Friday, August 14

राजनीति

भारत भागेकी पूर्वप्रधानमन्त्री हसिनालाई बंगलादेशले चलायो मानवता विरूद्धको अपराधको मुद्दा
राजनीति, विश्व, समाचार

भारत भागेकी पूर्वप्रधानमन्त्री हसिनालाई बंगलादेशले चलायो मानवता विरूद्धको अपराधको मुद्दा

नेपालअखबार, काठमाडौं । बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरूद्धको अपराधको मुद्दा चलाएको छ। गत वर्षको विद्यार्थी-नेतृत्वको विद्रोहको दौरान हिंसात्मक दमन गरेको भन्दै हसिना र दुई वरिष्ठ अधिकारीलाई सरकारी वकिलले आइतबार औपचारिक रूपमा मानवता विरूद्धको अपराधको अभियोग लगाएको भनेर ब्लुमबर्गले लेखेको छ। एउटा अनुसन्धान प्रतिवेदनले हसिनाले सुरक्षा निकायरू, उनको राजनीतिक दल अवामी लिग र सम्बद्ध समूहहरूलाई ठूलो संख्यामा हताहत हुने गरी दमन गर्न प्रत्यक्ष रूपमा आदेश दिएको पत्ता लगायो भनेर सरकारी वकिलहरूले दावी गरेका छन्। ‘यी हत्याहरू योजनाबद्ध थिए,’ मुख्य अभियोजक ताजुल इस्लामले टेलिभिजनमा प्रसारित सुनुवाइमा भने भनेर ब्लुमबर्गले जनाएको छ। सो समयमा सरकार प्रमुखको रूपमा हसिनाको सुरक्षा बलको कारबाहीको लागि ‘कमान्ड रेस्पोन्सिबिलिटी’ (आफू मातहतकाले गरेको अपराधको जिम्मेवारी) ठहरिने पन...
परराष्ट्रमन्त्री राणा हङकङबाट स्वदेश फिर्ता
राजनीति, समाचार

परराष्ट्रमन्त्री राणा हङकङबाट स्वदेश फिर्ता

नेपालअखबार,काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको विशेष प्रशासकीय क्षेत्र हङकङबाट स्वदेश फर्किएकी छन् । चीन सरकारले यही जेठ १६ गते आयोजना गरेको अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर मन्त्री राणा गएराति स्वदेश फर्किएकी हुन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा समारोहमा सहभागी हुन मन्त्री राणा गत बुधबार हङकङ गएकी थिइन् । अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने सम्बन्धी महासन्धिको हस्ताक्षर कार्यक्रममा नेपाल पर्यवेक्षकका रुपमा सहभागी भएको हो । उक्त महासन्धिमा ३२ मुलुकले हस्ताक्षर गरेका थिए । हस्ताक्षर गर्ने सो समारोहमा ५० भन्दा बढी मुलुक र २० भन्दा बढी अन्तर्राष्ट्रिय संघसंगठन सहभागी भएका थिए । उक्त संगठनले विभिन्न देशबीच, एक देश र अर्काे देशको कम्पनी वा नागरिकबीच एवं विभिन्न मुलुकका निजी व्यवसायहरूबीचक...
पाकिस्तानले ‘फाइटर जेट’ खसालिदिएको कुरा भारतले पहिलो पटक स्वीकार गर्‍यो
प्रशासन, राजनीति, विश्व, समाचार

पाकिस्तानले ‘फाइटर जेट’ खसालिदिएको कुरा भारतले पहिलो पटक स्वीकार गर्‍यो

नेपालअखबार, काठमाडौं । भारतले आफ्नो फाइटर जेट पाकिस्तानले खसालिदिएको कुरा पहिलोपटक स्वीकार गरेको छ। गत महिना पाकिस्तानसँगको संघर्षका क्रममा भारतको फाइटर जेट खसेको कुरा भारतीय सशस्त्र बलका रक्षा प्रमुख अनील चौहानले स्वीकार गरेका हुन्। चार दिनसम्म भएको भारत-पाकिस्तान संघर्षमा पाकिस्तानले भारतको ६ वटा लडाकू विमान खसालिदिएको दाबी गरेको थियो। त्यसमा भारतले लगातार अस्वीकार गर्दै आएको थियो। शनिबार चौहानले भने घुमाउरो पाराले पाकिस्तानले भारतको लडाकू विमान खसालिदिएको कुरा स्वीकार गरेका हुन्। शनिबार सिंगापुरमा एसियाली देशहरूका रक्षा प्रमुखकहरूको प्रमुख मञ्च शांग्रिला डायलगबीच अमेरिकी पत्रिका ब्लुमबर्गका पत्रकारले चौहानलाई भारतको लडाकू विमान खसालेको पाकिस्तानको दाबीबारे सोधेका थिए। जबाफमा चौहानले पाकिस्तानको उक्त दाबीलाई गलत भने। 'उनीहरूको दाबी हाम्रा लागि महत्त्व राख्दैन,' उनले भने, '...
अमेरिकाले राखेको युद्धविराम प्रस्तावमा हमासले राख्यो संशोधन
राजनीति, विश्व, समाचार

