Sunday, August 23

राजनीति

प्रतिनिधिसभाको बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

नेपालअखबार, काठमाडौं  । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न दिउँसो एक बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, आजै दुई वटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, सार्वजनिक लेखा समिति र विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने कार्यसूची छ । बिहान ११ः०० बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा ‘ २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा’ छलफल गर्ने कार्यक्रम छ । विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ । सो समितिको बैठकमा ‘डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफल’ गर्ने कार्यसूची छ ।...
रविले मलाई गुन तिर्नु छ : संयोजक प्रचण्ड
राजनीति, समाचार

रविले मलाई गुन तिर्नु छ : संयोजक प्रचण्ड

नेपालअखबार,काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई गुन तिर्न बाँकी रहेको बताएका छन्। सिंहदरबारमा आज पत्रकारहरुसँगको भेटमा प्रचण्डले आफ्नो प्रधानमन्त्री बाहेकका रास्वपाका नेताहरूसँग नियमित संवाद हुने गरेको बताए। 'रवि लामिछाने, डीपी अर्याल र विराजभक्त सबै मेरो क्याबिनेटमै बसेकोले उहाँहरूलाई बुझ्न मलाई गाह्रो छैन', प्रचण्डले भने, 'उहाँहरूलाई भन्न पनि गाह्रो छैन, मेरो रेगुलर नै संवाद भइराखेको छ। कैयौँ सल्लाह मिली पनि राखेको छ। प्रधानमन्त्री चाहिँ त अब अर्कै खालको छन्।' प्रचण्डले रास्वपा सभापति लामिछानेमा राजनीतिक परिपक्वता बढ्दै गएको बताए। 'तुलनात्मक रूपमा राजनीतिक परिपक्वता रविमै रहेछ भन्ने त सबैले महसुस गरेकै कुरा छ', प्रचण्डले हाँस्दै भने, 'फेरि मेरो त गुन तिर्न पर्ने पनि छ।' विगतमा संसदम...
धार्मिक असहिष्णुता रोक्न स्पष्ट काननी र नैतिक आधार आवश्यक : सांसद ठाकुर
राजनीति, विचार, समाचार

धार्मिक असहिष्णुता रोक्न स्पष्ट काननी र नैतिक आधार आवश्यक : सांसद ठाकुर

नेपालअखबार,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले समाजमा बढ्दो धार्मिक असहिष्णुताप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न कानूनी र नैतिक आधार बलियो हुनुपर्नेमा जोड दिएका छन् । सोमबार संघीय संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका सम्बन्धमा भएको छलफलमा बोल्दै सांसद ठाकुरले सामाजिक सद्भाव कायम राख्न कानूनी र नैतिक आधार बलियो हुनुपर्नेमा जोड दिएका हुन् । ‘एक समाजको मठ–मन्दिर अगाडि अर्को समाजको जुलुस जाँदा कतिपय अवस्थामा सहिष्णुता देखिए पनि, कतिपय अवस्थामा फरक नारा र धार्मिक मान्यताका कारण टकराव हुने गरेको छ । यस्तो असहिष्णुताले समाजमा मारकाट र द्वन्द्व निम्त्याउने गरेको छ । नैतिकता मानिसको बीचमा हुनुपर्ने विषय हो,’ ठाकुरले भने । सांसद ठाकुरले नेपालको विविधतापूर्ण समाजमा एउटा समुदायको धार्मि...
हतियार उत्पादन बढाएर चाँडै आपूर्ति गर्न कम्पनीहरूलाई पेन्टागनको निर्देशन
राजनीति, विश्व, समाचार

हतियार उत्पादन बढाएर चाँडै आपूर्ति गर्न कम्पनीहरूलाई पेन्टागनको निर्देशन

नेपालअखबार,काठमाडौँ।  इरानसँगको युद्धका कारण अमेरिकी हतियार भण्डारमा चरम अभाव देखिएपछि पेन्टागनले अमेरिकी रक्षा उद्योगलाई हतियार उत्पादन र आपूर्ति तीव्र रूपमा बढाउन निर्देशन दिएको छ। अमेरिकी रक्षा उपमन्त्री स्टिभ फेनबर्गले कारखानाका प्रमुखहरूलाई पत्र पठाएरै महत्वपूर्ण हतियारको उत्पादन क्षमता विस्तार र आपूर्ति समय छोट्याउन भनेका हुन्। उनले ठोस योजना २१ दिनभित्र पेस गर्न पनि निर्देशन दिएको अमेरकी अखबार वासिङ्टन पोस्टले समाचार लेखेको छ। पोस्टका अनुसार फेनबर्गले काराखानाहरूलाई हतियारहरूको आपूर्ति गर्न वर्षौं लाग्ने चक्र स्वीकार्य नभएको भन्दै  आक्रामक उत्पादन र छिटो आपूर्ति गर्ने योजना पेस गर्न भनेका हुन्। 'हामीले हाम्रा कार्यक्रमको समयतालिका छोट्याउनुपर्छ र अहिले नै उत्पादन क्षमता विस्तार गर्नुपर्छ,' उनले हतियार कारखानाहरूलाई लेखेको पत्रमा भनेका छन्। फेनबर्गले रक्षा कम्पनीहरूसँग...
चिनियाँ राजदूतसँग प्रधानमन्त्रीले भने– सम्बन्ध अझै प्रगाढ बनाउनुपर्नेछ
राजनीति, समाचार

