Saturday, August 15

राजनीति

सामाजिक  सद्भाव कायम गर्न मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना
राजनीति, समाचार

सामाजिक सद्भाव कायम गर्न मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना

नेपालअखबार,लितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सामाजिक  सद्भाव कायम मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना गरेका छन्। पार्टीको भ्रातृ संस्था नेपाल मुुस्लिम सङ्घ केन्द्रीय समितिद्वारा पार्टी केन्द्रीय कार्यालयमा आज  आयोजित इद मिलन तथा नववर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा उनले सामाजिक सद्भाव कायम गर्न तथा पार्टीलाई सबल बनाउन मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्वेले धार्मिक स्वतन्त्रता र सहिष्णुतालाई स्वीकार गर्दै लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्ने नेपाली कांग्रेसले सबैको आस्था, विचार र मुल्य मान्यतालाई स्वीकार गरेर हार्दिककता प्रदर्शन गरिरेहको बताए । केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम समुदायले लोकतान्त्रिक व्यवस्था र देशको विकासमा पु¥याएको योगदान...
ट्रम्पले हटाए मोबाइल, कम्प्युटर र इलेक्ट्रोनिक वस्तुको शुल्क
अर्थ, राजनीति, विश्व, समाचार

ट्रम्पले हटाए मोबाइल, कम्प्युटर र इलेक्ट्रोनिक वस्तुको शुल्क

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्मार्ट फोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक वस्तुहरुमा शुल्क हटाएका छन् । अमेरिका आयात हुने वस्तुहरुमा शताब्दीकै सबैभन्दा बढी शुल्क लगाउने निर्णय गरेको केही दिनमै ट्रम्पको यो घोषणा सार्वजनिक भएको हो । अमेरिकाको कस्टम एण्ड बोर्डर पेट्रोल (सीबीपी)ले सूचना जारी गरी शुल्क छुट चीनबाट अमेरिका आयात हुने स्माटफोन र तिनका पार्टपूर्जासहितका इलेक्ट्रोनिक सामानमा समेत हुने जनाएको छ । यसअघि ट्रम्पले चीनबाट आयात हुने वस्तुमा १४५ प्रतिशत शुल्क लगाउने घोषणा गरेका थिए । साथै यसबाट व्यापार युद्ध हुने आशंका पनि गरिएको थियो । तर ट्रम्पको पछिल्लो निर्णयसँगै सूचनामा सेमीकण्डक्टर, सोलार ब्याट्री, टिभी डिस्प्ले, फ्ल्यास ड्राइभ (पेन ड्राइभ), मेमोरी कार्ड लगायतमा शुल्क छुट दिइएको बीबीसीले जनाएको छ । यस्ता अधिकांश इलेक्ट्रोनिक उपकरणहरु चीनमा बन्न...
ज्ञानेन्द्र शाह तीनकुने घटनाका मास्टरमाइन्ड हुन् , नागरिकसरह कारबाही हुन्छ : ईश्वर पोखरेल
राजनीति, विदेश, समाचार

ज्ञानेन्द्र शाह तीनकुने घटनाका मास्टरमाइन्ड हुन् , नागरिकसरह कारबाही हुन्छ : ईश्वर पोखरेल

नेपालअखबार,पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएको भन्दै उनलाई कारबाही हुने बताएका छन् । नेकपा एमालेले कास्कीमा शनिबार गरेको जागरणसभालाई सम्बोधन गर्दै पोखरेलले प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन हुने बताएका हुन् । ‘त्यो कार्यक्रम हत्या, हिंसा, तोडफोड, आगजानी गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । त्यो सम्पूर्ण कामको जवाफदेही, त्यसको योजनाकार, मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्र थिए जसलाई अब यथोचित प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा म जानकारी गराउन चाहन्छु,’ उनले भने । अराजकताबादलाई सघाउने र मलजल गर्ने काम गर्नु उचित नहुने पोखरेलको भनाइ थियो । देशलाई द्वन्द्व, हिंसामा लैजाने कुरा सरकारले राम्रोसँग बुझेकाले छानबिन गरेर सजाय दिने पोखरेलले बताए । ‘एउटा नागरिकले जसरी गलत काम गरेबापत दण्डको भागिदार हु...
कालिकोटको दशौँ जिल्ला अधिवेशन अध्यक्ष नेपालद्धारा उद्घाटन
राजनीति, समाचार

