Saturday, August 15

राजनीति

शिक्षा विधेयक लागि कांग्रेसले पहलकदमी लिने, नैनसिंह महरलाई जिम्मेवारी
राजनीति, समाचार

शिक्षा विधेयक लागि कांग्रेसले पहलकदमी लिने, नैनसिंह महरलाई जिम्मेवारी

नेपालअखबार, काठमाडौं  । नेपाली कांग्रेसले संसदमा रहेको शिक्षा विधेयकबारे पार्टीको आधारिक धारणा बनाउन छलफल सुरू गरेको छ। कांग्रेस पदाधिकारी र शिक्षा विभागबीच मंगलबार बेलुकी सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले शिक्षा उपसमितिमा छलफलमा रहेको विधेयकका २८ बुँदामा रहेको असहमति र विधेयकबारे पूर्ण धारणा निर्माण गर्नका लागि आवश्यक समन्वय गर्न शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई जिम्मेवारी दिएको छ। विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूको आत्मसम्मान गर्दै उनीहरूसँग यसअघि सरकारले प्रतिबद्धता जनाए अनुरुप माग सुनुवाइका लागि समेत कांग्रेसले पहलकदमी गर्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। 'शिक्षकका माग सम्बोधनका लागि विधेयकका विषयमा धारणा बनाउन सम्बन्धित पक्ष र निकायसँग आवश्यक समन्वयका लागि हामीले शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई जिम्म...
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान
राजनीति, समाचार

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

नेपालअखबार ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवशेन आह्वान गरेका छन् । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख १२ गते शुक्रबार अपराह्न १ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्नेगरी सङ्घीय संसद्को अविधेशन आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफरिसमा संसद् अधिवेशन आह्वान गरेको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले बताए ।...
एकीकृत समाजवादीले देशभर कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाउने
राजनीति, समाचार

एकीकृत समाजवादीले देशभर कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाउने

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीले वैशाख नौ गते देशभर पार्टी स्थापना दिवस मनाउने भएको छ । महासचिव घनश्याम भुसालले सातै प्रदेश र जिल्लाका अध्यक्ष र इन्चार्जलाई पत्र लेख्दै उक्त दिन पार्टी स्थापना दिवस मनाउन सर्कुलर पठाएका हुन् । ‘काठमाडौं उपत्यकाको हकमा उपत्यकामा केन्द्रीय कार्यालयको आयोजनामा कार्यकर्ता भेलाका साथ उक्त कार्यक्रम गरिनेछ’, भुसालले भने, ‘स्थानीय अवस्थाअनुसार विचार, गोष्ठी, र्यालीसहित विभिन्न प्रकारका सांस्कृतिक कार्यक्रहरु हुनेछन् ।’...
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो
राजनीति, समाचार

सहकारीका समस्याबारे राष्ट्रपतिको चासो

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गरेका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलसँगको भेटमा सहकारी समस्या बारेमा चासो व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलले सहकारीका समस्याका कारण मारमा परेका नागरिकलाई छिटो न्याय दिन र यस क्षेत्रको समस्यालाई छिटो टुंगो लगाउन निर्देशन दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलले सहकारीका साना बचतकर्ताको रकम फिर्ताका सम्बन्धमा  सरकार गम्भीर भएर लाग्न निर्देशन दिएका थिए । सो अवसरमा मन्त्री अधिकारीले केन्द्रीयस्तरमा दर्ता भएका ४७ मध्ये २३ वटा सहकारीलाई संकटग्रस्त घोषणा गरी तदारुकताका साथ काम भइरहेको र ३ वटा सहकारीको समस्या समाधान गरिसकेको तथा बाँकी सहकारीको समस्...
१७ वैशाखमा कांग्रेसले  बोलायो केन्द्रीय कार्यसमिति बैठक
राजनीति, समाचार

१७ वैशाखमा कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आगामी १७ वैशाखमा दिनको १ बजेका लागि नेपाली कांग्रेसले कार्यसमिति बैठक बोलाएको हो । पछिल्लो राजनीतिक अवस्था, सरकारको समीक्षा, दिइएको समयमा पनि महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको विषयमा निर्णय लगायतका एजेन्डामा बैठकमा छलफल हुने बताइएको छ । नेकपा एमालेसँग सत्तागठबन्धन गरेको कांग्रेसभित्रै पछिल्लो समय सरकारको प्रभावकारिताको विषयमा गुनासो बढ्न थालेको छ । कांग्रेसका शीर्ष नेताहरूले नै प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्रीहरूको कार्यशैलीको आलोचना गरिरहेका छन् । ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका रहनेछ ।...
पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध अर्को पक्राउ पुर्जी जारी
राजनीति, विश्व, समाचार

पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध अर्को पक्राउ पुर्जी जारी

नेपालअखबार,काठमाडौं । बंगलादेशको एक अदालतले आइतबार पूर्वप्रधानमन्त्री शेख हसिना, उनकी बहिनी शेख रेहाना र भतिजी ट्युलिप रिजवाना सिद्दिकीसहित अन्य ५० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । राजनीतिक शक्तिको दुरुपयोग गरेर जग्गाको अवैध अधिग्रहण गरेको आरोपमा राजधानी ढाकाको एक अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार ढाका महानगरीय वरिष्ठ विशेष न्यायाधीश जाकिर हुसेन गालिबले भ्रष्टाचार विरोधी आयोग (एसीसी) द्वारा दायर गरिएका तीन छुट्टाछुट्टै आरोप पत्रहरूलाई संज्ञान लिएर अदालतमा अनुपस्थित भएकोमा अभियुक्तहरूविरुद्ध पक्राउ पुर्जी जारी गरे। न्यायाधीशले पक्राउ पुर्जीको कार्यान्वयन सम्बन्धी प्रतिवेदनको समीक्षा गर्न अप्रिल २७ तारिख तोकेका छन्। ढाका ट्रिब्यूनको रिपोर्ट अनुसार एसीसीले हालै जग्गा बाँडफाँडमा भ्रष्टाचारको तीन छुट्टाछुट्टै मुद्दामा ५३ जनाविरुद्...
सुशासन, सेवा प्रवाह प्रवर्द्धन र व्यतिथि अन्त्यको संकल्प गर्न राष्ट्रपतिको अपिल
राजनीति, समाचार