चिनियाँ राजदूतसँग प्रधानमन्त्रीले भने– सम्बन्ध अझै प्रगाढ बनाउनुपर्नेछ

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा जोड दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चिनियाँ राजदूत झाङ माओमिङसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनीहरूबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको पनि सचिवालयले जनाएको छ । राजदूत माओमिङले पनि प्रधानमन्त्रीज्यूलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सह...
प्रधानमन्त्रीले थाले चिनियाँ राजदूतसँगको छलफल
राजनीति, समाचार

प्रधानमन्त्रीले थाले चिनियाँ राजदूतसँगको छलफल

नेपालअखबार काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिबाट उनीहरूबीच छलफल चलिरहेको हो ।
सिंहदरबारमा प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता
राजनीति, समाचार

सिंहदरबारमा प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

नेपालअखबार,काठमाडौँ।  प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार आज मध्याह्न उनीहरूबीच भेटवार्ता भएको हो। प्रधानमन्त्रीलाई भेट्न राजदूत श्रीवास्तव सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेका थिए। उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट भएको सचिवालयको भनाइ छ।...
प्रधानमन्त्री बालेनसँग राजदूतहरूको भेटवार्ता सुरु
राजनीति, समाचार

प्रधानमन्त्री बालेनसँग राजदूतहरूको भेटवार्ता सुरु

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राजदूतहरुसँग भेटवार्ता सुरु गरेका छन् । सिंहदरबारमा केहीबेरदेखि राजदूतहरुसँग भेटवार्ता थालेका हुन् । यसअघि सामूहिक रुपमा भेटवार्ता गरेका प्रधानमन्त्री शाहले आज एक्लाएक्लै भेटवार्ता गर्दैछन् ।
साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा नेपाली कांग्रेसको संस्थापनइतर पक्षले राष्ट्रिय भेला हुने
राजनीति, समाचार

साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा नेपाली कांग्रेसको संस्थापनइतर पक्षले राष्ट्रिय भेला हुने

नेपालअखबार, काठमाडौं।  नेपाली कांग्रेसको संस्थापनइतर पक्षले राष्ट्रिय भेलाको तयारी गरिरहेको छ। साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा भेला हुनेछ। पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा भेला गर्ने तयारी संस्थापनइतर पक्षको छ। यो भेलामा निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने नेता कोइरालाले बताएका छन्। देउवा ५ महिनापछि साउन २८ गते मध्याह्न स्वदेश फर्कने कार्यक्रम छ। गत पुसमा विशेष महाधिवेशनमा सहभागी नरहेका नेताहरूको अगुवाइमा भेला हुन लागेको हो। यसअघि उनीहरूले सातै प्रदेशमा भेला गरिसकेका छन्। सर्वोच्च अदालतले विशेष महाधिवेशनसम्बन्धी मुद्दामा सुरूदेखि नै सुनुवाइ गर्ने भएको छ। मुद्दा पुनरावलोकन हुने अनुमति अदालतले दिएको थियो। संयोजक शशांक कोइरालाले भेलाका लागि राजनीतिक प्रतिवेदन लेखनजस्ता विभिन्न समितिहरू गठन पनि गठन गरेका छन्। भेलामा को क...
रोपाइँ सकिँदा पनि मल नपाएकोमा पूर्वप्रधानमन्त्री प्रचण्डले गराए सरकारको ध्यानाकर्षण
राजनीति, समाचार

रोपाइँ सकिँदा पनि मल नपाएकोमा पूर्वप्रधानमन्त्री प्रचण्डले गराए सरकारको ध्यानाकर्षण

नेपालअखबार,काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस लगायत देशका विभिन्न भागमा देखिएको रासायनिक मलको चरम अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । रोपाइँ सकिँदा समेत किसानले सहज रूपमा मल नपाउँदा ठुलो समस्यामा परेको भन्दै उनले तत्काल मलको आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका हुन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्- ‘सरकारले समयमा नै रासायनिक मलको पर्याप्त आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन सकेको छैन। यसका साथै, उपलब्ध रहेको मल समेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समन्यायिक रूपमा पुग्न नसकेको गुनासो व्यापक रूपमा आइरहेको छ ।’ मल आयातको प्रक्रिया जटिल रहेकोले यसका लागि समयमा नै पूर्व तयारी आवश्यक पर्ने भन्दै उनले आफ्नो नेतृत्वको तत्कालीन सरकारले मल आयात तथा वितरणक...