कालिकोटको दशौँ जिल्ला अधिवेशन अध्यक्ष नेपालद्धारा उद्घाटन

नेपालअखबार,कालिकोट। नेकपा (एकीकृत समाजवादी), जिल्ला कमिटी कालिकोटको १०औँ जिल्ला अधिवेशन भव्यताका साथ उद्घाटन गरिएको छ। पार्टी जिल्ला अध्यक्ष चित्र सिंह गाउँलेको अध्यक्षता एवं पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको हो। पार्टीका उपाध्यक्ष प्रकाश ज्वाला, सचिव एवं कर्णाली इन्चार्ज चन्द्रबहादुर शाही, कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्रप्रकाश पुरी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तुलाराज सिमखाडा, केन्द्रीय सदस्य विजया बिष्ट, विश्वराज बम, प्रदेश सचिव धीरबहादुर बिष्टलगायतका नेताहरुले उद्घाटन सत्रलाई सम्बोधन गर्नुभएको छ। चैत ३० र ३१ गतेका लागि आयोजना गरिएको जिल्लाको १०औँ जिल्ला अधिवेशनले नयाँ कमिटी चयन गर्नेछ। जिल्ला अधिवेशनमा हजारौँको संख्यामा उपस्थिति रहेको छ।...
दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याइयो
प्रशासन, राजनीति, समाचार

दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याइयो

नेपालअखबार,काठमाडौं । तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका दुर्गा प्रसाईंलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको  छ । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर उनलाई चन्द्रगढी विमानस्थल पुर्‍याइएको थियो । जिल्ला प्रहरी कार्यालयबाट विमानस्थलसम्म पुर्‍याउँदा उनलाई हतकडी लगाइएको थियो । विमानमा चढाइसकेपछि भने उनको हतकडी खोलिएको थियो । काठमाडौं ओर्लिएपछि पुनः हतकडी लगाइएको थियो । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईं आसामबाट पक्राउ परेका थिए । त्यहाँबाट उनलाई आज बिहान झापा ल्याइएको थियो । विमान चढ्ने क्रममा उनले आफैं पक्राउ परेको भनेका छन् । उनलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको सुरक...
जुम्ला नवौं जिल्ला अधिवेशन: विभिन्न पार्टी परित्याग गरी १५० जना एकीकृत समाजवादीमा
राजनीति, समाचार

जुम्ला नवौं जिल्ला अधिवेशन: विभिन्न पार्टी परित्याग गरी १५० जना एकीकृत समाजवादीमा

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) जुम्लाको नवौं जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पार्टी प्रचार विभाग प्रमुख प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको हो। पार्टीका केद्रीय सचिव चन्द्रबहादुर शाही, कर्णाली प्रदेश कमिटीका अध्यक्ष ठगेन्द्रप्रकाश पुरीलगायतका नेताहरुको उपस्थिति रहेको थियो। त्यस्तै जुम्लाका सहइन्चार्ज पदमबहादुर रोकाया, केन्द्रीय निर्वाचन आयोग सदस्य इन्द्र शर्माको उपस्थिति रहेको अधिवेशनको सञ्चालन सचिव शंकर रोकायले गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ला उपसचिव टेक प्रसाद धितालले राख्नु भएको थियो। उपाध्यक्ष ज्वालाले समाजवादी कार्यक्रम लिपिवद्ध गरेर पार्टीले आन्दोलनको कार्यक्रमसमेत सार्वजनिक गरिसकेको बताउनु भएको छ। ज्वालाले अगाडि भन्नुभयो, 'हाम्रो पार्टीको नाम समाजवादी, कार्यक्रम समाजवादी, लक्ष्य समाजवादी स्पष्ट र...
आज तीन संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