सुशासन, सेवा प्रवाह प्रवर्द्धन र व्यतिथि अन्त्यको संकल्प गर्न राष्ट्रपतिको अपिल

नेपालअखबार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो सर्त भएको बताएका छन् । नव वर्ष २०८२ को सुखद् अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले आजको दिन जनताको यही चाहना पूरा गर्ने सङ्कल्प गर्न आग्रह गरेका छन् । ‘आजको दिन राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न र एउटा साझा संकल्प लिएर अघि बढ्न म सम्वद्ध सबैलाई अपिल गर्दछु’, उनले भनेका छन् । शुभकामना सन्देशमा विक्रम संवत् प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य संवत् रहेको उल्लेख गर्दै उनले इतिहास र सामाजिक जीवनमा लामो समयदेखि स्थापित यो संवत्ले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराहरूको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउने र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्ने उल्लेख गरेका छन्र्नु । ‘हामी नेपालीह...
गल्ती भयो कि ? क्रान्तिकारीले नयाँ धरातलबाट सोचौं : पूर्वप्रधानमन्त्री खनाल
राजनीति, समाचार

गल्ती भयो कि ? क्रान्तिकारीले नयाँ धरातलबाट सोचौं : पूर्वप्रधानमन्त्री खनाल

नेपालअखबार,काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता झनाथ खनालले नयाँ वर्षको सुरुआतसँगै देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु, प्रगतिशील शक्तिहरु तथा देशभक्तहरुले नयाँ धरातलबाट सोच्नुपर्ने बताएका छन् । नयाँ वर्ष २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “नयाँ वर्षको अवसरमा सबै कम्युनिष्ट क्रान्तिकारीहरुले नयाँ घरातलबाट सोचौँ, विगतमा कहाँ गल्ती भयो सबैले समीक्षा गरौँ, वर्तमान सङ्कटपूर्ण परिस्थितिको गम्भीरतालाई आत्मसात गरौँ ।’ उनले आगामी ०८४ सालमा हुने निर्वाचनलाई ध्यानमा राख्दै कम्युनिष्टहरु बीचको फुट र विभाजनले ल्याउने परिणामको बारेमा सचेत हुन सबैलाई आग्रहसमेत गरेका छन् । ‘वैज्ञानिक समाजवाद नै अब सिङ्गो नेपाली कम्युनिष्ट आन्दोलनको साझा लक्ष्य हो भन्ने कुरामा एकमत बनौँ, पुँजीवादी जनवाद, बहुदलीय जनवादका थोत्रा बनिसकेका ...
विगतको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्ने अवसरका रूपमा लिनुपर्ने : अध्यक्ष माधवकुमार नेपाल
राजनीति, विचार, समाचार

विगतको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्ने अवसरका रूपमा लिनुपर्ने : अध्यक्ष माधवकुमार नेपाल

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०८२ सालमा विगतको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्ने अवसरका रूपमा लिनुपर्ने बताउनु भएको छ। नयाँ वर्ष २०८२ को आरम्भको अवसरमा एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले भन्नुभएको छ, 'नयाँ वर्ष २०८२  साल आरम्भ भएको सुखद् अवसरमा सवै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु। नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्ने अवसरका रूपमा लिंदै आएका छौँ। नयाँ वर्ष आशा‚ अपेक्षा र उमङ्गको उत्सव पनि हो। दीगो शान्ति, अग्रगमन, राष्ट्रिय एकता र सामाजिक सद्भावसहित रोजगारी र आर्थिक समृद्धिको लागि नयाँ वर्ष २०८२  साल उपलब्धिमुलक हुने मैले विश्वास लिएको छु।' अध्यक्ष नेपालद्धारा जारी विज्ञपितमा अगाडि भनिएको छ, 'गत वर्ष मुलु...
समृद्ध राष्ट्र निर्माणका लागि एकताबद्ध हुन प्रचण्डको आह्वान
राजनीति, समाचार

समृद्ध राष्ट्र निर्माणका लागि एकताबद्ध हुन प्रचण्डको आह्वान

नेपालअखबार,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध राष्ट्र निर्माणका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् । नयाँ वर्ष २०८२ को अवसरमा आज शुभकामना दिंदै उनले देशको समृद्धि र उज्ज्वल भविष्यका लागि दृढतापूर्वक आफ्ना पाइला अघि बढाउन आग्रह गरेका हुन् । ‘हामी गौरवशाली इतिहास बोकेका सार्वभौम नेपाली हौँ, हामीले न्याय, स्वतन्त्रता र समानताका लागि त्याग, तपस्या र बलिदानका कैयौं कीर्तिमान कायम गरेका छौं, हाम्रो भविष्य पछाडि फर्केर होइन, अगाडि बढेर मात्र उज्यालो बन्न सक्छ’, शुभकामना सन्देशमा अध्यक्ष प्रचण्डले भनेका छन् । उनले वर्ष २०८२ मा आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत रोजगारीको सिर्जनासँगै सुशासनका नयाँ मानक स्थापित गर्नेगरी अघि बढ्नुपर्नेमा जोड दिएका छन् । लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र भए...