अमेरिकाले राखेको युद्धविराम प्रस्तावमा हमासले राख्यो संशोधन

नेपालअखबार,काठमाडौं । इजरायलसँग लडिरहेको हमासले अमेरिकाले राखेको ६० दिनको युद्धविराम प्रस्ताव संशोधन हुनुपर्ने माग राखेको छ । १० जना इजरायली बन्धकहरूलाई जिउँदै र १८ जना बन्धकहरूको शव फिर्ता गर्न तयार रहेको बताएको छ । तर त्यसको बदलामा केही प्यालेस्टिनी कैदीहरू रिहा हुनुपर्ने उसको माग छ । साथै आफ्ना पुराना मागहरू दोहोर्याउँदै हमासले भनेको छ– स्थायी युद्धविराम (युद्धको पूर्ण अन्त्य) हुनुपर्छ, सबै इजरायली सेना गाजाबाट फिर्ता हुनुपर्छ र निरन्तर मानवीय सहायता सुनिश्चित गर्नुपर्छ । यी मागहरू अमेरिकाले प्रस्तुत गरेको हालको युद्धविराम प्रस्तावमा समावेश छैनन् । हमासले अमेरिकी प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार पनि नगरेको र स्पष्ट रूपमा स्वीकार पनि नगरेको बीबीसीले जनाएको छ । अमेरिकी अधिकारीले भने इजरायलले युद्धविराम प्रस्ताव स्वीकार गरिसकेकाले अब हमासले पनि स्वीकार गर्नुपर्ने बताएका छन् । ...
चीनले एसियामा सैन्य बल प्रयोग गर्ने तयारी गरिरहेको छ : अमेरिकी रक्षामन्त्री
राजनीति, समाचार

चीनले एसियामा सैन्य बल प्रयोग गर्ने तयारी गरिरहेको छ : अमेरिकी रक्षामन्त्री

नेपालअखबार,सिंगापुर । अमेरिकी रक्षामन्त्री पीट हेगसेथले एसियामा शक्ति सन्तुलन बिगार्न चीनले सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको चेतावनी दिँदै अमेरिका हिन्द–प्रशान्त क्षेत्रमा ‘रहिरहन’ तयार रहेको बताएका छन् ।सिंगापुर । अमेरिकी रक्षामन्त्री पीट हेगसेथले एसियामा शक्ति सन्तुलन बिगार्न चीनले सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको चेतावनी दिँदै अमेरिका हिन्द–प्रशान्त क्षेत्रमा ‘रहिरहन’ तयार रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले व्यापार, प्रविधि र विश्वका रणनीतिक कुनाहरूमा प्रभावका विषयमा बेइजिङसँग छलफल गरिरहेका बेला अमेरिकी रक्षा मन्त्रीले सिङ्गापुरमा आयोजित वार्षिक सुरक्षा मञ्चमा उक्त टिप्पणी गरेका हुन् । जनवरीमा पदभार ग्रहण गरेदेखि ट्रम्पले चीनसँग दण्डनीय व्यापार युद्ध सुरु गरेका छन् । उनले प्रमुख एआई टेक्नोलोजीहरूमा चीनको पहुँचलाई रोक्न खोजेका छन् र बेइजिङस...
बजेटको कार्यान्वयन पनि सकारात्मक रुपमा हुने विश्वास गर्न आग्रह  : अर्थमन्त्री पौडेल
राजनीति, समाचार

बजेटको कार्यान्वयन पनि सकारात्मक रुपमा हुने विश्वास गर्न आग्रह : अर्थमन्त्री पौडेल

नेपालअखबार, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने गरी आएको बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन । उनले सरकारले ल्याएको बजेट सकारात्म रहेको प्रक्रिया आएकाले बजेटको कार्यान्वयन पनि सकारात्मक रुपमा हुने विश्वास गर्न आग्रह गरे । ७.५ प्रतिशतको आर्थिक वृद्धिदर आहिसल गरेको विगत भएकाले ६ प्रतिशतको वृद्धिदर हासिल सम्भवन रहेको उनको भनाइ छ । अर्थमन्त्री पौडेलले भने, ‘बजेट निर्माणका सिद्धान्तलाई अनुसरण गरेर निर्माण गरिएको छ । सीमा पालना गरेर बजेट आएको छ । स्रोत व्यवस्थापन गरेर नै बजेट निर्माण गरिएको छ । राजस्वको अनुमान आगामी आर्थिक वर्षमा लक्ष्यहासिल हुने विश्वास छ । आर्थिक वर्ष सकिदै गर्दा प्रश्न गर्न सक्ने अवस्था आउन द...
परराष्ट्र मन्त्री राणा र चिनियाँ विदेश मन्त्रीबीच भेटवार्ता
राजनीति, समाचार