आज तीन संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । पूर्वाधार विकास समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विद्युत् विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा चालु आर्थिक वर्ष ०८१–०८२ को बजेटको खर्चको स्थिति र आगामी आर्थिक वर्ष ०८२–०८३ को बजेटको तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान १० बजे सुरु  हुनेछ । बैठकमा उपप्रधानमन्त्री एवं  अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारीलाई बोलाइएको छ । त्यस्तै बिहान ११ बजेको लागि बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज  (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुँने कार्यस...
एकीकृत समाजवादीको आन्दोलन कार्यतालिका परिमार्जन
राजनीति, समाचार

एकीकृत समाजवादीको आन्दोलन कार्यतालिका परिमार्जन

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले घोषणा गरेको आन्दोलनको कार्यतालिका संशोधन गरेको छ । यही चैत १ गतेदेखि पत्रकार सम्मेलन गरेर घोषणा गरिएको आन्दोलनको कार्यतालिका परिमार्जन गरिएको महासचिव एवं आन्दोलन संयोजन कमिटीका संयोक घनश्याम भूसालले जानकारी दिए । नयाँ कार्यतालिका अनुसार अब २०८१ वैशाख १० गते संघीय सरकारमा मागपत्र पेस गर्ने, १४ गते प्रदेश सरका र जिल्ला प्रशासन कार्यालयमा सम्बन्धित प्रदेश र जिल्लाका मागपत्र बुझाउने, वैशाख २२ र २३ गते  पालिका र वडा कार्यालयहरुमा सम्बन्धित पालिका र वडाका मागपत्र बुझाउने र २५ गते दोस्रो चरणका कार्यक्रम घोषणा गरिनेछ ।  ...
आज प्रधानमन्त्री ओलीले मधेश प्रदेशसभालाई सम्बोधन गर्ने
राजनीति, समाचार

आज प्रधानमन्त्री ओलीले मधेश प्रदेशसभालाई सम्बोधन गर्ने

नेपालअखबार,जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेशसभामा सम्वोधन गर्ने भएका छन् । उनको सम्वोधनका लागि प्रदेशसभा सचिवालयले लागि आज दिउँसो १ बजे बैठक आह्वान गरेको छ । बैठकमा अनिवार्य सहभागिताको लागि प्रदेश सांसदहरुलाई सूचना जारी गरिएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । प्रदेशसभाको सम्बोधनपछि ओली सिरहामा हुने आम सभालाई सम्वोधन गर्न प्रस्थान गर्ने कार्यक्रम छ ।प्रधानमन्त्रीको सचिवालयका अनुसार सिरहा सदरमुकाममा हेमनारायण यादवको शालिकमा माल्यार्पण गरिसकेपछि सूर्यनारायण सत्यनारायण मोरवैता क्याम्पसमा आयोजित सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।...
एकीकृत समाजवादी कोशीको पहिलो अधिवेशन आजदेखि
राजनीति, समाचार

एकीकृत समाजवादी कोशीको पहिलो अधिवेशन आजदेखि

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटीको पहिलो अधिवेशन मंलबार  सुनसरीको इटहरीमा सुरू हुँदैछ। अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने अधिवेशन दुई दिनसम्म चल्नेछ।  नेकपा एमालेबाट विभाजित बनेयता एकीकृत समाजवादी कोशीको पहिलो अधिवेशन हुन लागेको हो।  अधिवेशनमा सम्मानित नेता झलनाथ खनालसहितका शीर्ष नेताहरू सहभागी हुनेछन। एकीकृत समाजवादी स्रोतका अनुसार पार्टी प्रदेश अध्यक्षमा महेश रेग्मी, सरिता खडका, केशव विस्ट, धर्म निरौला लगायतका नेताहरू दाबेदार छन्। हालका अध्यक्ष बलदेव चौधरी केन्द्रीय सचिव भएका छन।...