Friday, August 14

राजनीति

समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस्: प्रधानमन्त्री
राजनीति, समाचार

समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस्: प्रधानमन्त्री

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बकर इदको शुभकामना व्यक्त गरेका छन्। आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले पवित्र पर्व इद–उल–अज्हाको अवसरमा स्वदेश तथा विदेशमा सबैलाई शुभकामना व्यक्त गरेका हुन्। ‘बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक हाम्रो देशमा यस पर्वले आपसी सद्भाव, सामाजिक एकता र राष्ट्रिय एकतालाई अझ बलियो बनाओस्, न्यायपूर्ण, सहिष्णु र समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस्,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘इद मुबारक ! मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ।’ इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ।...
अध्यक्ष नेपालद्धारा बकर इदको शुभकामना
राजनीति, समाचार

अध्यक्ष नेपालद्धारा बकर इदको शुभकामना

नेपालअखबार,काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालल मुस्लिम समुदायको महान पर्व बकर इदको शुभकामना दिनुभएको छ। शनिबार एक विज्ञप्ति जारीगर्दै अध्यक्ष नेपालल बकर इदको अवसरमा इस्लाम धर्मावलम्वी सहित सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवम् समृद्धिको लागि  शुभकामना व्यक्त गुर्नभएको हो। जारी विज्ञप्तिमा भनिएको छ, 'नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो। धार्मिक सहिष्णुताको दृष्टिले नेपाली समाज उदाहरणीय छ।सबै समुदायका नागरिक आपसी प्रेम र सद्भावका साथबाटै आएका छन् ।विभिन्न समुदायका चाडपर्व र धर्म संस्कृतिले हाम्रो राष्ट्रिय एकतालाई बलियो बनाएको छ। भातृत्व र पारिवारिक मिलनका साथै मानवीयताको पर्वका रुपमा मनाइने इद(उल(अजाहले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्ने मैले विश्वास लिए...
बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल
राजनीति, समाचार

बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इद उल अज्हा (बकर इद)ले  राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । मुस्लिम समुदायको महान् पर्व बकर इदको पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले सो विश्वास व्यक्त गरेका हुन् । मुस्लिम समुदायबाट यस पर्वको अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गर्ने र खुलास्थान, इदगाह वा मस्जिदहरूमा गई इद उल अज्हाको नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एकापसमा शुभकामना साटासाट गर्दै हर्षोल्लासका साथ यो पर्व मनाउने गरिन्छ । उनले भने, “विश्वास, समर्पण र समाज सेवाको सन्देश बोक्ने यस्ता चाडपर्वले विश्वको विभिन्न स्थानमा छ...
नागरिकता विधेयक चालु अधिवेशनमै संसदमा लैजान्छौं: रामहरि खतिवडा
राजनीति, समाचार

नागरिकता विधेयक चालु अधिवेशनमै संसदमा लैजान्छौं: रामहरि खतिवडा

नेपालअखबार । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले नागरिकता विधेयक चालु अधिवेशनमै संसदमा लैजाने तयारी रहेको बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति खतिवडाले विधेयक छिटो पारित गरेर समस्यामा रहेका नेपाली नागरकलाई सहजता प्रदान गर्ने लक्ष्यअनुसार काम भइरहेको बताएका हुन्। ‘अब बेलायती सेनामा रहनुभएका ब्रिटिश गोरखासँग र एनआरएनसँग पनि छलफल गर्छौं । यो सरोकारवाला विषय भएकाले छलफल गर्नेछौं। एक पटक बेलायती सेनामा रहनुभएका साथीहरु र एनआरएनका केही पूर्वअध्यक्षहरुसँग छलफल गर्छौं,' उनले भने। त्यसपछि समितिमा दफावार छलफल गरेर यही अधिवेशनमै विधेयक लैजाने विषयमा समितिका सदस्यहरूबीच एकमत रहेको सभापति खतिवडाले बताए। समितिको बैठकमा आज नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल भएको थियो।...
गैरआवासीय नेपालीको माग सम्बोधन गर्न बेग्लै विधेयक आवश्यक पर्छ : गृहमन्त्री लेखक
राजनीति, समाचार

गैरआवासीय नेपालीको माग सम्बोधन गर्न बेग्लै विधेयक आवश्यक पर्छ : गृहमन्त्री लेखक

नेपालअखबार,काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली सम्बन्धी विधेयक ड्राफ्ट भइसकेको बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकताको विषयलाई सम्बोधन गर्नका लागि बेग्लै विधेयक आवश्यक हुने बताए । गैरआवासीय नेपालीलाई नागरिकता दिँदा संविधानको भावनाअनुसार राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको नागरिकता दिइने लेखकले बताए । विभिन्न मन्त्रालयहरूमा राय, परामर्शहरूका लागि पनि विधेयक गइसकेको र सरकारले चाँडै मन्त्रीपरिषद्को सहमतिका साथ सदनमा लैजाने उनले बताए । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ छिटो टुङ्ग्याउन उनले आग्रह गरे । नागरिकता विधेयक टुङ्गिएसँगै विभिन्न पीडामा रहेका नागरिकहरूको समस्या समाधान हुने बताए । गृहमन्त्री लेखकल...
चाँडै चीन भ्रमण जाँदै छन् ट्रम्प
राजनीति, विश्व, समाचार