परराष्ट्र मन्त्री राणा र चिनियाँ विदेश मन्त्रीबीच भेटवार्ता

नेपालअखबार,काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा र चीनका विदेश मन्त्री वाङ यीबीच शुक्रबार हङकङमा भेटवार्ता भएको छ। विदेश मन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा रहेकी मन्त्री राणा र चिनियाँ विदेश मन्त्रीबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा नेपाल-चीन सम्बन्ध, आपसी हित, साझा चासो र सरोकारका साथै यस वर्ष दुवै देशले मनाइरहेका नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षका विषयहरूमा कुराकानी भएको थियो। मन्त्री राणाले नेपालले चीनसँगको सम्बन्धलाई महत्त्व दिँदै आएको प्रसंग उल्लेख गर्दै एक असल मित्रराष्ट्रका रुपमा नेपालको आर्थिक, सामाजिक विकासका क्षेत्रमा विगत लामो समयदेखि चीनले पुर्याउँदै आएको सहयोग...
सदनको अवरोध हटाउन सभामुखले बोलाए बैठक
राजनीति, समाचार

सदनको अवरोध हटाउन सभामुखले बोलाए बैठक

नेपालअखबार,काठमाडौँ । सदनको अवरोध हटाउने र बजेटमाथिको छलफलको समय निर्धारणका लागि छलफल गर्न सभामुख देवराज घिमिरले संसदमा प्रतिनिधित्व गर्ने दलका सचेतकहरूको बैठक बोलाएका छन् । शुक्रबार ११ बजे मुख्यसचेतक र प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएको सभामुखको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सभामुख घिमिरेले शुक्रबार मध्याह्न १२ बजे प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएका छन् । विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको भन्दै सदन अवरोध गर्दै आएका छन् । यद्यपि उनीहरूले गृहमन्त्रीको राजीनामा र छानबिन आयोग गठन नभएसम्म बजेट पेस गर्न दिए पनि अन्य काम–कारबाहीका लागि सदन चल्न नदिने बताउँदै आएका छन् ।...
गणतन्त्रका नेतृत्व जुवाडेजस्ता भए: घनश्याम भूसाल
राजनीति, समाचार

गणतन्त्रका नेतृत्व जुवाडेजस्ता भए: घनश्याम भूसाल

नेपालअखबार,पोखरा । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले गणतन्त्रको नेतृत्व जुवाडेजस्तो भएको टिप्पणी गरेका छन्। पार्टीको पोखरा महानगरपालिकाको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै महासचिव भूसालले गणतन्त्रका नेतृत्वलाई जुवाडे समूहको संज्ञा दिएका हुन्। ‘आज गणतन्त्रको, खासगरी नेतृत्वका तहमा हेर्नुहुन्छ भने यी जुवाडेजस्ता भए, गणतन्त्रको नेतृत्व वास्तवमा जुवाडेहरूको एउटा समुदायजस्तो भयो,’ उनले भने, ‘आज एउटाले जित्यो, चौका.. छक्का हान्यो.., उसले दुनियाँसँग गफ गर्दै, दुनियाँलाई हेप्दै, मनपरी बोल्दै हिँडेको छ।’ गणतन्त्रको जुवामा हार्ने चाहिँ रूँदै, कराउँदै हिँडेको भन्दै भूसालले टिप्पणी गरे। ‘बलिन्द्रधारा आँसु चुहाउँदै मलाई सत्ताबाट निकाले, सत्तामा जान दिएनन् भन्दै त्यही सत्ताका लागि रूँदैछ,’ उनले भने। सत्ताबाट हटेकोले गणतन्त्रको संस्थागत विकासका लागि जिम्मेवारी महसुस नगरेको उ...
पूर्वराजालाई नेपालको सुझावः शासनमा फर्कन चुनावबाहेक अर्को बाटो छैन
राजनीति, समाचार

पूर्वराजालाई नेपालको सुझावः शासनमा फर्कन चुनावबाहेक अर्को बाटो छैन

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी प्रतिस्पर्धाबाट जनताको मत जितेर शासनमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । गणतन्त्र दिवसको अवसरमा एकीकृत समाजवादीले बिहीबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले जनताले फालेको राजतन्त्र अब फर्कन नसक्ने बताए । ‘चुनावी प्रक्रियामा गएर जनताको मन जितेर आए हुन्छ । प्रधानमन्त्री बने पनि हुन्छ,’ उनले भने, ‘ज्ञानेन्द्र शाह शासनमा फर्कने अर्को बाटो छैन ।’ पूर्वप्रधानमन्त्री नेपालले मुलुक अब वंश परम्परामा फर्कन पनि नसक्ने बताए । इतिहासको पाङ्ग्रा पछाडि धकेल्न सम्भव नभएको चर्चा गर्दै उनले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र होइन । बाबु भएन भने छोरा, छोरा भएन भने नाति, अब कुनै दिन पनाति जन्माएर त्यसलाई राजा बनाइदिऊ भन्ने कुरा आउँला । हामीलाई वंशको शासन चालिएको छैन ।’ लामो संघर्ष र बलिद...