेको ‘अपमानजनक पराजय’ बाट ध्यान हटाउने प्रयास मात्र हो । यद्यपि, हाल...
बालुवाटारमा सत्ता पक्षीय शीर्ष नेताको बैठक जारी
राजनीति, समाचार

बालुवाटारमा सत्ता पक्षीय शीर्ष नेताको बैठक जारी

नेपालअखबार,काठमाडौं । सत्ता पक्षीय दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । मंगलबार बिहान सत्ता पक्षीय शीर्ष नेताहरूको बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस नेता कृष्ण सिटौला, नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेल सहभागी छन् ।त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जित श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि बैठकमा सहभागी छन् ।...
हाम्रा युवामा घमण्ड छैन, कसैले पिट्न आए ओम शान्ति भन्दै बस्न पनि नहुने : प्रधानमन्त्री
राजनीति, समाचार

हाम्रा युवामा घमण्ड छैन, कसैले पिट्न आए ओम शान्ति भन्दै बस्न पनि नहुने : प्रधानमन्त्री

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा संघका नेता/कार्यकर्ताहरू घमण्डी नभएको बताउँदै कसैले पिट्न आए ओम शान्ति भन्दै बस्न पनि नहुने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । युवामा घमण्ड पसेपछि बिग्रने बाटोमा पुग्ने प्रसंग अघि सार्दै प्रधानमन्त्री ओलीले युवा संघले अन्याय नसहने र नगर्ने बताए । ‘कुनै पनि व्यक्तिभित्र घमण्ड पसेपछि ऊ बिग्रने बाटोमा जान्छ । हाम्रा युवाहरु दम्भी, घमण्डी हुनेछैनन् । क्षमतावान विनयी र शालिन हुनेछन्,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘गुण्डा हुने छैनन्, बलवान हुनेछन् । कसैले गालामा पिट्न आएमा ओम शान्ति…भनेर चाँही बस्दैनन् । त्यसकारण युवा संघले अन्याय सहँदैन र अन्याय गर्दैन भन्ने बुझाउन सक्नुपर्छ ।’ अहिले केहीले अर्थ बिनाका युवा भने उचाल्ने प्रवृत्ति बढ...
सरकारले स्वास्थ्य बिमाको ४० अर्ब बक्यौता तत्काल तिर्छ : मन्त्री पौडेल
राजनीति, समाचार

सरकारले स्वास्थ्य बिमाको ४० अर्ब बक्यौता तत्काल तिर्छ : मन्त्री पौडेल

नेपालअखबार,काठमाडौँ । सरकारले स्वास्थ्य बिमाको पुरानो बक्यौताका रूपमा रहेको ४० अर्ब  रुपैयाँ तत्काल तिर्ने भएको छ । सोमबार प्रतिनिधिसभामा सांसदहरूले सोधेको जवाफ दिँदै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको ४० अर्ब बक्यौता तत्काल फछ्र्यौट गर्ने प्रतिबद्धता जनाएका हुन् । अहिले बिमाको वार्षिक खर्च २४ अर्ब हुने मन्त्री पौडेलको भनाइ छ ।  यदि सरकारले आवश्यक रकम पुरा गर्न नसक्ने हो भने आम्दानीको वैकल्पिक बाटो खोज्नुपर्ने मन्त्री पौडेलले आग्रह गरे । सबैलाई बिमामा जोड्न आवश्यक रहेको समेत उनले बताए ।सरकारी संगठित क्षेत्रबाट बिमालाई एक वर्षमा ४० अर्ब आम्दानी हुने मन्त्री पौडेलले बताए । यस्तै गैरसरकारी क्षेत्रको संगठित दायरालाई बिमासँग जोड्दा एक वर्षमा १ अर्ब भन्दा धेरै आम्दानी गर्न सकिने मन्त्री पौडेलको जिकिर छ । सरकारले स्वास्थ्य बिमालाई धान्न नसक्ने भए संगठित क्षेत्रलाई बिमासँग ...
मन्त्रिपरिषद् बैठक साँझ ७ बजे
राजनीति, समाचार