चाँडै चीन भ्रमण जाँदै छन् ट्रम्प

नेपालअखबार,वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण गर्ने योजनामा ​​छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा कुरा गरेपछि उनले यस्तो बताएका हुन् । उनले सीलाई पनि अमेरिका भ्रमणको लागि निम्तो दिएका छन् । तर  दुवै देशले अहिलेसम्म आधिकारिक रूपमा कुनै भ्रमणको पुष्टि गरेका छैनन् । चिनियाँ मिडियाका अनुसार, ह्वाइट हाउसको अनुरोधमा दुई नेताहरूले फोनमा कुरा गरेका हुन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा लेखेका छन् दुई बीचको कुराकानी डेढ घण्टासम्म चलेको थियो । यस अवधिमा धेरैजसो कुराकानी व्यापारबारे थियो । उनले यो पनि लेखेका छन् कि परिणाम दुवै देशका लागि सकारात्मक थियो । ओभल अफिसमा जर्मन चान्सलर फ्रेडरिक मेट्र्जसँगको भेटमा ट्रम्पले भने, ‘सी जिनपिङले मलाई चीन आउन आग्रह गरे र मैले उनलाई अमेरिका आउन आमन्त्रित गरेँ । हामी दुवैले यो प्रस्ताव स्वीकार गरेका छौँ ।’ आफू श्...
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
राजनीति, समाचार

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेर विपक्षी दलहरुले अवरुद्ध गर्दै आएको संसद बैठक आज पनि बस्दै छ । आज संघीय संसद्को दुवै सदनको बैठक बोलाइएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक  दिउँसो १ः१५ बजे बस्ने गरी निर्धारण भएको छ । प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस हुने सम्भावित कार्यसूची छ ।यस्तै, राष्ट्रियसभाको बैठक‍मा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने छ ।...
अध्यक्ष माधव नेपालले भने पार्टी बैठकपछि नबिराउनू, नडराउनू
राजनीति, समाचार, हाइलाइट-समाचार

अध्यक्ष माधव नेपालले भने पार्टी बैठकपछि नबिराउनू, नडराउनू

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध दायर भएको मुद्दामा पार्टीका शीर्ष नेताहरूसहित कानुनविद्हरूसँग छलफल गरेका छन् । पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बिहीबार अपरान्ह उनले छलफल गरेका हुन् । अख्तियारले मुद्दा दायर गर्दा नेपाल रौतहटमा थिए । मुद्दा दर्ता भएपछि उनी काठमाडौं फर्किएका थिए । लगत्तै बसेको पार्टी बैठकले अख्तियारको यो निर्णयलाई प्रतिशोधपूर्ण भनेको छ । त्यस्तै, अध्यक्ष नेपालले पनि प्रतिशोधपूर्ण र पूर्वाग्राही ढंगबाट मुद्दा दायर भएको जिकिर गरे । ‘नबिराउनू, नडराउनू । अरु कुरा कानुनी कुरा छन्,’ बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘कानुनविद्हरूसँग पनि परामर्श भएको छ ।’...
अध्यक्षविरुद्धको मुद्दा सरकारी षड्यन्त्र हो : घनश्याम भुसाल
राजनीति, समाचार, हाइलाइट-समाचार

अध्यक्षविरुद्धको मुद्दा सरकारी षड्यन्त्र हो : घनश्याम भुसाल

नेपालअखबार,  काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी र नेतृत्वविरुद्ध हुने कुनै पनि षड्यन्त्रको प्रतिवाद गरिने बताएको छ । पार्टी महासचिव घनश्याम भुसालले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारबाट हुने कुनै पनि षड्यन्त्रको प्रतिवाद गर्ने जनाएका हुन् । ‘वर्तमान सरकारले राजनीतिक बदलाको भावनाबाट प्रेरित रही हाम्रो पार्टीका विरुद्ध विगतदेखि नै षडयन्त्रहरू गर्दै आएको कुरा विभिन्न बेलामा देखिएको र तिनलाई हामीले सार्वजनिक गर्दै आएका थियौं,’ भुसालले भनेका छन्, ‘यो हाम्राविरुद्ध षड्यन्त्र अर्को घटना हो भन्ने हाम्रो ठहर छ । यस्तो कुनै पनि षड्यन्त्रको प्रतिवाद गरिनेछ ।’ पतञ्जलि जग्गा प्रकरणमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । यसलाई एकीकृत समाजवादीले पार्टीविरुद्धको षड्यन्त्र भन...
हाम्रो पार्टी अध्यक्षमाथि राज्यले प्रतिशोध साध्यो: वरिष्ठ उपाध्यक्ष पाण्डे
राजनीति, समाचार

हाम्रो पार्टी अध्यक्षमाथि राज्यले प्रतिशोध साध्यो: वरिष्ठ उपाध्यक्ष पाण्डे

नेपालअखबार, काठमाडौँ।नेकपा(एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि राज्यले प्रतिशोध साँधेको बताउनु भएको छ। उहाँले मन्त्री परिषदले गरेका निर्णयमाथि मुद्धा चलाउदै जाने हो भने विगतका कुनै पनि प्रधानमन्त्री नबच्ने चेतावनी दिनु भएको छ। पार्टी अध्यक्ष नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा पाण्डेले मन्त्रिपरिषद्का सबै निर्णय भ्रष्टाचारजन्य मुद्दा बन्न सक्ने बताउनुभयो। अब कुनै पनि प्रधानमन्त्री वा मन्त्रिपरिषदले महत्वपूर्ण निर्णय नगर्ने बताउँदै उहाँले भन्नुभयो, ‘विगतमा भएका क्याबिनेट बैठकका निर्णयहरु सबै भ्रष्टाचारजन्य केस बन्न सक्छन्। त्यसो हुनाले कोही पनि प्रधानमन्त्रीहरु बच्नेवाला छैनन्। र अर्को कुरा कनै पनि प्रधानमन्त्री वा क्याबिनेटले अब कुनै ठूलो महत्वपूर्ण निर्णय ...