मन्त्रिपरिषद् बैठक साँझ ७ बजे

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । सोमबार साँझ ७ बजे बस्ने गरी बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । सोमबारको बैठक भएकाले सरकारका नियमित काम कारबाहीबारे छलफल र निर्णय हुने बताइएको छ ।
इरानले होर्मुज स्ट्रेट बन्द गरेपछि अमेरिकाले चीन गुहार्‍यो ?
राजनीति, विश्व, समाचार

इरानले होर्मुज स्ट्रेट बन्द गरेपछि अमेरिकाले चीन गुहार्‍यो ?

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको द्विविधयुक्त अभिव्यक्तिका बीच अमेरिकाले इरानमाथि हवाइ आक्रमण गर्‍यो । इजरायलसँग युद्ध गरिरहेको इरानले अमेरिकी हमलाको प्रत्युत्तरमा होर्मुज स्ट्रेट बन्द गर्ने धम्की मात्र दिएन, सोमबार यो निर्णय इरानको संसदले सर्वसम्मत रूपमा नै गर्‍यो । अब इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अन्तिम स्वीकृति दिएसँगै यो निर्णय कार्यान्वयनमा जानेछ । इरानी संसदको यो निर्णयको प्रतिक्रियामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानको यो निर्णय रोक्न चीनलाई गुहारेका छन् । उनले  होर्मुज स्ट्रेट बन्द गर्ने इरानी निर्णय रोक्नबाट चीनले रोक्नुपर्ने आग्रह गरेका हुन् । आइतबार फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा रुबियोले भने, ‘म चीन सरकारलाई उनीहरूले इरानसँग फोनमार्फत कुरा गरून् भन्न चाहन्छु । किनभने चीन पनि आफ्नो तेलका लागि होर्मुज स्ट्रेटमा ठूलो ...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो
राजनीति, समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेको छ । यही असार १५ गते बीपी स्मृति भवन सानेपामा तय गरिएको बैठक १६ गतेका लागि सारिएको हो । बैठक १६ गते १ बजे बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । विशेष कारण देखाएर बैठकको मिति सारिए पनि स्थान भने सारिएको छैन ।...
रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधि सभा बैठक
राजनीति, समाचार

रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधि सभा बैठक

नेपालअखबार,काठमाडौँ ।  प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबारको प्रतिनिधि सभा बैठक बहिस्कार गरेको छ। बिहान ११ बजेपछि प्रतिनिधि सभा बैठक सुरू हुने बित्तिकै रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले सांसद शिव नेपालीलाई बोल्न समय दिएका थिए। उनले मानव तस्करी, भ्रष्टाचार र कुशासन विरूद्ध रास्वपाको अडान स्पष्ट रहेको बताए। तर जनताको पक्षमा बोलेकै कारण रास्वपाको आवाज दबाउने प्रयत्न भइरहेको बताए। 'सरकारले जनताको मुद्दा उठाउनुलाई नै अपराध ठान्न थालेको हो?,' उनले भने। 'मानवतस्करीजस्तो अपराधमा सरकार किन मौन छ?  उच्चस्तरी संसदीय वा न्यायिक छानबिन समिति गठनको माग किन बेवास्ता भइरहेको छ?  गृहमन्त्री आफैले तोकेको नैतिक मापदण्डमा किन असफल हुनुभयो?,' उनले अगाडि भने। सांसद नेपालीले आफूहरूको माग सुनुवाइ नभए संसद बहिस्कार गर्ने घोषणा गरेपछि रास्वपाक...
प्रतिनिधिसभाको बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको छैटौँ अधिवेशनको ३७ औँ बैठक बस्दै छ । बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको हो । महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको सम्भावित कार्यसूचीमा मन्त्रीहरूले विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने रहेको छ । विनियोजन विधेयक, २०८२ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, ख...